Thursday, December 4, 2014

जीवन : एक विश्वविद्यालय

केदारभक्त माथेमा तीनपटक त्रिभुवन विश्वविद्यालयबाट निकालिए। पहिलोपटक- २०२७ सालमा त्रिचन्द्र क्याम्पसबाट, जहाँ उनी अंग्रेजी साहित्य पढाउँथे। चार्ल्स डिकेन्सको 'अ टेल् अफ् टु सिटिज्' उपन्यास पढाउँदा क्रान्तिको चर्को आह्वान गरेको आरोप केही पञ्चका छोराहरूले लगाए। उनलाई पनि के खाँचो परेको थियो र ! हापिदिए।
दोस्रोपटक- २०३२ सालमा केन्द्रीय क्याम्पस र्कीर्तिपुरबाट, जहाँ उनी क्याम्पस चिफ थिए। मण्डले भनेर चिनिने राष्ट्रवादी विद्यार्थी मण्डल र आन्दोलित विद्यार्थीबीच झडप हुँदा प्रहरी छिर्न खोज्यो। क्याम्पस हाताभित्र प्रहरी छिर्न नपाउने भनी अडान लिए। प्रहरीले दुर्व्यवहार गर्‍यो। उनीसहित थुप्रै प्राध्यापकहरूले कडा विज्ञप्ति निकाले। दरबारको जाँचबुझ केन्द्रले स्पष्टीकरण सोध्यो। उनले सीधा प्रतिवाद गरे। अर्को क्याम्पस चिफ ल्याउने निर्णय सुनाइयो। उनले राजीनामा दिए।
तेस्रोपटक (२०५१ सालमा त्रिवि केन्द्रबाट, जहाँ उनी उपकुलपति भिसी) थिए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भिसी बनेका उनको चारवर्षो कार्यकाल पूरा नहुँदै एमाले सरकार बन्यो। प्रधानमन्त्री मनमोहन अधिकारीले उनलाई डाके। 'तपाईंले धेरै प्रशंसनीय काम गरिरहनुभएको छ। म आएको छु, अब अझै राम्रो गर्दै जानुहोला,' उनले ढाडस दिए। त्यसको दुइ साता नबित्दै केही अनपेक्षित घटना भयो। माथेमाले राजीनामा दिने निर्णयसुनाए। प्रधानमन्त्रीले रोक्न सकेनन्।

'त्रिविसँग मेरो सधैं एकतर्फी प्रेम चलिरह्यो,' सेत्ताम्मे कपालमा हात पुर्‍याउँदै हाम्रो समयका दुलभ बौद्धिक माथेमा आत्मसमीक्षा गर्छन्, 'आजसम्म चलिरहेको छ।'
यी तिनै माथेमा हुन्, जसले गिरिजाप्रसादजस्ता कडा नेतालाई समेत आफ्नो र्सतभित्र बाँधे। बहुदलकालका प्रथम निर्वाचित प्रधानमन्त्रीले पदेन कुलपतिका रूपमा माथेमालाई आफूकहाँ बोलाएका थिए। २०३२ सालको आन्दोलनमा माथेमाले देखाएको स्वाभिमानबारे राम्रै जानकार थिए कोइराला। विश्वबैंकमा हाइप्रोफाइल जागिर छँदाछँदै माथेमा नेपालको शिक्षापद्धतिमाथि गम्भीर लेखहरू लेखिरहन्थे। प्रधानमन्त्रीले भने, 'तपाईंले त्रिवि हाँक्नुपर्‍यो।'
'हुन त हुन्छ प्रधानमन्त्रीज्यू। तर मेरा तीनवटा र्सत छन्।'
'हुन त म अरूको र्सत मानेर हिँड्ने मानिस होइन। तैपनि भन्नुस्।'
'एक- म राजनीतिक नियुक्तिबाट त्यहाँ गए पनि पार्टी झन्डा बोकेर हिँड्नेवाला छैन। हुन्छ-'
'हुन्छ।'
'त्रिविमा सरकार, दल वा कसैबाट पनि कुनै खालको हस्तक्षेप गर्नुभएन। हुन्छ-'
'हुन्छ।'
'मलाई आवश्यक पर्दा जुनसुकै बेला पनि सहयोग चाहिन्छ, हुन्छ-'
