समाजशास्त्री चैतन्य मिश्र त्रिभुवन विश्वविद्यालयको ३५ वर्षे सेवाबाट
शुक्रबार निवृत्त भए । विमर्शको खोजीमा तिर्खाइरहेको समकालीन नेपाली समाजका
लागि यो 'समाचार' हो । साँच्चै, यो समाचार किन हो ?
किनभने, विश्वविद्यालयलाई आफू बाँचेको समाज र दुनियाँसँग जोड्न सक्ने विरलै विद्वान्मध्ये एक प्राध्यापक कीर्तिपुरको डाँडोबाट बिदा भए । जस्तो कि, उनका विद्यार्थी तथा एमाले नेता घनश्याम भुसालका शब्दमा, 'एउटा राम्रो अभिभावक' घर छाडेर कतै टाढा गएको छ ।
किनभने, 'फुलब्राइट स्कलरसिप' पाएर विदेश पढ्न गएका, उतै बसेका प्रायः बौद्धिकझैं मिश्र पनि उतै बस्न सक्थे । तर उनी नेपाल फर्के । 'हाई' र 'लो प्रोफाइल'को तौल जोखेर बसेनन् । मार्कर र डस्टरलाई जीवनशैली बनाए । हाइटबोर्डमा घोट्टएि ।
किनभने, उनी नेपालबारे नेपालीले लेखेको कुरालाई पाठयक्रममा राख्नुपर्छ भनी जोड गर्ने विभागका प्रमुख थिए । 'हामी पहिलो विभाग हौं, जसले नेपाली समाज पाठ्यक्रममा छुट्नुहुन्न भनी अड्डी लियौं,' मिश्र जिकिर गर्छन्, 'प्राज्ञिक हिसाबले सबल नमानिएका कतिपय पुस्तकमा हामीले नेपाली समाजको ऐना देख्यौं । अन्ततः हाम्रो बुझाइ सही निस्कियो ।'
किनभने, 'विकासे विषय' मानिने समाजशास्त्रलाई हेर्ने आफ्नै अध्ययन पद्धति विकास गरे । 'समाजशास्त्रीले मात्रै बुझ्ने समाजशास्त्रको काम छैन, जनताले बुझ्ने हुनुपर्यो,' उनी भन्छन्, 'विश्वविद्यालयको चार दिवारमा मात्रै सीमित ज्ञानले केही चल्दैन ।' विकासको अर्थराजनीतिक पाटोमाथि मुखर मिश्र आफू पनि यदाकदा विकासे मार्गको पेटीपेटी हुँदै हिँडे । तर एउटै कक्षामा गयल परेनन् ।
किनभने, इतिहासको प|mेममा नेपाली समाजलाई राखेर व्याख्या गर्ने परिपाटी थाले । नेपाली समाजलाई पुष्पलालको व्याख्याका आधारमा बुझ्ने बानी परेको एमालेका केही नेता '५० को दशकमा उनको विचारनजिक उभिए । 'अर्धऔपनिवेशिक र अर्धसामन्ती मुलुकमा हतियारमुखी क्रान्ति निर्विकल्प' ठान्ने माओवादीले कालान्तरमा आफूलाई अद्यावधिक गर्यो । मिश्रको 'संशोधनवादी/सुधारवादी' बुझाइलाई ढिलोछिटो दुवै 'क्रान्तिकारी पार्टीहरू' ले सदर गरे ।
किनभने, पुग्दो आर्थिक हैसियत बनाएका राजधानीका रैथाने मास्टर गाडी किनेर गुड्न सक्थे । तर उनी सधैं साझाबस र माइक्रोमा कोचिएर चाबहिलदेखि कीर्तिपुर, सडकदेखि सेमिनार धाइरहे । 'बसमा चढदा एउटा वर्गको जीवनसँग अभ्यस्त भइन्छ । मानिसहरू के कुरा गरिरहेका छन् भन्ने थाहा पाइन्छ,' मिश्र जोड्छन्, 'त्यसैले समाजशास्त्रीहरूले बस चढ्नु आवश्यक छ । गाडीवाला समाजशास्त्रीले पनि हप्तामा कमसेकम एक दिन बस चढेको राम्रो ।'
र, तिनै 'प्रांगारिक बुद्धिजीवी' त्रिविबाट बिदा हुँदैछन् । (लेखक खगेन्द्र संग्रौलाका भाषामा कीरा नलागेको, नसडेको बुद्धिजीवीलाई प्रांगारिक बुद्धिजीवी भनिन्छ । एन्टोनियो ग्राम्सीले प्रयोग गरेको 'अर्गानिक इन्टेलेक्चुअल'को भावानुवाद ।)
