शहीदको रगतलाई 'ग्लोरिफाई' गर्ने चलन
संसारभर छ। वीर रसमा लिखित काव्य र भाषण पढ्दा/सुन्दा यही भेटिन्छ।
युगपिच्छेका आन्दोलनले जनतासँग मुक्तिका लागि रगतको मूल्य तिर्न आह्वान
गरेका छन्।
जस्तो कि, सुवासचन्द्र बोसको भनाई प्रख्यात् छ, 'तिमी मलाई रगत देऊ, म
तिमीलाई स्वतन्त्रता दिन्छु।' मार्टिन लुथर किङ जुनियर भन्छन्, 'मान्छेले
कहिल्यै स्वतःस्फूर्त जित्दैन। न्यायको लडाइँमा बलिदान अनिवार्य छ।' भूपि
शेरचन लेख्छन्, 'बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।' माओवादीले सशस्त्र
संघर्षताका देशभरका भित्ता रंगायो, 'शहीदको पंक्तिमा लामबद्ध होऔं।'
परिवर्तनको प्रक्रिया शान्तिपूर्ण बाटोबाट अघि बढ्छ भन्ने विश्वास अघिल्लो युगका मनिषीहरूमा देखिएन। अहिलेकालाई झन् हुने कुरो भएन। बुद्ध र गान्धीका वचनहरू विश्वविद्यालयमा पढाउन र चियापसलमा बुद्धिविलास गर्न खुबै उपयोग गरिए। सडकमा 'शहीदको रगतका टाटा आलै छन्' भनेर आन्दोलनकारीका नशामा पाइन भरियो। तिनै आह्वानको सनकमा इतिहासमा थुप्रै योद्धा 'बलिदानको कोटा चुक्ता गर्न' शहीदको पंक्तिमा चाहेर/नचाहेर, जानेर/नजानेर लामबद्ध पनि भए। छँदाखाँदाको करिअर छाडेर आन्दोलन गर्न हिँडेका उनीहरू इतिहास भइसके।
क्रान्ति र देशका लागि लड्ने यस्ता थुप्रै शहीद आज केवल पार्टीको खोपीमा सजाइएका देउताजस्ता देखिन पुगेका छन्। तिनका रगतको हिसाबकिताब दलविशेषका कार्यालयमा हुन्छ। जन्मजयन्ती र स्मृति सभाजस्ता विशेष पर्वहरूमा उनीहरू सम्भि्कइन्छन्। स्वर्ग कहीँ हुन्थ्यो भने उनीहरू यो दृश्य देखेर कति चित्त दुखाउँदा हुन्, जहाँ उनीहरूको शालिक र तस्बिरअघि केवल दलविशेष उभिएर मौनधारण गरिरहेका छन्।
तत्कालीन नेकपा मालेका नेता रत्नकुमार बान्तवा मारिएको तिथि पछ्याउँदै एमालेले हिजो मंगलबार काठमाडौंमा शहीद रत्न स्मृति दिवस मनायो। रत्नकै जिल्ला इलामबाट राजनीति थालेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेका झलनाथ खनाल प्रमुख अतिथि बने। एमाले महासचिव तथा रत्नका सहपाठी ईश्वर पोखरेलले मर्मस्पर्शी मन्तव्यमार्फत् रत्न सम्झे। रत्नको जीवनीमा आधारित उपन्यास 'देउमाईको किनारमा' लेखेका नेता प्रदीप नेपाल र पूर्व सभामुख सुवास नेम्वाङले एउटै मञ्चमा उभिएर एकसेएक मार्मिक भाषण दिए। वाल्मीकि क्याम्पसको हलमा आयोजित स्मृति दिवसको आयोजक नेकपा एमाले इलाम-काठमाडौं सम्पर्क मञ्च थियो। दर्शकदीर्घा खचाखच थियो तर त्यहाँ थिए, केवल एमाले नेता, कार्यकर्ता र समर्थक।
शहीद भनेका को हुन्? के शहीदहरू पार्टीपिच्छे फरक फरक हुन्छन्? उनीहरू आन्दोलनमा होमिँदै गर्दा पार्टीका लागि होमिएका हुन्छन् कि राष्ट्र/जनता सोचेर होमिएका हुन्छन्? सरकारले हजारौंको सूची निकालेर १० लाख रुपियाँ बाँडेका शहीद र वास्तविक शहीदमा फरक के छ? वा पार्टी अफिसमा कित्ताकाँट गरिने शहीदको अर्थ के हुन्छ? ठेक्कापट्टाको विवादमा खुकुरी खाएर मर्दैमा कोही शहीद हुन्छ या हुँदैन? एक शहीदको स्मरण सभा हेर्न बसेको पंक्तिकारको दिमागमा यी प्रश्नले एकैपल्ट चिलेका छन्। ऊ तिनका खिल गनिरहेको छ।
