कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा
एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख
भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता
गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय
यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने
दुई धारमा विभाजित हुन्छन् ।
एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले
अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्,
'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए,
कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु
भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन
। दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'
सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'
हरेक वर्ष जुन २० विश्व शरणार्थी दिवस भएर आउँछ । तर रिजालको क्यालेन्डरमा कुनै धर्को छैन । शरणार्थी दिवसको अघिल्लो बिहान अर्थात् बिहीबार रिजाललाई भेट्न कान्तिपुर प्रतिनिधि पुग्दा उनी ललितपुर, हरिसिद्धिस्थित माउन्ट भ्यु रेसिडेन्सको फेस-२, ५९ नम्बर ब्लकमा एक्लै धुम्धुम्ती बसिरहेका थिए । लामो समयदेखि एकान्तवासमा रहेका यी नेतासँग ५७ वर्षीया जीवनसंगिनी कौशिला छिन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उनका तीन छोरालाई तेस्रो मुलुक पुनर्वासको क्रममा क्यानडा लगेको छ । शारीरिक रूपमा कुँजिँदै गरेका रिजाललाई हरक्षण साथ दिइरहने कौशिलाको सेलफोनमा घरिघरि रिङटोन बज्छ-
तेरा साथ है तो, मुझे क्या कमी है,
अँधेरोँ से भी मिलरही रोशनी है..
श्रीमती रिजालको मोबाइलमा अक्सर लता मंगेशकर घन्किनुको अर्थ के हुन्छ ? एक लाखभन्दा बढी भुटानी शरणार्थीको साझा गुनासो संघसंस्थाहरूबाट प्रतिविम्बित हुन्छ, 'रिजालले शरणार्थी मुद्दालाई दिनुपर्नेजति साथ दिएनन् । उनीहरूको जीवन अँध्यारोमा जाकियो ।
अँध्यारोले जितेका शिविरहरूमा मुक्तिको आससमेत निभ्न थालिसक्यो ।'
रिजालको पनि शरणार्थीसँग उस्तै दुखेसो छ, 'एकजुट भएर भुटानी सत्तासँग लड्नुपर्ने बेला उनीहरू ५२ वटा टुक्रे संगठनमा छरिए । तेस्रो मुलुक पुनर्वासको हवाई जहाज चढिसकेपछि सुद्दी फर्केर के गर्नु ?'
अरूसँग भिड्नुपर्ने बेला आफूसँगै भिडेका/भिडाइएका उनीहरूमध्ये सचेत पंक्ति नभएको होइन । तर त्यसको स्वर मधुरो सुनिन्छ । शरणार्थीको स्वदेश फिर्ती अभियान निभ्ने क्रममा छ । हेर्दाहेर्दै भुटानीहरूको आन्दोलन उत्कर्षमा पुगेर ओरालो झरेको छ ।
