नयाँ नेपालको संविधानले अन्तिम
मस्यौदा कहिले पाउने हो, थाहा छैन । उपन्यास र कथाकृतिको आखिरी खेस्रा
कोर्न कस्सिने नेपाली आख्यानकारको लर्को भने लामो छ । तपाईं आर्थिक, मानसिक
र सामयिक हिसाबले अहिल्यै तयार भएर पर्खे हुन्छ । किनकि, उनीहरू
समयसीमाभित्रै आख्यान जारी गर्न प्रतिबद्ध छन् । संयोग पनि कस्तो ! माघ ८
देखि जेठ १४ भित्र ।
मेनुमा तु. उपलब्ध हुँदैछन्- नारायण ढकालको 'वृषभ बध', बुद्धिसागरको 'फिरफिरे', युग पाठकको 'सम्भविता', नयनराज पाण्डे -शीर्षक अनिणर्ीत), आन्विका गिरीको 'मान्छेको रंग', अमर न्यौपानेको 'करोडौं कस्तुरी', उपेन्द्र सुब्बाको 'लाटो पहाड', कुमार नगरकोटीको 'ब्ल्यु बोइज्', राजन मुकारुङको 'अयोग्य' । मञ्जुश्री थापा चौथो उपन्यास 'अल् अफ् अस् इन् आवर् वन् लाइभ्स्' को आखिरी काममा जुटेकी छन् ।
गिरीको 'मान्छेको रंग' आउनेछ माघ १६ गते । ढकालको 'वृषभ बध' माघभित्रै आउनेछ । फागुन ७ मा हरि अधिकारी कृष्णप्रसाद भट्टराईको जीवनमाथि लेखिएको उपन्यास 'एक्लो नायक' लिएर आउँदैछन् । सुब्बाको 'लाटो पहाड' फागुनमा, पाठकको 'सम्भविता' र न्यौपानेको 'मान्छेको रंग' चैतमा सार्वजनिक हुनेछन् । बुद्धिसागर चैत ३० गते 'फिरफिरे' बजारमा पठाएर 'न्यु इयर इभ' मनाउने सुरमा छन् । मुकारुङ र नगरकोटी जेठभित्र पुस्तक ल्याउने तयारीमा छन् । महेशविक्रम शाह, अभय श्रेष्ठ वैशाखमा कथाकृति सार्वजनिक गर्दैछन् । शाह 'भुईंखाट' र श्रेष्ठ 'पि्रयदर्शन' को अन्तिम मस्यौदा कोर्दैछन् ।
कृष्ण धरावासी, आहुति, नीलम कार्की निहारिकाको उपन्यास र माया ठकुरीको अंग्रेजी कथा 'अफ् अ लेसर गड' शरद ऋतुसँगै पुस्तक पसलहरूमा छाइसक्ने सम्भावना छ । धरावासी अमेरिका पुनर्वासमा रहेका भुटानी शरणार्थी र नेपालीमाथि लेख्दैछन् । विमला तुम्खेवा लिम्बु समुदायका महिलाको आत्मसम्मान झल्काउने उपन्यास ल्याउँदैछिन् । 'आख्यानका कारखाना' भनिने ध्रुवचन्द्र गौतमको २०७२ मा २५ औं आख्यान आउने खतरा छ । एक अंश त कान्तिपुरमै छापिइसकेको छ, 'अपभ्रंश ।'
'एकपटक लेखेपछि लेखें लेखें' भन्ने स्वच्छन्दताकालीन ब्रह्मवाक्य बोल्दैनन् आजका लेखक । पुनर्लेखन, सम्पादन, आत्मनिरीक्षणको कडा परिश्रमले निखार ल्याउने दौड चल्दैछ । हिउँदको मुटु कँपाउने जाडोबीच अन्तिम खेस्रा साफी गर्न उनीहरू कस्सिनु यसैको प्रमाण हो । बुद्धिसागर हँसाउँदै भन्छन्, 'लेख्नेले हिउँमा बसेर पनि लेख्छ, नलेख्नेलाई गर्मीमा आइसक्रिम खुवाए पनि लेख्दैन ।'
