एक्कासि झ्वाप्प निभ्यो प्रोजेक्टर। कोलम्बिया युनिभर्सिटीकी प्राध्यापक, बौद्धिक विश्वकी सेलिब्रिटी गायत्री चक्रवर्ती स्पिभाकको अनुहार र चल्दैगरेका खिरिला औंलालाई पर्दामा एकटक हेरिरहेका दर्शक सल्बलाए, तर कराएनन्। कराएको भए त साउन्डसेटमा बजिरहेको बंगाली ध्वनि पनि नसुनिने खतरा हुन्थ्यो।
मैले पो झुक्किएर प्रोजेक्टरको बटन दबाएछु।
मंगलबार साँझ काठमाडौंमा स्पिभाकको आवाजलाई सेलफोनमा कैद गरिरहेका सयौं विद्यार्थी र लेखकबीच म पनि मिसिएको थिएँ। अचानक ब्याट्री लो भयो। एउटा खालि प्वालमा लगेर चार्जर घुसाउन लागेको, उफ्! उता प्रोजेक्टरको लाइट गयो, यता मेरो सातो।
रंगकर्मी तथा पोखरा विश्वविद्यालयको अंगे्रजी विभाग 'इन्स्टिच्युट अफ एड्भान्स्ड कम्युनिकेसन एजुकेसन एन्ड रिसर्च (आयसर)' का एमफिल विद्यार्थी सलिल सुवेदीले झटपट सद्दे बनाइदिए, प्रोजेक्टर। निर्धारित समयभन्दा डेढ घन्टा ढिलो आएकी यी इन्टेलेक्चुअल सेलिब्रिटीलाई हेर्न, सुन्न, अटोग्राफ लिन र फोटो खिचाउन आउनेहरूले धैर्य राखे।
सन् १९४२ फेबु्रअरी २४ मा कलकत्तामा जन्मेकी स्पिभाक अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक हुन्। २ सय ६४ वर्षको विश्वविद्यालय इतिहासमा सर्वाधिक आदर पाउने स्पिभाक दक्षिण एसियाको पहिलो प्राध्यापक, सिद्धान्तकार र समालोचक हुन्। विश्वविद्यालयका अध्यक्ष ली बोलिंगरले सर्वोच्च फ्याकल्टी र्यांकमा स्पिभाकलाई बहाली गर्दा नियुक्तिपत्रमा लेखेका थिए– विनिर्माणवादी सिद्धान्तप्रति आफ्नो मेधा र योगदानले विश्वभर चिनिएकाले मात्र होइन, त्यसको मार्क्सवाद, ग्लोबलाइजेसन, नारीवाद र उत्तरउपनिवेशवादसँग नयाँ सम्बन्धको बेजोड तर्क दिएकाले स्पिभाक यहाँको सर्वोच्च हैसियतमा नियुक्त भएकी हुन्। आशा छ, उनले प्राज्ञिक विश्वलाई अझै नयाँ र महान विचारहरू दिनेछिन्।'
आयसरमा दिउसो चार बजेदेखि बिबिसी, सिएनएन, अलजजिरा र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीसँग लिएका अन्तर्वार्ता प्रोजेक्टरमा देखाइएको थियो। शित पर्न थालिसक्यो। पाँच बजे आउने भनिएकी सेलिब्रिटी अझै आएकी होइनन्।
..................
स्पिभाक र नेपालको सेतु बने सहप्राध्यापक तथा समालोचक अरुण गुप्तो। उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडा र अर्का विचारक मिसेल फुकोसँगै स्पिभाकको नाम नछुटाउने गुप्तोले दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयमा रहस्योद्घाटन शैलीमा खोलेका थिए, 'थाहा छ तिमीहरूलाई, हिजोआज म स्पिभाकसँग इन्टेलेक्चुअल डेटिङ गइरहेको छु।'
इ–डेटिङको नौलो लोकेसन थाहा पाएर विद्यार्थी गलल्ल हाँसेका थिए। अस्ति बुधबार स्पिभाक स्वयंले दरबारमार्गस्थित होटल अन्नपूर्णमा खोलिन्, 'म त यहाँ इन्टेलेक्चुअल होलिडे मनाउन आएकी।' सहभागी यहाँ पनि हाँसे।
इन्टेलेक्चुअल डेटिङ! इन्टेलेक्चुअल होलिडे!!
