साप्ताहिक अन्तर्वार्ता स्तम्भ 'घुम्ने मेचमाथि' मा एमाओवादी
अध्यक्ष पुष्पकमल दाहालदेखि एमाले अध्यक्ष झलनाथ खनालसम्मलाई पंक्तिकारले
सोध्यो- 'तपाईंलाई सबैभन्दा बढी प्रभाव पार्ने नेता को हुन्?'
उनीहरूले एउटै जवाफ फर्काए- 'बीपी कोइराला।'
बीपीले खोलेको कांग्रेसलाई प्रधान शत्रु मान्नेदेखि बीपीलाई सम्झौपरस्त मान्ने शक्तिसमेत आज अरु कसैको होइन, बीपीकै नाम पुकार्छन्। इतिहासमा दर्जनौं नेताले स्पेस बनाए। मानिसहरू १८ महिनामात्रै शासन गरेका बीपीलाई नै दोहोर्याइ-दोहोर्याई सम्भि्करहन्छन्। बीपीमा त्यस्तो के थियो, जसले नेपालको राजनीतिमा उनी सबैभन्दा बढी उल्लेख गरिने व्यक्ति बन्न पुगे?
२०३३ पुस १६ गते मेलमिलापको नीति लिएर नेपाल आएका बीपीलाई पटनाबाट त्रिभुवन विमानस्थलमा झर्नेबित्तिकै धावनमार्गको अलि टाढाको कुनातिर लगिन्छ। उनीसहित आएका गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं, खुमबहादुर खड्कालाई ओरालिनेबित्तिकै केही औपचारिकतापछि एक अर्कासँग छुट्याइन्छ। गणेशमान र बीपीलाई फेरि सुन्दरीजल कारागार लगिन्छ। सुन्दरीजलमा बीपीले यसअघि पनि जेलजीवन गुजारिसकेका हुन्छन्। जेल बस्नुपर्दा पनि बीपीमा कुनै तनाव देखिँदैन किनकि उनी उनकै भाषामा नेपाल आएपछि इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार, र अन्योलपूर्ण भारतीय राजनीतिक वातावरणबाट 'मुक्त' छन्। यो कुरा उनले जेल डायरी 'फेरि सुन्दरीजल' को सुरुमै लेखेका छन्।
बीपी कतिपय विषयमा संकेत गर्छन्, कतिपय सोझै। कांग्रेस नेता चक्र बाँस्तोलाले भन्ने गरेका छन्, 'बीपी नेपालको राजनीतिमा सबैभन्दा बढी मिस्अन्डस्टुड हुनुभएको छ।' कांग्रेसका अध्ययनशील मानिने युवा नेता विश्वप्रकाश शर्मा थप्छन्, 'बीपी बुझिन कठिन हुनुहुन्नथ्यो, तर नेपाली राजनीतिकर्मीले बुझ्ने योग्यता राखेनन्।'
राजासँग सम्झौता गर्छु भनेर नेपाल फर्कने बीपीको भनाइलाई कतिपयले गलत अर्थ्याए। उनले भनेका थिए, भारतको राजनीतिक चालमा निर्भर हुनुभन्दा कमसेकम राजतन्त्रसँग घाँटी जोड्नु कम खराब हो। कांग्रेस नेता प्रदीप गिरि भन्छन्, 'बीपी सम्झौता गर्थे, तर सम्झौतावादी थिएनन्, जसरी भारतमा गान्धी सम्झौता गर्थे तर सम्झौतावादी थिएनन्।'
बीपी भन्नेबित्तिकै मेलमिलापको नीतिमात्रै सम्झने अरु त अरु स्वयं कांग्रेसमा पनि कम छैनन्। कार्ल मार्क्स भन्नेबित्तिकै वर्गसंघर्षमात्रै बुझ्नु, गान्धी भन्नेबित्तिकै सत्याग्रहमात्रै बुझ्नु जति अपूरो र अन्यायपूर्ण हुन्छ, बीपीलाई मेलमिलापको व्याख्याभित्र सीमित गर्नु उत्तिकै अन्यायपूर्ण। 