महेश पौड्याल
केही वर्षअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले होटल सोल्टी क्राउन प्लाजामा एउटा कार्यक्रम राख्यो, र त्यसमा डायस्पोरासम्बन्धी कार्यपत्र प्रस्तुत गरियो। कार्यपत्रले नेपालबाहिर बसेर लेख्ने नेपालीलाई डायस्पोराको प्रमाणपत्र त दियो नै, होमनाथ सुवेदीको नेतृत्वमा अमेरिकामा भइरहेका प्रयासहरूलाई नेतृत्वदायी तुल्याइदियो। २००९ मा अमेरिकाको न्युयोर्कमा भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका सन्दर्भमा ११ अगस्ट २००९ मा नेपालन्युज डटकमले उनै होमनाथ सुवेदीसँगको एउटा अन्तर्वार्ता प्रकाशित गर्यो, जसको भूमिकामै भनियो, नेपाली डायस्पोरा साहित्यको …क्रियसन' अर्थात निर्माणपछाडिको उर्जा भनेकै उपन्यासकार, कवि र समाजसेवी होमनाथ सुवेदी हुन्।
केही वर्षपछि सुनियो, को डायस्पोरा हो र को होइन भन्नेबारे त्रिभुवन विश्वविद्यालयमा ठूलै बहस भयो रे, कुन्नि कुन मार्गबाट कसकसका उपन्यास पठ्यक्रममा परे रे, र विवाद पनि भयो रे।
गुगलमा नेपाली डायस्पोरा लेखनबारे …सर्च' गर्दा धेरै साइट भेटिन्छन्। खोलेर हेर्यो कुनै पनि आधिकारिक, प्राज्ञिक रूपले प्रमाणित, सोध–अनुसन्धानमा आधारित र विधिवत पञ्जीक्रित अध्ययन केन्द्रले प्रकाशित गरेका विश्वसनीय सामग्री पाइँदैनन्। जुन खेल्यो, आत्मगर्जनका स्वर। उही खसीको सातपत्रेजस्तो, जता पल्टाए पनि गोबरै।
नेपाली डायस्पोरा सशरीर छ, विवाद छैन। नेपाली डायस्पोरा साहित्य पनि छ, मान्नुपर्छ। तर अहिले नेपाली डायस्पोरा साहित्यको स्वयम्भु बिल्ला भिरेर हिँड्नेहरू डायस्पोराको सैद्धान्तिक कसीमा खरा उत्रन सक्छन् कि सक्दैनन्? विश्वसाहित्यमा डायस्पोरा राइटिङ एक प्रकारको फेसन बनेको छ, विशेष गरी उत्तरऔपनिवेशिक कालखण्डमा। धेरैलाई डायस्पोरिक लेखन भनेको उत्तरऔपनिवेशिक साहित्यको एक पाटो हो भन्ने भ्रम पनि छँदैछ। को हुन् डायस्पोरा, के हो डायस्पोरा लेखन, र नेपाली डायस्पोराको बिल्ला लाउने स्वयम्भुनाथहरू वास्तविक डायस्पोरा लेखक हुन् कि हैनन्?
विश्वसाहित्यले …डायस्पोरा' शब्द ग्रिक भाषाबाट ल्याएको हो। यसको मूल अर्थ हुन्छ, बारीमा बिउ छरिएजस्तै छरिनु। उहिले सम्राट सिकन्दरकै पालादेखि यहुदीहरू पश्चिम एसियाबाट युरोप हुँदै ग्रिस पुग्थे र उतै बस्थे। ती अनागरिक उताका बासिन्दा बन्थे, र माया उनीहरूको जन्मभूमिलाई गर्थे। विश्वमानचित्रमा यहुदीकै लागि भनेर बनाइएको राष्ट्र इजरायलको जन्मभन्दा दुई सहश्राब्दीअघि नै यहुदी डायस्पोराको जन्म भएको थियो। डायस्पोरा हुनका लागि पितृभूमि हुनु, र त्यो छोडिनु सिद्धान्ततः कति आवश्यक छ भन्ने प्रश्नलाई यस यथार्थले एकपल्ट जटिल बनाइदिएको छ। तैपनि, डायस्पोरिक पहिचानको सैद्धान्तिक चर्चाका लागि पितृभूमिको आवश्यक्तालाई जायज मान्नुपर्छ।
आफ्नो पितृभूमि छोडेर पराया मुलुकमा बसोबास गर्नेहरू आप्रवासी हुन्, या प्रवासी हुन्। सबै प्रवासी डायस्पोरा हुँदैनन्। को डायस्पोरा हो र को हैन त?
