Thursday, December 29, 2011

बेथानचोकमा कवि जमघट



काठमाडौं, पुस १४
महाभारत पर्वतमालाकै उच्च शिखर अर्थात् बेथानचोक। समुद्र सतहदेखि ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोकमा मुलुकका झन्डै सय लेखक, कलाकार र पत्रकारले पाइला राखे।
काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्क–१ मा रहेको डाँडोमा कोही काव्य पाठ गरिरहेका थिए भने कोही गाइरहेका। कोही कापीमा कलम डोबिरहेका थिए भने कोही फोटोग्राफीमा रमाउँदै। पर्यटन वर्षको आखिरी महिनामा साहित्य सञ्जाल नेपालद्वारा आयोजित तीनदिने साहित्यिक यात्रामा नयाँ–पुराना लेखकको जमघट थियो।

Wednesday, December 28, 2011

वयस्कहरूको प्लट


'चञ्चल मनकी रुपसी' लेख्दैगरेका प्रौढ पत्रकार तथा 'युवा' आख्यानकार किशोर नेपाललाई उनकै च्याम्बरमा सोधेको थिएँ, 'दाइले रुपसीबारे लेख्दिएपछि अब हाम्ले चैं के लेख्ने?'
'तिमी यस्तो लेख्न सक्दैनौ बाबु।'
'किन दाइ, किन म सक्दिनँ?' मैले सोधें।
'किनकि तिमी बुढा भइसक्यौ।'
वयस्कहरूका प्लट लेख्ने यी बुढाले आफ्नो उमेरमा मलाई पो प्रतिस्थापन गरिदिए।

Monday, December 26, 2011

सबाल्टर्नकी वाचाल स्पिभाक

एक्कासि झ्वाप्प निभ्यो प्रोजेक्टर। कोलम्बिया युनिभर्सिटीकी प्राध्यापक, बौद्धिक विश्वकी सेलिब्रिटी गायत्री चक्रवर्ती स्पिभाकको अनुहार र चल्दैगरेका खिरिला औंलालाई पर्दामा एकटक हेरिरहेका दर्शक सल्बलाए, तर कराएनन्। कराएको भए त साउन्डसेटमा बजिरहेको बंगाली ध्वनि पनि नसुनिने खतरा हुन्थ्यो।
 मैले पो झुक्किएर प्रोजेक्टरको बटन दबाएछु।
मंगलबार साँझ काठमाडौंमा स्पिभाकको आवाजलाई सेलफोनमा कैद गरिरहेका सयौं विद्यार्थी र लेखकबीच म पनि मिसिएको थिएँ। अचानक ब्याट्री लो भयो। एउटा खालि प्वालमा लगेर चार्जर घुसाउन लागेको, उफ्! उता प्रोजेक्टरको लाइट गयो, यता मेरो सातो।

Wednesday, December 21, 2011

स्पिभाक काठमाडौंमा

नागरिक, पुस ५– 'म त्यति बुझिने गरी लेख्दिनँ,' मंगलबार काठमाडौंमा एक प्रश्नकर्ताको जिज्ञासामा गायत्री चक्रवर्ती स्पिभाकले भनिन्, 'तर चिन्ता नगर, त्यो तिम्रो गल्ती होइन।'
बिसौं शताब्दीको पछिल्लोकाललाई आफूतिर आकर्षित गर्न सफल स्पिभाक मंगलबार काठमाडौं आइन्। सन् १९४२ मा भारतमा जन्मेकी स्पिभाक अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक हुन्। उनी अमेरिकाका विश्वविद्यालयमा सर्वाधिक आदर गरिने पहिलो दक्षिण एसियाली सिद्धान्तकार, प्राध्यापक र समालोचक हुन्।
पोखरा विश्वविद्यालयको अंग्रेजी विभाग 'इन्स्टिच्युट अफ् एड्भान्स्ड कम्युनिकेसन एन्ड रिसर्च (आयसर)' ले स्पिभाकलाई नेपाली प्राज्ञिक समूदायसँग जोडेको हो।

Tuesday, December 20, 2011

एमाले : अभि नहीँ तो...

अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेपछि बसेको एमाले संसदीय दल बैठकमा मन्त्री बन्न खुट्टो उचाल्नेको लस्कर देखेर सभासद् रामनाथ ढकालले कटाक्ष गरेका थिए– 'साथीहरू अभि नहीँ तो कभि नहीँ भनेझैं जुनसुकै हालतमा पनि सरकारमा जान सम्पुर्ण शक्ति लगाइरहनुभएको छ।'
ढकालको आशय थियो– एमाले नेतालाई आफ्नो दलले फेरि सत्ता नपाउनसक्छ भन्ने लागेको हुनसक्छ। त्यसैले यसपटक पाइएन भने मन्त्री बन्ने अवसर फेरि कहिल्यै नआउनसक्छ भन्ने तिनले ठानेका हुँदाहुन्।

Saturday, December 17, 2011

मार्क्सका दाह्रीजँुगा!

कार्ल मार्क्सका अन्धसमर्थकले 'सपनामा मार्क्स' लेख्नुपरेको भए सायद यस्तो लेख्थेहोलान्–
ओहो, मार्क्सका दाह्रीजुँगा नै कति सैद्धान्तिक। जुँगै दार्शनिक। अनुहार हेर्र्दै क्रान्तिकारिता झल्कने।
मार्क्सका आग्रही पक्षधरझैं पूर्वाग्रही आलोचक पनि छन्। लेखक राजेन्द्र पराजुलीले पछिल्लो कथासंग्रह 'सपनामा मार्क्स' को शीर्षकथामै लेखेका छन्–
'मार्क्सको खुइलिएको तालु, नमिलाइएका जस्ता लाग्ने दाह्रीजुँगा र उसैगरी नकोरिएका कपालसँग लालप्रसाद एकदमै विमोहित भयो (भूमिगत राजनीतिमा रहेका बेला लालप्रसादले मार्क्सकै जस्तो दाह्री र कपाल बनाउने प्रयत्न गरेको थियो)।