मिश्रका अनुसार त्रिवि छाडे पनि अनौपचारिक कक्षा चलाउने, अनुसन्धान कार्य जारी रहन्छ । 'फेरि यो समाज पढ्ने कामबाट कहाँ अहिल्यै छुट्टी लिन सकिन्छ र !' अवकाश पाउने बिहान कान्तिपुरसँग गफिँदा मिश्र शान्त तर हार्दिक मुडमा थिए । थपे, 'लामो यात्राबाट विश्राम लिँदा विद्यार्थी र साथीभाइको माया लाग्दो रहेछ, तर मैले भावुक हुने बेला अझै आइसकेको छैन ।'
मिश्रको संकेत थियो, त्रिविको घन्टाघर बिल्डिङमा चक, मार्कर र माइक्रोफोन बुझाएर हिँडे पनि समाजसँगको सक्रिय अन्तक्रिर्याबाट उनले अवकाश लिएका छैनन् । एउटा जीवन्त समाजशास्त्रीका लागि जीवनको पल्लो छेउसम्म पनि पेन्सन हुँदैन । यी यस्ता शास्त्री हुन्, जसको उकाली ओरालीसँग सिंगो नेपाली समाजशास्त्रीय अध्ययनको अन्तरकथा जोडिएको छ । मिश्रको नाम छुटाइयो भने त्रिवि, समाजशास्त्र विभागको इतिहास सुरु नै हुँदैन ।
'उहाँलाई हामीले 'सर'मात्रै भन्यौं भने त्यसको पूरा अर्थ आउँदैन, उहाँ सबैको गुरु हो,' दशक ४० को अन्त्यतिर मिश्रका विद्यार्थी रहेका एमाले उपमहासचिव भूसाल भन्छन्, 'ज्ञान र इमान दुवैका उच्च भएकैले आफूलाई लागेको कुरा निर्धक्क राखिरहनुभयो । विश्वविद्यालयको घेराबाहिर गएर समाजसँग संवाद गरिरहनुभयो । चाकडीका लागि शक्तिकेन्द्रसँग कहिल्यै नधाउने स्वभावले उहाँलाई सबैभन्दा अग्लो बनाइदियो ।'
नेपाली समाजको गतिधारामाथि अर्थराजनीतिक र समाजशास्त्रीय कोणबाट दुई पुस्तक लेख्दा मिश्रको दिशानिर्देश पक्रेका भुसाल थप्छन्, 'नेपाली समाजको पुँजीवादी प्रवेशसम्बन्धी मेरो खोजीलाई प्राज्ञिक दिशा दिन उहाँले धेरै सजिलो पारिदिनुभयो । पुँजीवादलाई अझै गहन रूपमा बुझ्ने गोरेटो प्रदान गर्नुभयो ।'
बेचल्तीको बाटो
खरिदार आमा र नायब सुब्बा पिताको पहिलो सन्तानका रूपमा काठमाडौंमा जन्मेहुर्केका मिश्र स्कुलमा 'हुने बिरुवाको चिल्लो पात' थिएनन्, 'ठिकठिकै' छात्र थिए । एसएलसी पास गर्दा केवल १३ वर्षका थिए । कलेज अफ् एजुकेसनमा बीएडसम्म पढे । प्राइभेट बीए पढे ।
बीए, बीएड पास गरिसक्दासम्म पनि कुनचाहिँ विषयको भर्याङ चढेर उच्च शिक्षा लिने भन्ने सोचले आकार लिइसकेको थिएन । एउटै मोटो लक्ष्य थियो, जे पढे पनि युनिभर्सिटीमा पढाउँछु । यो त एसएलसी कालदेखिकै सपना थियो ।
बीए नपढेको भए बीएडको भरमा छात्रवृत्ति पाउने सम्भावना हुन्थेन । गोरखापत्रमा विज्ञापन छापिएको थियो, कोलम्बो प्लानअन्तर्गत भारतका विभिन्न विश्वविद्यालयमा राजनीतिशास्त्र, इतिहास, समाजशास्त्र, विज्ञानजस्ता विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरिन्छ । मिश्रले यही सूचनामा पहिलोपल्ट 'समाजशास्त्र' भन्ने शब्द छापिएको देखे । शब्दै अनौठो थियो, समाजशास्त्र । के हो यो शास्त्र ? समाज जे छ छँदैछ, त्यसको पनि शास्त्र ?
