Sunday, September 27, 2015

बाबुरामद्वारा चार दशक लामो कम्युनिस्ट राजनीति अन्त्य

 बसन्त बस्नेत
c;f]h ( काठमाडौं- एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टर्राईले आफ्नो ४० वर्षो कम्युनिस्ट राजनीतिको अध्याय अन्त्य गरेका छन् । संविधानसभाको माग राख्दै २०५२ सालबाट सशस्त्र 'जनयुद्ध' थालेको तत्कालीन नेकपा -माओवादी) का एक सुत्राधार भट्टर्राईले संविधानसभाबाट संविधान बनेको छ दिनपछि पार्टर्ीीे सदस्यता र सभासद् पद दुवै नरहने गरी शनिबार बाहिरिएको घोषणा गरेका हुन् ।

मार्क्सवादप्रति आफ्नो अटुट विश्वास रहे पनि परम्परागत कम्युनिस्ट धारभन्दा अलग समाजवादी शक्ति बनाउनेबारे आगामी छलफल अगाडि बढाउने उनले कान्तिपुरलाई बताए । एमाओवादीले भट्टर्राईको निर्ण्र्ाााई 'आर्श्चर्य र अस्वाभाविक' भनेको छ ।

अध्यक्ष पुष्पकमल दाहाललाई पार्टर्ीीाड्नेबारे र सभामुख सुवास नेम्वाङलाई संसद छाड्नेबारे जानकारी गराइसकेको भट्टर्राईले जानकारी दिए । 'मैले केही समयदेखि नया परिस्थितिअनुसार पार्टर्ीीनि रुपान्तरण हुदै जानर्ुपर्छ भन्दै आएको थिए,' नरम र भावुक स्वरमा २० मिनेट बोलेका भट्टर्राईले भने, 'संविधानसभाबाट राजनीतिक परिवर्तनको एउटा चरण पुरा भइसकेको सर्न्दर्भमा अब नया“ केही गर्न सक्छु भन्ने आशयले सबैसग छलफल गर्ने गरी आजैका मितिदेखि मैले एमाओवादीको सम्पर्ूण्ा दायित्व, जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु ।'

एमाओवादीबाट बाहिरिएसगै उनले बाहिर रहेका, कुनै पनि पार्टर्ीी नरहेका स्वतन्त्र व्यक्तित्वसग सल्लाह गरी आगामी यात्रा तय गर्ने संकेत दिए । नया बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टर्राईले आफ्नो चार दशको राजनीतिक यात्राका महत्वपर्ूण्ा घुम्तीहरुको सगौरव सम्झना गरे । संविधानसभाबाट जनताले चुनेका प्रतिनिधिले संविधान निर्माण गर्नुपर्ने आफ्नो प्रस्तावलाई अध्यक्ष पुष्पकमल दाहालले चालिसको दशकको अन्त्यमा 'संशोधनवादी बाटो' भनी आलोचना गर्नेगरेको चर्चा गर्दै भट्टर्राईले अहिले पनि आफूलाई संविधानविरोधीका रुपमा चित्रित गर्न खोजिएको गुनासो गरे ।

'प्रचण्डजीले संविधानसभा शब्द नरुचााएका कारण २०५२ सालको ४० सुत्रीय मागमा उक्त शब्द प्रयोग नगरी जनताले चुनेका प्रतिनिधिद्वारा भन्ने शब्द राख्नुपरेको थियो, जनयुद्धकै बीचमा पनि मैले संविधानसभाकै लागि पटक पटक बहस चलाउनुपरेको थियो,' उनले दुखेसो गरे, 'पछिल्लो समय संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापतिका रुपमा र त्यसपछि शर्ीष्ा नेतासम्मिलित विशेष समिति संयोजकका रुपमा मैले अधिकतम सहमतिका लागि हदैसम्म मेहनत गरें, तर असन्तुष्टहरुसग र्सार्थक परिणाममुखी वार्ता गरौं भन्दा मलाई नै संविधानविरोधी देखाउने कोसिस भयो ।'   

