पुराना सडकमध्येको राजधानीको नयाँ सडक हिजोआज 'न्युरोड'का रूपमा प्रचलित
छ। यही सडकको भूगोलपार्कनेर अवस्थित पीपलबोट नेपाली साहित्य र संस्कृतिको
अभेद्य किल्ला बन्न पुगेको छ। यो बूढो रूखको सियाल ताप्ने लेखक, कविका पिढी
दरपिढी बदलिइसके, तर छहारी अझै उस्तै छ। काठमाडौंको घडीमा साँझ ५ बज्नासाथ
स्रष्टाहरू यो रूखको फेदमा जम्मा भइसक्छन्। त्यसपछि सुरु हुन्छ, चियापान,
प्रशंसा, छेडखानी र भत्र्सना।
काठमाडौंमा अन्यत्र पनि केही गौंडाहरू छन्, जहाँ कवि, लेखक दिनहुँ आपसमा
भेट्छन्। बागबजार, भृकुटीमण्डप, अनामनगर, पुरानो बानेश्वरजस्ता ठाउँमा
लेखकहरू सिर्जनात्मक विमर्श गर्छन्। यीमध्ये सर्वाधिक चर्चा र नाम
पीपलबोटकै छ।
Sunday, September 28, 2014
Friday, September 26, 2014
'हाम्रो मूलधार एकदम सानो छ’
नेपाली समाज र राजनीतिका विषयमा लेख्दै र चिन्तन गर्दै आएका सीके लाल
पेसाले इन्जिनियर हुन् । तर, समाजलाई हेर्ने उनको दृष्टिकोण गणीतीय मात्र
छैन । उनीसँग मूलधारदेखि सामाजिक नैतिकता र बुद्धिको निर्माणलगायतका विषयमा
यज्ञश र बसन्त बस्नेतले गरेको कुराकानी :
तपाईंको सुरुवाती बेलाको पढाइसम्बन्धी सम्झना कस्तो छ ?
म स्कुलमा पढ्दासम्म गर्मीमा छुट्टी लामो हुन्थ्यो । अलिअलि खेतमा काम गर्ने समयबाहेक फिल्म हेर्न जानेजस्ता विकल्प थिएनन् । मेरा दाइ बीए पढ्नुहुन्थ्यो, उहाँको पुस्तक संकलन राम्रै थियो । यसो पढ्दै गएको, रस बस्दो रहेछ । सजिलोसँग किन्न पाउने अखबारहरू, 'आर्यावर्त' भन्ने हिन्दीमा, 'इन्डियन नेसन' अंग्रेजीमा निस्कन्थ्यो । 'प्रदीप' भन्ने अखबार निस्किन्थ्यो । हिन्दुस्तान, दिनमान, सरिता, कादम्बिनी, नवनीत पनि । जासुसी दुनियाँका किताब आउँथ्यो । जे हात पर्छ, पढ्ने बानी लाग्यो । अगाथा क्रिस्टीजस्ता लेखकका पुस्तक हेरिन्थ्यो । नबुझे पनि हिन्दी, अंग्रेजी शब्दकोश अघिल्तिर राखेर पढ्ने काम सुरु गरियो । सानै उमेरदेखि पढ्ने रस बस्यो ।

एकान्तको अजिङ्गरले कतिको सताउँछ? वैरागी काइँलालाई @basantabasnet को प्रश्न। लाइभ हेर्नुस् http://www.pahilopost.com/content/-646.html …
From Pahilo Post. कहाँ गए ती दिन? अभि सुवेदीलाई सोध्दै
बिदा भइन् वीराङ्गना
आमाको चोला उड्दा आँसु नझार्ने सन्तान को पो होला ! मंगलबार दिउँसो
वाग्मती किनारमा बसेर छोरी उषा र छोरा उमेश सहाना प्रधानलाई अन्तिमपल्ट
हेर्दै रुँदै, हेर्दै रुँदै गर्दै थिए । तर त्यो आँसुमा शोक मात्रै बगेको
थिएन, गर्व पनि मिसिएको थियो ।
शोक र सम्झनाको त्यो घडीमा उमेशले कान्तिपुरसँग भावना साटे, 'राणाकाल, पञ्चायतकाल र गणतन्त्रको आन्दोलनमा अघिअघि हिँड्ने मानिस नै मेरी आमा हो भन्दा मलाई कति गर्व लाग्छ होला !'
लामो समयदेखि ओछयानमा थलिएकी सहानालाई गत जेठ २३ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । १९८४ असार ३ गते असनको व्यापारी परिवारमा जन्मेकी राणाकालीन सहिद गंगालालकी बुहारी, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी पत्नीले श्रेष्ठ परिवारसँग जोडिनुअगावै आफ्नो सार्वजनिक छवि बनाइसकेकी थिइन् ।
आमाको अवसान भएलगत्तै उमेशले काकालाई फोन गरे । त्यसपछि एमाले नेता माधवकुमार नेपाललाई । छिप्पिँदो रातमा नेपालको फोन उठेन, सन्देश पठाए । राति ११ बजेर ३४ मिनेट जाँदा माधव नेपालको सेलफोनमा 'एसएमएस' खस्यो, 'दाइ, आमा अघि ११ बजे बित्नुभयो- उमेश ।'