उनको दिमागमा झिलिक्क केही बल्यो, युरेकाजस्तो । 'खासमा मलाई जे पढे पनि स्नातकोत्तर हुनु थियो, केवल छात्रवृत्ति चाहिएको थियो,' उनी विद्यार्थीकालतिर र्फकन्छन्, 'त्यो दिन समाजशास्त्रको नाम नदेखेको भए सायद अर्थशास्त्र पढ्थें कि ?'
अमेरिकी कवि रोबर्ट प|mस्टको 'द रोड नट टेकन्' कविताको पात्रझैं अरूले कहिल्यै नहिँडेको गोहो रोजे मिश्रले । समाजशास्त्र विषयका लागि आवेदन भरे । नाम निस्कनु थियो, निस्कियो । २०२६ सालमा भारतको महाराष्ट्रस्थित नागपुर विश्वविद्यालय गए । यही बेचल्तीको बाटोले उनको जीवनमा सबथोक फरक पारिदियो ।
अरू विद्यार्थीभन्दा एक महिना ढिला पुगेका उनी बिरानो नागपुरमा अलि डराएका रहेछन् । केही हप्तामै समायोजन भइहाले । 'तपाईंलाई साँच्चै भनूँ ?' मोटो प|mेमवाला चस्मा झिकेर हातमा खेलाउँदै भुइँकुइरोझैं आँखा भएका पेन्सनरले अतीततिर हेरे, 'त्यो दुई वर्ष मेरो जीवनको सबैभन्दा सुखी दुई वर्ष थियो । पहिलोपटक घरबाट टाढा पढदा फुक्काफाल भइयो । २ सय ५० रुपैयाँ छात्रवृत्ति खर्च गरेर सकिन्नथ्यो । चाहिएजति पुस्तक किनेर बिल पेस गरे भइहाल्थ्यो । जुन गोजी छामे पनि पैसैपैसा ।' औसत स्तरको शैक्षिक वातावरणभित्र पुस्तकालय भने हिन्द महासागरसरि रहेछ । 'जीवनभरि धेरै पढ्नेछु भन्ने आकांक्षा जगाएको त्यही पुस्तकालयले हो,' २० वर्षे तरुनो उमेर सम्झँदै उनी भन्छन् । समाजशास्त्र विभागको १४ वर्षे इतिहासमा पहिलोपल्ट कुनै विद्यार्थीले फस्र्ट डिभिजन ल्यायो, त्यो उनै थिए । विभागमा 'टप' गरेका थिए ।
भारतदेखि अमेरिका
एमए गरेको युवा समाजशास्त्रीका रूपमा मिश्र नेपाल फर्के, सिधै 'सेडा' गए । तत्कालीन नेपालको सबैभन्दा महत्त्वपूर्णमध्येको थिंकटयांक मानिने त्यस संस्थाका हाकिम पशुपतिशमशेर राणा थिए । अध्ययन सकेर आएको, काम खोजिरहेको बताएपछि राणाले आफू मातहतका डा. प्रचण्ड प्रधानकहाँ भेट्न पठाइदिए । प्रधानले सोधे, 'तपाईंलाई के के विषयमा रुचि छ ? इच्छाएको कुनै एक विषयमा केही पृष्ठ लेखेर ल्याउनुस् । अर्को साता भेटुँला ।'
मिश्रले घच्चीको शोधपत्र फर्माइदिए, 'समाजमा कर्मचारीतन्त्रको प्रभाव ।' संसारका बडेबडे विद्वानका कोटेशनले भरिएको पेपर पढिसकेपछि प्रधानले भनेछन्, 'हुन त हुन्छ, तर तपाइर्ंले जुन पदको आकांक्षा राख्या हो, त्योभन्दा एक तह मुनिमात्रै हुन्छ ।'
नौजवान समाजशास्त्रीको दिमागलाई प्रधानको जवाफ जँचेन, भारतको डिपार्टमेन्टमा फस्र्ट गरेर आएको मान्छेलाई घटाएर पद दिने ?