'हुन्छ।'
कुनै बेला राजा त्रिभुवनलाई शारीरिक सुगठन सिकाउने धर्मभक्त माथेमा १९९७ सालमा सहिद बन्न पुगेका थिए। उनका भतिजा केदारभक्त बौद्धिक सुगठनको केन्द्र त्रिविको भिसी हुन पुगे।
त्रिवि चरम आर्थिक संकटबाट गुज्रिरहेको थियो। सरकारले दिने पैसा कत्ति पनि नहुने। विद्यार्थी स्कुलभन्दा कम पैसा तिर्थे। फी नबढेको १८ वर्षभइसकेको थियो। क्याफ्टेरियामा १ करोड ५० लाख रुपैयाँ वाषिर्क खर्च हुन्थ्यो। त्यहाँ विद्यार्थी कम बाहिरिया बढी आउँथे। कर्मचारीको नाममा चाहिनेभन्दा बढी खर्च थियो। पठनपाठन अस्तव्यस्त थियो। यस्तोमा काम कताबाट थाल्ने भन्ने समस्या हुन सक्थ्यो।
माथेमाले आफ्नो समयका राम्रा मस्तिष्कहरूलाई कार्यकारी टिममा समावेश गरे। दर्शनराज तिवारी, कृष्ण खनाल, सुदर्शन रिजाल, देवेन्द्र मिश्रजस्ता विज्ञानदेखि राजनीतिशास्त्रसम्मका बौद्धिकहरूले माथेमाको स्पिरिटलाई सयका सय बुझेका थिए। उनका अनुसार त्यो टिम असाध्यै खट्ने र इमानदारको समूह थियो।
माथेमा छिर्नेबित्तिकै एकपछि अर्को गर्दै प्रस्ताव फ्याँक्न थाले। त्यसमध्ये पहिलो थियो, 'त्रिविले सरकारको मात्रै मुख ताकेर हुन्न,
आफ्नो आय आफैं बढाउनुपर्छ।' उनले सय प्रतिशत फी बढाइदिए। त्यति गर्दा पनि २० बाट ४० रुपैयाँमात्रै हुन जान्थ्यो। साधारण खर्चको ६ प्रतिशतमात्रै फीबाट उठ्थ्यो, अब १२ प्रतिशत उठ्न थाल्यो। क्याफ्टेरिया बन्द गर्ने, सट्टामा महिला छात्रावास खोल्दिने निर्णयलिए। खर्च नहुनु पनि कमाउनु हो भनेझैं नसोचेको बचत हुन थाल्यो। सरकारको सचिवसरह तलब पाउने विशिष्ट श्रेणीका थुप्रै कर्मचारी त्रिविमा थिए। फाइदा कम, खर्च बढी भइरहेको थाहा पाएपछि माथेमाले उनीहरूलाई ५ वर्षो पेन्सनबराबर पैसा थमाएर 'गोल्डेन ह्यान्डसेक' दिए। बढी कर्मचारी भर्ना नगर्ने, भएका कर्मचारीबाट शतप्रतिशत फाइदा लिने नीति लिए। काठमाडौंदेखि जिल्लासम्मका क्याम्पस चिफहरूलाई बोलाएर भने, 'तपाईंहरूसँग भएका तर उपयोगमा नआएका जग्गा भाडामा दिनुस्। आम्दानी हामीलाई बुझाउनुपर्दैन, बरु खर्च गर्ने बेलाचाहिँ सोध्ने गर्नुस्।'
माथेमाको यही नीतिका कारण आज शंकरदेव, आरआर, विश्वभाषा, ललितकलाजस्ता थुप्रै क्याम्पससँग करोडौं बचत छ।
उसबेला त्रिवि शैक्षिक क्यालेन्डरबिना चलिरहेको थियो। वर्षौंदेखि ब्रिँदै आएको रुटिन भिसीले चाहँदैमा तुरुन्त सच्चिन सम्भव थिएन। समयावधि समायोजन गर्दै उनले प्रत्येक विद्यार्थीले भर्ना भएकै दिन थाहा पाउने व्यवस्था मिलाइदिए- कति महिना पढाइ हुन्छ, कुन महिना जाँच हुन्छ, कुन महिना रिजल्ट।