कुनै समय थियो, टेकनाथ रिजाल भुटानी राजा जिग्मे दोर्जी वाङचुकका विश्वास पात्र थिए । अढाई दशक अघिसम्म उनीसँग के थिएन, राजकीय पहँच, प्रतिष्ठा, दौलत, सुविधा सबै वरिपरि थिए । दक्षिण भुटानको लामिडाँडामा जन्मे-हुर्केका यी 'ल्होत्साम्पा' नेपालीभाषी समुदायबाट भुटानको उपल्लो हैसियत आर्जन गर्न सफल पहिलो व्यक्ति थिए । चिराङबाट चुनाव जित्दै आएका उनी भुटानी राजाको सल्लाहकार परिषदमा चुनिने १० मध्ये एक थिए, पहिलो नेपालीभाषी पनि ।
तर तलाउमा जमेको पानीजस्तो स्थिर हुँदैन, इतिहास । चालकहरूले बाटो बिराए भने राजनीतिको यात्रा निर्मम हुन्छ ।
नजिकैको सिक्किमलाई भारतले सन् १९७५ मा निल्दा नयाँदिल्लीमा इन्दिरा गान्धीको एकछत्र राज थियो । केहीपछि '८० को दशकमा दार्जिलिङका भारतीय नेपालीभाषीले गोर्खाल्यान्ड आन्दोलनमार्फत स्वायत्तता खोज्न थाले । सिक्किम विलयको एक वर्षपछि रिजाल तिनै इन्दिरा गान्धीलाई भेट्न पुगे, जुन भुटानी दरबारका लागि शंकाको विषय बन्न पुग्यो । राजनीति, प्रशासन सबैतिर पकड बनाएका रिजाल भ्रष्टाचार छानबिन कमिटीमा बसी स्वयम् दरबारियाका समेत भ्रष्टाचार खुट्टयाइरहेका थिए । औपनिवेशिक सोच बोक्ने इन्दिरासँग उनले गरेको भेटलाई राष्ट्रियता विरोधी रंग दिन दरबारियाले भ्याइहाले । भएको जम्मा के थियो, रिजाल नै जानुन् । जे होस्, रिजाल दरबारको आँखामा बिझाउनलाई यति घटना पर्याप्त थियो ।
भुटानी नागरिकको नागरिकता र आधिकारिक गणनाको कुनै प्रणाली बसिसकेको थिएन । रिजालले सन् १९७९ मा 'भुटान नेसनल एसेम्बली'मा यो मुद्दा उठाए । दुई वर्षपछि नागरिकता विधेयक पारित भयो । रिजालकै मागका कारण नेपालीभाषी मात्रै होइन, सबै जातका भुटानीले सरकारी परिचयपत्र पाए । यहाँसम्म परिस्थिति ठिकै थियो ।
जिग्मे दोर्जी रिजालले अति नै उत्तम भनी सह्राएका राजा थिए । उनका छोरा जिग्मे सिंघे भने एकातिर भारतीय राजनीतिक विकास क्रमबाट त्रस्त थिए, अर्कातिर जातिवादी रुझान उनी स्वयम्मा हावी थियो । राजाले सन् १९८६ देखि दुई वर्ष लगाएर नयाँ जनगणना गराए । त्यो वर्गीकरण नै नेपालीभाषी ल्होत्साम्पालाई शरणार्थी बनाउने मुख्य औजार बन्यो । 'गैरभुटानी विदेशी'का नाममा दक्षिण भुटानमा हत्या, बलात्कार, हमला हुनु सामान्य हुनथाल्यो ।
रिजाल सन् १९८८ जूनमा थिम्पुबाट खेदिए । तीन वर्षपछि नेपालीभाषीहरू सामूहिक रूपमै लखेटिन थाले भुटानबाट । १९९१ बाट सुरु गरिएको 'इथ्निक क्लिन्जिङ' कति बर्बर थियो भन्नेबारे धेरै पुस्तक लेखिसकिएका छन् ।
नेपाली, अंग्रेजी, हिन्दी र जोङ्खा भाषामा गरी ६ पुस्तक लेखिसकेका रिजालले 'टर्चर किलिङ मी सफ्टली' किताबभित्र एक प्रसंगमा भनेका छन्, 'ग्रस नेसनल हयाप्पिनेसको गुड्डी हाँक्ने भुटानमा ग्रस नेसनल सफरिङ (कुल राष्ट्रिय पीडा) व्याप्त छ ।'