उनी फरक्क फर्के । जागिरका अरू गौंडाहरू चहारे । 'आफू धेरै जान्ने छु भन्ने आग्रह बोक्ने हुँदा सात/आठ महिनासम्म कुनै काम पाइनँ । पछि थाहा भयो, मलाई किताब टन्नै आउँदोरहेछ, तर संसार आउँदो रहेनछ,' हाँस्दै सम्झन्छन्, 'म त किताब बुझेको, समाज नबुझेको मानिस पो भएछु । किताबमार्फत संसार बुझ्नुपर्ने, किताबमार्फत किताबमात्रै बुझेछु ।'
मिश्रले त्यसपछि रेडियो नेपालको 'एक्स्टर्नल सर्भिस प्रोग्राम' मा स्क्रिप्ट लेख्ने काम पाए । अंग्रेजी भाषामा समाचार विश्लेषण लेख्ने, कपी सम्पादन गर्ने जिम्मा थियो । त्यही समय 'दी राइजिङ नेपाल'मा उपसम्पादक बनेर पनि काम गरे । यो २०२९ सालसम्म चालू रह्यो ।
त्यसपछि मास्टर्सकै लागि छात्रवृत्ति पाएर उनी 'युनिभर्सिटी अफ् फ्लोरिडा' गए । पुगेपछि भने प्राध्यापकहरूसँग मनसाय राखे, भारतमा पहिल्यै एमए गरिसकेकाले सोझै पीएचडी गर्न पाए हुन्थ्यो ।
प्राध्यापकहरूले उनको क्षमता परीक्षण गरे । मिश्र खरो उत्रिए । सोझै पीएचडीमा भर्ना पाए । चार वर्ष घुँडा धसेर पढे । सर्वोच्च मस्तिष्कहरूसँग उठबस गरे । 'अमेरिकी गोराकाला र महिलापुरुषबीच पेसामा भेद' शीर्षकमा थेसिस लेखे । २०३४ फागुनमा त्रिवि फर्के । समाजशास्त्र विभागको रूपरेखा कोर्न थाले ।
त्रिविमा समाजशास्त्र विभाग थप्नुपर्ने चर्चा २०२५ सालतिरै चलेको थियो । सम्भाव्य अध्ययनका लागि बेलायतबाट अर्नेस्ट गेल्नर -मानवशास्त्री डेभिड गेल्नरका पिता) काठमाडौं आएका थिए । मिश्र लख काट्छन्, 'सायद त्यसैको तयारीका लागि मलाई अमेरिका पठाएको हुनुपर्छ ।'
जीवन: एक प्राध्यापक
मिश्र नेपाल फर्केकै साल समाजशास्त्र विभाग खोल्न जनशक्तिका लागि पदमलाल देवकोटा, राम क्षत्री, ओम गुरुङ र कृष्ण भट्टचनलाई अमेरिका पढ्न पठाइयो । मानवशास्त्री डोरबहादुर विष्टले हाँकिरहेको सिनासमा दरबन्दी रहे पनि मिश्र पाठ्यक्रम र प्राविधिक कामका लागि 'टिम लिडर' का हैसियतमा समाजशास्त्र विभागमा खटिए ।
समाजशास्त्र र मानवशास्त्र विषयलाई एउटै विभागअन्तर्गत पढाउने निर्णय भएपछि मिश्र त्यसको पहिलो विभागीय प्रमुख छानिए । समाजशास्त्रतर्फ उनी र कृष्ण भट्टचनले पढाउन थाले । राम क्षत्री र पदमलाल देवकोटाले मानवशास्त्र पढाए । केही वर्षपछि ओम गुरुङ पनि नेपाल फर्के । उनीहरूसँगै मिसिए ।
मिश्र र साथीहरूले पहिलो वर्ष ५० विद्यार्थी लिने निर्णय गरे पनि ५६ विद्यार्थीलाई भर्ना दिलाए । धेरै वर्षसम्म निरन्तर त्यति नै विद्यार्थी पढाइरहे । त्यसपछि त देशभरिका विद्यार्थीहरूको हुल विभागतिर ओइरिन थाल्यो । उनीहरूले थाम्नै सकेनन् । हुँदाहुँदा ८ सय विद्यार्थीसमेत भर्ना लिनुपर्ने अवस्था आइलाग्यो ।