....................................
झट्ट हेर्दा स्पिभाक– औसत केटाहरूले पाल्ने कपालभन्दा पनि छोटो सेतो कपाल, उज्यालो र आशावादी देखिने अनुहार, रुद्राक्षझैं लाग्ने साना दाना भएको माला, कानमा साना टप, रातो सारी, खैरो कोट। बंगाली लवजको अंगे्रजी जिब्रो। आवाजमा स्पष्ट र आत्मविश्वासी मोडुलेसन। समाधिबाट निस्केर आएको योगीको जस्तोे गहिरो मुस्कान। तिखो हेराइ।
मानविकी र समाजविज्ञानका विद्यार्थीहरूका लागि स्पिभाक– असीको दसकमा 'क्यान द सबाल्टर्न स्पिक?' लेखेर ग्लोबल चर्चा बटुलेकी एन्टिग्लोबलिस्ट। उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडाको सर्वाधिक कठिन मानिने 'अफ ग्रामाटोलोजी' लाई फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्ने व्यक्तित्व। पोस्टकोलोनियल र सबाल्टर्न स्टडिजमा अग्रणी नाम।
साहित्यकार र पाठकका लागि स्पिभाक– भारतीय लेखिका महाश्वेतादेवीका आख्यान र अन्य रचना अंग्रेजी अनुवाद गरी पश्चिमेली विश्वविद्यालयसम्म पहुँच दिने अनुवादक।
प्राज्ञिक समुदायका लागि स्पिभाक– व्यावहारिक–मार्क्सवादी–नारीवादी–विनिर्माणवादी बुद्धिजीवी। सन् १९८० यता अमेरिकी र पश्चिमा एकेडेमिसियनलाई वैचारिक गुरुत्वले निरन्तर आफूतिर खिचिरहेकी भारतीय।
प्रतिरोधीहरूका लागि स्पिभाक– एलिटहरूको कब्जामा रहेको विश्वविद्यालय र प्राज्ञिक मञ्चकी खरो आलोचक। विश्वविद्यालय र सडकबीच तादात्म्य खोज्ने, ज्ञानलाई कर्मको लोकेसनमा पुर्याउन आह्वान गर्ने चिन्तक। विश्वपुँजीवादले खडा गरेको भूमण्डलीकरणको तीव्र विरोधी लेखक। अमेरिका र पूरै विश्वलाई थर्काउने अक्कुपाई वालस्ट्रिटकी सक्रिय सिम्पथाइजर।
.........................
जनआन्दोलन २०६२/६३ लाई सबाल्टर्नको आन्दोलन मान्नेहरू थुप्रै छन्। सामाजिक आन्दोलनमा यसलाई सबाल्टर्न अभियान भन्ने गरिन्छ। स्पिभाक दक्षिण एसियालाई केन्द्र बनाएर चलिरहेको सबाल्टर्न आन्दोलनकी अगुवा हुन्। उत्तरउपनिवेशिक साहित्य र समालोचनामा उत्तिकै जोड दिने उनलाई प्राथमिकतासाथ समेट्दै यस वर्ष नेपाली भाषामा किताब लेखिए– सञ्जीव उप्रेतीको 'सिद्धान्तका कुरा' र तारालाल श्रेष्ठको 'शक्ति, स्रष्टा र सबाल्टर्न।'
'म लेख्छु किनकि,' खचाखच भीड छिचोल्दै आयसर हल छिरेकी स्पिभाकको आवाज लहरायो, 'मैले लेख्नुपर्छ, मैले नै लेख्न सक्थेँ।' थपिन्, 'मेरो समाज र त्यसप्रति मेरो बुझाइलाई व्यक्त गर्न मसँग लेखनबाहेक अर्को बाटो थिएन।'