आफूले युद्धकालमै पटक पटक संविधानसभाको बहस उठाउदा पार्टर्ीीट कारबाही भोगेको विगत सम्झे बाबुरामले । गणतन्त्र र संविधानसभाको कुरा उठाएर १२ वर्षघि कान्तिपुरमा लेख प्रकाशित गरेपछि पार्टर्ीी कारबाही गरेकेा समते उनले दोहोर्‍याए । भर्खरै संविधानको परिमार्जित मस्यौदामा भदौ १९ गते संशोधनसहित पारित भएपछि संविधान बन्ने पक्कापक्की भएको सर्न्दर्भमा असन्तुष्ट मधेसी, जनजातिलगायतसग र्सार्थक संवाद गर्ने आफ्नो चाहना पूरा नभएको, त्यसका कारण कफर््र्यु र हिंसाबीच संविधान जारी हुन पुगेको भट्टर्राईले टिप्पणी गरे ।

एमाओवादीका वैचारिक अगुवा मानिने भट्टर्राई पार्टर्ीीत्र भने निरन्तर अल्पमतमा थिए । संविधानविनै पहिलो संविधानसभा भंग हुदा प्रधानमन्त्री पदमा आसीन भट्टर्राई दोस्रो चुनावमा एमाओवादीको फराकिलो पराजयपछि नेतृत्व परिवर्तन हुनुपर्ने मागका कारण चर्चामा आए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धाधलीका कारण चुनाव हारेका बताइरहदा चुनाव परिणाम आएको पाचौं दिनमा फेसबुक स्टयाटस लेखेर भट्टर्राईले आन्तरिक कमजोरी पराजयको मुख्य कारण भएको टिप्पणी गरेपछि एमाओवादीमा विवाद चुलिएको थियो । भट्टर्राईले त्यसपछि निरन्तर नया शक्ति निर्माणको बहस चलाउदै आएका छन् । शनिबारको पार्टर्ीीरित्याग घोषणालाई कतिपयले त्यही नया शक्ति निर्माणको रणनीतिसग जोडेर हेरेका छन् । तर कान्तिपुरसग कुरा गर्दै भट्टर्राईले तत्काल त्यस्तो शक्ति घोषणा नहुने भन्दै सबैसग खुला मनका साथ बहस चलाउने जानकारी दिए । 

संविधान निर्माणपछि सबै दलहरुले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन नगरे परिवर्तनको सन्देश जनतामा नजाने भनी उनले लेख्दै, बोल्दै आएका थिए । 'पार्टर्ीीनेको साध्य होइन, साधनमात्रै हो,' उनले अर्थ्याए, 'समाजमा आएको नयापनलाई स्वीकार गर्ने पार्टर्ीीत्रै जनताको आफ्नो हुन सक्छ । मेरो खोजी त्यसैका लागि जारी रहनेछ ।' तत्काल कुनै दलमा जाने या नया दल निर्माण नगर्ने जानकारी दिएका उनले संविधान निर्माणपछिको नया परिस्थितिलाई सम्बोधन गर्नेगरी सबै पक्षसग संवाद र बहस चलाउने बताए । मार्क्सव्ाादप्रति आफ्नो अगाध आस्था रहे पनि उनले समाजवादको मात्रै चर्चा गरे, साम्यवादबारे कुनै टिप्पणी गरेनन् । तर आगामी राजनीतिक यात्रा परम्परावादी कम्युनिज्मभन्दा अलग हुने उनले प्रष्टयाएका छन् ।