भुटानीहरू छिमेकी भारतको सिमानाभित्र शरण लिन छिरे । तर भारतले त ट्रकमा राखेर मेची नदी कटाइदियो । उनीहरू झापा र मोरङमा २५ वर्ष शरणार्थीका रूपमा बसे । राष्ट्रसंघीय शरणार्थी नियोगले प्रमाणीकरण गर्यो । उनीहरूले रासनपानी र झुप्रो आवास पाए, तर आय आर्जनका कुनै पनि काम गर्न नपाइने प्रावधान थियो । असुरक्षा र बेरोजगारीले भग्न जीवनशैली निम्त्याउँछ नै । बेलडाँगीदेखि पथरीसम्मको शिविरहरूमा शरणार्थीले अँध्यारा अढाई दशक काटे ।
भयको शासन
यिनै अढाई दशकयता नेपाल र भुटानबीच १५ चरण मन्त्रीस्तरीय वार्ता भइसकेका छन् । नेपालभन्दा धेरै सानो यो हिमाली अधिराज्यको जनसंख्या पोहोरको जनगणनाअनुसार जम्मा सात लाखमात्रै छ । तर कूटनीति उचाइ र मोटाइमा नापिँदैन । भेषबहादुर थापा परराष्ट्रमन्त्री भएका बेला २०६१ मा भएको दुईपक्षीय वार्तामा भुटानले पहिलोपटक शरणार्थी फर्काउन लिखित सहमति गर्यो । 'म र भुटानी समकक्षीलाई साक्षी राखेर दुवै देशका सचिवहरूले शरणार्थी फर्काउने सम्झौतामा हस्ताक्षर गरे,' थापा भन्छन्, 'तर फर्केर गएपछि वाचा पुरा गरेनन् ।'
११ वर्षअघि काठमाडौंबाटै छापिएको आत्मकथा 'निर्वासन'को २२४ पृष्ठमा रिजालले लेखेका थिए, 'ङालोङ अर्थात् भुटानी शासक वर्ग ल्होत्साम्पामात्रै होइन, सारचोप समुदाय समेतलाई सम्पूर्ण नागरिक हकबाट बञ्चित गरेर पुरातन मध्ययुगीन शासन सञ्चालन गर्न चाहन्छ । भुटान सरकारले नेपालबाहेक तेस्रो अन्तर्राष्ट्रिय संस्थालाई शरणार्थी समस्या प्रक्रियामा संलग्न गराउन नचाहेको पनि त्यही षड्यन्त्रको अंश हो ।'
रिजालले नेपाललाई सम्बोधन गर्दै लेखेका थिए, 'भुटानसँगको तथाकथित दुईपक्षीय वार्तामा मात्र नेपाल अल्मलिइरहयो भने नेपालीभाषी भुटानीहरूप्रति नेपालले अपराध गरेको सावित हुनेछ ।'
२०६० सालको सुरुमा यो पुस्तक सार्वजनिक भयो । र त्यसबेला 'बेस्टसेलर' भयो । यस बीचमा वागमतीमा धेरै पानीमात्रै बगेन, वागमतीको निर्मलीकरण अभियानसमेत चल्यो । तर काठमाडौंले जे नगर्ला भन्ने आस यी भुटानी नेताको थियो, त्यही भयो । नेपाली कूटनीति भुटानी षड्यन्त्रको सिकार भएको रिजाल आरोप लगाउँछन्, जुन नेपालका कूटनीतिज्ञहरू ठाडै नकार्छन् ।
दुईपक्षीय वार्ताहरूको शृङखला कतिपल्ट चल्यो भन्ने तिथिमितिको समेत छुट्टै शृङखला बन्न सक्छ । 'यो नेपालको कूटनीतिको चरम लापरबाही हो । वास्तवमा भुटान र नेपालबीच वार्ता हुने भन्ने कुरा नै जातिवादी थियो,' रिजाल उल्टै प्रश्न गर्छन्, 'नेपालसँग किन वार्ता ? के भुटानी शरणार्थीले नेपाली भाषा बोल्छन् भन्दैमा नेपालले जिम्मा लिइदिनुपर्ने ?'
उनी थप्छन्, 'भुटान र नेपालका अधिकारीको वार्तामा कहिल्यै पीडित पक्ष बस्न पाएको तपाईंले सुन्नुभएको छ ?'