'राष्ट्रिय मेलमिलापका चरणमा राजा वीरेन्द्रलाई भेटेर उनको हृदय परिवर्तन गराउने कार्य पनि सत्याग्रहकै शैलीमा गर्नुभयो, राजालाई भेटेर मात्रै सन्तुष्ट हुनुभएन,' 'विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक अभिलेख' किताबको भूमिकामा गिरिले लेखेका छन्, 'आम जनताको घरमा जाँदा कोइरालाको स्वागत गर्ने साथीहरू कुटिए, कोही त मारिए पनि। तर त्यो बेलासम्म डराएर बसेका कांग्रेस कार्यकर्ता अब निर्भीक भएर हिँड्न र बोल्न थाले।'
बीपी सम्झौताभित्र संघर्ष गर्न जान्ने व्यक्ति थिए। उनका लागि सम्झौता संघर्षभन्दा कम थिएन।
बीपी राजतन्त्रलाई राष्ट्रियताको पक्षधर मानेर मिल्न आएका थिए। यसो गर्दा उनलाई राजापरस्त भएको बात लाग्यो। सानैमा महात्मा गान्धीले नेतृत्व गरेको स्वतन्त्रता आन्दोलनमा लाग्दा भारतमा थुनासमेत परेका उनी प्रजातान्त्रिक मूल्यका लागि भारतलाई नजिक राख्न चाहन्थे। यसो गर्दा उनलाई भारतपरस्त भएको बात लाग्थ्यो। बीपीका विचार घोत्लिएर पढ्दा थाहा लाग्छ- उनी न राजासँग झुक्न चाहन्थे, न भारतसँग। वास्तवमा यी दुवै विषयमा बीपीमा कहिल्यै दुविधा देखिँदैन।
बीपीलाई कम्युनिस्टसँगको सम्बन्धका विषयलाई लिएर विवादमा तान्ने गरिन्छ। तर त्यो बेलाका कम्युनिस्ट कस्ता थिए भन्ने कोणबाट छलफल भएको पाइन्न। 'बरु १० वर्षपछि प्रजातन्त्र आओस्, तर कम्युनिस्टसँग मिल्नु हुँदैन भन्नुहुन्थ्यो बीपी,' कांग्रेस नेता कुलबहादुर गुरुङ भन्छन्, 'कांग्रेस आवश्यक परे सम्झौता गर्न तयार हुन्थ्यो, जबकि त्यो बेलाका कम्युनिस्ट फाइट टु द फिनिस चाहन्थे।'
२०१४ सालमा कांग्रेसले राजा महेन्द्रको प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेपछि गैरकम्युनिस्ट शक्तिहरूसँग मिलेर सत्याग्रह घोषणा गर्यो। कम्युनिस्ट नेता पुष्पलाल सुरुदेखि नै कांग्रेससँग मिलेर जनताको शासन ल्याउन लाग्नुपर्ने ठान्थे। उनी बीपीसँग सत्याग्रह चल्दैगर्दा कांग्रेस-कम्युनिस्टको संयुक्त मोर्चा बनाउने प्रस्ताव लिएर गए। बास्तोलाका अनुसार बीपीले जवाफ फर्काए, 'संयुक्त मोर्चा गर्न सकिन्न तर कार्यगत एकता सम्भव छ।'
पुष्पलालले भने संयुक्त मोर्चामै जोड दिएको उनले दाबी गरे। बीपीले सोधे, 'तपाईं आर्थिक कार्यक्रम दिनुस, म सकार्छु, अब मलाई जवाफ दिनुस्, तपाईं मेरो राजनीतिक कार्यक्रम मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न?'
पुष्पलालले भने, 'मान्छु।'
बीपीले फेरि सोधे, 'म सत्तामा आएँ भने तपाईंलाई निर्बाध काम गर्ने स्वतन्त्रता दिन्छु, तपाईं आउनुभो भने दिनुहुन्छ?'
पुष्पलालले फर्काए, 'दिन्छु।'
बीपीले फेरि सोधे, 'त्यस्तो नगर्ने कम्युनिस्ट पार्टीको खिलाफमा बोल्न तयार हुनुहुन्छ?'