सबाल्टर्नको पहिलो व्याख्या इटालेली विद्वान तथा नेता एन्टोनियो ग्राम्सीबाट भएको थियो। स्पिभाकले भनिन्, 'ग्राम्सीले जेलको सेन्सरसिप झेलेर सबाल्टर्न अवधारणा लेखेका हुन्। त्यसैले त्यो अपुरो लाग्छ। उनको चिन्तनले थप व्याख्या माग्छ। अब हामीले योगदान गर्नुपर्छ।'
ग्लोबलाइजेसनको दबदबा चिर्न पूर्वीय सभ्यताबाट आएकाले सौन्दर्यशास्त्रीय शिक्षामा जोड दिनुपर्ने स्पिभाकको माग छ। ज्ञान र तर्कको क्षेत्रमा चरम हिंसा हुनेगरेको स्पिभाक ठान्छिन्, …त्यसैले अब एपिस्टेमोलोजिक पर्फमेन्स जरुरी छ। ज्ञानलाई एलिटहरूको जिम्मा लगाउन सकिन्न।'
स्पिभाक भ्यानगार्डिजममा विश्वास गर्छिन्। त्यस्ता भ्यानगार्ड जसले समाज फेर्न संगठित पहलकदमी लिउन्। उनी पुरातन भ्यानगार्डका कुरा गरिरहेकी थिनन्। एपिस्टेमोलोजिकल भ्यानगार्ड– एकेडेमीदेखि फिल्डसम्म बरोबर काम गर्नसक्ने। मानिसको ज्ञान र बौद्धिकताको प्रयोग (एपिस्टेमोलोजिकल पर्फमेन्स) बदल्न सक्ने।
..................
स्पिभाकका पहेली, रुपक र व्यंग्य बुझ्न पसिना निकाल्नुपर्छ। आयसरमा होस् वा होटल अन्नपूर्णमा, दुवै दिन उनी सहभागीलाई सुकरातको शैलीमा छिनछिनमा म खासै केही जान्दिनँ भनिरहन्थिन्। किताब धेरै पढ्ने तर जीवन र समाजसँग जोड्न नसक्ने …विद्वानलाई उनले इंगित गरिन्, …किन कसैलाई मरिमरि पढ्ने? तपाईंहरू अब पढ्न छाडिदिनुस्, व्यथर्ैै किन टाउको दुखाउने?'
प्रश्नका लागि पालो पर्खिरहेका सभाकक्षभित्रका सहभागीले हतारहतार हात उज्याए। भित्र नअटेर चौरमा प्रोजेक्टर हेरिरहेकाले पनि स्पिभाकको तस्बिरलाई नै झुक्किएर हात उठाए क्यारे। तिनको स्पिभाक–आशक्ति देखेर बाहिरकाहरू गलल्ल हाँसे।
अरूलाई पर्वाह नगरी स्पिभाकले एक महिलालाई पालो दिइन्।
…तपाईंका प्रायः सबै किताब पढेकी छु, तर कस्तो बुझ्नै कठिन!'
…प्रश्न जायज छ, किनकि म त्यति बुझिनेगरी लेख्दिनँ।' हाँसो गुन्जियो। …तर चिन्ता नगर, त्यो तिम्रो गल्ती होइन।' फेरि हाँसो। उनको लेखनशैलीबारे एकपटक न्युयोर्क टाइम्सले लेखिनै दिएछ– …फ्यामस्ली हार्ड टु अन्डस्ट्यान्ड।'
अर्का सहभागीले सोधे, …संविधानसभामा सबाल्टर्नका लागि लड्छौं भनी गएका सभासद पनि पुरानै राज्य संरचनाको पक्षमा जालान्जस्तो छ, तिनले गरिब, दलित र जनजातिका लागि संविधान बनाउलान् त?'