तत्कालीन परराष्ट्रमन्त्री थापा भने भुटानको अटेरीपन सामु राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमेत आजित भएको प्रस्टयाउँछन् । 'अरु त अरु, भुटानले राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर) सँग समेत सम्पर्क राख्न चाहेन,' थापा खुलाउँछन्, 'नेपालले पर्याप्त पहलमात्रै गरेन, बाँकी विश्वलाई समेत शरणार्थी मामिलाको समाधानका लागि गुहार्यो । तर भुटानी सरकारले नै नसुनेपछि कसको के लाग्छ ?'
यस बीचमा शरणार्थीहरूले स्वदेश फिर्तीका लागि आफ्नै किसिमको पहलकदमी लिए । कहिले रिजालको नेतृत्वमा काठमाडौंस्थित संयुक्त राष्ट्रसंघ र सार्क सचिवालय अगाडि धर्ना दिइयो, कहिले अन्य नेताको अगुवाइमा स्वदेश फिर्तीको जबर्जस्त प्रयास । भलै सन् २००५ मा भएको त्यस प्रयासलाई सीमावर्ती मेची पुल नतर्दै भारतीय प्रहरीले हस्तक्षेप गर्यो । दुई शरणार्थीको शव र दर्जनौं घाइते बोकेर भुटानीहरू शिविर फर्के । चार दिशातिर फर्केका भुटानी नेताहरू दुइटा तर्कमा चाहिँ एकमत भए- एक, शरणार्थी समाधानको चाबी भारतको हातमा छ । दुई, शिविरहरूमै भुटानी ड्रुक्पा सरकारको घुसपैठ छ ।
शरणार्थी सम्बन्धी लामो समय रिपोर्टिङ गरेका काठमाडौंका एक पत्रकार यी दुवै तर्कलाई सदर गर्छन् । 'शरणार्थी शिविरका एक-एक गतिविधि थिम्पुलाई थाहा हुन्थ्यो,' उनी भन्छन्, 'शरणार्थीहरूले पटक-पटक आन्दोलन चलाउन खोजे पनि त्यो बीचमै तुहिन्थ्यो ।'
सन् २००१ सेप्टेम्बरको दोस्रो साता । नेपाल-भुटान वार्ता भएकै वर्ष कार्यकर्तालाई प्रशिक्षण दिँदै गरेका भुटान पिपुल्स पार्टी (बीपीपी) का संस्थापक अध्यक्ष आरके बुढाथोकीलाई मञ्चमा उभिएकै बेला खुकुरीधारी जत्थाले छप्कायो । भुटानीहरूमा भयको शासन सुरु भयो । महासचिव बलराम पौडेल अध्यक्ष बनाइए । फेरि आन्दोलनले गति त लियो, तर झापाली पत्रकारहरूका अनुसार टेकनाथ रिजाल दृश्यमा कतै देखिएनन् । उति बेलादेखि रिजाल र अन्य नेताहरूबीच देखिएको खटपट आजपर्यन्त छ । त्यसलाई रिजाल र अन्य नेताहरू आ-आफ्नै ढंगबाट अथ्र्याउँछन् र सकार्छन् । आन्दोलन सिध्दिन लागिसक्यो, खटपट भने बाँकी छ ।
रिजाल भन्छन्, 'शिविरभित्रै सातजना मारिइसकेका थिए । त्यस्तोमा म कसरी बस्न सक्छु, जबकि यहाँको सरकारले समेत सुरक्षा थ्रेट बताउँदै त्यहाँ नजान भनेको थियो ।'
आन्दोलनको अवसान