प्रशासनिक झमेला थेग्न सकेनन् मिश्रले । विभागीय प्रमुखको कुर्सीबाट उठेर एक वर्षमै 'कमन रुम' मा आइपुगे । दोस्रो विभागीय प्रमुख बने मानवशास्त्री डोरबहादुर विष्ट ।
'३० वर्षको उमेरमा विभागीय प्रमुख हुँदा सिंगो विश्वविद्यालयलाई नै उँभो लगाउने महत्त्वाकांक्षा थियो । एक वर्षको अनुभवपछि मैले विभागीय प्रमुखमात्रै होइन, त्यो महत्त्वाकांक्षा पनि छोडें,' यी संस्थापक विभागीय प्रमुख बोले, 'प्रशासनिक कामकाजबाट थाकेपछि मैले ठयाक्कै बुझिहालें, जे गर्ने हो, म आफैंले गर्ने हो । म संगठकको खुबी भएको मानिस होइन ।'
त्यसपछि रवीन्द्रनाथ टैगोरको 'एकला चलो रे' स्टाइलमा चल्न थाले । दिनभर पढायो, फक्र्यो ।
समाजशास्त्रको क्रेज
समाजशास्त्रको पहिलो ब्याचको पहिलो कक्षामा मिश्रले भनेका रहेछन्, किताब माध्यममात्रै हो । त्यसमार्फत संसारलाई बुझ्ने हो । किताबलाई नै अन्त्य मान्ने संस्कृतिभन्दा माथि उठ्ने गर्नु । 'मैले त्यस दिनयता पहिलो कक्षामा कहिले पनि पुस्तक पढाइनँ । पुस्तकप्रतिको दृष्टिकोण बदल्न प्रयत्न गरिरहें,' मिश्र भन्छन् ।
सबैभन्दा नबुझ्ने विद्यार्थीलाई जसरी भए पनि सिकाएरै छाड्ने अठोट राख्थे मिश्र र साथीहरू । केही वर्षपछि समाजशास्त्रको कक्षामा विद्यार्थीको संख्या हात्तै बढ्न थाल्यो । मिश्र र उनका साथीहरूको पनि प्राथमिकता बदलियो । आमसभा गर्न मिल्ने ठूला हलहरूमा छिरेर उनीहरू माइकमा कराउन थाले, मध्यम स्तरका विद्यार्थीमा केन्दि्रत भए ।
'जो पनि समाजशास्त्र पढ्न आउने भए । एउटा ब्याचमा ८ सयजनासम्म पुगे विद्यार्थी,' उनी भन्छन्, 'त्यो बेरोजगारीको परिणाम थियो ।'
गत वर्षयता भने त्रिविमा सेमेस्टर प्रणाली पुनर्बहाली भएको छ । दुई सिफ्टमा ८९ विद्यार्थीमात्रै भर्ना भएका छन् । त्यसमध्ये महिलाको संख्यामात्रै दुई तिहाईभन्दा बेसी छ । कतिपयले मिश्रको विभागलाई 'बुहारी डिपार्टमेन्ट' पनि भन्छन् । मिश्र त्यसलाई नकार्दैनन् । 'रोजगारी नपाएका सहरी महिलाहरूले यो विभागमा आएर फुर्सद व्यवस्थापन गरेझैं देखिन गएको छ । अलिकति भए पनि डिग्री बढाउँ न भन्ने लाग्दो रहेछ,' उनी हाँस्दै सुनाउँछन् ।
मिश्र र साथीहरूले पाठ्यक्रम बनाउँदा महेशचन्द्र रेग्मी, फादर स्टिलर, धनवज्र बज्राचार्य, डोरबहादुर विष्टका रचनाहरू समावेश गरे । नेपालको बारेमा लेखिएका ती गहन पुस्तकहरू समाजशास्त्र हुन् कि होइनन् भन्नेमा वास्ता गरेनन् । 'रेग्मीको पुस्तकमा अर्थशास्त्रमात्रै थिएन, नेपाली समाज पनि थियो । त्यहाँबाट निचोरेर समाजशास्त्र फेला पार्ने काम हामीले गर्यौं,' उनी भन्छन्, 'अरू विभागले त्यस्ता बहुमूल्य ज्ञानलाई किन उपयोग गर्न सकेनन् होला भन्न कौतूहल पछिसम्म रहिरह्यो ।' हुन पनि रेग्मीको पुस्तक अर्थशास्त्र विभागले प्राथमिकतासाथ राख्नसक्थ्यो । तिनताक 'कतिपय पुस्तक लेखकले एमए नै पास गरेका छैनन्, किन तिनलाई कोर्समा राख्ने' भन्नेजस्तो कुरा पनि चल्ने गथ्र्यो ।