डायस्पोरा साहित्यका विख्यात सिद्धान्तकार विलियम सफ्रानले बनाएका मान्यतालाई मानक मानिन्छ। उनका अनुसार डायस्पोरा स्वयं या तिनका पुर्खा आफ्नो पितृभूमिबाट कम्तीमा दुई अन्य मुलुकका मूलधारको सामाजिक/सांस्कृतिक जीवनभन्दा बाहिरको भूगोलमा पलायन भएका, फगत एक सामूहिक स्मृतिमा पितृभूमि, यसको सपना र मिथकलाई सुरक्षित राखेका, नयाँ गन्तव्य राष्ट्रको मूलधारमा प्रवेश पाउन सकिँदैन भन्ने मनोविज्ञानले ग्रसित भएकै कारण निषेधित र अवहेलित भएको अनुभव सँगालेका, इतिहासको कुनैनकुनै कालखण्डमा एकमात्र साँचो भूगोल उनीहरूको पितृभमि फर्कन्छौं भन्ने अठोट पालेका, पितृभूमि फर्कने आफ्नो नैसर्गिक अधिकारको बोध भएका र त्यसका लागि संगठित रूपले संघर्षरत रहेका, र अन्तमा पितृभूमिसँग कुनैनकुनै रूपको सांस्कृतिक सम्बन्धलाई अक्षुण्ण राखेका।
सफ्रानका यी अवधारणामा फ्रेडेरिक बार्थले १९७६ मा थपे, …छरिएका डायस्पोराले शताब्दीऔंदेखि एउटा अलग, र असंगठित समाज बनाएर बसेका हुन्छन्।' रोगर्स ब्रुबाकरले २००५ मा भने, …डायस्पोराहरू सधैं प्रवासमा एकप्रकारको दुरी स्थापित गरेरै बस्न चाहन्छन् र यो प्रक्रिया लामो समय निरन्तर चल्छ र डायस्पोराका एक पुस्ताबाट अन्य पुस्तामा सर्ने गर्छ। अर्थात, यो दुरीको मापन दोस्रो, तेस्रो र पछिका अन्य पुस्तामा गर्न सम्भव हुन्छ।'
निचोडमा भन्न सकिन्छ, डायस्पोरा दशकौंदेखि विदेशिएका, न यताका रहेका न उताका भएका, सम्झनाका पटलमा देश, भाषा र संस्कृतिलाई सामूहिक रूपमा सजाएर राखेका, देश फर्कने सपना पालेका तर सम्भावना नरहेका, पितृभूमिसँग फगत एक प्रकारको संस्मरणात्मक, सांस्कृतिक सम्बन्ध राखेकाहरू असली डायस्पोरा हुन्। अझ असली डायस्पोरा ती हुन् जो आफू गएका नभएर तिनका पुर्खा गए विदेश, र उतैका भए।
डायस्पोरा भन्नाले दुरदेश अर्थात युरोप, अमेरिका, जापान या कोरिया गएकालाई मात्र बु‰ने परम्पराबाट मुक्ति लिनुपर्ने हुन्छ। इतिहासको रापले पोलेर, शासनसत्ता र जातीय हिंसाको चपेटमा परेका, बाढीपहिरोले धपाएर भागेका, मजदुरीका लागि भुटान र भारत पसेर उतै बसेका नेपाली असली डायस्पोरा हुन्। उसो भए डायस्पोरासम्बन्धी विमर्शमा यिनको नाम किन आउँदैन र सधैं अमेरिका, रसिया या बेलायत बस्नेको मात्र किन आउँछ? यो राष्ट्रिय राजनीतिमा पहुँचवालाको नाम आएजस्तै हो। राजनीतिमा सबैले एकै भोट हालेपनि निमुखाको नाम आउँदैन।
सबैभन्दा धेरै र सैद्धान्तिक दृष्टिले पनि साँचा नेपाली डायस्पोरा भारतमा छन्। १९१६ को सुगौली सन्धिपछि भारतमा पर्न गएका सिक्किम, दार्जिलिङ, सिमला, नैनीताल, कुमाउ र गडवालका नेपाली रैथाने हुन् तर डायस्पोरा होइनन्, यद्यपि उनीहरूको उसताकको विशुद्ध नेपाली संस्कृतिमा केही परिवर्तन आएको हुनसक्छ। तर भारतका अन्य राज्यका नेपाली डायस्पोरा हुन्।
सन्धिपूर्वको नेपाल र अंग्रेज शासित भारतबीचको युद्ध हारे पनि नेपालीले देखाएको साहसबाट प्रभावित अंग्रेजले उडिसाको कटकमा नेपाली युवामात्र संलग्न एउटा छुट्टै गोरखा पल्टन बनायो। सन् १९१९ मा बर्माले भारतको असममा आक्रमण गर्दा भारतको कटकमा अवस्थित गोरखा पल्टनका जवानलाई परिचालन गरियो, र त्यो युद्ध जितियो। त्यसपछि ती सैनिकका सन्तानलाई पनि भारतीय सेनामै भर्ना गर्न पाइयोस् भनेर घरभिट्टा दिई आसाममा बसाइयो।
