बसन्त बस्नेत
काठमाडौं, माघ १
इन्टरनेटमा सबैभन्दा चल्तीका पाँच साइटमध्ये एक विकिपेडियामा नेपालीभन्दा नेवारी (नेपाल) भाषाका पेज बढी छन्। विकिपेडियामा नेवारी भाषा ४७ औं स्थानमा छ भने नेपाली ८५ औं स्थानमा।
विकिपेडियामा नेपालीसँगै सुरु भएको हो, नेवारी भाषा। विश्वका २ सय ८३ भाषामा उपलब्ध विकिपेडियाको नेपाली संस्करण सुरु भएको ८ वर्ष भइसक्यो।
राजधानीमा आइतबार विकिपेडियाको ११ औं जन्मोत्सवमा विकिपेडियाको नेपाली संस्करण योगदानकर्ता विकिमिडिया सञ्चालकले यस्तो जानकारी दिएका हुन्।
विकिपेडियामा नेवारी भाषामा ६९ हजार ८ सय ५ पेज छन् भने नेपाली भाषामा ४३ हजार पेजमात्रै। 'अधिकांश इन्टरनेट प्रयोगकर्ता काठमाडौंका, त्यसमा पनि नेवारी मातृभाषा भएका छन्,' भाषाविज्ञानका प्राध्यापक माधवप्रसाद पोखरेलले भने, 'उनीहरुले विकिपेडियामा आफ्नो भाषाका पेज थप्नु स्वाभाविकै हो।'
नेवारी भाषाका लागि भने सिक्किममा बसिरहेका चिकित्सक युकेश रन्जित खटिएका छन्। नेपाल भाषाका सामग्री देवनागरी लिपिमै हेर्न मिल्छ।
प्राज्ञिक अनुसन्धानका क्रममा कतै फेला नपरेका सन्दर्भ सामग्रीसमेत पाइने भएकाले विकिपेडिया आधिकारिक र भरपर्दो रहेको पोखरेलको भनाइ छ। 'इन्साइक्लोपेडियाको पुरकमात्रै होइन, ज्ञानको अझ खुला प्रसारमा समेत यसको भूमिका छ,' पोखरेलले भने, 'कतै फेला नपारेका सन्दर्भ सामग्रीसमेत पाइने भएकाले परम्परागत ढंगले खोजबिन गरिरहेका प्राध्यापक र बुद्धिजीवीले इन्टरनेटसम्म पहुँच राख्न जरुरी छ।'
नेपाली दैनिक पत्रपत्रिकाले विकिपेडियामा सामग्री हाल्न मिल्नेगरी युनिकोड प्रविधिमा छाप्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए।
ज्ञान र सूचनामाथि सीमित समूह र व्यक्तिको वर्चस्वलाई विकिपेडियाले चुनौती दिएको विकिपेडियाका नेपाली अगुवा केदार शर्माले बताए। 'विश्वका हरेक मान्छे विज्ञ हुन सक्छन् भन्ने विकिपेडियाले पुष्टि गरिदिएको छ,' उनले भने, 'किनकि यसमा सबैले सूचना र लेख थप्न सक्छन्।'
कार्यक्रममा संस्कृतिविद् तुलसी दिवस, प्राज्ञ सुलोचना मानन्धर, नेपाल टेलिकमका निर्देशक शिवभूषण लाल, विकिपेडिया नेपालीका गणेश पौडेललगायतले विकिपेडियाको नेपाली संस्करणलाई प्रचार गर्न आवश्यक रहेको औंल्याए।
'सरकारी कार्यालयहरूले नेपाली संस्करणमा समावेश गर्न मिल्नेगरी तथ्यांक र सूचना राख्न थालेका छन्,' पौडेलले भने, 'जिविसहरू यसमा अगाडि देखिएका छन्।'
विकिपेडियामा विक्सनरी, विकिपुस्तक, विकिभर्सिटी आदि फिचर उपलब्ध छन्। यसको मुख्यालय अमेरिकाको फ्लोरिडामा छ।
सन् २००१ मा जिम्मी वेल्स र ल्यारी स्यान्गरलेसाइट खोलेको दुई वर्ष नबित्दै नेपालीमा समेत सुरु भएको हो। यसले आफ्नो पेजमा कुनै व्यावसायिक विज्ञापन राखेको छैन। विकिपेडियाका सामग्री खोल्न पैसा लाग्दैन।
(नागरिक दैनिकमा प्रकाशित)

No comments:
Post a Comment