अमेरिकाबाट निस्कने टाइम म्यागजिनले तीन साताअघि भारतका प्रधानमन्त्री मनमोहन सिंहको फोटो आफ्नो आवरणमा छाप्यो र मुन्तिर लेख्यो– द अन्डरअचिभर।
त्यसको दुई साता बित्दा नबित्दै भारतबाट प्रकाशित हुने म्यागजिन आउटलुकले गत हप्ता अमेरिकाका राष्ट्रपति बाराक ओबामाको फोटो उसैगरी आवरणमा छाप्यो। उसैगरि मुन्तिर लेख्यो– द अन्डरअचिभर।
अंग्रेजी शब्दकोशमा अन्डरअचिभरको साधारण अर्थ हुन्छ : अपेक्षा गरिएभन्दा थोरै नतिजा दिएको व्यक्ति। नेपालका ३६ औं प्रधानमन्त्री बाबुराम भट्टराईलाई अन्डरअचिभर भन्दिए फरक नपर्ला– डिक्सनरीका शब्दहरूले उनकै लागि भनेर आफ्नो अर्थ बदल्दिएनन् भने।
भारतका प्रधानमन्त्रीलाई अमेरिकाको पत्रिकाले अन्डरअचिभर भन्दिँदा भारतीय संवेदना दुखेर आउटलुकले लेखेको हो, वा विश्वका दुई शक्तिशाली कार्यकारीबारे ग्लोबल मिडिया बहस सुरु भएको हो, थाहा छैन। एउटाले कुनै काम गर्नेबित्तिकै अर्काेले त्यसको हुबहु सिको गर्नु उचित हो या होइन, यसको पनि बहस हुनसक्ला। तुलनात्मक रुपमा सानो र कमजोर मानिने नेपाल उत्तरसंक्रमणकालबाट गुज्रँदै गर्दा आफ्नै पार्टीको समर्थनमा बनेको झलनाथ खनाल सरकारलाई पन्छाएर भट्टराई प्रम बन्दैगर्दा जनअपेक्षा चर्किएको सही हो। यथार्थ हो, माओवादीका त्यो बेलाका तेस्रो बरियताका नेता भट्टराईको 'कहिल्यै दोस्रो नभएको' पृष्ठभूमि, उनको एसएलसी बोर्ड फर्स्ट र पिएचडी प्रधानमन्त्रीको छवि। सफल मानिएको अर्थमन्त्रीकाल जनअपेक्षा बढाउने अर्को कारण थियो। मूलधारका मानिने मिडिया साथमा छँदै थिए, बरु आफ्नै पार्टी साथमा थियो कि थिएन कुन्नि।
प्रधानमन्त्री भट्टराईको कार्यशैलीमा भारतका कंग्रेस नेता राहुल गान्धीदेखि बिहारका मुख्यमन्त्री नितिशकुमारसम्मको सिको झल्किन्छ। भट्टराई उनीहरूझैं रेडियोमा कुरा गर्छन्। राहुलझैं 'जनताको घरदैलो' मा पुग्छन्। उनी र उनका सहयात्रीले चलाएको हिजोको युद्ध सारमा अर्को देशमा सम्पन्न क्रान्तिको जेरोक्स कपी नै थियो। आज उनले दिने गरेका विकास र सुशासनका नाराको 'ओरिजिनालिटी'मा कसैलाई शंका गर्ने अधिकार छ। यसर्थ पनि भट्टराईलाई उनकै सिको गर्ने शैलीको सिको गर्र्दै कार्यक्षमता र नतिजाका आधारमा अन्डरअचिभर भन्दिए बिग्रने आखिर के नै छ र!