पुष्पलालले बीपीलाई आश्वस्त पार्न सकेनन्। भने, 'त्योचाहिँ गाह्रो होला।'
त्यसपछि बीपी र पुष्पलालको कुरा नमिलेको बताउँछन्, बाँस्तोला।
इतिहासको वेगले कम्युनिस्टसँग मिल्नुभन्दा राजासँग मिल्ने वेश भन्ने बीपी र कांग्रेसलाई शत्रु ठान्ने कम्युनिस्टलाई ढिलोचाँडो एकठाउँ ल्याउनु नै थियो। कांग्रेससँग मिल्नुपर्छ भन्ने आफ्नो विचारकै आधारमा जीवनपर्यन्त 'गद्दार पुष्पलाल' भनी बिल्ला भिराइएका पुष्पलाल र बीपीकै विचारमा हिँडेका कम्युनिस्ट-कांग्रेस मिलेर २०४६ र २०६३ सालमा जनआन्दोलन सफल पारे।
संविधानसभाका लागि लडेका बीपीले पछि किन संसदको चुनावलाई सकारे? बीपीले संसद चुनाव सकार्दा गणेशमानले चार घण्टा लगातार भाषण गरेर विरोध गरेको सम्झन्छन् कांग्रेस नेता कुलबहादुर गुरुङ। 'अहिले राजनीतिको पोको दरबारसँग छ, उसले अलिकति सडकमा कहिलेकाहिँ पोखिदिन्छ, हामीचाहिँ त्यसैमा झगडा गरिबसेका छौं,' त्यसबेलाका बीपीले गणेशमानलाई दिएको जवाफ सम्झन्छन् गुरुङ, 'त्यसैले दरबारबाट त्यो पोको झिकेर जनतामा ल्याउन हामी संसद चुनावमा जाऔं।'
पछि चुनाव भयो। कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो। संविधानसभा चुनाव ओझेल पर्यो। कांग्रेस आफ्नै मुद्दाबाट पछि हट्दा देशले संविधानसभाका लागि कालान्तरमा ठूलो मूल्य चुकाउनुपर्यो।
बीपी समाजशास्त्री थिएनन्, तर नेपाली समाजप्रति उनका आफ्नै ज्ञान, विवेक र अनुभवमा आधारित दृष्टिकोण थिए। उनका भाषण र दस्तावेजमा त्यो झल्किन्छ। बीपी मनोवैज्ञानिक थिएनन्, तर उनका सबै साहित्यिक कृतिमा मनोविज्ञानप्रतिको गहिरो बुझाइ देखिन्छ। बीपी दार्शनिक थिए वा थिएनन्, बहस होला, तर संसारका दर्शनसम्बन्धी मास्टरपिस उनले पढेका थिए। उनी दर्शनको विषयमा घण्टौं बहस गर्न सक्थे। उनीभित्र दार्शनिक चेत थियो।
डाक्टरले आफ्नो मृत्युको दिन तोकिसक्दा पनि बीपीले त्यसलाई सामान्य रोगजति पनि नठानेको सम्झन्छन् बीपीको आत्मवृत्तान्तलाई अभिलेखन गरेका गणेशराज शर्मा। मृत्युको घडी आइसक्दा पनि वास्तै नगरी उत्साहसाथ ईश्वर, धर्म, दर्शन र नियतिका विषयमा एक घण्टा आफूहरूसँग बहस गरेका बीपीको प्रशंसा गर्दै उनले भूमिकामा लेखेका छन्, 'यो उहाँको आध्यात्मिक साधनाको ज्वलन्त नमूना थियो।'
बीपी 'पफर्ेेक्ट' थिए वा थिएनन्, नजाऊँ, तर 'कम्प्लिट' थिए। उनमा मार्क्सको गहिरो छाप थियो। मार्क्स र गान्धीलाई दुई फरक ध्रुवमा राखेर असाध्यै श्रद्धा गरेको उनले थुप्रैपटक लेखेका छन्। मार्क्सवादी थिए, तर कम्युनिस्ट थिएनन्। बीपीमा के देखेर हो, त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउने कम्युनिस्ट विचारका एक प्राध्यापकले पंक्तिकारसँग केही दिनअघि भनेका थिए, 'नेपालका अहिलेका कम्युनिस्टहरू कम्तिमा बीपीजति कम्युनिस्ट भइदिए पुग्छ, त्योभन्दा बढी भइरहनु पर्दैन, यत्ति भए देश बन्छ।'
आज बीपी छैनन्। देशले नेताहरूमा अलिअलि भए पनि बीपी खोजिरहेको छ।
Nagarik, 2069 saun 6 BP Special article.
उनीहरूले एउटै जवाफ फर्काए- 'बीपी कोइराला।'
बीपीले खोलेको कांग्रेसलाई प्रधान शत्रु मान्नेदेखि बीपीलाई सम्झौपरस्त मान्ने शक्तिसमेत आज अरु कसैको होइन, बीपीकै नाम पुकार्छन्। इतिहासमा दर्जनौं नेताले स्पेस बनाए। मानिसहरू १८ महिनामात्रै शासन गरेका बीपीलाई नै दोहोर्याइ-दोहोर्याई सम्भि्करहन्छन्। बीपीमा त्यस्तो के थियो, जसले नेपालको राजनीतिमा उनी सबैभन्दा बढी उल्लेख गरिने व्यक्ति बन्न पुगे?