शरणार्थी समस्याको गाँठो झन् कसिँदै गयो । तत्परता विनाको भुटानी सत्ता र उदासीन 'चाबीवाला छिमेकी'सँगै नेपाल र भुटानबीच १५ पल्टका वार्ता असफल भइसकेका थिए । त्यसमाथि २०६३ सालमा नेपाल 'आईओएम'को सदस्य बन्नु नै शरणार्थी आन्दोलनको 'टर्निङ प्वाइन्ट' बन्न पुग्यो । नेपाल सरकार र आईओएमबीच अर्को वर्ष अर्थात् २०६४ सालमा पारस्परिक सहयोग तथा सेवा प्रवाह गर्ने विषयमा समझदारी भएको थियो । त्यसको अर्थ शरणार्थीहरूलाई पुनर्वासका लागि तेस्रो मुलुक लैजाने भन्ने हुन्थ्यो ।
यसरी पुनर्वासमा लैजाँदा कतिपय घरमूलीलाई लगिएको छैन । हाल विर्तामोडमा बसिरहेका भुटान पिपुल्स पार्टी (बीपीपी) का अध्यक्ष बलराम पौडेलका अनुसार एकाघरका कोही अष्ट्रेलिया लगिए, कोही अमेरिका । घरदेखि टाढा नेपाल आउँदा कम्तीमा भाषा र संस्कृति मिलेकाले यहाँ धेरै गाह्रो भएन उनीहरूलाई । सात समुद्रपारिको बिरानो मुलुकमा शरणार्थीको सुस्केरा सुन्ने कसले ? न बोली
मिल्छ, न रहनसहन ।
'अमेरिकामा मात्रै यो अवधिबीच १५ जनाले आत्महत्या गरेको जानकारी आएको छ,' अध्यक्ष पौडेल भन्छन्, 'मानसिक रोगी पनि बढ्दैछन् । संख्या यकिन भइसकेको छैन ।'
आप्रवासनमा जाने शरणार्थी संख्या बढ्दैछ । उनीहरूका समस्या पनि बढ्दैछन् । घटेको त भुटानी स्वदेश फिर्ती अभियानको ज्वरोमात्रै हो ।
यसैबीच रोचक घटना हुनगयो । चुनावी महायुद्धपछि भर्खरै सत्तासीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई आश्चर्यचकित पार्दै पहिलो विदेश भ्रमण भुटानमा गरे । थिम्पुस्थित एक भुटानी पत्रकारका अनुसार मोदीलाई आफ्नो अनुकूल बनाउन कुनै कसर बाँकी नराखेका राजा जिग्मे खेसर नामग्यालले शक्तिशाली छिमेकका नेतालाई रिझाए । 'अब यहाँ तत्काल प्रजातन्त्र र मानवअधिकारको कुनै प्रश्न उठ्ने छैन,' ती पत्रकार खुल्न चाहँदैनन्, तर भन्छन्, 'भारतले नचाहेसम्म ।'
मोदी भुटान गएकै छेक पारेर बीपीपीका अध्यक्ष पौडेल र फिलिपिन्सस्थित शरणार्थी अगुवा गोविन्द रिजालको नेतृत्वमा शरणार्थी फिर्तीसम्बन्धी अपिल सार्वजनिक भए । 'हामीले मोदीलाई सम्बोधन गरेर स्वदेश फिर्तीको मुद्दा उठायौं,' पौडेलले भने, 'उहाँको जवाफ आइसकेको छैन । सुन्न उत्सुक छौं ।'
युएनएचसीआरको केही दिनअघि सार्वजनिक 'नेपाल फयाक्ट सिट'का अनुसार सात वर्षयता विभिन्न चरणमा गरी ९० हजार ३ सय ३७ शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गइसकेका छन् । (हेरौं, नियोगको रिपोर्ट) ।
तीमध्ये अमेरिका जानेमात्रै ७६ हजार छन् । झापा र मोरङका शरणार्थी शिविरहरूमा २६ हजार शरणार्थी बाँकी छन्- युवायुवती अमेरिकाको टिकट कुरिरहेका, बुढाबुढी मृत्यु कुरिरहेका ।
