Friday, February 8, 2013
Saturday, December 29, 2012
कुरा खस्रा मिठा 1
रक्सी पुरानै
१२० औं माओ त्सेतुङ दिवसको छेक पारेर किरात एकेडेमीले लेखक झलक सुवेदीलाई 'किरात एकेडेमी राष्ट्रिय पुरस्कार' दियो। सम्मानपत्र र ५० हजार रुपैयाँ राशिको थैलो पनि बुझायो।
प्रमुख अतिथि डाकिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउन निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। 'यदा यदा ही धर्मस्य...' को ब्यानरमुनि हिन्दु राष्ट्र मागसहित राप्रपा नेपालका रथयात्रीले बाटैमा अल्झाएछन्। यता पुरस्कारदाताहरू प्रचण्ड पर्खेको पर्ख्यै।
मूल कुरो पुरस्कार दिने हो। दिने एकेडेमी र लिने सुवेदी टाइममा आएकै छन्। एक व्यक्तिका लागि हलभरिका सहभागीलाई घण्टौं कुराउनु सर्वथा अनुचित हो। 'नयाँ संस्कृतिको बाहक' एकेडेमी पनि 'पुरानै संस्कृति' को ढर्राबाट मुक्त भएको देखिएन। देश फेछर्ौं भन्नेहरूले कार्यक्रम गर्ने शैली र संस्कृतिचाहिँ फेर्नुपर्दैन?
…ठूल्ठूला कुरा' बदल्न भनेर उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा गएकै छन्। ससाना भनिएका विषयवस्तु त लेखक, कलाकारहरूले बदले पनि भयो नि हौ गाँठे।
Sunday, December 23, 2012
ध्रुवेको डायरी
मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे'
बनाइदियो।
डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै
छैन। म ठूलो भएको पढेर हो र?
तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?
बुधबार बेलुकी ममाथि गोली हानियो। शरीरमा रगतका छिर्काहरू लत्पतिएका
छन्। कुनै पनि बेला मारिन सक्छु भन्ने लागेपछि डायरी मेन्टेन गर्न थालेको
छु। क्रान्तिकारी स्टाइल!म ३५ वर्षको भएँ। नेपालीको औसत आयुभन्दा हात्तीको
उमेर २० वर्ष बढी छ। नेपालीले के फूर्ति लाउनु हामीसँग?
हिटलिस्टमा मेरो
नाम चढाएको छ रे सरकारले। नानीदेखि लागेको बानी गएको छैन। इतिहासमा कसले
कति मारेको छ, तिनलाई पनि मार्नुपर्योल। नत्र मलाई पनि आममाफी दिनुपर्यो।
ठूलालाई चैन, सानालाई ऐन गर्न पाइन्छ लोकतन्त्रमा?
***
हात्तीले प्रेम गर्नु हुँदैन भनेर कहाँ लेखेको छ? मान्छेलाई
लाग्दो हो- हावामा हात हल्लाउँदै गफ दिने, दुई खुट्टा टेकेर हिँड्ने, कुम
जोर्नेमात्रै प्रेम बुझ्दछन्।
Monday, December 17, 2012
प्रेमका लागि क्यानडा
![]() |
| Photo : Bijay Gajmer/Nagarik |
महाराजगन्जको अपार्टमेन्टमा एक्लै छिन् लेखक मञ्जुश्री थापा। क्यानडा उड्न ठिक्क परेकी।
क्यानडामा उनको के छ?
के छ होइन, को छ?
क्यानडामा छन् डेनियल ल्याक। अर्थात् मञ्जुश्रीका मायालु। नत्र उनी कहिले अमेरिका, कहिले नेपाल बसिरहेकी हुन्थिन् - पुराना वर्षहरूमा झैं।
'म मेरो प्रेमका लागि क्यानडा बसिरहेकी छु,' आइतबार बिहान टोरन्टो उड्नुअघि मञ्जुश्रीले मनको कुरा कहिन्। हामी (लगभग मेरै उमेरको फोटोपत्रकार विजय र म) कुत्कुतियौं।
'ल, किन हाँस्न खोज्या?'
'सकसक लागेर।'
'कुनै पनि नेपाली पुरुषभन्दा बढ्ता स्वतन्त्रता मैले पाएँ,' छ अंग्रेजी पुस्तककी लेखक बोलिन्, 'घरिघरि अत्यास लागेर आउँछ, मेरो जिन्दगी नै कम्प्युटरअगाडि बसेर बित्न लाग्यो कि भनेर।'

Friday, December 14, 2012
लो प्रोफाइलका अग्ला मान्छे
![]() |
| Bhimbahadur Tamang. NC Leader |
शुक्रबार बिहान ११ बजे – वानेश्वर थापागाउँ भीमबहादुर तामाङको कोठामा आइपुगे कांग्रेस नेता शशांक कोइराला। तामाङले राधेश्याम अधिकारीलाई डाके। कानुनविद् तथा कांग्रेस नेता अधिकारी– जसकहाँ तामाङ १५ वर्षयता बसिरहेथे।
ग्यारेजमाथि तामाङको कोठा छिरे अधिकारी। टेबुलमा आर्थर कोइस्लर, रिचर्ड राइटलगायतको 'द गड द्याट फेल्ड' किताब पल्टिरहेको थियो।
७८ वर्षे तामाङ केही दिनयता त्यो किताब पढिरहेका थिए। उनले त्यो किताबबारे कोइराला र अधिकारीलाई सुनाए।
शशांकले कुरा मोडे, 'सहमतिको सरकार कसरी बनाउने?'
अधिकारीले थपे, 'अनि सहमति भएन भने? के गर्ने?'
तामाङले आत्मविश्वासपूर्वक जवाफ दिए, 'अरु के उपाय छ र! चुनावमा जाने।'
'विश्वसनीय चुनावका लागि चुनावी सरकार तुरुन्त बन्नुपर्छ,' उनैले थपे।
त्यसपछि तामाङ उठे। आफ्नै हातले चिया पकाए। चियाको चुस्की लिँदै उनीहरूले एक घन्टाजति कुरा गरे।

म सँग एउटा तारा छ मायाको
केटी : 'म सँग एउटा तारा छ मायाको
यसलाई एउटा आकाश देऊ
केटा : मसँग एउटा डुंगा छ मायाको
यसलाई एउटा सागर देऊ।'
–गीतकार : वाशु शशि
गायक : गणेश रसिक र झुमा लिम्बु (ओरिजनलचाहिँ थाहा भएन। झुमाको ठाउँमा अर्कै हुनुहुन्थ्यो)
यसलाई एउटा आकाश देऊ
केटा : मसँग एउटा डुंगा छ मायाको
यसलाई एउटा सागर देऊ।'
–गीतकार : वाशु शशि
गायक : गणेश रसिक र झुमा लिम्बु (ओरिजनलचाहिँ थाहा भएन। झुमाको ठाउँमा अर्कै हुनुहुन्थ्यो)
Subscribe to:
Posts (Atom)

-cop_20121214090858.jpg)