माथेमाले दुइवर्षो स्नातकले अन्तर्राट्रिय मापदण्ड नसमात्ने भन्दै तीनवर्षो बनाउने नीति ल्याए। कार्यान्वयन हुन केही वर्षलाग्यो।
गरिब त्रिविको भौतिक पूर्वाधार कमजोर हुने नै भयो। शिशु प्रजातन्त्रको पहिलो निर्वाचित सरकारसामु सबैतिरबाट ठूलो माग हुन्थ्यो, दिने भाँडो सानो। माथेमाले विश्वबैंक गुहारे। सरकारले स्वीकृति दियो। उनले २० मिलियन अमेरिकी डलर भित्र्याए। अहिले त्रिविको सबैभन्दा ठूलो घडी बिल्डिङ, फिजिकल साइन्स, केमिकल साइन्सलगायतका छुट्टाछुट्टै भवन त्यसैको पैसाले बनेका हुन्। पाल टाँगे पनि पानी चुहिने पुस्तकालयले अब राम्रो ओत पायो। त्रिवि बल्ल हर्नलायक बन्यो। जिल्लाका क्याम्पसहरूले पनि त्यो पैसा धेरैथोरै पाए।
अरू कसैले नगरेको साहस गरे माथेमाले। पाँच सय नक्कली प्रमाणपत्रधारीको नाम गोरखापत्रमा छपाइदिए।
उनले दुइ अमुक प्रोफेसरलाई अनुसन्धानका लागि गोप्य रूपमा बनारस र बिहार पठाए। नक्कली र्सर्टिफिकेटको माफियाले चाल नपाओस् भनेर दुवैलाई पीएचडी भर्ना गराइदिए। ती 'डाक्टरसाब'ले एक वर्षो सूक्ष्म अनुसन्धानबाट पा“च सय नक्कली प्रमाणपत्रधारी पत्ता लगाए। कोही रेडियो नेपालमा जागिर खाँदा रहेछन्, कोही प्रहरीमा।
तल्ला क्याम्पसलाई अधिकारसम्पन्न बनाउने सोच माथेमासँग थियो। उनले महेन्द्र मोरङ क्याम्पस विराटनगर र पृथ्वीनारायण क्याम्पस पोखरालाई केन्द्रीय विश्वविद्यालय बनाउने अवधारणा ल्याए, जुन पछि सरकारले लागू गरेको भए अहिले पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका नाममा भइरहेको खर्च कटौती हुन्थ्यो, महेन्द्र मोरङ र पृथ्वीनारायणसँग भएको पूर्वाधारको सदुपयोग हुन्थ्यो।
स्थानीय क्याम्पसलाई स्याटेलाइट क्याम्पसका रूपमा विकास गर्दै पहिलो वर्षउनीहरू आफैंले कक्षा चलाउने, अर्को वर्षप्रश्नपत्र बनाउने, तेस्रो वर्षआफैं जाँच लिने, चौथो वर्षआफैं रिजल्ट प्रकाशित गर्ने गरी अधिकारसम्पन्न बनाउन प्रस्ताव गरेका थिए माथेमाले। यसले क्षेत्रीय विश्वविद्यालयको सोचलाई साकार बनाउँथ्यो।
तर सरकारी निर्णयउल्टो भयो। पोखरा र पूर्वाञ्चल विश्वविद्यालय खोल्ने सरकारी निर्णये एकातिर पहिल्यै निर्मित संरचनाको उपयोग हुन सकेन, अर्कातिर सरकारी स्रोतको दोहन दुइतिर हुनगयो।
पहिले प्राध्यापकलाई खुवाएर बचेको तलबसमेत केन्द्रमा बुझाउनुपर्ने नीति बदल्दै माथेमाले त्यो पैसा क्याम्पसलाई नै चलाउन दिए। केन्द्रलाई बुझाउनुभन्दा ओभरटाइम फारम भरेर भए पनि पैसा सिध्याउन प्रोत्साहित क्याम्पसहरू अब आफ्नो सम्पत्ति हो भनी बचाउन अग्रसर भए। अपनत्वको भावनाले काम गरेको थियो।
