Friday, September 28, 2012
Wednesday, September 26, 2012
पत्रिकाको चाबी लक्ष्मीकै हातमा
Photo courtesy : Nagarik/Bijaya Rai |
दुई ठूला दैनिकका सम्पादकलाई 'चाबी बुझाइसकेका' पत्रकार नारायण वाग्लेले सम्पादकहरुलाई सोधे, 'देशको चाबी त अन्तै रहेछ भनी प्रधानमन्त्री भन्दै हुनुहुन्छ, पत्रिकाको चाबी चाहिँ कोसँग हुन्छ?'
नागरिकका प्रधान सम्पादक किशोर नेपालले एक लाइन फर्काए, 'सम्पादकको हात कति बलियो छ, त्यसमा भर पर्छ।' पालो आयो कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माको। 'सम्पादकको हातमा हुन्छ, कम्तीमा सम्पादकको हैसियतमा मैले यति भन्नैपर्छ,' उनले बिस्तार गरे, 'प्रकाशकसँग पनि साझेदारी हुन्छ, संक्रमणकाल भएर होला, दलहरुमा पनि चाबी पुग्न थालेको छ।'

Tuesday, September 18, 2012
प्रतिपक्ष कहाँ छ?
दी इकोनोमिस्ट पत्रिकाले एक पटक भारतबारे लेखेको थियो, 'भारतमा अति धेरै
कानुन छन्, न्यायचाहिँ अति थोरै छ।' आफूलाई विश्व लोकतन्त्रको मसिहा ठान्ने
भारतको लोकतान्त्रिक अभ्यास कति कमजोर छ भन्ने बुझाउन गरिएको यो एक लाइन
व्याख्या निकै सटिक लाग्छ।
नेपाली कांग्रेसमा लगेर यसलाई मिसाइदिने हो भने भन्न सकिन्छ- कांग्रेसमा
लोकतन्त्रसम्बन्धी अति धेरै नारा छन्, स्वयं लोकतन्त्रचाहिँ अति थोरै छ।'
शब्दहरूको उत्सव
यो त्यति बेलाको कुरा हो जब बेलायती लेखक पिको आयर 'टाइम' म्यागजिनमा सहायक सम्पादक थिए। काठमाडौंबाट त्यति बेला निस्कने नेसन विक्लीका पत्रकार अजित बरालले पिकोको इमेल ठेगाना भेटेछन्।
विश्व साहित्य र यससम्बन्धी गतिविधिमा चासो राख्ने अजितले पिकोलाई इमेल लेख्न थाले। उनीहरूको ई–संवाद बाक्लियो। अजितले पिकोसँग इमेलमै गरेको अन्तर्वार्ता आफ्नो कृति 'इन्टरभ्यु एक्रस टाइम एन्ड स्पेस' मा छापेका छन्।
ई–संवाद लामो समयपछि अजित र पिकोबीच भारतको एउटा साहित्यिक कार्यक्रममा भेट भयो। त्यति बेला अजितको संयोजनमा साहित्यिक गतिविधिसम्बन्धी 'रिड' म्यागजिन छापिने तयारी हुँदै थियो। उनले पिकोलाई नेपाल आमन्त्रण गरे। जवाफ पाए, 'काठमाडौंमा साहित्य उत्सव गर न, आउँछु।'
यही एउटा विन्दु थियो जहाँबाट एनसेल लिटरेचर फेस्टिभलको खाका कोरिएको थियो।

Sunday, September 9, 2012
एमाले एकताका आठ महिना
आठ महिनाअघि आन्तरिक एकताको उद्घोष गरेको नेकपा (एमाले) को घरझगडा अझै साम्य हुन सकेको छैन।
लामो समयदेखि गुटउपगुटमा अल्झेको र त्यसकै कारण विभाजन भोगिसकेको एमालेले साढे तीन वर्षअघि बुटवलमा 'एकताको महाधिवेशन' गरेको थियो जहाँ नवनिर्वाचित अध्यक्ष झलनाथ खनालले पार्टीको गुटबन्दी तिनाउ नदीमा सेलाउने दाबी गरेका थिए। त्यही दिनदेखि एमाले संस्थागत गुटबन्दीको सिकार बन्यो।

Friday, September 7, 2012
सहमति गर्दैमा सगरमाथामा मोटर लैजान सकिन्छ ?
संविधान सभा पुनर्स्थापना गर्ने भन्दैछन्। तपाईंंलाई मनमनै खुसी लागिराख्या होला, होइन?
हामी संविधान सभाको निसर्त पुनर्स्थापनाको पक्षमा कहिले पनि रहेनौं।
हामी पुनर्स्थापनाको नारा लिएर गएका पनि होइनौं। तर मुख्य प्रश्न बाँकी छ-
१२ बुँदे सहमतिदेखि आजसम्मको यात्रालाई सफल बनाउने हो कि होइन? राजतन्त्र त
ढल्यो, गणतन्त्रको यो यात्रा सफल पार्ने हो कि होइन? समावेशी लोकतन्त्रका
यी उपलब्धि जोगाउने हो कि होइन? संविधान सभाले यति धेरै काम गरेको छ,
यिनलाई यत्तिकै छाडिदिने हो भने उपलब्धि संस्थागत हुन सक्दैनन्। थोरै काम
बाँकी होलान्, हामीले धेरै काम गरेका छौं।
Sunday, September 2, 2012
लाहुरे कवि
तस्बिर : विजय राई / नागरिक |
तीर्थ श्रेष्ठका पिताले पोखरा टुँडिखेल जाने बाटोमा घर बनाउँदै थिए। छेवैमा एउटी विधवा लाहुरेनीको घर थियो। सानो भुइँतले घरको आँगनमा फक्रिरहेको लाहुरे फूल। कवि तीर्थ झस्के, 'के विधवा लाहुरेनीको आँगनमा लाहुरे फूल लर्किनु संयोग थियो? वा उनकै भाग्यमाथि व्यंग्य? वा बितेका पति सम्झने रहरको फल?'
तीर्थलाई जवाफ सोध्ने हिम्मत आएन। केही महिनापछि उनको प्रश्न कविता भयो, 'लाहुरेफूल, म तिम्रो नाम फेर्न चाहन्छु।' यो ०४३ सालतिरको कुरा हो।
तीर्थलाई जवाफ सोध्ने हिम्मत आएन। केही महिनापछि उनको प्रश्न कविता भयो, 'लाहुरेफूल, म तिम्रो नाम फेर्न चाहन्छु।' यो ०४३ सालतिरको कुरा हो।
फेवातालमा एक गफी
ब्यारीलाई मैले फेवाताल किनारमा भेटेको हुँ। ऊ दुई साथीहरूसँग बिहान छ नबज्दै बियर दन्काइरहेको थियो।
आइतबार बिहान पोखरामा कुहिरो थिएन। आकाश सफा देखिन्थ्यो। पोखरा पारिका गाउँ, स्तुपा सबै छर्लंग देखिन्थे। माछापुच्छ्रे हिमालको फेद अलिअलि छेलिएजस्तो देखिन्थ्यो। माछापुच्छे्रकै भाग हो झैं लाग्ने गरी कुहिरो हिमालमा मिल्न गयो।
कानमा आइपडको ठेंडी घुसारेको छ ब्यारीले। उसका साथीहरू आराम बेन्चमा बसिरहेका छन्। ऊचाहिँ पक्की गोरेटोमा गुनगुन गर्दै झुमिरहेको।
Subscribe to:
Posts (Atom)