कविहरू गद्यको प्रदेशमा पसे भने के हुन्छ? के गद्यकारको सत्ता …कामचलाउ' हुन्छ? शारदा शर्माको …भुइँफूलको देश' ले माथिको प्रश्नमा निहित चिन्ता समाधान गर्छ। गद्यकारको राज्यमा कवि छिर्दैमा कसैको स्वर्ग गुम्ने होइन। बरू, काव्यिक शैली घोलेर सामान्य लाग्ने अभिव्यक्तिलाई पनि कसरी संवेदनशील र प्रभावकारी बनाउन सकिन्छ भनी सिक्न मिल्नेछ।
चालीसको दशकमा …आज मसँग निर्वाणका कुरा नगर' जस्ता शक्तिशाली कविता लेख्ने शर्मा पछिल्लो समय गद्यमा भिडिरहेकी छिन्।
…अग्निस्पर्श' र प्रस्तुत किताब पढेपछि पाठकलाई थाहा हुन्छ– यिनलाई निबन्ध, नियात्रा आदिमा पनि दोयम भएर बस्ने रहर छैन। अब्बल प्रमाणित हुनु यिनको अभीष्ट हो।
सोच र कर्महरू व्यक्तिसापेक्ष हुन्छन्। एघार खण्डमा बाँडिएको …भुइँफूलको देश' चाहिँ मान्छेको निरपेक्ष …मानिसता' को वर्णन हो। सतहमा पढ्दा शर्माको लेखनमा विरोधाभासै विरोधाभास पाइन्छ। गम्भीर पठनपछि थाहा लाग्छ– संवेदनशील लेखक हुनुको अर्थमा शर्मा मान्छेेको बाँच्न पाउने अधिकारप्रति सम्झौता गर्न तयार छैनन्।
…कांग्रेस हो तिमी?' घान्द्रुककी हजुरआमाको ठाडो र अप्रत्याशित सोधाइबाट एकछिन त जिल्ल परें म। उनको प्रश्न गराइबाट महसुस हुन्थ्यो, कांगेस उनको लागि सबैभन्दा निकटको, स्नेहको, प्रेमको नातो हो।
…... आफ्नो मान्छेलाई जोगाएर लैजा नानी। अचेल माओवादीले कांग्रेस देखे काट्छ।' (पृष्ठ १८४)
शर्मा लेख्छिन्, …हिंसा हत्याका क्रियाकलापलाई अतिरन्जित महत्व र प्रचार दिएर आतंककारीलाई हामीले नै हिरो बनाएका हौं।' (१८२)
सशस्त्र युद्धका बेला …कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी' काँटछाँट गर्ने माओवादीको नीति थियो। बर्बरतालाई संवेदनशीलतापूर्वक बुझाउन मानवअधिकारवादी संस्थाको प्रतिवेदनभन्दा साहित्य बढी प्रभावकारी हुन्छ भन्ने शर्माको लेखन एक उदाहरण हो। तर, लेखकमा कसैप्रति वैचारिक पूर्वाग्रह नरहेको दर्शाउन माओवादीमाथिकै अर्को टिप्पणी उठाउनु यहाँ सान्दर्भिक हुन्छ।
…भोग्नेहरूका निम्ति जतिसुकै क्रुर र कठोर भए पनि मुलुक तानिएर आइपुगेको आमूल परिवर्तनको यो अवस्था माओवादी क्रियाकलापको अभावमा यतिछिटो सम्भव हुँदैनथ्यो कि जस्तो लागिरहेथ्यो, मनभित्र कतै।' (पृष्ठ ५६)
लेखकका भ्रमणमा पति नरहरि आचार्य सँगै छन्। आचार्य नेपाली कांग्रेसको नेता भएकाले कतिपय ठाउँका यात्रा सहुलियतमा सम्भव भएका छन्। शर्माको लेखक चित्तलाई कतिपय ठाउँमा …डिस्टर्ब' पनि भएको छ। राजनीतिक विवाद, चिन्तन र गन्थनदेखि सुदूर गएर अर्गानिक घुमघाम गर्ने उनको आकांक्षा हुनसक्ला। तर, एक भारतीय कविले लेखेका छन्, …आमा भन्नुहुन्छ– आगोसँग नखेल्नु/ बुबा भन्नुहुन्छ– आगोसँग नखेल्नु/ म के गरूँ– जब आगो नै मसँग खेल्न आउँछ।' यात्रामा राजनीतिलाई परै राख्ने योजनामा आचार्य, प्राध्यापक कृष्ण खनाल, कांग्रेस र अन्य दलका जिल्ला नेता र कार्यकर्ताको अघोषित मेलाले …भिलेन' खेल्छ। त्यसैले, राजनीति उनीसँग यात्राभरि किताबभरि खेल्न आउँछ।