माथेमाले र्कीर्तिपुर क्याम्पसमा कुनै दल होस् या सिनेमा, पोस्टर टाँस्न निषेध गरे। कसैले अवज्ञा गरेमा सम्बन्धित पार्टीई चिठी लेख्ने, आफैं उप्काइदिने गर्न थाले। त्रिविसँग धेरै जग्गा थियो, तर त्यसको उपयोग कसरी गर्ने गुरुयोजना थिएन। अस्ट्रेलियाली आर्किटेक्ट ल्याएर सिंगो विश्वविद्यालयको मास्टरप्लान गरे। अहिलेका धेरैजसो भवन र पर्वाधारको योजना त्यसबेलै बनेका हुन्।
पीएचडी गरेर नेपाल र्फकने, तर त्रिवि नफर्की बाहिर बाहिर कन्सल्टयान्सी गरेर हिँड्नेको नाममा र्सार्वजनिक सूचना टा“से। उनले विकल्प दिए, 'कि त्रिविमा आएर काम गर, कि राजीनामा गर। नत्र तिमीहरू फायर हुनेछौ।'
त्रिविबाट सिफारिस लिएर तालिममा विदेश जाने, तर त्रिवि नर्फकनेलाई उनले तालिमबापतको पैसासमेत तिराएछन्। 'बाहिर कन्सल्टयान्सी गर्न जानेलाई स्वीकृति अनिवार्य गराएँ' उनी भन्छन्, 'इसिमोडमा गएका पीताम्बर शर्माले १० प्रतिशत आम्दानी विश्वविद्यालयलाई तिरे। उनको त्यो निर्णये अनुशासन र नियमितता कायम गर्न सहयोग पुग्यो।'
'संस्था बलियो बन्छ भने अलोकप्रिय निर्णयलिन कहिल्यै डराउनुहुन्न,' माथेमा आफ्नो समयतिर फर्केर हेर्छन्, 'हाम्रो टिमले यस्ता अलोकप्रिय तर प्रभावशाली निर्णयकति लियो कति।'
यी सबै भइसक्दा पनि जुन प्रकारको बौद्धिक खुराक विद्यार्थीलाई दिनुपर्ने हो, दिन नसकेको बोध थियो माथेमालाई। पञ्चायत हटेर बहुदल आइसक्दा पनि विद्यार्थी राजनीतिको पारा बदलिएको थिएन। अमेरिकी राजदूतलाई एकपटक भनेका रहेछन् माथेमाले, 'तपाईंको देशका उत्कृष्ट विश्वविद्यालयका भिडियो क्लिप पठाइदिनुस् न, म मेरा विद्यार्थी नेताहरूलाई देखाउँछु।'
'हामी वास्तवमा हाम्रा युवाहरूलाई ढा“टिरहेका छौं,' उनी सकार्छन्, 'जुन प्रकारको शिक्षादीक्षा दिनुपर्ने हो, आजसम्म दिन सकिएको छैन, उनीहरूलाई पनि कस्तो पाउनुपर्ने हो थाहा छैन।'
थप्छन्, 'टिचिङ युनिभर्सिटी थुप्रै होलान्, तर त्रिविलाई एलिट रिर्सच युनिभर्सिटी बनाउने सपना मसँग अझै बाँकी छ।' त्यस्तो युनिभर्सिटी, जहाँबाट पास आउट भएको विद्यार्थीले गौरव गरोस्, म त्रिविको उत्पादन हुँ। उनको समूहले 'आज-भोलि-पर्सि' शीर्षकमा त्रिवि योजना बनायो। आज भनेको वर्तमान, भोलि भनेको चारवर्षो कार्यकाल। पर्सि भनेको २० वर्षछिको त्रिवि। 'बी पक्का, बी सिरियस्, बी प्रोफेसनल,' उनी सम्झन्छन्, 'हाम्रो भिजन क्लियर थियो, त्यसैले अद्भुत खालको काम गर्ने आँट थियो।'
माथेमा भिसी छ“दा पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सभापति रहेका सभासद रवीन्द्र अधिकारी टिप्पणी गर्छन्, 'प्राज्ञिक हिसाबले सर्वोच्च, अति आदरणीय, पारदर्शी हुनुहुन्थ्यो। दल नहेर्ने, विद्यार्थीलाई विश्वास गर्ने उहाँको स्वभावका हामी प्रतिनिधिहरूसमेत