शहीद रत्नको स्मृति दिवस हिजोआज एकीकृत माओवादीले पनि आयोजना गर्ने गर्छ। आफूजस्तै दौडिरहेको अर्को धावकसँग इतिहासका घुम्तीहरूमा ठोक्किएपछि पहिलो धावकले जसरी गति बढाउँछ, उसैगरी माओवादीको आगमनपछि एमालेले अघिल्ला वर्षहरूभन्दा अझै जोडतोडका साथ रत्नको सम्झना गर्न थालेको छ। आफ्नो इतिहासमाथि अरुले दाबी गर्न आएपछि अस्तित्वको इख स्वतः पलाउँछ। प्रश्न भने अझै जीवित छ, यदि रत्नकुमार बान्तवा शहीद हुन् भने के उनी एमाले र माओवादीका मात्रै हुन्? कांग्रेसलगायत् दलका लागि उनी के हुन्? उनी सबैका गौरव हुन् भने त्यस्ता स्मृति सभाहरूमा कांग्रेस र इतरकम्युनिस्ट जानुपर्दैन? यदि उनीहरू बोलाउँदा पनि जाँदैनन् भने अर्को प्रश्न ठुङ्न आउँछ- के आफ्ना र अर्काका शहीद भनी पर्खाल वा साँधसीमा लगाउने बेला आएको हो?
कांग्रेसको पनि ताल उही छ। ओखलढुंगा विद्रोहका क्रममा शहादत प्राप्त गरेका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठहरूको स्मृति दिवसमा उसले कम्युनिस्टहरू बोलाएको र उनीहरु गएको विगत भेटिँदैन। पञ्चायतविरुद्धको संघर्षमा थुप्रै कांग्रेस कार्यकर्ताले ज्यान गुमाएका छन्। एक त कांग्रेसले तिनको स्मृति सभासमेत राख्न खासै जाँगर चलाउँदैन। दुई, सभा गरिहाल्यो भने पनि कम्युनिस्ट काइदामै उसले आफ्ना कार्यकर्ता बोलाउँछ, मौनधारण गर्छ, अबिर लगाउँछ र अन्तिममा समोसा बाँड्छ। अरु दललाई बोलाउँदैन। तीन, बोलाइहाल्यो भने पनि अरु दलका नेता शहीद स्मृति सभामा जाँदैनन्। मानौं, उनीहरू अर्को दलको शहीदलाई फूल चढाउँदा अछुत हुन्छन्।
एमालेले रत्नको सम्झना भव्य उपस्थितिबीच गर्योह। एक हिसाबले उसले शहीदका नाममा आफ्नो शक्ति प्रदर्शन नै गर्यो्। समारोहमा जति गुलियो चिया बाँडिए पनि एउटै रंग र विचारका कार्यकर्ता भेला भएकै कारण त्यो समारोह फिका देखियो। एमालेले थालेर एमालेले नै तुर्यारएको दिवस कसरी शहीद स्मृति दिवस हुनसक्छ? एमालेमात्रै होइन, अन्य दलहरूले पनि यो प्रश्नको जवाफ खोज्न ढिलो हुँदैछ।
इतिहासका कुनै पानामा नभेटिएका मानिसहरू जनआन्दोलन २०६२/६३ पछि आगोको फिलुंगोजस्तै भएर आफूलाई शहीद दाबी गर्नुपर्ने र परिवारलाई १० लाख रुपियाँ दिनुपर्ने माग गर्न थाले। सरकारले तिनको कुरा सुन्यो। १० लाख हातलागी भयो। सम्बन्धित दलले वर्षेनी शहीद दिवसका नाममा फरकफरक मितिमा कर्मकाण्ड गर्न लागे। माओवादी शहीदका नाममा केही ब्रिगेड, बटालियन, गेट बने। पहुँच हुनेहरूले सरकारी कोषबाट शहीदका नाममा खेलोफड्को पनि गरे। अन्य दलले पनि माओवादीकै सिको गरे। गणतन्त्र, लोकतन्त्र र नयाँ नेपालको सपना देखेर आन्दोलनमा हिँडेका तर कुनै दलमा नलागेका शहीदहरू फेरि सडकछाप भए। अवस्था हेरिकन केहीलाई दलहरूले आफ्नो भनेर दाबी गरे। अनुसन्धानबाट त्यो शहीद कुनै दलविशेषमा नलागेको भन्ने खुल्न आएपछि उनीहरू टक्टकिए। अहो, मानवीय मूल्य र शहादतको कत्रो ठूलो उपहास! बलिदानको कोटा चुक्ता गर्न शहीदको पंक्तिमा लामबद्ध योद्धाहरू कतै परलोकबाट देखिरहेका भए आफूहरूको मानहानि देखेर कति रुँदा हुन्? पार्टीमा लागेका शहीदको स्मृति दिवस त बिरालो बाँधेर श्राद्ध गरेकै पारामा भए पनि तत्तत् पार्टीले मनाउँछन्। पार्टी नै नभएका शहीद आफ्नो बेहाल देखेर के ठान्दा हुन्!