२०३३ पुस १६ गते मेलमिलापको नीति लिएर नेपाल आएका बीपीलाई पटनाबाट त्रिभुवन विमानस्थलमा झर्नेबित्तिकै धावनमार्गको अलि टाढाको कुनातिर लगिन्छ। उनीसहित आएका गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं, खुमबहादुर खड्कालाई ओरालिनेबित्तिकै केही औपचारिकतापछि एक अर्कासँग छुट्याइन्छ। गणेशमान र बीपीलाई फेरि सुन्दरीजल कारागार लगिन्छ। सुन्दरीजलमा बीपीले यसअघि पनि जेलजीवन गुजारिसकेका हुन्छन्। जेल बस्नुपर्दा पनि बीपीमा कुनै तनाव देखिँदैन किनकि उनी उनकै भाषामा नेपाल आएपछि इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार, र अन्योलपूर्ण भारतीय राजनीतिक वातावरणबाट 'मुक्त' छन्। यो कुरा उनले जेल डायरी 'फेरि सुन्दरीजल' को सुरुमै लेखेका छन्।
बीपी कतिपय विषयमा संकेत गर्छन्, कतिपय सोझै। कांग्रेस नेता चक्र बाँस्तोलाले भन्ने गरेका छन्, 'बीपी नेपालको राजनीतिमा सबैभन्दा बढी मिस्अन्डस्टुड हुनुभएको छ।' कांग्रेसका अध्ययनशील मानिने युवा नेता विश्वप्रकाश शर्मा थप्छन्, 'बीपी बुझिन कठिन हुनुहुन्नथ्यो, तर नेपाली राजनीतिकर्मीले बुझ्ने योग्यता राखेनन्।'
राजासँग सम्झौता गर्छु भनेर नेपाल फर्कने बीपीको भनाइलाई कतिपयले गलत अर्थ्याए। उनले भनेका थिए, भारतको राजनीतिक चालमा निर्भर हुनुभन्दा कमसेकम राजतन्त्रसँग घाँटी जोड्नु कम खराब हो। कांग्रेस नेता प्रदीप गिरि भन्छन्, 'बीपी सम्झौता गर्थे, तर सम्झौतावादी थिएनन्, जसरी भारतमा गान्धी सम्झौता गर्थे तर सम्झौतावादी थिएनन्।'
बीपी भन्नेबित्तिकै मेलमिलापको नीतिमात्रै सम्झने अरु त अरु स्वयं कांग्रेसमा पनि कम छैनन्। कार्ल मार्क्स भन्नेबित्तिकै वर्गसंघर्षमात्रै बुझ्नु, गान्धी भन्नेबित्तिकै सत्याग्रहमात्रै बुझ्नु जति अपूरो र अन्यायपूर्ण हुन्छ, बीपीलाई मेलमिलापको व्याख्याभित्र सीमित गर्नु उत्तिकै अन्यायपूर्ण। 'राष्ट्रिय मेलमिलापका चरणमा राजा वीरेन्द्रलाई भेटेर उनको हृदय परिवर्तन गराउने कार्य पनि सत्याग्रहकै शैलीमा गर्नुभयो, राजालाई भेटेर मात्रै सन्तुष्ट हुनुभएन,' 'विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक अभिलेख' किताबको भूमिकामा गिरिले लेखेका छन्, 'आम जनताको घरमा जाँदा कोइरालाको स्वागत गर्ने साथीहरू कुटिए, कोही त मारिए पनि। तर त्यो बेलासम्म डराएर बसेका कांग्रेस कार्यकर्ता अब निर्भीक भएर हिँड्न र बोल्न थाले।'
बीपी सम्झौताभित्र संघर्ष गर्न जान्ने व्यक्ति थिए। उनका लागि सम्झौता संघर्षभन्दा कम थिएन।
