मिलनसारिता हराए रवि जानु
नागरिकमा कात्तिक १९ गते प्रकाशित
वसन्त बस्नेत
सन्दर्भ : रवि महोत्सव
माझ किराँतको खोटाङ रावाखोलाबाट पूर्व हानिएका रविकर्ण राई घुम्दै आउँदा पाँचथरको दक्षिणपूर्वी भेगमा समथर अवस्थिति देखे। उनलाई लागेछ, …अन्न उपार्जन, कारोबार आदि हरेक दृष्टिले यस ठाउँमा बस्ती बसाउनु उचित हुन्छ।'
त्यसपछि रविकर्णले वरपरका बासिन्दालाई सुझाए– अब १५/१५ दिनमा ढोडे उखु ल्याएर आपसमा बाँड्नु।
स्थानीयले रविकर्णको सल्लाह माने।
उखुमात्रै होइन, आफूले उब्जाएको अन्नलाई उनीहरूले अर्काको बारीमा फलेका फलफूलसँग साट्न थाले। सामाजिक सम्बन्ध बिस्तार हुँदै गयो। सभ्यता हुर्किने क्रममा इन्द्रेणी बजारले चिनिने सो ठाउँ रविकर्णको शेखपछि उनकै सम्मानमा स्थानीयले नामाकरण गरे– रवि बजार।
रविकर्णले बसाएको त्यही बजार आज रवि बजारको नामले चिनिन्छ। तपाईं रवि बजारको बीचमा उनै रविकर्णको सम्मानमा खडा गरिएको शालिक देख्न सक्नुहुन्छ।
इलाम जिल्लासँग सीमा जोडिएको दक्षिणपूर्वी रवि पाँचथर सदरमुकाम फिदिमपछि दोस्रो ठूलो सहरोन्मुख बजार हो। पर्यटन वर्ष सकिन लाग्दा रवि र आसपासका केही प्रौढ आफ्नो उमेर घटाएर …रवि पर्यटन महोत्सव' का लागि रातदिन जोतिइरहेका छन् किनकि गाउँघरका तन्नेरीहरू रोजगारीका लागि विदेश गएका छन्। राजधानी काठमाडांै र अन्य जिल्लामा मात्रै होइन, प्रवासमा पनि महोत्सवकै लागि भनेर थुप्रै अग्रज र युवा एकसाथ खटिरहेका छन्।
के हेर्ने?
सूर्योदय हेर्न सकिने जरिबुट्टे डाँडा रविमै छ। बेहुली ढुंगा पनि रविमै। जन्तीसँग आउँदाआउँदै अलप भएकी बेहुली नै पछि त्यही ढुंगामा रुपान्तरित भएको भनी विश्वास गरिएको बेहुलीढुंगा ठ्याक्कै शीर निहुराउँदै घुम्टो ओडेर बसिरहेकी बेहुलीझैं देखिन्छ। स्वर्गपुरी मन्दिर, यावाराङ झरना, शिवालय, सेन्चेलेङ्मा चिया बगान रविका आकर्षण हुन्। गजुरमुखी धाम छेवैमा छ। फुङसिङ, हिले डाँडा, जुरिथुम्की, छालासुकुवा डाँडा (सेहोनाम्लाङ्), माङमालुङ, मिक्लाजोङ, थामडाँडा रविक्षेत्रका गौरव हुन्। नजिकका डाँडा र बजार (सप्तमी, पाङ्तुवा, चिसापानी पन्चमी) बाट सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघासहित विश्वकै अग्ला हिमाल र जुलुसजस्तै लामा हिमशंृखला देख्न सकिन्छ। नेपाल र भारतका विभिन्न ठाउँ हेर्न जरिबुट्टे डाँडा जानु ठीक।
रवि प्रकृति र परम्पराको उत्कृष्ट संयोजन हो। राईहरूको बाहुल्य रहेको रविमा लिम्बु, मगर, सुनुवार, क्षेत्री, बाहुन आदिको पनि उल्लेख्य बसोबास छ। साकेला सिली, संगिनी, मारुनी, धाननाच, च्याबु्रङ, सेलो, कौडा आदि स्थानीय झाँकी, परम्परा र भेषभुषा रवि महोत्सवमा प्रदर्शन गरिनेछ।
रवि क्षेत्रजिक फुएतप्पामा जन्मेहुर्केकी जमानाकी बहुचर्चित लोकगायिका कविता आले महोत्सवको छेक पारेर माइतीगाउँ पुग्नेभएकी छिन्। सँगै हुनेछन्, कलाकार मिथिला शर्मा, कवि श्रवण मुकारुङ, गायक कुबेर राई, बुलु मुकारुङ, आभा मुकारुङ, भीषण मुकारुङ। धुर्मुस र सुन्तलीसहित चर्चित हास्य टेलिशृंखला मेरी बास्सैको टोली कात्तिक २७ गतेदेखि चार दिनसम्म चल्ने महोत्सवको अर्को महत्वपूर्ण आकर्षण हुनेछ।
रवि विद्वान र विभूतिहरूको खानी हो। राष्ट्रिय विभूति तथा किराँत धर्मका महागुरु फाल्गुनन्द, जोसमनी धर्म सम्प्रदायका अग्रज नारायण दास, स्वामी प्रपन्नाचार्य, तीसको दशकका चर्चित कवि कृष्णभूषण बल, पूर्व राजदूत नोबलकिशोर राई आदिको सुनाम रविसँग प्रत्यक्ष जोडिन्छ। साहित्यको नयाँ लोकेसन हो रवि। क्याम्पस, स्वास्थ्य केन्द्र, सञ्चारलगायत विकासका पूर्वाधार बनेकै छन्।
कसरी पुग्ने?