'मैले अरू विभागसँग दाँजिन खोजेको त होइन, तर हाम्रो विभाग अरू विभागभन्दा उत्पादनशील छ । पुस्तक लेख्ने, अनुसन्धान गर्ने, सेमिनार चलाउने काममा अघि छौं,' उनी जोड दिन्छन्, 'विद्यार्थीलाई मात्रै होइन, बाहिरको समाजलाई योगदान गर्ने कुरामा हामी अगाडि छौं ।'
अरुका आँखामा
मिश्रका विद्यार्थी तथा मानवशास्त्री सुरेश ढकालको विचारमा मिश्रले समाजशास्त्रमा आम रुचि जगाउने गरी प्रभाव पारेर बसे । 'नेपालका समाज वैज्ञानिकमध्ये उहाँ अग्रणी हुनुुहुन्छ । उहाँकै कारण हाम्रो विभागलाई चैतन्य मिश्र भएको विभाग भनी चिन्ने गरिन्छ,' ढकाल भन्छन्, 'समाजको परिवर्तनलाई निरन्तर निगरानी राख्नुभएको छ । नेपाली समाजलाई सैद्धान्तिक र ऐतिहासिक आँखाबाट हेर्ने पद्धति विकास गर्नुभएको छ ।'
सुगौली सन्धियताको नेपाल पुँजीवादी हो भनी मिश्रले निरन्तर बहस गरेको ढकाल सम्झन्छन् । 'अरू समाजवैज्ञानिकले विश्लेषण त गरे, तर टुक्राटुक्रामा,' उनी भन्छन्, 'उहाँले समग्र दृष्टिकोण स्थापित गर्नुभयो ।'
विश्लेषक झलक सुवेदीका विचारमा मिश्र माक्र्सवादी विश्लेषण पद्धतिलाई पछयाउँदै नेपाली समाजको पुँजीवादी अर्थराजनीति, सामाजिक संास्कृतिक विशेषताको व्याख्या गरे मिश्रले । 'नेपालमा सामाजिक समावेशिता आवश्यक रहेको विचार सुरुवातीकालमै दिनेमध्ये उनी प्रमुख हुन्,' सुवेदी सम्झन्छन्, 'विचार दिने, समाजमा बहस सिर्जना गर्न सधैं अग्रसर रहे । तर राज्य र समाजले उनको क्षमताको भरपूर प्रयोग गरेन ।'
समाजशास्त्र/मानवशास्त्र विभागका प्रमुख डा. ओम गुरुङ मिश्रलाई नेपाली समाजको विशिष्ट विश्लेषण गर्न सक्ने व्यक्तित्व भएको बताउँछन् । 'आलोचनात्मक ज्ञान भएको त्यस्तो व्यक्ति, जसले नेपाली समाजलाई असाध्यै राम्रोगरी बुझेको छ, नेपाल बाहिर उहाँको ज्यादै ठूलो नाम छ ।'
मिश्रको पुस्तक 'पुँजीवाद र नेपाल' को भूमिकामा श्याम श्रेष्ठले लेखेका छन्, 'मौलिक र आलोचनात्मक सोंचका लागि डा. मिश्रको उचाइ हासिल गर्ने चिन्तक नेपालमा ज्यादै कम छन् ।'
त्यसो त मिश्र एमालेको नौमहिने सरकारका पालामा राष्ट्रिय योजना आयोगमा पनि सदस्य रहे । आजपर्यन्त चर्चा भइरहने नेपालको मानव विकास प्रतिवेदन तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेले । त्यसपछि नीति निर्माण तहमा हस्तक्षेप गर्नेमा उनी कहिल्यै पुगेनन् । दलहरूले सोधेनन्, उनले पनि खोजेनन् । 'मलाई शक्तिमा छाउँ, दलमा लागूँ भन्ने कहिल्यै लागेन, किनकि म त्यसको रिस्क अन्दाज गर्न सक्छु,' उनी भन्छन्, 'सायद म पार्टीमा लागेको भए मेरो प्रश्न गर्ने आदत कमजोर हुन्थ्यो होला कि !'