१९५० तिर असमको ब्रह्मपुत्र नदीको वरिपरि भीषण बाढी आउँदा केही नेपाली भागेर मेघालय, अरुणाचल प्रदेश र मणिपुर पसे, र तीमध्ये कति देशै काटेर बर्मा पुगे। मणिपुरका राजा चुराचान्द सिंहले नेपाली राजकुमारी ईश्वरी देवीलाई बिहे गरेर लाँदा उनको दाइजो र मालमत्ता बोक्न र बाटोमा सुरक्षा सुनिश्चित गर्न खटाइएका नेपाली फर्केनन्, उनीहरू उतैका भए।
भुटानको सन्दर्भमा, १६२० मा भुटान नरेश साबद्रुङ गावाङ नाम्ग्याले उनका पिताको अस्थी राख्नका लागि चाँदीको स्तुप बनाउन नेपाली कालिगढलाई काठमाडौंबाटै झिकाए। १६३४ मा भुटानको एकीकरणपछि ल्होत्साम्पा अर्थात दक्षिणबासीहरू भनेर नेपाल र भारतबाट कामदार भिœयाइए। १८८० तिर यी धेरैजसो नेपाली कामदारका परिवारलाई भुटान सरकारकै पहलमा बसोबासको मेसो मिलाइयो। यो बसाइको ठिक सय वर्षपछि, अर्थात १९८० मा भुटानको कुल जनसंख्याको २८ प्रतिशत नेपाली थिए।
इतिहासकै कारण विदेशिएका नेपाली हङकङ र बेलायतमा पनि छन्। दुवै विश्वयुद्धमा, र त्यसपछि पनि बेलायती सेनामा कार्यरत गोर्खालाई सेवापश्चात हङकङमा, र १९९७ सम्ममा अवकास लिएका सैनिक र तिनको परिवारलाई पनि आधिकारिक रूपमै बेलायत बसाउने व्यवस्था गरियो। यसरी हेर्दा हङकङका नेपालीको इतिहास लामो छ। बेलायती सेनाकै माध्यमबाट सिंगापुर र ब्रुनाईमा बस्न पुगेका अल्पसंख्यक नेपाल डायस्पोरा हुन्।
हिजोआज पढ्नका लागि जापान, बेलायत, नर्वे, फिनल्यान्ड, अस्ट्रेलिया, अमेरिका लगायत देशमा जाने फेसन छ। कामका लागि कोरिया, मलेसिया, भारत र खाडी देशमा जाने चलन छँदैछ। यिनीहरू सिद्धान्ततः डायस्पोरा हैनन्। पढ्न र काम गर्न विश्वको कुनै कुनो त के, सकिन्छ भने चन्द्रमा गए पनि हुन्छ। अर्काथरी मान्छे छन् जो डिभी परेर होस्, या अन्य कारण नेपाली नागरिकता त्यागेर अन्य देशका भएका छन्। उनीहरू नेपालसँग स्मृति र विस्मृतिको दोसाँधमा बाँच्दैनन्। बार्थले भनेजस्तो उनीहरूसँग सतकौंको दुरी छैन पितृभूमिसँगको। दुख्दो हो देश, लाग्दो हो आमाको माया, तर उनीहरू डायस्पोरा हैनन्। उनीहरूका सन्तान डायस्पोरा हुनेछन्।
जहाँसम्म नेपाली डायस्पोरिक साहित्यको कुरा छ, अनुसन्धानले नछोएका, चर्चामा नआएका, नाम नचलेका, प्रकाशित हुन नभ्याएका या नसकेका, पहुँच नभएका असंख्य आप्रवासी नेपालीका आलेखका खेस्रा संकलन गर्नुपर्छ। भुटानको स्थिति फेरिएको छ अहिले, नेपालीहरू इतिहासको क्रुर नियतिको चपेटमा छिन्नभिन्न बने। १९८० तिर वेदनिधि उपाध्यायले लेखेको काव्य अध्ययन हुनुपर्छ, र आकलन गरिनुपर्छ कति दुखेको छ देश। मेघराज अधिकारी, श्याम राई र लेकनाथ प्रधानका काव्यलाई ब्युँझाउनुपर्छ। डायस्पोराको सूचीमा नाम लेखाउनैका लागि डायस्पोरा लेख्ने आजभोलिका छद्म डायस्पोराभन्द पृथक अवचेतनबाटै अभिव्यक्त भएर आउने डायस्पोरिक गन्ध छ ती कवितामा।
कहिल्यै नसुनिएको नाम हुन सक्छ– मणिपुरका पदमबहादुर राई। कतिले बिर्र्सिए चन्द्रेश्वर दुबेलाई। अनुसन्धान गर्नेहरूले भेटे भेटेनन् आलोक गौतमको नाउँ। लिलबहादुर क्षेत्रीको ब्रह्मपुत्रछेउछाउ नाम आउँछ आउँदैन डायस्पोराको कार्यपत्रमा? सिलङका बिक्रमवीर थापासँग औषधी किन्ने पैसा अहिले पनि छैन सायद। बेचेरभन्दा पनि बाँडेर सके उनले आफ्नो उपन्यास …विगतको परिवेशभित्र'। उतैतिर भासिए नव सापकोटा। त्यसै मरेर गइन् आशारानी राई। कसले टिप्न भ्यायो तुलाचन आलेको नाम, जसले विदेशी भूमिमा पहिलो सबाइ लेखे। कहाँ छन् रामसिंह ठकुरी, जसले नेपाली संगीतले विदेशी भूमिमा नेपालको आत्मा गाए? उता बर्मामा बर्मेलीले नै पाइरहेका छैनन् अभिव्यक्तिको अधिकार, कसरी बाहिर आओस् पाण्डुलिपिमै मर्न अभिषप्त दुःखको गाथा?