फेरि स्पिभाकले हँसाइन्, …बनाउलान् नि त, तिमै्र देशका सभासद हुन्।' अनि लामो व्याख्या गरिन्। सारांश थियो, …संविधान ठूलो कुरा हो, तर सबथोक होइन, राज्यसञ्चालकले व्यवस्था कसरी चलाउँछन्, त्यो महŒवपूर्ण कुरा हो।'
रमाइली रहिछन् स्पिभाक। पढाइमा इन्टरडिसिप्लिनरी एप्रोच राख्नुपर्ने मान्यताकी अगुवा जवाफ तन्काएर यति …इन्टरडिसिप्लिनरी' बनाउँथिन्, प्रश्नकर्ताकोे जिज्ञासा नै बिर्सन्थिन्। उनको बोली …एमएलए मेथर्ड' मा थिएन। थेसिस स्टेटमेन्ट सम्झाइरहनुपर्थ्यो।
इरेजर रहिछन् स्पिभाक। एक सहभागीले सोध्दैमात्र के थिए, …महिलाहरू सदियौंदेखि उत्पीडित छन्...।' उनले भुइँमा खस्नै दिइनन्, सच्याइन्, …सयौं होइन, हजारौं वर्षदेखि।' दर्शक हाँसे। उनी पनि हाँसिन्।
अर्को प्रश्न। राष्ट्रियता र युनिभर्सलाइजेसनबारे जिज्ञासामा उनले नेसनालिटीलाई नेसनसँग राखेर नबुझ्न आग्रह गरिन्। उनले भनिन्, …युनिभर्सलाइजेसनका नाममा होमोजेनाइजेसन हावी छ। यसले पश्चिमाहरूको औपनिवेशिक चाहनालाई मद्दत पुर्याइरहेको छ। तथाकथित ग्लोबलाइजेसनले हाम्रा मौलिक राष्ट्रिय र जातीय पहिचानहरू निलिरहेको छ।'
.................
एक प्राध्यापकले आरोप लगाए, …तपाईं भारतमा जन्मेहुर्केकी महिला। तर तपाईंका विचार र किताब पढ्दा युरोपियनाइज्ड भएजस्तो लाग्यो।'
…अँ म युरोपकेन्द्री भएकै हुँ। अहिलेको ज्ञानको लोकेसन युरोप नै छ त म के गरुँ?' अचम्म! उनले त सहर्ष सकारिन्। थपिन्, …खासमा तिमी पनि युरोपियनाइज्ड छौ, तिमीलाई थाहा नभएको मात्रै हो।'
सुन्नेहरू छक्क परे। एकछिन शंका गर्ने अवधि छुट्ट्याइन्। त्यतिन्जेल उनले दायाँ हातमा बाँधेको घडी फुकाल्दै लगाउँदै गरिरहिन्। अनि एकैछिनपछि खुलाइन्, …मेरा सबै गुरु भारतेली थिए। म भारतलाई माया गर्छु तर यसको मतलब भारत सरकारका सबै निर्णय र काममा सही थाप्छु भन्ने होइन। भारतीय नागरिक हुनुको अर्थमा भारतको आलोचना र प्रतिवाद गर्ने नैसर्गिक हक मसँग छ।'
स्पिभाक दक्षिण एसिया, विशेषगरी भारतको साहित्य र ज्ञानको खजानालाई पश्चिमासामु प्रवर्द्धन गरिरहेकी छन्। साहित्य सिद्धान्त लेख्दा पनि भारतकै उदाहरण लेखिएका छन् उनका रचनामा। भावुक भएर बोल्नुपर्यो भने मातृभाषा बंगालीमा बोल्दिरहिछन् स्पिभाक।
..............
गुप्तोले इमेल च्याटमै नेपाली सिकाइदिए कि क्या हो, स्पिभाकले नेपाली सबाल्टर्नको आवाज अनुमान गरिन्। अरे यार, तिनी त नेपालीमै बोलिन्, …गणतन्त्र बुझ्दिनँ, भोट दिने भनेको होला।'
सबाल्टर्नबारे उनको कुरा आउन बाँकी नै थियो। …सबाल्टर्न्स आर दोज पिपल, हु अक्सेप्ट दियर ह्रेचेडनेस,' अनि भनिन्, …विद सबाल्टर्न स्माइल। एन्ड द्याट इज होरिफाइङ।'
सबाल्टर्नसँग वर्गचेतना नहुने स्पिभाकको ठहर छ। केन्या नैरोबी, युगान्डा, नाइजेरियालगायत थुप्रै देशका गाउँ घुम्न जानेगरेको अनुभव सुनाउँदै भनिन्, …सबाल्टर्नहरू उनीहरूको पोजिसनलाई सकार्छन्, विद्रोह गर्ने तिनीहरूको हुति हुँदैन। किनकि उनीहरूलाई अभिशप्त जीवनबाट बाहिर निस्केर प्रतिरोध गर्नुपर्छ, गर्न सकिन्छ भन्ने थाहै हुँदैन।'
....................