उनले भनेझैं अन्तिम मस्यौदा प्रत्येकका लागि रमाइलो प्रक्रिया हुन्छ भन्ने छैन । पचासौंपल्ट काँटछाँट गरेको दाबी गर्ने ढकालको मगज टन्किरहेको छ । कवि सुब्बा आफूमा शब्दको स्टक अति कम रहेको भन्दै आइन्दा फिक्सन् लेखेर दिमागलाई दुःख नदिने पक्षमा छन् । शब्द खर्चिन डराउने मितव्ययी कवि ठान्छन्, 'मलाई छोटा कवितै ठीक छन् ।'
२०६७ असोजमा पहिलो मस्यौदा कोरेका युग पाठकले हेटौंडा र नगरकोटको लामो एकान्तबासमा पुनर्लेखन गरे । अहिले ल्यापटपमा छैटौंपल्ट घोट्टइिरहेका छन् । काठमाडौं बसेर अन्तिम मस्यौदा सम्भव नरहेको भन्दै मुकारुङ भोजपुर हिँडेका छन् । अन्तिम ड्राफ्टकै लागि सुब्बा दमक, नगरकोटी नगरकोटमा छन् । त्यसो त पहिलो ड्राफ्टमै घुमघाम गरिरहेका फकिर नगरकोटी भन्छन्, 'मेरो फस्ट र लास्ट ड्राफ्ट हुन्छ । बीचमा कुनै ड्राफ्ट हुँदैन ।' किनकि सेकेन्ड ड्राफ्ट लेख्यो भने थर्ड, फोर्थसमेत हुनसक्ने खतरा उनले देखे ।
त्यसो त नारायण वाग्ले पनि झोलामा ल्यापटप भिरेर पैदलै नगरकोट आउजाउ गरिबस्छन् । पहिलोपल्ट पाँच दिन बसे, दोस्रोपल्ट दुई दिन, तेस्रोपल्ट तीन दिन एकान्तबासमा गएका उनी कस्तो प्लट लेख्दैछन्, सुइँकोसम्म दिन चाहन्नन् । औधि निकटलाई समेत उनको कथानकबारे मरिगए थाहा हुन्न । कि उनैलाई थाहा छ, कि ईश्वरलाई ! यत्ति चुहाउँछन्, 'केबारे लेख्दैछु भन्न चाहन्नँ, के नाम हो त्यो पनि भन्न सकिन्नँ । कहिले निस्कन्छ त्यो त झनै भन्न हुन्न । यत्ति भन्न सकिन्छ, आगामी पुस्तक उपन्यास नै हुनेछ ।' २०७२ सालभित्र सार्वजनिक हुने अनुमान भने उनको छ ।
विषयमा विविधता छ । पाठकको स्वादे जिब्रोलाई सम्बोधन गर्ने आख्यानकार कोही वैयक्तिक सम्बन्धमाथि बलेखिरहेछन्, कोही अर्थराजनीतिक, सामाजिक विषयमाथि । कोही 'जनयुद्ध' का अँध्यारा/उज्याला आयाम खोतलिरहेछन् । मधेस परिवेश लेख्दै आएका 'उलार', 'लू', 'घामकिरी' लेखक पाण्डे बच्चाका लागि पुस्तक खोज्न कस्सिएकी हिमाली शेर्पा महिलाको कथा बुन्दैछन् । गिरी, मुकारुङसँग माओवादी संघर्षको कथा छ । पाठक मधेस र भित्री मधेसको कथाभित्र दुई सय वर्षको नेपाली इतिहास खोज्दैछन् । ढकालको 'वृषभ बध' अघिल्ला उपन्यासझैं काँठवरिपरि घुम्नेछ । अतिशय बौद्धिकताले किच्चिएर मरिने पो हो कि भनी पाठकहरू नआत्तिए हुन्छ । किनकि सबैका कथानकभित्र प्रेमकथा अनिवार्य भेटिनेछ ।
केशवराज पिँडालीको 'अन्त्यदेखि सुरु' झैं अन्तिम मस्यौदासम्म पुग्दा कथानक नै बदलेछन् बुद्धिसागरले । 'कर्नाली ब्लुज' भन्दा बढी काल्पनिक विषय रोजेकाले कथा मोडिन पुगेको उनी सकार्छन् । 'म लेख्दा कहिल्यै आकार कल्पेर लेख्दिनँ,' दुई साथीको कथानक सम्याइरहेका उनी भन्छन्, 'स्वच्छन्द पारामा लेख्छु, बरु पछि काटौंला भन्ने सोच्छु ।'