उनीहरू भजन गाउँछन्, अनि भजनमा नेपाल गाउँछन्। नेपालमा राजतन्त्र हटोस् कि नहटोस्, उनीहरू दसैंमा दैलोमाथि अझै पनि राजालाई टिको लाउँछन्, जानी नजानी देउसी भट्याउँछन्, भैलो खेल्छन्। उनीहरू असली नेपाली डायस्पोराका हकदार।
भुटान, भारत र बर्माका नेपालीको यथार्थ अन्यत्रका सुविधासम्पन्न नेपालीको भन्दा फरक छ। अन्यत्रका नेपाली चाहेर विदेशिएका हुन्, चाहेर स्वदेशिन सक्छन्। धेरै विकल्प छन् उनीहरूसँग। देशसँग भौगोलिक रूपमा मात्र विछिन्न छन्, अरू कुनै पनि हिसाबले छैनन्। उनीहरू हुरुरु उडेर श्राद्ध खान नेपालै आइपुग्छन्, यतै आएर इन्द्रेणी कम्प्लेक्स र सोल्टी क्राउन प्लाजामा पुरस्कार दिन्छन् र थाप्छन्, किताब विमोचन गर्छन् गराउँछन्। उतै बसे पनि संसारकै सस्तो फोन शुल्क भएका मुलुकबाट फोन गर्छन्, इन्टरनेटमा च्याट गर्छन्, भिडियो कन्फरेन्सिङ गर्छन्।
दरबार हत्याकाण्डको खबर काठमाडौंका एकजना मित्रले अमेरिकाबाट आएको फोनबाट थाह पाएका भन्ने पनि नसुनिएको हैन। खोइ त रोजर्स ब्रुबाकरले भनेजस्तो विस्मृति, सांस्कृतिक र सामाजिक दुरी! उनीहरू विभिन्न ठाउँमा काममै व्यस्त हुने हुनाले सफ्रानले भनेजस्ता …समाज' बनाएर बस्दैनन्। छुट्टिमा यदाकदा रिजोर्टमा मिटिङ या सम्मेलन गरेर तयार पारिएको साहित्य डायस्पोरिक साहित्य हुनसक्दैन।
तर भुटान, भारत र बर्माका नेपालीसँग यो सुविधा छैन। भुटानको प्रश्न अहिले त्यति सान्दर्भिक नहोला, तर नेपाल या अमेरिकैमा भए पनि उनीहरू डायस्पोरा नै हुन्। भारत र बर्माका नेपाली कागजी रूपमा उताका भए, तर सधैं अपहेलित। नेपालका राजालाई अझै पनि टिको लगाइरहेका छन्, नेपाल लेखिरहेका छन्, गाइरहेका छन्। संगठित छन्, समाजमा बस्छन्, संस्कृति बचाएका छन्, थोरै हाँसेका छन्, धेरै रोएका छन्। उनीहरूको साहित्यको खोजी गरिनुपर्छ, अनुसन्धान हुनुपर्छ, अनि असली नेपाली डायस्पोरा साहित्यको इतिहास र अभिलेख तयार हुन्छ। साहित्यकै लागि बनेका सरकारी निकाय, विश्वविद्यालयका साहित्यसम्बन्धी अनुसन्धान शाखा र लेखक/समालोचकको ध्यान यतातिर जानुपर्छ। नत्र आउँदैगरेको पुस्तालाई हामीले गलत कुरा सिकाइरहेका हुनेछौं।
Published on Nagarik Daily Bhadau 17, 2068

No comments:
Post a Comment