बीपी राजतन्त्रलाई राष्ट्रियताको पक्षधर मानेर मिल्न आएका थिए। यसो गर्दा उनलाई राजापरस्त भएको बात लाग्यो। सानैमा महात्मा गान्धीले नेतृत्व गरेको स्वतन्त्रता आन्दोलनमा लाग्दा भारतमा थुनासमेत परेका उनी प्रजातान्त्रिक मूल्यका लागि भारतलाई नजिक राख्न चाहन्थे। यसो गर्दा उनलाई भारतपरस्त भएको बात लाग्थ्यो। बीपीका विचार घोत्लिएर पढ्दा थाहा लाग्छ- उनी न राजासँग झुक्न चाहन्थे, न भारतसँग। वास्तवमा यी दुवै विषयमा बीपीमा कहिल्यै दुविधा देखिँदैन।
बीपीलाई कम्युनिस्टसँगको सम्बन्धका विषयलाई लिएर विवादमा तान्ने गरिन्छ। तर त्यो बेलाका कम्युनिस्ट कस्ता थिए भन्ने कोणबाट छलफल भएको पाइन्न। 'बरु १० वर्षपछि प्रजातन्त्र आओस्, तर कम्युनिस्टसँग मिल्नु हुँदैन भन्नुहुन्थ्यो बीपी,' कांग्रेस नेता कुलबहादुर गुरुङ भन्छन्, 'कांग्रेस आवश्यक परे सम्झौता गर्न तयार हुन्थ्यो, जबकि त्यो बेलाका कम्युनिस्ट फाइट टु द फिनिस चाहन्थे।'
२०१४ सालमा कांग्रेसले राजा महेन्द्रको प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेपछि गैरकम्युनिस्ट शक्तिहरूसँग मिलेर सत्याग्रह घोषणा गर्यो। कम्युनिस्ट नेता पुष्पलाल सुरुदेखि नै कांग्रेससँग मिलेर जनताको शासन ल्याउन लाग्नुपर्ने ठान्थे। उनी बीपीसँग सत्याग्रह चल्दैगर्दा कांग्रेस-कम्युनिस्टको संयुक्त मोर्चा बनाउने प्रस्ताव लिएर गए। बास्तोलाका अनुसार बीपीले जवाफ फर्काए, 'संयुक्त मोर्चा गर्न सकिन्न तर कार्यगत एकता सम्भव छ।'
पुष्पलालले भने संयुक्त मोर्चामै जोड दिएको उनले दाबी गरे। बीपीले सोधे, 'तपाईं आर्थिक कार्यक्रम दिनुस, म सकार्छु, अब मलाई जवाफ दिनुस्, तपाईं मेरो राजनीतिक कार्यक्रम मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न?'
पुष्पलालले भने, 'मान्छु।'
बीपीले फेरि सोधे, 'म सत्तामा आएँ भने तपाईंलाई निर्बाध काम गर्ने स्वतन्त्रता दिन्छु, तपाईं आउनुभो भने दिनुहुन्छ?'
पुष्पलालले फर्काए, 'दिन्छु।'
बीपीले फेरि सोधे, 'त्यस्तो नगर्ने कम्युनिस्ट पार्टीको खिलाफमा बोल्न तयार हुनुहुन्छ?'
पुष्पलालले बीपीलाई आश्वस्त पार्न सकेनन्। भने, 'त्योचाहिँ गाह्रो होला।'
त्यसपछि बीपी र पुष्पलालको कुरा नमिलेको बताउँछन्, बाँस्तोला।
इतिहासको वेगले कम्युनिस्टसँग मिल्नुभन्दा राजासँग मिल्ने वेश भन्ने बीपी र कांग्रेसलाई शत्रु ठान्ने कम्युनिस्टलाई ढिलोचाँडो एकठाउँ ल्याउनु नै थियो। कांग्रेससँग मिल्नुपर्छ भन्ने आफ्नो विचारकै आधारमा जीवनपर्यन्त 'गद्दार पुष्पलाल' भनी बिल्ला भिराइएका पुष्पलाल र बीपीकै विचारमा हिँडेका कम्युनिस्ट-कांग्रेस मिलेर २०४६ र २०६३ सालमा जनआन्दोलन सफल पारे।
...