निभ्दै-बल्दै, निभ्दै-बल्दै गरेको दीयोझैं शरणार्थी आन्दोलन उठ्न खोज्दै थियो । कुनै उल्का भएन भने अब त्यो कहिल्यै नबौरिनेगरी अवसान भएको छ । आन्दोलनविना नेता एक्लै बाँचिरहन सक्दैन । यसैकारण रिजालको 'सेलिबि्रटी स्टाटस' अहिले गुमनाम छ ।
र अब गुमाउनुपर्ने केही छैन, किनकि गुमाउन बाँकी नै केही छैन । तर बताउनुपर्ने धेरै कुरा छन् । एक बेला उनलाई भेट्न-सुन्न जानेको ताँती हुन्थ्यो । अहिले त्यो पनि छैन ।
दुई रोचक कुरा छन् । रोचक नम्बर एक: सबका सब शरणार्थी प्रमाणीकरण गर्ने संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले रिजाल दम्पतीलाई जानाजान छुटाएछ । रोचक नम्बर दुई: जुनसुकै शरणार्थीका छोराछोरीलाई लैजानुअघि अभिभावकलाई स्वीकृति लिइएछ । तर रिजालका तीन छोरा लैजाँदा सोधिएनछ ।
तेस्रो कुरा पनि छ, तर त्यो खासै अस्वाभाविक छैन । अमेरिका पुनर्वासमा लगिए पनि रिजाल दम्पती नजाने रे ।
गतिलो नेताको अभाव
शरणार्थी सम्बन्धी विश्वकै पहिलो रेडियो कार्यक्रम चलाएको दाबी गर्ने विर्तामोडको कञ्चनजंघा एफएमका महाप्रबन्धक तथा 'शरणार्थी आवाज' कार्यक्रमका प्रस्तोता चन्द्र भण्डारीको बुझाइमा बग्रेल्ती खुलेका नाममात्रैका संगठनले शरणार्थी आन्दोलन हाँक्नसक्ने कुनै सम्भावना थिएन । 'यहाँ कुनै गतिलो नेता जन्मिन सकेन, कूटनीतिक लबिङ त झन् हुँदै भएन,' भण्डारी भन्छन्, 'रिजालजीको आस थियो । उहाँ पनि समयसापेक्ष चल्न सक्नुभएन, टिमवर्कमा विश्वास गरेको देखिएन ।'
यसो भन्ने भण्डारीमात्रै एक्ला शुभचिन्तक होइनन् । तर रिजाल भने त्यसको प्रतिवाद गर्छन् । शरणार्थीहरू अनेक स्वार्थ समूहमा नबाँडिएको भए आजको जस्तो खति नहुने उनको ठम्याइ छ । 'यहाँ शरणार्थीका नाममा राजनीति नै नबुझ्नेहरूका ५२ वटासम्म संगठन खुले, असली नेतृत्वलाई किनारा लगाउने षड्यन्त्रका अंग भए तिनीहरू,' रिजाल आक्रोश पोख्छन्, 'सुरुमा शरणार्थी शिविरमा आएर आन्दोलनको नेतृत्व लिइदिनुपर्यो भने । तर म जेलबाट छुटेर आउँदा उल्टै सांघातिक आक्रमण भयो ।'
रोगी भइकन पनि मुखर छन् रिजाल, तर सुनिदिने पंक्ति मुलुक बाहिर छ । दुई साताअघि उनले भुटानको सरकारी भाषा जोङ्खामा सानो पुस्तिका छपाए । त्यसको नेपालीमा उल्था हुन्छ: 'भुटान: हिजो, आज र भोलि ।'
आवरणमा भुटानको दरबार र सरकारी कार्यालयको तस्वीर छपाइएको त्यस पुस्तिकाको पहिलो पृष्ठमा भुटानका रोङथोङ किन्ले छन् । किन्ले, जसले राजा जिग्मेलाई ल्होत्साम्पाका मुद्दाबारे उदार हुन विन्ती बिसाएका थिए । 'राजाले आफ्नै जनतामाथि अत्याचार गर्न नहुने भनी आग्रह गर्दा उहाँलाई समेत तँ टेकनाथको मानिस होस् भनी भुटानबाट लखेटे,' रिजाल सुनाउँछन्, 'शासक जातिकै ती मानिस नेपाली भाषीमाथि स्नेह दर्शाउँथे ।'
