जय नेपाल बन्द
नेकपा–माओवादीसहित पाँच दल मिलेर बुधबार नेपाल बन्द गरे। भोलिपल्टै मधेसी जनअधिकार फोरम नेपाललगायत पाँच दलले 'हामी पनि छौं है' भन्ने हिसाबकिताबले अलिअलि नेपाल बन्द गरे।
जुनसुकै दल, धर्म, वर्ण, रंग र लिंगका भए पनि बन्दकर्ताले सर्वसाधारणको भेट्ने भनेको गाली नै हो। एक मित्र बन्दकर्तालाई उडाउँदै थिए, 'म नेपालमै छु भन्ने बल्ल महसुस भयो।'
बन्दकर्तालाई गाली गर्नेहरूले पनि पुनर्विचार गर्ने बेला भने आएकै छ। बन्दले ९५ प्रतिशत सास्ती दिए पनि पाँच प्रतिशत फाइदा गर्छ। सकारात्मक सोच्न सिकाउनेहरू कहाँ गए भन्या!
बन्द शहरको खुला सडकमा हात हल्लाउँदै हिँड्नुको मजै अर्को। फुटबल र क्रिकेट खेलिरहेका बच्चाको प्रहारबाट टाउको जोगाउन सकियो भने अरुबाट 'प्रोब्लम' छैन। हिँड्दा यताउति नियाल्नुभयो भने वर्षौं नभेटेका साथीहरू उसैगरि हावामा हात हल्लाइरहेका भेटिन्छन्। दुःखसुखका कुरा गर्ने मेलो बन्दले दिएन त? उसमाथि बन्दको दिन अफिसतिर हिँडाएर वैद्यले निःशुल्क आयुर्वेदिक उपचार पनि गरिदिए, शारीरिक व्यायाममार्फत्। उनलाई पनि साधुवाद। अशक्त, रोगीहरू हिँडेरै अस्पताल पुगे। उनीहरूले दुःख पाए त के भयो! त्यति पनि नभएको बन्द के बन्द?
बरु दोस्रो दिनका बन्दकर्ताप्रति पंक्तिकारको असन्तुष्टि छ। सडकमा यतिविधि गाडी कुदिरहेथे, बाटो काट्नै मुस्किल। यो त बन्दकै बेइज्जती भयो। त्यसमाथि हुँदै नभएका प्रधानमन्त्री खिलराज रेग्मीको अहिल्यै राजीनामा माग्न बन्द गर्नु पनि के गर्नु, कसो उपेन्द्र यादवज्यू? मानिसहरू त भन्दैछन्, वैद्यले रोगको जरो कहाँ छ, डाइग्नोसिस गर्नै सकेनन्। कसो वैद्य बा?
भाकपा (फ्युजनवादी)?
तस्बिर आफैं बोल्छ। दुई साताअघि कोलकाता जाँदा शरत बोस रोडमा पंक्तिकारले गज्जबको दृश्य देख्यो। तस्बिरमा के छ – भत्किन लागेको छाप्रो छ। सँगै 'ओम' लेखिएको मन्दिर जोडिएको छ। फोहोर सडकको छेउमा निम्न वर्गका महिला लुगा धोइरहेछन्। छाप्रो र मन्दिर दुवैलाई जोडेको छ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को साइनबोर्डले।

Photo: Basanta |
काठमाडौं पो मोफसल!
रिडर्स झापाले सुदूर पूर्वको काँकरभिट्टा शहरमा आइतबारदेखि 'कला साहित्य उत्सव' आयोजना गर्दैछ। तीन दिने यो साहित्य मेलामा नेपाल र भारतका थुप्रै लेखक, साहित्यानुरागी र बुद्धिजीवी सहभागी हुँदैछन्। राजधानीदेखि धेरै टाढा यति ठूलो खर्च र तामझामका साथ साहित्य उत्सव हुन लागेको यो पहिलो घटना हो। त्यसैले झापाली तामझामको चर्चालेे राजधानी गर्मिनु स्वभाविकै हो।
शनिबार यस्तै भयो। कवि भूपिनको पहिलो निबन्धकृति 'चौबिस रिल' विमोचन समारोहमा भेटिएका लेखकहरू झापाली उत्सवकै चर्चा गरिरहेथे। लाग्थ्यो, नेपाली साहित्यमा अहिले दुईथरी लेखक छन्। एक, झापा जाने। दुई, झापा नजाने।
बिरलाकोटी गद्यका खेलाडी कुमार नगरकोटीले भने एकलाइन प्रतिक्रिया दिए। उनलाई सोधिएको थियो, 'तपाईं पनि झापा जाँदै हुनुहुन्छ?'
उनले फर्काए, 'बोलाएको भए न जान पाउनु, अब त काठमाडौं पो मोफसल भइसक्यो।'
पंक्तिकारले सुरुमा त एकछिन गम खायो। तै पनि नगरकोटीले भनेको! पक्कै ठूलै कुरो होला भनेर चित्त बुझायो।
अन्त्यमा,
प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार त्रिभुवन विश्वविद्यालयको गान्धी भवनअघिल्तिर उभिएर भाषण गरे। पञ्चायतकालका दिनहरू स्मरण गर्दै उनले राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डललाई 'मण्डले' भनी होच्याए। नयाँ नेपाल बनाउन हिँडेका प्रधानमन्त्रीले त्यस्तो सम्बोधन गरेको उति कर्णप्रिय सुनिएन। प्रधानमन्त्री भनेका प्रधानमन्त्री हुन्। उनी सबैका हुन्, प्रतिपक्षी विचार राख्ने जनताका पनि।
फरक विचार बोकेकै आधारमा कसैलाई मण्डले, प्रतिक्रियावादी भनेर सरकारले नै सम्बोधन गरिदिने हो भने हिजो रक्तपातपूर्ण संघर्षमा हिँडेको माओवादीलाई कसैले आतंककारी भन्दियो भने के गर्ने नि? अनि हिजोको वाइसिएलले त्यो बेलाको 'मण्डले' बिर्साउने गरी गरेको गतिविधिलाई कसैले छलफलको विषय बनाउन चाह्यो भने माओवादी मित्रहरूले सहजै पचाउलान्?
हाम्रो लोकतन्त्रले संस्कार पाउन बाँकी छ। त्यो कुरो हाम्रा नेताहरूको भाषामा पनि झल्किन्छ। कसो प्रधानमन्त्रीज्यू!
नागरिकमा २०६९ फागुन २६ गते शनिबार प्रकाशित
No comments:
Post a Comment