आकार नकल्पी लेख्दा एक लाख शब्द नघाउने लेखकमा उनी एक्लो होइनन् । यो वर्ष पाठकलाई अतिरिक्त मजा र बोझ थप्नेमा छन्, १ लाख ६० हजार शब्दसहित युग पाठक । झन्डै त्यति नै शब्द जोरजाम गर्दैछन् बुद्धिसागर । गिरी १ लाख ३ हजार शब्द प्रकाशकलाई बुझाउन ठिक्क परेकी छन् । ५०-६० हजार शब्दमा लेख्दै आएका लेखक हिजोआज एक लाख घटीको कुरै गर्दैनन् ।
'फाइनल मेकअप हेर्दैछु,' १ लाख नघाए पनि घटाउँदै ८८ हजार शब्दमा झारेर प्रकाशकलाई बुझाइसकेका अमर न्यौपाने भन्छन्, 'एउटा पात्रको जुँगा मिलाउँछु ।' फिक्सन् राइटरको बोल्ने भाषा पनि फरक हुन्छ । कुनै पात्रको सुरुवातमा सामान्य हेरफेर गर्नुपर्यो भने अन्तिमसम्मै पछयाउँदै जानुपर्छ । नत्र त चरित्रमा विरोधाभास देखिन्छ । जस्तो कि, एकतिर जुँगा छाँटेपछि अर्कोतिर पनि उही नापनक्सा देखिइनुपर्छ । ढकाल त्यसैलाई बोसो निकाल्ने भनी अथ्र्याउँछन् ।
'अन्तिम मस्यौदाको भाषाबाट बोसो निकाल्दैछु,' ढकाल भन्छन्, 'त्यो क्या त, स्लिम पार्ने भन्छन् नि ।' १ लाख १ हजार शब्दको वृषभ बधलाई छेउकुनाबाट बध गर्दै ८८ हजार शब्दमा झारिसकेका छन् । ८५ हजारभन्दा घटाउने योजना छैन । नत्र 'जिरो फिगर' मा र्झन सक्छ ।
आख्यानको लोकतन्त्रमा चेतनशील पाठकले अनुमोदन नगरे लेखकको जमानत जफत हुने डर छ । पाण्डेको अनुभवमा 'घामका पाइलाहरू,' 'एक चिहान' जस्ता थुप्रै उपन्यास शक्तिशाली कथानक हुँदाहुँदै परिमार्जनको अभावमा खरो उत्रन सकेनन् । 'अन्तिम मस्यौदा लेख्दा रमाइलो त के हुन्थ्यो ! सानो सुधार गर्नुपर्यो भने सिंगै उपन्यासभरि मिलाउनुपर्छ,' उनी भन्छन्, 'किनकि त्यही घटना वा सन्दर्भले सिंगो कथानकलाई फरक पारिदिन सक्छ ।'
गिरी पनि पाण्डेको भनाइमा सही थाप्छिन् । लाख शब्दको उपन्यासको पहिलो ड्राफ्ट २०६३ सालमै सकाएको बताउने उनले एकैपल्ट चार वर्षपछि हात लगाइन् । 'रोमाञ्चक/पीडादायी त केही भएन, तर यो झन्झट गर्न नपरे हुन्थ्यो भन्ने अनुभूतिचाहिँ हुँदो रहेछ,' 'कम्युनिस्ट' कथा संग्रहबाट चर्चामा आएकी उनी भन्छिन्, 'तर आफ्नो पुस्तकलाई राम्रो बनाउन जसले पनि चाहन्छ । फेरि मस्यौदा गर्न यही भावनाले डोर्याउँछ ।'
पुनर्लेखन जोखिमको काम ठहर्याउँदै पाठक असाध्यै मेहनत र धैर्यको खाँचो औंल्याउँछन् । फिल्ड रिसर्च गर्ने, पुस्तक पढ्ने, विज्ञ भेट्ने, सबै सूचना र अनुभवलाई एउटा संरचनामा ढाल्नुपर्ने काम अप्ठेरो भए पनि अन्तिम मस्यौदासम्म पुग्दा सन्तुष्टिको मात्रा नै अर्कै हुने उनको बुझाइ छ ।
