नागरिक, पुस ५– 'म त्यति बुझिने गरी लेख्दिनँ,' मंगलबार काठमाडौंमा एक प्रश्नकर्ताको जिज्ञासामा गायत्री चक्रवर्ती स्पिभाकले भनिन्, 'तर चिन्ता नगर, त्यो तिम्रो गल्ती होइन।'
बिसौं शताब्दीको पछिल्लोकाललाई आफूतिर आकर्षित गर्न सफल स्पिभाक मंगलबार काठमाडौं आइन्। सन् १९४२ मा भारतमा जन्मेकी स्पिभाक अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक हुन्। उनी अमेरिकाका विश्वविद्यालयमा सर्वाधिक आदर गरिने पहिलो दक्षिण एसियाली सिद्धान्तकार, प्राध्यापक र समालोचक हुन्।
पोखरा विश्वविद्यालयको अंग्रेजी विभाग 'इन्स्टिच्युट अफ् एड्भान्स्ड कम्युनिकेसन एन्ड रिसर्च (आयसर)' ले स्पिभाकलाई नेपाली प्राज्ञिक समूदायसँग जोडेको हो।
उनलाई सुन्नआएका विभिन्न विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र लेखक आयसर प्रेक्षालयमा नअटेपछि हलबाहिर जडित प्रोजेक्टरमा हेरेर चित्त बुझाए। परिसर पनि एकैछिनमा भरियो। खचाखच चिसो परिसरमा सवा आठसम्म उभिएर सहभागीले उनलाई सुने। यो स्पिभाकको प्राज्ञिक गुरुत्वको कमाल थियो।
प्राध्यापक अरुण गुप्तोले समकालीन बौद्धिक विश्वमा स्पिभाकको योगदानबारे प्रकाश पारेपछि उनले संक्षिप्त मन्तव्य दिएकी थिइन्। 'मैले यसकारण लेख्न थालें,' उनले भनिन्, 'किनकि मैले नै लेख्नुपर्थ्याे, मैले नै लेख्नसक्थें, जुन समाजलाई मैले देखेको थिएँ, बुझेको थिएँ।'
जनआन्दोलन २०६२/६३ ले नेपालमा सीमान्तकृत वर्गको आवाज मुखर गरेको थियो। सामाजिक आन्दोलनमा यसलाई सबाल्टर्न अभियान भन्ने गरिन्छ। दक्षिण एसियामा विशेष प्रभाव रहेको सबाल्टर्न आन्दोलनका अभियन्तामध्ये स्पिभाक एक हुन्।'नेपालका सबाल्टर्न प्रतिनिधि संविधान सभामा छन्, जस्तो कि दलित, जनजाति,' एक सहभागीले सोधे, 'ठुलाठालुको मानो खान बानी परेका तिनले गरिब, दलितका पक्षमा संविधान बनाउलान् त?'
'तपाईंको देशका सभासद्बारे मलाई सबै थाहा हुने कुरो त भएन,' स्पिभाकको परिहासपूर्ण जवाफले सभाहल र परिसर गुन्जिएको थियो, 'बनाउँछन् होला, बन्छ नै जस्तो लाग्छ।' अनि गम्भीर भइन्। बोल्दाबोल्दै जवाफ तन्काउने उनले सोधिएको प्रश्नै पटकपटक बिर्सन्थिन्, सम्झाउन लगाउँथिन्। 'संविधान ठूलो कुरा हो, तर सबथोक होइन, उनले भनिन्, 'तपाईं व्यवस्था कसरी चलाउनुहुन्छ, त्यो महŒवपूर्ण सवाल हो।'
स्पिभाकले सन् १९८८ मा लेखेको 'क्यान सबाल्टर्न स्पिक' नामक लेखले बौद्धिक विश्वमा तहल्का मच्चाएको थियो। उनीअघि केही लेखकले लेखे पनि यही लेखका कारण सबाल्टर्न आन्दोलनको विश्वव्यापी चर्चा भयो।
विश्वविख्यात विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडाको चर्चित तर क्लिष्ट मानिने अफ् ग्रामाटोलोजी' नामक फ्रान्सेली भाषामा लिखित पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेपछि स्पिभाकलाई विश्वले पहिलोपटक चिन्यो। 'त्यो किताब यति दुरुह थियो कि,' अनुवादपछि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'पढ्न नसकेर म पटक पटक रोएकी थिएँ, हरेस खाएकी थिएँ।'
स्पिभाक बेलुकी पाँच बजे आउने भने पनि कार्यक्रम डेढ घण्टापछि सुरु भयो। अपराह्न चार बजेदेखि बिबिसी, सिएनएन, अलजजिरा र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीसँग लिएका अन्तर्वार्ता प्रोजेक्टरमा देखाइएको थियो।
स्पिभाकले बुधबार 'अ बोर्डरलेस वर्ल्ड? (सीमाहीन विश्व?' बारे राजधानीमा बोल्नेछिन्।

No comments:
Post a Comment