स्पिभाक वाचाल छिन्। बोलीमा हरियाली लहराउँछ। ध्वनिलाई दृश्यमा देखाउने कम्प्युटर प्रोग्राममा उनको आवाज पेस्ट गर्ने हो भने त्यो थाहा हुन्छ। अनि जहाँनेर बल पर्छ र माथिल्लो बारलाई छुन्छ, स्रोताले बुझे हुन्छ, त्यो महŒवपूर्णभन्दा पनि महŒवपूर्ण हो।
…पोस्टकोलोनियल र सबाल्टर्न स्टडिजका अगुवा भारतीय साथी रणजित गुहासँग मेरो कुरा भइबस्छ,' मनिटरको माथिल्लो बार छोलाझैं गरी पुलकित हुँदै उनले भनिन्, …मेरो कुरागराइ र कन्सिस्टेन्ट चिन्तन नगर्ने स्वभाव देखेर उनले मेरो नाम गायत्री चक्रवर्ती होइन, चक्रवात राखिदिएका छन्। घुमिरहने।'
अर्का भारतीय विद्वान रामचन्द्र गुहाको भारतीय प्रजातन्त्रलाई हेर्ने दृष्टिमा स्पिभाकले खोट देखाइन्। …रामचन्द्रहरू गलत छन्, राज्यलाई त्यसरी ग्लोरिफाई गर्नु उचित हुन्न,' उनले भनिन्, …राज्य हाम्रो राजा हुन पाउँदैन। मालिक पनि हुन पाउँदैन। राज्यले प्रजातन्त्रका नाममा मनपरी गर्न पाउँदैन, जो भारतमा भइरहेको छ। भारतले प्रजातन्त्रका नाममा कग्निटिभ क्राइम (बौद्धिक अपराध) गरिरहेको छ। उसले बुद्धिजीवीको स्वतन्त्र भूमिकालाई उपेक्षा गरेको छ।' यति भनेर उनले चक्रवातजस्तै व्याख्या घुमाइन्।
अमेरिकी विश्वविद्यालयहरूले परिभाषित गर्ने ग्लोबलाइजेसनप्रति पनि स्पिभाकको कटाक्ष थियो। मैले कोलम्बियामात्रै होइन, युनिभर्सिटी अफ आयोआ, हवाईसहित थुप्रै एकेडेमीमा पढाएँ। मैले कहीँ पनि समरूपी अमेरिकाली देखिनँ। प्रत्येक राज्यपिच्छे फरकफरक रूपरंग र सभ्यताका। ग्लोबलाइजेसनले होमोजेनाइजेसनको बाटोमा लैजान्छ। अल्पसंख्यकहरू सम्बोधित हुँदैनन्।
......................
हवाई विश्वविद्यालयमा ओसियानियाबारे पढाउन जाँदा नेपाल पनि छोएर जाने सिल्क रोडबारे थाहा पाएको उनले बताइन्। हामी त सबै ओसेनियाली रहेछौं, सबै आइल्यान्डर।' भूपरिवेष्ठित नेपालबारे उनले के भनेकी होलिन्?