बुद्धिसागरका लागि पुनर्लेखन एकदमै रोचक कुरा हो । उनी आफ्नै शैलीमा सुनाउँछन्, 'सुरुमा लेख्दा एकदमै राम्रो लेखियो भन्ने खुसीले निद्रा लाग्दैन, अर्को रात कस्तो झुर भएछ भन्ने तनावले निद्रा लाग्दैन ।'
'सेतो धरती' लेखक न्यौपाने त 'करोडौं कस्तुरी' को पहिलो ड्राफ्टमै निराश भएका रहेछन् । कतिसम्म भने लेख्दा लेख्दै भर्सेला परोस् भनेर लेख्नै छाडिदिएछन् । 'तर अन्तिम ड्राफ्टमा आइपुग्दा आश्चर्य भयो,' उनी उत्साहित हुँदै सुनाउँछन्, 'यस्तो लागिरहेछ, कुनै पात्र रंगमञ्च प्रवेश गर्ने तयारीमा छ ।'
आफ्नो मस्यौदा अबचाहिँ अन्तिम भयो भन्ने लेखकलाई कतिखेर थाहा हुन्छ ? ढकालको अनुभवमा यो सापेक्ष हुन्छ । उनलाई आफ्नो पुस्तक पहिल्यै फाइनल भएजस्तो लागेको थियो । तर भएको रहेनछ भन्ने पछिमात्रै थाहा भयोे । अन्तिम खेस्रा तयार पारिसक्दा पनि आफूले लेख्न खोजेको कुरा पाठकलाई बुझाउन सकियो कि सकिएन भन्ने कताकति डर लेखकभित्र बाँकी भइरहँदो रहेछ ।
यी सबका ताउरमाउर हेरिबसेका 'फिक्सन् फ्याक्ट्री' ध्रुवचन्द्र गौतम भने 'प्रसंग बदलौं' शैलीमा संस्मरण लेख्न जुटेका छन् । दिमागमा भने एउटा घच्चीको उपन्यास दौडिबसेको छ । 'संस्मरण छापिनेबित्तिकै त्यसैमा लाग्छु,' ७२ वषर्ीय जोदाहा आख्यानकार भन्छन्, 'नलेखुन्जेल त्यसको के कुरा गर्नु !' अर्का लेखक राजेन्द्र पराजुली ४८ हजार शब्द लेखिसकेको उपन्यास लेख्न रोकेको बताउँछन् । 'नछापिने सम्भावना छ,' भन्छन् ।
नेपाली उपन्यासमा 'टि्रयोलोजी' लेख्ने अभ्यास नभएकामा ढकालले नयाँ प्रयोग गर्दैछन् । यसअघि टि्रयोलोजीको घोषणा नगरे पनि उनले त्यसलाई परिभाषित गरेका छन्- चन्द्रशमशेरकालीन कथानक 'प्रेतकल्प' मा, पञ्चायत सुरुवातकालीन 'वृषभ बध' मा, जनमतसंग्रहकालीन 'दुर्भिक्ष' मा । त्यसो त उनको 'पीत संवाद' उपन्यासले २०४६ पछिको कथानक बोल्छ । संयोग, सबै उपन्यासको मुख्य परिवेश काँठको छ ।
माओवादी 'जनयुद्ध' माथि उपन्यास लेख्दै गरेका श्यामल, राजन मुकारुङसँगै गिरी पनि थपिएकी छन् । 'पूरै त्यसको कथानक भने होइन,' मूलपात्रबारे प्रस्टयाउँछिन्, 'क्रान्तिलाई समर्थन गर्ने केटी छे, जो आफू युद्धमा होमिन्न ।'
मुकारुङको तेस्रो उपन्यास अयोग्य छापामारमाथि हुनेछ । 'पुनर्लेखन गर्दा अलि अलि रमाइलो, अलि अलि तनाव भइरहेछ,' भोजपुरबाटै टेलिफोनमा उनी बोले, 'चार पाँच जीवित पात्रलाई आख्यानमा ढाल्दा रोमाञ्चकता र भावुकता सँगसँगै अघि बढिँदैछ ।' 'करोडौं कस्तुरी' शैक्षिक उपन्यासको अन्तिम मस्यौदामा जुटेका न्यौपाने ८८ हजार शब्दवरिपरि घुमिरहेका छन् । 'शिक्षाले इच्छा मार्नुहुन्न, शिक्षाभन्दा सिर्जनशीलता ठूलो हो भन्ने मूलभाव छ,' उनी विषय खुलाउँछन्, 'स्वैरकाल्पनिक उपन्यास हुनेछ । कल्पनालोक घुमेर पृथ्वी र्फकने पात्र छ ।'