शहीदहरू कहिल्यै पनि पार्टीका लागि लडेका हुँदैनन्। आफ्नो पार्टी राम्रो होस्, अरु पार्टी र समाज भाँडमा जाउन् भनेर लड्ने र मर्नेहरू शहीद कहलिन सक्दैनन्। प्राध्यापन छाडेर राजनीतिक आन्दोलनमा होमिएका रत्नकुमार बान्तवा सानो चित्त राखेर भूमिगत भएका औसत कार्यकर्ता थिएनन्। उनी लिखित रचना र उनका बारेमा इतिहासमा लेखिएका साहित्य पढ्दा थाहा हुन्छ, उनी पुरानो समाजको मक्किँदो संरचना बदल्न चाहन्थे। तीक्ष्ण प्रतिभा, गम्भीर अध्ययन र संघर्षशील स्वभावले खारिएका उनी आफ्नो प्रतिभाकै कारण छोटो समयमै केन्द्रीय कमिटीमा चुनिएका नेता थिए। देश बनाउने अभियानमा हिँड्दाहिँड्दै उनी २०३५ चैत २७ गते इलामको इभाङमा पञ्चायतका प्रहरीको गोलीबाट मारिए। दुर्भाग्य, आज उनको पहिचान कम्युनिस्ट पार्टीको पर्खालभित्र खुम्चिएको छ। एमालेको कार्यालयमा उनको फोटो सुन्दर फ्रेमले सजाइएको छ, जसलाई देख्न अन्य दल र विचार पक्षधर असमर्थ छन्।
एउटा सानो घटनाको सम्झना गरुँ। एकताका महेन्द्ररत्न क्याम्पस इलामका विद्यार्थी, कर्मचारी हुँदै लेक्चररसमेत बनेका रत्न बितेको तीन दशकपछि पंक्तिकारसमेतको पहलमा उक्त क्याम्पसको नाम शहीद रत्न क्याम्पस प्रस्तावित गरियो। पछिल्लो जनआन्दोलनताका इलाममा भएको सो प्रयत्नको समर्थन र विरोध दुवै भयो। विरोध गर्नेहरूले यो नाम व्यक्तिको नाममा हुन गयो, हामी मान्दैनौं भने। जबकि पुरानो नाम राजा महेन्द्र र रानी रत्नको नाममा थियो। त्यसलाई बदल्न कोही अघि सरेन। क्याम्पस चलाउन सिन्को नभाँचेका राजारानीको नाम यथावत् छ। एउटै संस्थामा क्रमशः छात्र, कारिन्दा र शिक्षक भएर पसिना बगाएको व्यक्तिले बगाएको रगतको हिसाब गर्न विरोधीहरूलाई छु मतलब?
नाम आफैंमा सबै थोक होइन, तर यो इतिहास निर्माताहरूको सम्झना र सम्मान गर्ने उपयुक्त काइदा हो। दुई महिनाअघि कोलकाता जाँदा त्यहाँका सडक, कलेज, पार्क, महŒवपूर्ण प्रतिष्ठान शहीद, स्वतन्त्रता सेनानी, कविका नाममा राखिएको पंक्तिकारले देख्यो। बितेर गएको यतिका वर्षपछि पनि कोलकाताका सडक, एकेडेमी, विश्वविद्यालय, पुस्तकालय, पुल, पार्क आदिमा अझै रवीन्द्रनाथ टैगोर छन्। भगत सिंह, सुवासचन्द्र बोस, नजरुल, शरत बोस छन्। आज उनीहरू सबैका भएका छन्। उनीहरुले रचेको इतिहासमाथि आजका कोलकाताबासी गौरव गर्छन्। हामी भने यहाँ झण्डा र रंगका आधारमा इतिहासलाई कित्ताकाँट गर्न खोजिरहेछौं। आफ्ना मनमा यति धेरै पर्खाल लगाएर हामी कसरी शहीदको सम्झना गर्न सक्छौं? मरेर गएका दुई चार सपुतका प्रश्न अझै ज्युँदा छन्।

No comments:
Post a Comment