आफ्नै विचार, सिद्धान्त र अडानको आइल्यान्डमा खुम्चिएर बस्न चाहने प्रवृत्तिप्रति उनको रूपकीय आलोचना थियो। ज्ञानको अवस्थिति हामीले देखेबुझेभन्दा पर पनि हुन्छ। स्पिभाकको संकेत यतातिर थियो।
उनले नेपाली साथी अरुण गुप्तोको प्रशंसा गरिन्। भनिन्, …अरुणले केही वर्षदेखि गरिरहेको अल्टरनेटिभ साउथ एसियन स्टडिज नामक प्राज्ञिक रिसर्चलाई यही धारणासँग जोड्न सकिने रहेछ। उनको अवधारणा महŒवपूर्ण छ।'
…अ बोर्डरलेस वर्ल्ड? (सीमाहीन विश्व?) बारे होटल अन्नपूर्णमा उनी बोलिन्। …सीमाहीन विश्व सम्भव छैन, हुँदैन पनि। त्यसैले निस्सिम विश्व आफैंमा युटोपियन कल्पना हो,' व्यावहारिक–मार्क्सवादी–नारीवादी–विनिर्माणवादी भनी चिनिएकी उनको कथन थियो, …पुँजीवादको कुनै सिमाना छैन किनकि पुँजीको कुनै सिमाना छैन। तर सिमाना छैन भन्दैमा अब विश्व नै सिमाहीन हुन्छ भन्ने होइन। मान्छेका लागि अस्तित्व र पहिचान कति महŒवपूर्ण छ भन्ने कुरा पुँजीवाद र ग्लोबलाइजेसनका व्याख्याताहरू बुझ्दैनन्।'
पुँजीबारे उनको टिप्पणी अन्य मार्क्सवादीभन्दा फरक देखियो। प्रायोजक डाबर नेपाललाई औंल्याउँदै उनले भनिन्, …अब यही डाबरलाई हेरौं न, तपाईं पुँजीको प्रयोग नगरी सामाजिक न्याय स्थापना गर्न सक्नुहुन्न।' विषयान्तर भयो जस्तो लागेछ क्यारे ६९ वर्षे यी प्राध्यापकलाई। थपिन्, …पुँजीवाद र समाजवादबारे प्रवचन दिन यो उपयुक्त ठाउँ होइन।'
................
अन्नपूर्णमा एक प्राध्यापकले सोधेको प्रश्नले स्पिभाकलाई हाई सेन्टिग्रेडको पारो छुटेछ क्यारे। फर्काइन्, …तिमीहरू हवाइजहाजबाट ओर्लेर देशलाई गाली गर्नेका कुरा नसुन। भुइँका मान्छेहरूबीच जाऊ। उनीहरूसँगै काम गर। अनि थाहा हुन्छ– देश भनेको के हो भनेर।' प्रश्न के थियो भन्ने रहस्यमै राखुँ।
वालस्ट्रिट मुभमेन्टप्रति सहानुभूति थियो यी सबाल्टर्न अगुवाको। अमेरिकाले तिनको आवाज सुन्दैन। त्यही आवाज नसुनिने भएकाले नै तिनीहरू सबाल्टर्न हुन्। उनले भनिन्, …त्यसका लागि नै एपिस्टेमोलोजिक भ्यानगार्ड चाहिन्छ भनेको हो।'
प्रवचन सुरु हुनुअघि अरुण गुप्तोले भने, …हामी स्पिभाकको लेखन पढेर हुर्कियौं। नेपालका विश्वविद्यालयमा पनि उनका रचना पढाइ हुन्छन्। हाम्रो पुस्ताले भेट्न पाएकी उनीप्रति नेपाली एकेडेमीहरूको उच्च आदर रहिरहनेछ।'
.................
…एकेडेमीहरूमा त छँदैछ, स्पिभाकलाई त्यसभन्दा बाहिरका सर्वसाधारणले किन सम्झने?' आयसरको कार्यक्रमपछि मैले स्पिभाकबारे पोखरा विश्वविद्यालयमा पढाएकी अध्यापक सगुन बस्नेतलाई सोधेको थिएँ।
…उनी सिद्धान्तकार, प्राध्यापकमात्रै होइनन्, जो अरू सामान्यतया हुने गर्छन्,' बस्नेतको जवाफ थियो, …उनी त आफैं एक्टिभिस्ट हुन्। अरूले आफूलाई फिलोसोफर भनी बोलाएको रुचाउन्नन्। गाउँगाउँ घुम्छिन्। यति साधारण भेषमा हिँड्छिन् कि, मानिसहरू यिनी विश्वचर्चित एसियाली महिला हुन् भन्ने छनकै पाउँदैनन्।'
स्पिभाक आफैंले पनि भारतीय दैनिक …द हिन्दु' दिएको लामो अन्तर्वार्तामा भनेकी रहिछन्, …म स्कलर होइन। म त सधैं पहिल्यै बनेको पांग्रालाई पुनर्निर्माण गर्छु। अनि आफैंलाई सान्त्वना दिन्छु कि अघिल्लो पटक निर्मित पांग्रा बनाउनु खराब काम थिएन।'