भट्टराई मुख्यतः दुई कारणले प्रधानमन्त्री भएका हुन् : एक, शान्ति प्रक्रिया टुंग्याउन, दोस्रो संविधान निर्माणलाई टुंगोमा पुर्याउन। प्रधानमन्त्री दुवैमा फेल भएका छन्। पछिल्लो "घुम्ने मेचमाथि" वार्ता स्तम्भका लागि पंक्तिकारको यसै प्रश्न समेटिएको एक प्रश्नमा उनले उत्तेजित हुँदै फर्काएका थिए, 'सय मिटरको दौडमा ९९ मिटरमा पुगेर ठेस लागेर लड्यो भने के त्यसलाई असफल भएको मान्ने?' पंक्तिकारले हाजिरजवाफी शैलीमा ठट्टा गरेको थियो, 'सय डिग्री सेन्टिग्रेडमा मात्रै उम्लन्छ पानी, ९९ डिग्री तात्यो भन्दैमा त्यसैलाई उम्लेको मान्ने?'
भट्टराईको ९९ मिटर पूरा भयो भनी दाबी गरिएको दौड सारमा आज जिरो मिटरमा झरिसकेको छ। राजनीतिमा झण्डै निष्कर्षमा पुग्नुको अर्थ निष्कर्षमा नपुग्नु नै हो। भट्टराईको राजनीतिक साख र त्यसको तापक्रम उल्टै माइनस डिग्रीमा झरिरहेको छ। सत्तामा बसेको मान्छेलाई यस्तो कुरा सुनाइदियो भने ऊ मान्न त कहाँ तयार हुन्छ र!
भट्टराईले दाबी गरेझैं र अरुले पत्याइदिएझैं उनको दौड बालुवाटारबाट सुरु भएकै थिएन। बरु उनको दौडको लक्ष्य बालुवाटार थियो भन्ने त जुनसुकै हालतमा पनि प्रधानमन्त्री बन्नका लागि मधेसी मोर्चासँग उनले गरेको सहमति काफी छ। ज्यान गए कुर्सी नछाड्ने बरु त्यसका लागि संविधानसभा विघटन हुन दिने उनको नीति र नियत काफी छ। फलतः आज न शान्ति संस्थागत भएको छ, न संविधान नै बनेको छ। आज प्रधानमन्त्री पदमुक्त अवस्थामा छन्। उनी जे गर्न प्रधानमन्त्री बनेका हुन्, ती दुवै कार्यान्वयन भएनन्। तै पनि किन उनी नहटेका होलान्! देश निरन्तर अँध्यारोतिरको यात्रामा छ, प्रधानमन्त्रीको मात्रै चेहरा झन् झ्न उज्यालिँदै गएको किन होला!
भट्टराई आफ्ना निकटस्थहरूलाई भन्ने गर्छन् – 'म प्रधानमन्त्री त भएँ, तर गलत समयमा। वास्तवमा म डिभलपमेन्ट फेजका लागि सुहाउने मान्छे थिएँ।' भट्टराई कथनमा उनको महत्वाकांक्षा र कुण्ठा प्रतिविम्बित हुन्छ। के कुनै व्यक्ति समय रोजेर नेता हुन्छ? के मण्डेला समय रोजेर मण्डेला भएका थिए? भट्टराईका 'राजनीतिक गुरु' मार्क्स, लेनिन र माओहरूले समय रोजेका थिए? कि बीपी र पुष्पलालले समय रोज्न पाएका थिए? भट्टराई साढे सात लाख युवालाई रोजगारी दिने प्रतिबद्धता बोकेर प्रधानमन्त्री भएका थिए। एक वर्ष बित्न लाग्यो, कुनै एकमात्रै युवाले पनि रोजगारी पाएको होइन। वर्षायाम निख्रन लाग्यो, खेतबारीमा मल छैन। किसानहरूमा 'असरकारी आक्रोश' छ। संयोग पनि कस्तो परेछ– २०५२ सालमा भट्टराई आफैंले हस्ताक्षर गरेर बुझाएको ४० बुँदे ज्ञापनपत्रको ३३ औं बुँदामा 'किसानहरूलाई सुलभ ढंगले मल वितरण गर' भन्ने रहेछ। हिजो भट्टराईको अनुहारमा नयाँ नेपालको प्रधानमन्त्री खोज्ने किसानहरू आज मल खोज्दैछन्। तिनका प्रधानमन्त्रीचाहिँ आफू ठिकै भएको, तर आफूलाई प्रम बनाउन समय गलत परेको प्रष्टीकरण दिएर टक्टकिइरहेछन्।