रिजालका अनुसार त्यसमा दक्षिण भुटानका नेपालीभाषी ल्होत्साम्पाहरूले आफ्नै देशमा भोग्नुपरेको अत्याचार र निर्वासनको संक्षिप्त इतिहास समेटिएको छ । राजधानी थिम्पुका केही कुलीनहरूले तत्कालीन राजा जिग्मे सिंघेलाई भोगविलासमा निर्लिप्त बनाएर आफ्नो स्वार्थअनुरुप कसरी चलाए भन्ने विषय रिजालले लेखेका छन् । थिम्पुमा चुलिएको भ्रष्टाचार र अनियमितताबारे लेख्दै खेदिएका पालीहरूमाथि राज्यले न्याय दिनुपर्ने कुरा उनले समेटेका छन् ।
'आन्दोलन मर्न लाग्यो भनेर यत्तिकै कहाँ छाड्ने,' रिजाल भन्छन्, 'सिंगो जीवन नै नेपालीभाषी भुटानीका लागि गयो ।'
रिजालसँग गर्नुपर्ने थुप्रै काम छन्, तर कुनै संगठन छैन । राजनीतिक अभियान छ, तर कार्यकर्ता छ्रैनन् । 'म त जरा काटिएर बसेको छु, मेरो आफ्नो भन्नु यहाँ केही छैन,' उनी सुस्केरा हाल्छन्, 'रोगले थला पारेको छ । पहिलेजस्तो धेरै क्षमता छैन ।'
कञ्चनजंघा एफएमका पत्रकार भण्डारी आफूसँग अहिले पनि अमेरिका लगायत अन्य मुलुक बस्ने भुटानी मानवअधिकारवादी कार्यकर्ताहरू सम्पर्कमा रहेको बताउँछन् । 'हामी यहाँ आएर चुप बसेका छैनौं । अमेरिका पलायन हुनआएका होइनौं हामी,' टेकनाथ रिजालसँगै भुटानको जेलमा बिताएका सुशील पोखरेललाई उद्धृत गर्दै भण्डारी भन्छन्, 'अन्तर्राष्ट्रिय पहल लिन यहाँबाट झनै सजिलो हुन्छ । शरणार्थी आन्दोलनलाई यहीँबाट चिनाउँछौं ।'
'अमेरिका नै बस्छौं, भुटान र्फकन्नौं भन्ने त कोही भेटिन्न,' भण्डारी भन्छन् ।भुटानीहरूको मनभरि भुटान र्फकने भावना छ । तर भावनाले मात्रै जिन्दगी चल्दैन । भुटान छाड्दै उनीहरूको भुटानी हौं भन्ने सम्पूर्ण प्रमाण नष्ट भइसकेको छ । अनि भावना ! भावना त अर्को पुस्तासम्म पुग्दा नामसारी हुन असम्भव प्रायः छ । देशप्रेमको कुनै लालपुर्जा हुँदैन ।
'भुटान सरकारले उनीहरूलाई भुटानी मान्दैन,' भण्डारी भन्छन्, 'भुटानका खाइखेलेको पुरानो पुस्ता त बाँकी छ । तर भावनामा भुटान भए पनि व्यावहारिक रूपमा र्फकन असम्भव देखिन्छ ।' अर्थात् यो आन्दोलनको आद्योपान्त अध्याय करिब-करिब समाप्त हुनपुगेको छ ।