फ्यान थियौं।'
माथेमाको भिजन निस्वार्थ र स्पष्ट भएकैले झट्ट हेर्दा विद्यार्थीविरोधी देखिने कतिपय निर्णयाई समेत संगठनहरूले साथ दिएको उनी सम्झन्छन्। 'शिक्षाको सबालमा उहाँजत्ति गहिरो धारणा भएका बुद्धिजीवी कमै छन्। शिक्षा नाफामुखी हुनुहुन्न, यसले व्यक्तिको अन्तर्निहित भावना बाहिर ल्याइदिनुपर्छ भनेर सदैव लागिरहनुभयो,' अधिकारी थप्छन्, 'जतिसुकै विरोध र हूलदंगा भए पनि विद्यार्थीको आक्रोश एक्लै सामना गर्न सक्ने साहस भएको भिसी हो उहाँ।'
अधिकारी सचेत गराउँदा रहेछन्- साँझ परेका बेला भीडतिर नजानूस् सर खतरा हुन सक्छ।
माथेमा प्रतिवाद गर्दारहेछन्- लौ, विद्यार्थीको माझमा भिसी डराएपछि सक्किगो नि। मज्जाले कुरा राख्ने, मज्जाले प्रतिवाद वा तर्क पनि गर्ने हो। उनीहरूको कुरा राम्रो रहेछ भने मान्दिने पनि हो।
हुन पनि माथेमा राति १२ बजे पनि निरीक्षण र अनुगमनका लागि सानेपाबाट र्टचलाइट बालेर र्कीर्तिपुर पुग्दा रहेछन्। उनले व्यक्तिगत फाइदाको लागि त्रिवि हाँकिरहेको होइन भन्ने सबै विद्यार्थीलाई परेको थियो भन्छन्, अधिकारी।
अहिले माथेमाको ध्याउन्न छ- देशका सबैभन्दा चम्किला ताराहरूलाई कसरी विश्वविद्यालयमा आकषिर्त गर्ने- उनीहरू बैंक, निजामती होइन, विश्वविद्यालयतिर आकषिर्त होऊन् भनी योजना बनाउन ढिला हुन थालेकोमा उनी थकथकी मान्छन्। भन्छन्, 'चैतन्य मिश्रले भर्खरै अवकाश पाए। पीताम्बर शर्मा, श्रीधर लोहनी, अभि सुवेदी, मोहन ज्ञवालीजस्ता क्षमतावान् स्कलर जाँदै गर्दा अझ राम्रा विद्यार्थी र प्राध्यापक ल्याउने चुनौती त्रिविसँग छ।'
विश्वविद्यालयको परिवर्तनलाई जीवनशैली बनाएका माथेमाले कति काम गर्न पाए, कति गर्न सकेनन्, पाएनन्। तैपनि सफलता र सन्तुष्टिका अध्यायहरू पल्टाउँछन् उनी।
'सम्पर्ण शक्ति खन्याएर विश्वविद्यालयका लागि म र मेरो टिमले काम गर्‍यो। एउटा पनि निर्णयगलत भएको भन्दै फिर्ता लिनुपरेन। एउटा पनि मुद्दा हारिएन,' उनी सगौरव सुनाउँछन्, 'तीनवर्षो कार्यकालमा त्रिविमा जुन सुधार आयो, कुनै पनि र्सार्वजनिक क्षेत्रमा त्यस्तो सुधार आजसम्म देखिएको छैन।'
अनि थप्छन्, 'मेरो सुर त दुइ कार्यकाल भिसी खाने थियो, त्यति गर्दा त्रिवि ट्रयाकमा आउँछ अनि जिम्मा लगाउँला भन्ने थियो। तर आफूले मात्रै सोचेर नहुने रहेछ।'
आखिर किन सोचेजस्तो भएन त-
माथेमाले त हाकाहाकी केही बताएनन्। तर उनकै टिममा रहेर काम गरेका राजनीतिशास्त्री कृष्ण खनालले यसको गुह्य खोले।