चार वर्षघि देशको ३५ औं प्रधानमन्त्री निर्वाचित भट्टर्राई सहरीया मध्यमवर्ग र बौद्धिक वृत्तमा लोकप्रिय ठानिएका थिए । पछिल्लो समय भने सोही जमात्द्वारा आलोचित भट्टर्राईले संविधान निर्माण प्रक्रियासग असन्तुष्ट मधेसी, जनजातिलगायतलाई समेट्ने कोसिस गरिरहेका छन् । 'संविधान जारी हुने कुरा सबैका लागि खुसियाली र उल्लासको विषय हुनुपथ्र्यो, तर यहा दीपावली हुदैगर्दा आधा नेपाल अन्धकारमा थियो,' कुनै लिखित कागज नपढी खुलस्त शैलीमा प्रस्तुत भट्टर्राईले थपे, 'थारु बहुल क्षेत्र, जाति-जनजातिलगायतको सीमांकनमा त्रुटि सच्याउन केही नेताहरु तयार नहुदा समुदायको ठूलो हिस्सा असन्तुष्ट भयो ।' एमाओवादीसहित कांग्रेस र एमालेसग मधेसी र जनजातिको असन्तुष्टि बढेको आकलन गरेका भट्टर्राईले त्यसलाई आफ्नो आधार बनाउने संकेत दिएका छन् ।

भट्टर्राईले पार्टर्ीीध्यक्ष भएर एमाओवादीमा र्फकने अब कुनै सम्भावना नरहेको उल्लेख गरे । 'घरबाट निस्किसकेपछि नया घर बनाउने, नयँ बाटो हिंड्ने अथवा जंगलमा बस्ने अनेक विकल्पहरु हुन्छन्,' एमाओवादीमा र्फकने सम्भावना नरहेको भन्दै उनले थपे, 'पुरानो घर, भत्केको घर, छोडेको घर र्फकने कुरा हुदैन ।'

भट्टर्राईको बहिर्गमनसगै एमाओवादी थप खण्डित भएको छ । पहिलो संविधानसभा विघटनलगत्तै तत्कालीन उपाध्यक्ष मोहन वैद्य, नेता नेत्रविक्रम चन्द, देव गुरुङ, सीपी गजुरेललगायतले एमाओवादी त्यागेका थिए । दोस्रो सभा समापन भएसगै एमाओवादीका 'आइडिओलग' मानिने भट्टर्राईसमेत बाहिरिएपछि अब अध्यक्ष दाहालसग उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरु साथमा रहनेछन् । एमाओवादीका मधेसी नेताहरुले संविधानमा असन्तुष्टी जनाउदै एक साताअघि पदत्याग गरेको घोषणा गरिसकेका छन् । आफूपक्षधर नेताहरु आफूसग आउने विश्वास भट्टर्राईको छ ।
एमाओवादीले आइतबार बिहान बस्नेगरी स्थायी कमिटी र दिउसो बस्नेगरी केन्द्रीय कमिटी बैठक डाकेको छ । केन्द्रीय कमिटी बैठक यसअघि नै तय भइसकेपछि भट्टर्राईको बहिगर्मनमाथि छलफल गर्न स्थायी कमिटी बस्न लागेको लाजिम्पाट स्रोतले जानकारी दिएको छ ।

शुक्रबार अपराह्न अध्यक्ष दाहाल र भट्टर्राईबीच झन्डै दर्ुइ घण्टा कुराकानी भएको बताउदै उक्त स्रोतले एमाअेावादीको पर्ुनर्गठन गर्नेगरी संविधानमा भिन्न मतलाई आन्दोलनको मुद्दा बनाउने योजना तय भएकेा जानकारी दियो । शनिबार भट्र्राईको राजीनामा आएपछि अध्यक्ष दाहालले आर्श्चर्य व्यक्त गरेका छन् । 'यो त पूरै आकस्मिक र अप्रत्याशित भयो,' पदाधिकारीहरुसग दाहालले गरेकेा टिप्पणी उद्धृत गर्दै एमाओवादीका एक नेताले बताए, 'देश यस्तो संकटमा परेको बेला यो उचित निर्ण्र्ााभएन ।' पार्टर्ीी्रवक्ता दीनानाथ शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'छलफलकै माध्यमबाट सबै समस्याको समाधान हुन सक्ने कुरा सुनिश्चित छदाछदै केन्द्रीय समिति बैठकको पर्ूवसन्ध्यामा पार्टर्ीीरित्याग गर्नु स्वभाविक देखिदैन । कमरेड भटटर्राईले यस निर्ण्र्ााा पुनर्विचार गर्नुहुने आशा छ .

sflGtk'/ b}lgs, c;f]h !), @)&@ df k|sflzt 

No comments:

Post a Comment