बीपीसँग गाँसिने अर्को सन्दर्भ हो संविधानसभा। बहुदलीय प्रजातन्त्रका १२
वर्षमा कांग्रेसलाई संविधानसभाको मुद्दा स्वीकार्न असाध्यै गाह्रो परेको
थियो। बीपी आफैंमा भने संविधानसभाबारे कहिल्यै अन्योल नभएको दस्तावेजहरूले
देखाउँछन्। 'प्रजातन्त्रको कुरा एकातिर गर्नु, अर्कातिर जनतालाई आफ्नो
विधान बनाउन पाउने अधिकारबाट बञ्चित राख्नु दुईजिब्रे कुरा हुन्,' 'नेपाली
कांग्रेस र राजा' शीर्षकमा बीपीले लेखेका छन्, 'जनताले आफ्नो विधान आफैं
बनाउन पाउनुपर्छ भन्ने साधारण प्रजातान्त्रिक नियमलाई वास्तै नगरेर केही
व्यक्तिले राम्रो गरिरहेका छैनन्।'संविधानसभाका लागि लडेका बीपीले पछि किन संसदको चुनावलाई सकारे? बीपीले संसद चुनाव सकार्दा गणेशमानले चार घण्टा लगातार भाषण गरेर विरोध गरेको सम्झन्छन् कांग्रेस नेता कुलबहादुर गुरुङ। 'अहिले राजनीतिको पोको दरबारसँग छ, उसले अलिकति सडकमा कहिलेकाहिँ पोखिदिन्छ, हामीचाहिँ त्यसैमा झगडा गरिबसेका छौं,' त्यसबेलाका बीपीले गणेशमानलाई दिएको जवाफ सम्झन्छन् गुरुङ, 'त्यसैले दरबारबाट त्यो पोको झिकेर जनतामा ल्याउन हामी संसद चुनावमा जाऔं।'
पछि चुनाव भयो। कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो। संविधानसभा चुनाव ओझेल पर्यो। कांग्रेस आफ्नै मुद्दाबाट पछि हट्दा देशले संविधानसभाका लागि कालान्तरमा ठूलो मूल्य चुकाउनुपर्यो।
...
बीपीलाई महामानव भनी सम्बोधन गर्छन् कांग्रेसहरू। जीवित हुन्थे भने बीपी यो
सम्बोधनमाथि के टिप्पणी गर्थे होलान्! बीपी आदर्श पुरुष हुने नाममा आफ्ना
कमजोरी लुकाउन चाहन्नथे। कुण्ठा भयो भने दबाउँदैनथे, बरु कुण्ठा भइरहेको छ
भनी खुलस्त लेख्थे। जेल जर्नल र आत्मवृत्तान्तका थुप्रै ठाउँ उनका
आत्मस्वीकारोक्ति छन्। बीपी समाजशास्त्री थिएनन्, तर नेपाली समाजप्रति उनका आफ्नै ज्ञान, विवेक र अनुभवमा आधारित दृष्टिकोण थिए। उनका भाषण र दस्तावेजमा त्यो झल्किन्छ। बीपी मनोवैज्ञानिक थिएनन्, तर उनका सबै साहित्यिक कृतिमा मनोविज्ञानप्रतिको गहिरो बुझाइ देखिन्छ। बीपी दार्शनिक थिए वा थिएनन्, बहस होला, तर संसारका दर्शनसम्बन्धी मास्टरपिस उनले पढेका थिए। उनी दर्शनको विषयमा घण्टौं बहस गर्न सक्थे। उनीभित्र दार्शनिक चेत थियो।
डाक्टरले आफ्नो मृत्युको दिन तोकिसक्दा पनि बीपीले त्यसलाई सामान्य रोगजति पनि नठानेको सम्झन्छन् बीपीको आत्मवृत्तान्तलाई अभिलेखन गरेका गणेशराज शर्मा। मृत्युको घडी आइसक्दा पनि वास्तै नगरी उत्साहसाथ ईश्वर, धर्म, दर्शन र नियतिका विषयमा एक घण्टा आफूहरूसँग बहस गरेका बीपीको प्रशंसा गर्दै उनले भूमिकामा लेखेका छन्, 'यो उहाँको आध्यात्मिक साधनाको ज्वलन्त नमूना थियो।'
बीपी 'पफर्ेेक्ट' थिए वा थिएनन्, नजाऊँ, तर 'कम्प्लिट' थिए। उनमा मार्क्सको गहिरो छाप थियो। मार्क्स र गान्धीलाई दुई फरक ध्रुवमा राखेर असाध्यै श्रद्धा गरेको उनले थुप्रैपटक लेखेका छन्। मार्क्सवादी थिए, तर कम्युनिस्ट थिएनन्। बीपीमा के देखेर हो, त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउने कम्युनिस्ट विचारका एक प्राध्यापकले पंक्तिकारसँग केही दिनअघि भनेका थिए, 'नेपालका अहिलेका कम्युनिस्टहरू कम्तिमा बीपीजति कम्युनिस्ट भइदिए पुग्छ, त्योभन्दा बढी भइरहनु पर्दैन, यत्ति भए देश बन्छ।'
आज बीपी छैनन्। देशले नेताहरूमा अलिअलि भए पनि बीपी खोजिरहेको छ।
Nagarik, 2069 saun 6 BP Special article.
No comments:
Post a Comment