प्रधानमन्त्री मनमोहनबाट प्रोत्साहन पाएर फर्केका माथेमालाई अर्को साता शिक्षामन्त्री मोदनाथ प्रश्रतिले बोलाएर सरकारलाई 'सहयोग गर्न' आग्रह गरेका रहेछन्। माथेमाले सोझो तालमा भनेछन्, 'हुन्छ नि मन्त्रीज्यू, मलाई प्रधानमन्त्रीज्यूले पनि अझै राम्ररी काम गर्नु भन्नुभएको छ।'
'होइन, मैले त्यसो भन्न खोजेको होइन। तपार्इंले हामीलाई सजिलो हुने गरी सहयोग गरिदिनुपर्‍यो।'
'मैले कस्तो खालको सहयोग गरिदिनुपर्‍यो-'
'तपार्इंले हामीलाई भिसी छाडेर सहयोग गरिदिनुपर्‍यो। नया“ सरकार आएको तपार्इंलाई थाहै छ।'
माथेमाले मनसाय बुझिहाले। थपक्क प्रधानमन्त्रीकहाँ गएर राजीनामा दिने निर्णयसुनाए। 'मलाई थाहा छ, त्यसबेला मनमोहनजीलाई कति दर्दर् भएको थियो,' उनी स्मृतितिर चिहाउँछन्, 'त्रिवि हाँक्नु भनेको के हो भन्ने कुरा उहाँले बुझ्नुभएको थियो, निहुरिएर बसिरहनुभयो।'
दुइ कार्यकाल भिसी भएर त्रिविलाई उपल्लो हैसियतमा पुर्‍याउने माथेमाको सपना तुहियो। सत्ता र बाहिरका सबैलाई थाहा थियो, उनका लागि भिसी हुनु भनेको जागिर खानु थिएन, आफ्नो नेतृत्व कौशल देखाउनु थियो।
त्यसयता आजका मितिसम्म त्रिविमा दलीय भागबन्डा जारी छ। त्यसको क्यान्सरले त्रिविलाई कुन हदसम्म छियाछिया बनाइसक्यो, माथेमा हेरिरहेछन्, तपार्इं हामी पनि हेरिरहेका छौं।
'वामपन्थी झुकाव भएका प्राध्यापकलाई पनि आफ्नै विवेकमा योग्यताका आधारमा नियुक्त गर्नुभएको थियो,' खनाल सम्झन्छन्, 'कांग्रेसवृत्तका केही साथीभाइ भागबन्डाबाहेक अरू सोच्न सक्दैनथे। उनीहरूलाई माथेमा सरको काम गर्राई मन परेको थिएन।'
विश्वविद्यालय निरीक्षणमा जाने राजाका एडीसीहरू व्यवस्थापन गर्ने माथेमाको अद्भुत कौशल देखेर चकित पर्दारहेछन्, 'अहो, सरको अफिस त थ्रीस्टार होटलजस्तो छ त!'
जीर्ण त्रिविलाई यो अवस्थामा ल्याइपुर्‍याएका थिए उनले। 'तपार्इं हिमालबिनाको नेपाल कल्पना गर्न सक्नुहुन्छ-' उनी भावुक हुन्छन्, 'तपार्इं त्रिविबिनाको नेपाल कल्पना गर्न सक्नुहुन्छ- अहिले पो राजनीतिले थिल्थिलो बनायो, नत्र..।'
सानेपा निवासस्थित जापानी शैलीको शान्त कोठामा एक्लै बसिरहेका माथेमा जापानका लागि छ वर्षराजदूत हुन पुगे। उनी सरकारको स्वास्थ्य नीति तर्जुमा आयोग प्रमुखमा यसै साता नियुक्त भएका छन्। उनको व्यस्तता फेरि बढ्न थालेको छ।
पत्रकार किशोर नेपालको भनाइमा माथेमा नेपालको यथार्थसुहाउँदो कल्पना र योजना गर्न सक्ने प्राज्ञ हुन्। नेपाली समाजमा उनको नैतिक बल र विश्वसनीयता एकदमै माथि छ। 'सत्ताका क्याम्पहरूमा जान इन्कार गर्ने, स्वतन्त्र सोच बोकेको व्यक्तित्व हो उहाँ,' नेपाल भन्छन्, 'उहाँको योगदानलाई समाजले उच्च आदरका साथ काउन्ट गरेको छ।'