दुर्गम भनिने पाँचथरको सुगम गन्तव्य भइसकेको छ रवि। तपार्इं काठमाडौैं या अन्य भूभागमा हुनुहुन्छ भने झापाको दमकसम्म बसयात्रा गर्न सक्नुहुन्छ। रविका लागि छुट्ने ट्याक्सीका लागि दमकमा छुट्टै स्ट्यान्ड छ। अथवा हवाइजहाज चढेर भद्रपुर ओर्लिए पनि भयो। त्यसपछि फेरि आउने उही दमक हो। नत्र मेची राजमार्ग हुँदै जाने मन भए पनि ठीकै छ। तपाईंले मनमोहक इलामे हरियाली नजर गर्न पाउनुहुन्छ। तर लारुम्बा –माङ्सेबुङ र माङ्मालुङ हेर्ने मौका चाहिँ गुमाउनुहुनेछ किनकि त्यो दमक–रविको बाटोमा पर्छ।
वनभोज खानेहरूका लागि अत्यन्तै उपयुक्त स्पट हो रवि। बस्नेगरी जाने हो भने पनि होमस्टेको अभ्यास हुनथालिसकेको छ। चिन्ता गर्नुपर्दैन। अनि तन्नेरीहरूका लागि नि! रवि क्षेत्र जानुस्। तपाईंले डेटिङ् जाने ठाउँ खोजिरहनुपर्दैन। सिंगो रवि क्षेत्र आफैंमा आकर्षक स्पट हो।
मनमोहक पैदलमार्ग
रवि महाभारत क्षेत्रमा पर्छ। तसर्थ यो असाध्यै राम्रो ट्रेकिङ रुट हो। राँके, घुर्बिसे पन्चमी, सप्तमी हुँदै रवि निस्किएर चिसापानी पन्चमी, मिक्लाजोङ, धनकुटा निक्लने बाटो होस् या माङमालुङ हुँदै लारुम्बाबाट मधेस झर्ने मार्ग। महाभारत क्षेत्रका बाटाहरू रोज्नुभयो भने कुहिरो र घामको युगल स्पर्शसहित हिँड्न पाउनुहुनेछ। …गाडी वा मोटरसाइकल चढ्छु' भन्नेलाई पनि बाटोले हिउँदमा नाइँ भन्दैन। कुरा बुझिहाल्नुभयो होला।
खर्च
अनि खर्चको कुरा नि। हवाइजहाज चढेर ओहोरदोहोर गर्ने विचार गर्नुभएको छ भने काठमाडौंबाट आउन जान १५ हजार रुपैंयाँजतिले मनग्ये पुग्ला। गाडी चढ्ने हो भने कलंकी र कोटेश्वरबाट दमक र इलामका लागि बस छुट्छन्। तपाईंले कुनै विकल्प रोज्न सक्नुहुन्छ। खर्च यस्तै चानचुन ७ हजार।
जाँदाजाँदै
गायक सुमन राईले एक दशकअघि गीत रेकर्ड गरेका थिए–
इलामको चिया दमकको मःमः रविको तरुनी
हेर्दैमा राम्री लौ माया बस्यो म कसो गरुँ नि
कुल मिलाएर बु‰ने हो भने रवि यतिविधि सुन्दर छ कि, गीतलाई व्याख्या गर्न थालें भने मेरो व्याख्या नै कुरुप हुने डर छ। तै पनि अन्त्यमा भन्ने रहर छ–
रवि प्राकृतिक सुन्दरता र साँस्कृतिक सम्पदाको धनीमात्रै होइन। रवि असाध्यै मिलनसार मानिसहरूको बस्ती पनि हो। तपाईं रवि महोत्सवमा मात्रै होइन, जुनसुकै बखत गएको बेला यी सब देख्न सक्नुहुन्छ।
उखान चलाउनेहरूले चलाए, …न्याय हराए गोरखा जानू, शास्त्र हराए काशी जानू।' यसलाई थप्दै जाने हो भने विवादरहित एक पंक्ति थप्न सकिन्छ।
…मिलनसारिता हराए रवि जानु।'
लौ त, अहिलेलाई छुटौं। कात्तिक २७ गते रवि महोत्सवमै भेटौंला।

wow, lala rabi mahotsab mai vetaula. jankari ko lagi lakh lakh sukriya.
ReplyDeletebasanta gee, sabai kura sameteko chha. lag6 yasle mohotsab ma uvine pangti lai thap urja dine6. tQs 4r info...
ReplyDeleteरबिको बारेमा अझ जान्न नै चाहना छ भने नि रबिमा ससुराली बनाउनुस है
ReplyDelete