Wednesday, September 17, 2014
नयाँ एसियाको अनुहार
भारतीय इतिहासकार रामचन्द्र गुहाले सम्पादन गरेको 'मेकर्स अफ् मोडर्न एसिया' यो महादेशको आधुनिकीकरणको जग बसाल्ने ११ नेताहरूको वृत्तान्त हो । समकालीन बौद्धिक वृत्तभित्र गिनेचुनिएका विद्वान् गुहाले यसअघि 'मेकर्स अफ् मोडर्न इन्डिया', 'इन्डिया आफ्टर गान्धी', 'गान्धी बिफोर इन्डिया'जस्ता पुस्तक लेखेर नाम कमाइसकेका छन् । यो संग्रहमा चुनिएका करिब दर्जन एसियाली नेताहरूको मापदण्डमाथि भने विवाद गर्न सकिन्छ । किनकि, आधुनिक एसियाका थुप्रै 'ठूला' नेता यसमा परेका छैनन् ।
पुस्तकको आरम्भमा भारतका महात्मा गान्धी छन्, सत्याग्रहको सहारामा उपनिवेश फाल्न कस्सिएका । चीनका च्याङ काइसेक छन्, 'आन्तरिक र बाह्य शत्रु' सँग युद्धैयुद्धबीच अधिनायकी चलाइरहेका । भियतनामका हो ची मिन्ह छन्, अमेरिकी तथा फ्रेन्च प्रभुत्वविरुद्ध लडाइँको नेतृत्व गरेका । चीनका माओत्सेतुङ, चाउ एनलाई र देङ स्याओपिङ छन् लगभग एउटै समयमा तर भिन्न भिन्न शैलीमा कम्युनिस्ट पार्टीमार्फत् चीनमा 'राज्य गरेका ।'
यो पुस्तक आद्योपान्त पढ्दा एसियाको आधुनिकीकरण अभियानमा सबैभन्दा ठूलो बाधक तर नकारात्मक प्रेरक उपनिवेशवाद थियो भन्ने थाहा हुन्छ । उल्लेखित अधिकांश नेताले बेलायती उपनिवेशविरुद्ध लडेका छन् । जापानी प्रभुत्वविरुद्ध लड्ने चीन र सिंगापुरको कथा पनि समेटिएको छ । उपनिवेश र आन्तरिक युद्धले सिर्जेको चरम राजनीतिक अस्थिरताबीच पनि कसरी राष्ट्र बनाउने अभियान थाल्न सकिन्छ भन्ने प्रतिबद्धता बोकेकाहरूको व्यक्तिचित्र हो यो पुस्तक ।
सानदार बुढेसकाल
संस्कृतिविद् सत्यमोहन जोशी उमेरको ९५ वर्षमा ठमठम्ती हिँडिरहेछन्। चस्मा
लगाउँदैनन्। लठ्ठी टेक्दैनन्। साँझ टुच्च एक पेग लगाउन पनि छाड्दैनन्।
खानपिन, माछामासु केही बार्दैनन्। डाक्टर भेट्दैनन्। बुढयौलीका दैनिकी उनले
आजका मितिसम्म अपनाउनुपरेको छैन। जीवनशैली पूरै सरल छ। सक्रिय र सानदार छ।
हामीले एक साताअघि नै भेट्न खोजेको तर उनलाई जत्तिखेरै भ्याइनभ्याई।
नेपाली भाषा, सभ्यताको गम्भीर खोजका लागि २०१४, २०१८ र २०२८ साल गरी तीनपल्ट मदन पुरस्कार जितेका यी 'लिभिङ इन्साइक्लोपेडिया' को हरेक बिहानी कालो चियाको कपमा उदाउँछ। सिंगो दिन अध्ययन, भेटघाट र समारोहमा बित्छ। पृथ्वीमा रात खस्दै गर्दा उनको हातमा एक पेग ब्ल्याक लेबल वा अयला चढिसकेको हुन्छ। अनुहारमा हल्का लाली चढ्छ। बिस्तारै स्विच दबाउँछन्। बस्, गहिरो निद्रा पर्छ।
औधी सपना देख्छन् सत्यमोहन, तर बिहान सम्झन सक्दैनन्। बिछयौनाबाट उठेर शीतमा नाङ्गो पैंतालाले टेक्छन्। पूजाआजा गर्छन्। अंग्रेजी र नेपाली गरी दैनिक चार अखबार पढ्छन्। पहिलेभन्दा पुस्तक कम पढ्न थालेका छन्। मोबाइल बोक्दैनन्। 'जहिल्यै टयाङ टयाङ गरिरहन्छ, झ््याउ लागेर बोक्न छाडिदिएँ,' भन्छन्, 'बरु एक्लै शान्त बस्नु ठीक छ।'

Subscribe to:
Posts (Atom)