Saturday, July 7, 2012

देउवाको बोली

खगेन्द्र संग्रौलाले मलाई बधाइ दिनु भो – 'घुम्ने मेचमाथि' मा शेरबहादुर देउवाको बोली बुझेर जस्ताको तस्तै टाइप गर्न सफल भएकामा। उहाँले बाह्रबुँदे समझदारी भएका बेला देउवाको अन्तर्वार्ता टिभीमा हेर्नु भएछ। तीनवटा च्यानल फेर्दा बल्ल भेउ पाउनुभएछ। वास्तवमा देउवाले भन्नुभएको रहेछ, 'वार्ता यहाँ गरे पनि हुन्छ, उहाँ (दिल्ली) गरे पनि हुन्छ, जहाँ गरे पनि हुन्छ।'

Tuesday, July 3, 2012

घुम्ने मेचमाथि शेरबहादुर देउवा


 २०५९ जेठ ८, अर्थात् ठीक दश वर्षअघि प्रधान मन्त्री शेरबहादुर देउवाले संसद विघटन गरे, अरुले विरोध गरे। इतिहासको संयोग, दश वर्षपछि व्यवस्थापिका संसदको समेत काम गरिरहेको संविधान सभा विघटन भएको छ। कोही नयाँ चुनावमा जाने भन्दैछन्, कोही अरु विकल्प सुझाइरहेका छन्। उनीचाहिँ पुनर्स्थापना गरेर त्यसैबाट संविधान जारी गर्नुपर्छ भनिरहेका छन्।

बिहीबार बिहान उनीसँग कुरा गर्न नागरिक बूढानिलकण्ठ जाँदा कसैको बिहेको निम्तो मान्न जान दौरा-सुरुवालमा ठाँटिएर बसेका थिए देउवा। अनुहारमा कुनै आक्रोश, आलस्य, हतारो वा आकांक्षा झल्कँदैनथ्यो। बरु रोमाञ्चक मुडमा थिए उनी। घुम्ने मेचमाथि बस्नुअघि उनले ठट्टा गरे- अलि अप्ठेरा प्रश्न सोध्नूस् है।'

काठमाडौं डिस्कोर्स // कम्युनिस्ट गालीको शब्दकोश


बैसाखीविना उभिएका कवि

आजको बिजनेस सकियो।

शोक पर्ने दिन पानी बिर्बिराउँछ भन्छन् गाउँघरतिर। यस्सै त असारको दिन छ।
 
अफिसबाट निस्कने बेला सेलफोनमा लेखक कृष्ण धरावासीको नाम देखियो। उनको आवाज खस्नुअघि नै बोलेँ, 'सुनिसकेँ दाइ।'
 
धरावासीको आवाजमा असार भिजिरहेको थियो। गह्रौँ भइसकेको स्वर भर्खरै दिवंगत कविको करिश्माले थिचिएको थियो।
 
'डबली' ले केही लेख्नु परेन। किनकि यो पालि प्रधानसम्पादक आफैँ ओबिच्युअरी लेखिरहेका थिए। 
 
म अफिसबाट निस्केर कतिखेर गाडीमा बसिसकेछु। त्यसले पछिल्लो सिटमा राखेर १२ वर्षअघिको समयतिर दौडाउँदै फर्कायो।

गुरु पूर्णिमा

यो वर्षको गुरु पूर्णिमा बहिनी कोपिलासँग मनाएँ। उसलाई मैले ग्रीक लेखक निकोलस केजको 'द टिचर हु चेन्ज्ड माइ लाइफ' शीर्षकको संस्मरण आज बिहान पढाएँ। ग्रीसको कम्युनिस्टको दमनमा परेकी आमाले बाबुसँग अमेरिका भगाएका केजको जीवनलाई कसरी एक गुरुआमाले बदल्न प्रेरणा दिइन्

Friday, June 1, 2012

घुम्ने मेचमाथि प्रचण्ड। नागरिकका लागि अघिल्लो हप्तायता सुरु यो साप्ताहिक वार्ता स्तम्भमा प्रचण्डसँग गरेको कुराकानी मेरा लागि स्मरणीय रहनेछ।


संविधानसभा विघटन भएपछि बढ्दो राजनीतिक दबाब र गर्मी छल्दै नगरकोट हानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधान सम्पादक किशोर नेपाल, फोटो सम्पादक चन्द्रशेखर कार्की र म बिहीबार बिहान लाजिम्पाटस्थित निवास पुग्यौं। अघिल्लो दिन बेलुकी भेट्ने भनिएको सेड्युल 'प्रचण्ड-व्यस्तता' कै कारण सरेको थियो।

११ वर्षअघि आजकै दिन राजा वीरेन्द्रको वंशनाश भएको थियो। लगत्तै प्रचण्डको पार्टी नेकपा माओवादीले गणतन्त्र आइसकेको, औपचारिक रुपमा संस्थागत गर्नमात्रै बाँकी रहेको प्रचार गर्‍यो। आज देशमा राजतन्त्र 'भूमिगत' , टाउकाको मोल तोकिएका 'आतंककारी' प्रचण्डचाहिँ खुला छन्। एकपल्ट मुलुकको प्रमुख कार्यकारी पनि भइसकेका छन्।