नेताहरूसँग खासै भेट हुँदो रहेनछ । संविधानसभामा भने परामर्श दिन गइरहँदा रहेछन् । पहिचानको राजनीतिप्रति कठोर टिप्पणी गरेकामा आलोचित र प्रशंसित दुवै छन् । पहिचान भन्नेबित्तिकै जातीय पहिचान बुझ्ने चलनप्रति उनले असहमति राख्दै अाएका छन् ।
मिश्र र उनका साथीहरूले समाजशास्त्र विभाग खोल्दै गर्दा जुन सपना देखेका थिए, अहिले उनी पेन्सन हुँदैगर्दा त्यो सपना कति पूरा भयो त ? मिश्र अल्मलिन्छन् । अनि आफ्नो सपना आधामात्रै पूरा भएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् ।
'बनाउन खोजेर मात्रै नबन्दो रहेछ,' उनी भन्छन्, 'हाम्रोमा अझै पनि शास्त्रार्थ हुन सकिरहेको छैन । स्रोतसाधन कमी र आर्थिक असुरक्षाको भावनाले धेरै राम्रा विद्यार्थीहरू यहाँबाट बाहिर गएर र्फकन सकिरहेका छैनन् ।'
समाजशास्त्रमाथि यतिका वर्ष काम गर्दाको सम्पत्ति चाहिँ के हो त ?मिश्र जवाफ फर्काउँछन्, 'म हिमालदेखि तराईसम्मका जुनसुकैं गाउँ पुगूँ, त्यहाँ कोही न कोही चिन्ने मान्छे भेटिएकै हुन्छ । कोही मेरो विद्यार्थी हुन्छ, कोही पाठक,' मिश्र जवाफमा प्रश्न फर्काउँछन्, 'आँखा जुधिसक्दा आफैं हार्दिकता कायम भइसक्छ । समाजले मलाई दिने सम्पत्ति योभन्दा ठूलो अरू के हुनसक्छ ?'
दसैंतिहार र छठपछि कक्षा सुरु नहुँदै मिश्र विश्वविद्यालयबाट बाहिरिए । विद्यार्थीहरूले उनलाई जाने बेला भेट्न पाएनन् । पंक्तिकारले आग्रह गर्यो, 'उनीहरूलाई हाम्रो पत्रिकामार्फत फेयरवेल स्पिच दिनूस् न ।'
६३ वर्षीय हँसमुख 'समाज डाक्टर' भुइँतिर हेर्दै एकछिन घोरिए । निकै बेरपछि अडकँदै दुई वाक्य बोले, '३५ वर्षपछि अवकाश लिएँ । तर म तपाईंहरूसँगै हुनेछु ।'
चस्मा पुछे ।
यतिखेर चस्मा होइन, आँखा धमिलो भएको थियो ।
२०७१ कार्तिक १५
http://www.ekantipur.com/np/2071/7/15/full-story/397881.html

No comments:
Post a Comment