प्राध्यापक खनाल भिसी माथेमाको कार्यकालमाथि टिप्पणी गर्छन्, 'विश्वविद्यालयको कुनै मान्छे चुनाव लड्न जान्छ भने राजीनामा दिनुपर्छ भनेर अड्डी लिनुभयो। संविधानले त्यसो भन्दैनथ्यो, तर ऐनमा त्यस्तो व्यवस्था राख्नुभयो। जिते संसद्मा जाने, हारे कालोपाटी पुछ्न र्फकने प्रवृत्तिको विरोधी हुनुहुन्थ्यो। क्याबिनेटले निर्णयगरेर फलाना प्राध्यापक सरकारलाई चाहियो भनेमा मात्रै अनुमति दिनुहुन्थ्यो।'
त्रिचन्द्र, आरआर र पद्मकन्या हुँदै कलेज अफ एजुकेसनमा पढाउन पुगेका माथेमा आफ्नो समयका धेरै प्रभावकारी प्राध्यापक भएको मूल्यांकन गर्छन्, उनका विद्यार्थी तथा समाजशास्त्री चैतन्य मिश्र। 'सम्पर्ण इनर्जीका साथ पढाउनुहुन्थ्यो, नाटक पढाउँदा पात्रहरूले झैं बोलेर सुनाउनुहुन्थ्यो,' माथेमाका कक्षा सम्झन्छन् मिश्र, 'त्यसबेला जस्तो हुनुहुन्थ्यो, आजसम्म उस्तै समर्पित हुनुहुन्छ। उहाँको चेलो हुन पाएकामा म सधैं खुसी छु।'
माथेमा अध्यापनका दिनहरूतिर र्फकन्छन्। 'मैले आफ्नो बारेमा गफ दिन खोजेको होइन। तर त्रिचन्द्र पढाउँदाको बेला म निकै इफेक्टिभ टिचर थिएँ। हरमिनेट श्वास फेर्दा अध्यापनबारे सोचिरहन्थें,' २०२३ सालतिरको समय सम्झन्छन्, 'घरमा आठनौ घन्टा तयारीमा बिताउँथें। आफ्नै खर्चमा ह्यान्डआउट छपाएर बाँड्थें। गृहकार्य दिन्थें।'
त्यस बेलाका २१ वर्षो लेक्चररसामु छात्रहरू भन्थेछन्, 'बिटल्स, क्लिफ रिचर्डका गीतको प्यार्टनबारे भन्दिनुस् न।'
छात्राहरू भन्थेछन्, 'हामीलाई प्राइभेट कोचिङ गरिदिनुस् न।'
काठमाडौंको कुलीन वर्गमा जन्मेर पनि छोरालाई र्सार्वजनिक स्कुल हुलेका प्राध्यापक आफू कोचिङ के पढाउँथे !
घोडाझैं नित्य दौडिनु, दौडिरहनु माथेमाको जीवनदर्शन हो। तस्बिरमा शशि शाहले बनाएको घोडाको पेन्टिङमुनि उनी मुस्काइरहेछन्। तीन सेकेन्ड पनि नबिताई उनी घोडाको पेन्सिलचित्र कोर्न सक्छन्। हुन त घोडालाई धेरै दार्शनिकले अनेक अर्थमा बुझ्छन्। उनका लागि भने जीवन जिउने भित्री प्रेरणा हो।
२० वर्षघि त्रिविबाट बाहिरिएका यी जोदाहा प्राध्यापक आगामी मंगलबार ७० वर्षटेक्दैछन्। उही जोश, झोंक बोकेर निरन्तर हिँडिरहेका विश्वविद्यालयका घोडालाई कान्तिपुरले सम्झाइदियो, 'सर तपाईं ७० लाग्दैहुनुहुन्छ।'
उनी एकछिन अल्मलिए। अनि आत्तिँदै उत्तरमा प्रश्न गरे, 'हो र- लौ मारिगयो नि।'
'बुढिँदै जानुभएको छ। कुनै विशेष अनुभूति छ-'
'छैन हौ- पटक्कै फिल हुन्न। यही त मेरो समस्या छ।'

Kantipur


प्रकाशित मिति: २०७१ मंसिर ७

http://www.ekantipur.com/np/2071/8/7/full-story/399089.html

No comments:

Post a Comment