काठमाडौंमा सुकुम्बासीहरूको विचल्ली छ। वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउने आफ्नै प्रतिबद्धतामाथि डोजर चलाउँदै सरकारले तिनको थातबास लडाइदिएको छ। न त उनीहरूले वैकल्पिक आवास पाएका छन्, जो सरकारविरोधी र स्थानीयले खडा गर्न दिँदैनन्। न त सरकारले पुरानो ठाउँमा लगेर राख्न सक्छ। त्यो त उसले पहिल्यै आँखा चिम्लेर भत्काइसकेको छ।
अनि चुनावको कुरा, सबैको सहमति नभई चुनाव असम्भव छ। प्रधानमन्त्रीको ताल भने आवधिक संसद चुनाव घोषणा गरेजस्तो एकलौटी छ। जनआन्दोलनका शक्तिहरूलाई पाखा राखेर यसरी चुनाव गर्नु राजनीतिक र संवैधानिक दुवै प्रक्रियाबाट उचित हुँदैन भनी कसैले भन्यो भने उनी ठाडै उडाउँछन्– 'लोकतन्त्रको सौन्दर्य भनेकै चुनाव हो, तिमी को हौ चुनाव हुँदैन भन्ने? लोकतन्त्रको विरोध गर्ने?'
'खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्न सिकाउने चुनाव' विरुद्ध कुनै बेला भण्डाफोर अभियान चलाउने भट्टराई आज हिजोका 'संसदवादी' लाई लोकतन्त्रको नयाँ लाग्ने पुरानै पाठ पढाउँदैछन्। उनी चुनाव हुनुलाई लोकतन्त्र भन्दैछन्। हाय लोकतन्त्र! १३ वर्षअघि चुनाव बिथोल्ने, उम्मेदवारको हत्या गर्नेले आज 'चुनावविनाको लोकतन्त्र के लोकतन्त्र' भन्दिँदा लोकतन्त्र ठूलो लज्जा र आश्चर्यमा छ। हिजोको पञ्चायतका चुनाव लड्न बानी परेकाहरूलाई प्रधानमन्त्रीको चुनाव गराउने नाराले पक्कै पनि ध्यान आकृष्ट गरेको हुनुपर्छ। कमल थापालाई पनि।
चुनावको कुरा गर्ने यी प्रधानमन्त्री छँदाखाँदाको संसद सिध्याएर अध्यादेशको स्टेयरिङ समातेर लोकतन्त्रको गाडी हाँक्ने मुडमा छन्। जसै दिन बित्दैछन्, हिजोसम्म उनको गाडीमा सँगै चढेका यात्रुहरुको संख्या घट्दो छ। नयाँ यात्रु आकर्षित गर्न तिनलाई देखाउने कुनै नयाँ दिशा र गन्तव्य उनीसँग छैन। हिजो देखाइएका सपना बासी भइसके। भोलिका लागि भनेर देखाउनलाई कुनै नयाँ योजना छैन। उनकै शब्दमा 'कुटाइम' मा प्रधानमन्त्री भएका यी व्यक्तिलाई अन्डरअचिभर भन्दिन कुनै 'टाइम' तयार छ कि छैन? जे होस्, कसैले भन्दिए पनि वा नभने पनि 'कहिल्यै दोस्रो नहुने' यी प्रधानमन्त्री यी र यस्तै कारणहरुले अन्डरअचिभरमा दरिन पुगेका हुन्। कुनै शंका?
स्तम्भ : काठमाडौं डिस्कोर्स
नागरिकमा २०६९ साउन १५ गते सोमबार प्रकाशित

No comments:
Post a Comment