अनि भुटानभित्र नेपालीभाषीको वर्तमान के छ ! 'कुल राष्ट्रिय खुसी' बाँडिरहेको त्यो मुलुकमा राजा महेन्द्रको पालाको नेपालमा झैं 'एक भाषा : एक भेष नीति' लागू छ । ६ महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा भेटिएकी भुटानी पत्रकार अलका कटुवालका अनुसार उनी नेपाली भाषा जान्ने-बुझ्ने अन्तिम पुस्ता हुन् । लेख्न त उनलाई पनि आउँदैन । 'एक लाखभन्दा बढी ल्होत्साम्पा अहिले पनि भुटानमा छन्, उनीहरूलाई अंग्रेजी, हिन्दी र जोङ्खाबाहेक अरु भाषाको मतलब छैन,' बिजनेस भुटानकी ती संवाददाताले पंक्तिकारसँग भनेकी थिइन् ।
बीपीपीका अध्यक्ष पौडेलका अनुसार भुटानभित्रका नेपालीभाषीको वास्तविक अवस्था अहिले पनि दयनीय छ । 'उनीहरू असुरक्षाका कारण बाहिरी विश्वसँग खुल्न सक्दैनन्,' पौडेल भन्छन्, 'त्यसमाथि त्यहाँको 'चावासुम' नामक कडा कानुनले उनीहरूलाई बन्दी बनाएर राखेको छ । अहिले पनि २ सयभन्दा बढी ल्होत्साम्पा भुटानका जेलमा छन् ।'
यसरी नेताहरू एकातिर छन्, नागरिक अर्कातिर । एकपटक जम्जमाएर उठिसकेको आन्दोलनको धुकधुकीसमेत बन्द हुनलागेको देख्दा रिजालपत्नी कौशिला भक्कानिन्छिन् । आफ्नो देश, गाउँ र्फकन पाइने सम्भावना सधैंलाई सकिँदै गएको हो कि भन्ने भयले उनलाई सपनामा पनि दुःख दिन्छ । भुटान, सिप्सुकी १९ वर्षीया कौशिलाको लामिडाँडाका आफूभन्दा १० वर्ष जेठा रिजालसँग बिहे भएको थियो । 'उहाँसँग बिहे हुँदा राजनीतिमा नै हुनुहुन्थ्यो, आजसम्म पनि,' उनी भन्छिन्, 'जेजस्तो अभाव सहेर भए पनि उहाँलाई साथ दिइरहेकी छु । तर राजनीति भनेको कहिल्यै सुखी काम होइन रहेछ ।'
सरकारी सहयोग बन्द भएपछि रिजाल दम्पतीको जीवन कष्टकर भएको सुनाउँछन् । 'बाहिर गएका छोराहरू कमाउने भइसकेका छैनन्, पढ्दैछन्,' कौशिला भन्छिन्, 'घर चलाउन कति गाह्रो छ भन्ने नसोध्नु होला । अलिकति जमिन थियो, त्यो पनि बेचियो ।'
यसो खाली समय भयो कि कौशिलाको मन फर्केर उहीँ चिराङतिर र्फकन्छ रे । 'भुटानको रुखपातले पनि हामीलाई नै बोलाइरहेको छ जस्तो लाग्छ । कत्ति माया लाग्छ,' उनी पिलपिल हुन्छिन्, 'कतै हिँड्दा भुटानको जस्तो रुखपात देखियो भने...।'
'....।'
'उताको जस्तो खोलानाला, पहाडी जग्गा...।'
उनी फरक्क फर्किन्, र आँसु पुछ्दै भान्छातिर गइन् ।
भुइँतिर हेर्दै रिजालले भने, 'अरू केही सोध्नु छ भाइ ?'
Kantipur Daily
http://www.ekantipur.com/np/2071/3/7/full-story/391121.html
http://www.ekantipur.com/np/2071/3/7/full-story/391115.html
... ... ...
पुनर्वासमा गइसकेका शरणार्थी
अमेरिका: ७६,३२८
क्यानडा: ५,८९५
अस्ट्रेलिया: ५,१५४
डेनमार्क: ८६०
नेदरल्यान्ड्स: ३२६
न्युजिल्यान्ड: ८६६
नर्वे : ५५०
बेलायत: ३५८
जम्मा: ९०, ३३७
स्रोत: यूएनएचसीआर नेपाल फ्याक्ट सिट- जुन, २०१४

No comments:
Post a Comment