तीनदिने …इन्टेलेक्चुअल होलिडे' मा स्पिभाकले थुप्रै सहकर्मी मिस गरिन्। नारीवादी समालोचक जुडिथ बट्लर, १९८२ का नोबल विजेता रसायनशास्त्री रोल्ड होफम्यान, मार्क्सवादी टेरी इगल्टन, रनजीति गुहा, पार्थ चटर्जी आदि।
रसायनशास्त्री होफम्यानसँग गफिएको सन्दर्भ उक्काइन्, …उसको कुरै अर्को। भन्छ– तिम्रो र मेरो इन्टेलेक्चुअल ओरियन्टेसनमा भिन्नता छ। तिमी सबैलाई मान्छे देख्छौ। खै म त तिनलाई परमाणुमात्रै देख्छु।' हलमा हाँसोको लहर चल्यो। थामिन समय लाग्यो।
…थाहा छ? म अझै अविवाहित छु। बच्चा जन्माइनँ। समाजसँग लड्न गाह्रो भयो तर आमाले साथ दिनुभयो,' आयसरको छिप्पिँदो रातमा ६९ वर्षे यी …कुमारी'ले भनिन्, …मैले बिहे गरेर जोखिम मोल्न चाहिनँ, मेरा लागि यही जीवनशैली ठिक छ।'
…यु आर सो लक्की स्पिभाक,' प्रोजेक्टरको गाढा उज्यालोमा स्पिभाक नियालिरहेकी एक विवाहिता फुस्फुसाइन्, …सो सो सो फर्चुनेट!'
छेवैमा उभिएकी तिनलाई भन्ने रहर थियो, …तपाईं अभागी हुनुहुन्न म्याडम। सबै अविवाहितहरू स्पिभाक हुन सक्दैनन्।'
published on Nagarik daily. on 9 push, 2068
...............
बक्स
ज्याक डेरिडाको चर्चित किताब …अफ ग्रामाटालोजी' अनुवाद गर्नुअघि उनीबारे राम्ररी जानकारी पनि पाएकी थिइनँ। तैपनि एउटा ककटेल पार्टीमा मैले सुनेँ– युनिभर्सिटी अफ म्यासाचुसेट्सले यसलाई उल्था गर्न खोज्दैछ। त्यसपछि मैले म कुशल अनुुवादक हुँ भनी पत्र लेखेँ। जब कि मैले त्यतिन्जेलसम्म एउटा पनि अनुवाद गरेकी थिइनँ। भगवान! मैले कसरी त्यो काम गरेँहुँला किनकि मैले कहिल्यै फिलोसोफीबारे औपचारिक ज्ञान लिएकी थिइनँ।
(द हिन्दुमा छापिएको अन्तर्वार्ताबाट)
बक्स २
१ स्पिभाकले गैरपश्चिमेली महिलाका लागि साहित्य सिद्धान्त प्रतिपादन गरिन्। असाध्यै शक्तिशाली भाषामा विश्वलाई उनले सुनाएको सन्देश अब हाम्रा लागि उपलब्ध छ।
एडवर्ड सइद, …ओरियन्टालिजम' का लेखक
२ हज्जारांै बुद्धिजीवीमध्ये दस जनाको नाम लिनुपरे एउटा नाम स्पिभाकको लिन्छु किनकि उनी एक्टिभिस्ट पनि हुन्।
जुडिथ बट्लर, नारीवादी सिद्धान्तकार
३ स्पिभाक क्लिष्ट छिन्। उनले नारीवादी र उत्तरउपनिवेशी साहित्यका लागि थुप्रो काम गरेकी छन्। सुदूर भविष्यसम्म उनको योगदानको चर्चा हुनेछ।
टेरी इगल्टन, मार्क्सवादी समालोचक र बुद्धिजीवी

Very inspirational writing. However, despite having distracting hegemonic colonization at the present day context, I believe the trend of subalternization is still getting expansion, maybe in a different mode of politics, in the periphery of power.
ReplyDeleteworth reading Basanta ji Im myself a student of Mphil at TU now got lot of information about the most discussed personality, spivak in our classes as we hv a course regarding literature and resistance in south asia that mainly advocates the voices of subaltern. thank u
ReplyDeletenice
ReplyDeleteExcellent. I loved the presentation.
ReplyDeletePerfect writing!
ReplyDelete