तर शर्मासँग उनको …प्रभु' पनि सँगै छ। त्यो प्रभु को हो, उनलाई पनि थाहा छैन। अर्थात् थाहा नहुनुको भ्रम छ। …प्रस्तावना' भनिएको प्राक्कथनमा उनी दावी गर्छिन, …त्यही प्रभुले अनेकन् कष्टबीच पनि मलाई जीवन बाँच्न सजिलो बनाइदिएको छ।' आफूमा केही रहस्य बाँकी राख्दै दोस्रो मान्छेलाई आफूप्रति सदैव शंकालु बनाइरहन सक्ने मान्छे बिग्रियो भने ठग हुन्छ। सप्रियो भने लेखक। शर्माले उनको …प्रभु' प्रति अबोधता देखाएर सृजनशील ठगी गरेकी छिन्। त्यसले किताबलाई रुचिपूर्ण नै बनाएको छ।
पैदल, गाडी, विमान आदिबाट देशदर्शन गर्न हिड्दाका भोगाइ प्रस्तुत किताबमा छन्। खप्तडको उचाइ, मुक्तिनाथ र ताप्लेजुङ पाथिभरातिरका अनुभूति, कर्णालीको विकटताप्रति उनको सरोकार आदि किताबका आकर्षण हुन्। काठमाडौंबाट देश हेर्न निक्लेकी यी लेखक अधिक मूलबाटो हिँड्छिन्। मूलबाटोबाट देखिने फूल, प्रकृति र जिन्दगीको नेपाल शर्माको …भुइँफूलको देश' हो। देश मूलबाटोदेखि पर पनि छ। रुकस्याक बाँधी भ्रमण गर्ने यी आन्तरिक पर्यटक यतातिर सचेत हुनुपर्छ। उनले अर्को किताब त्यो नेपालबारे लेख्नुपर्छ।
यात्रा–निबन्ध भनिएको यो किताब थुप्रै ठाउँमा यात्रा वर्णन हुन पुगेको छ। नियात्रा वा यात्रा–निबन्धले पाठकलाई लेखक सँगसँगै लैजाने भाषा पक्रनुपर्छ। त्यसले यात्रासाहित्यलाई प्रतिवेदन हुनबाट जोगाउँछ। लेखकीय बान्कीलाई छाड्ने हो भने शर्मा अरुजस्तै फगत् एक व्यक्ति हुन्। उनको निजत्वले महत्वपूर्ण ठानेका सबै कुरा पाठकलाई सरस नलाग्न पनि सक्छ।
एउटा जिम्मेदार लेखकका रुपमा आफूलाई स्थापित गर्न चाहनेले पाठकीय चाहनाको पक्षलाई बेवास्ता गर्नुहुँदैन। शर्माले यात्राका टिपोट र व्याख्यालाई ऋतुपिच्छे रुप फेरिरहने उनकै किताबभित्रको …रहस्यमयी रारा' जस्तै गतिशील बनाउनुपर्छ, एउटै छन्दमा सुसाइरहने तराईको बाग्मतीजस्तो होइन। यसअर्थमा यो किताब अहिलेलाई भुइँका फूल र मानिसबारे खेस्रा हुनपुगेको छ। यसले विविधतापूर्ण शैली र रंग पनि अपेक्षा गर्छ। शर्माको आगामी कृतिका लागि यो पाठकीय प्रेस्त्रि्कप्सन हो।
शर्माले पति आचार्यलाई आफ्नो सुविधाअनुसार …तँ, तिमी, तपाइँ' भनी बोलाएकी छिन्। आचार्यले त्यसको उत्तर कसरी गरे होलान्! जीवन जस्तो छ, त्यस्तै रहन दिनुपर्छ। किताबी सम्बोधन जीवनदेखि परको अपवाद होइन।
स्तरीय किताब छनौट गर्न नेपाली प्रकाशक माहिर हुँदैगएका देखिन्छन्। सांग्रिला बुक्स तीमध्ये एक हो। उसले …डिमाइ साइज' मा यो किताब छापेको छ। तर, अक्षर भने बाह्र प्वाइन्टका राखेको छ। पाठकले यसमा सन्तुष्टि लिने ठाउँ छैन। प्रकाशकले अखबार पढ्ने बानी भएका स्वस्थ र तीक्ष्ण आँखालाई मात्रै लक्षित गरी यो किताब छापेको होला। आगे उही जानोस्।
भुइँफूलको देश
यात्रा–निबन्धकार : शारदा शर्मा
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : २५६
मूल्यः रू. ३००

No comments:
Post a Comment