न्यौपानेको पनि लेख्ने पारा आफ्नै खालको छ । उनका अनुसार घर बनाउनु र पुस्तक लेख्नु उस्तै हो । घडेरीमा इन्जिनियरले नक्सा कोर्छ । झ्याल, ढोका, भान्छा, शयनकक्ष कहाँ कसरी बनाउने योजना हुन्छ । उनले पनि सुरुमा कापीमा नक्सा कोर्दा रहेछन् । उपन्यासको घडेरीमा नक्सा खिचेजस्तो ।
के सुरुमा योजना गरेजस्तै बन्छ त आख्यान ? अमरको अनुभवमा त्यो भिन्न पनि हुन सक्छ । २ सय बोरा सिमेन्ट अनुमान गरिएको ठाउँमा ३ सय बोरा लागेझैं । 'संरचनामै कमजोरी छ भन्ने लाग्यो, त्यसैले छैटौंपल्ट पुनर्संरचना गर्दैछु,' न्यौपानेकै शैलीमा युग पाठक भन्छन्, 'केही चीज फाल्ने र थप्नेमा पुगिसकें ।'
पहिलो ड्राफ्ट ४५ हजार शब्दमा टंुंग्याएका उनी चौथो ड्राफ्टमा पुग्दा १ लाख ९३ हजार शब्दमा पुगेछन् । शिखर टेकेर ओर्लेको यात्रीझैं पाचौं मस्यौदामा १ लाख ६६ हजार शब्दमा घटे । १ लाख ६० हजार शब्दमा सीमित हुने योजना छ । पछिल्लो कालखण्डको सबैभन्दा मोटो उपन्यास उनकै हुने सम्भावना छ । भन्छन्, 'अब के हुन्छ भन्न सकिन्नँ ।'
पुस्तक लेख्दाका अनुभूति बेग्लै छन् । ईश्वरजस्तै सर्वज्ञानी लेखकलाई आफ्ना पात्रहरूको आदि र अन्त्य सबै थाहा भइसकेको हुन्छ । बुद्धिसागरसँग यसको रोचक अनुभूति छ । 'कुनै खुसी पात्रमाथि लेख्दैगर्दा आफू भने दुःखी भइरहेको हुन्छु । किनकि पहिलो च्याप्टरमा खुसी पात्रको सोह्रौं च्याप्टरमा कुन हविगत हुनेवाला छ भन्ने लेखकलाई पहिल्यै थाहा हुन्छ,' उनी रमाइलो पारामा वर्णन गर्छन्, 'त्यही भएर ईश्वर कहिल्यै खुसी हुन्न होला, किनकि आफूले बनाएको कुन मान्छेको भविष्य पछि के हुन्छ भन्ने उसलाई सुरुमै थाहा भइसक्छ ।'
लेखन, पुनर्लेखन र अन्तिम मस्यौदा निर्माण कुनै निश्चित समयसारिणी मिलाएर गर्न नसकिने आख्यानकार वाग्लेको मत छ । यद्यपि पुनर्लेखन गर्न औधि आवश्यक भएको उनी भन्छन् । 'पहिले कथा तयार गरियोस् । त्यसको कथानक बनोस् । पहिलो मस्यौदा होस् । साथीभाइ, समीक्षकको धारणा सुनुवाइ होओस्,' 'पल्पसा क्याफे' का यी लेखकले छोटा वाक्य बोले, 'अन्तिम मस्यौदा गरियोस् । विज्ञसँग जनमतसंग्रह गरियोस् । अनिमात्रै पाठकको इजलासमा घोषणा गरियोस् ।'
त्यसो भए अहिले कति हजार शब्द पुग्यो त ? वाग्ले फेरि औपन्यासिक पारामै तर्किन्छन्, 'अहो, त्यो त भन्नै मिल्दैन । अन्तिम मस्यौदा लेखिनुअघि सबै लेखाइ हावामा गुन्गुनाएको जस्तै हो । कसरी नाप्न सकिन्छ र !'
प्रकाशित मिति: २०७१ पुस २६ Koseli

No comments:
Post a Comment