एक पाकिस्तानी कथाको सार यस्तो छ : खस्रो दाह्री भएको एक शासक हजामकहाँ जान्छ। हजामलाई उसका कडा दाह्री काट्न सधैं हम्मे पर्छ। एकदिन दाह्री काट्दा काट्दै हजामले सोध्छ, 'जनाब, इलेक्सन कब होगा?' (महाशय, चुनाव कहिले हुन्छ?' चुनाव शब्द सुन्नेबित्तिकै शासकको गालाका रौं ठाडा हुन्छन्। हजामलाई दाह्री काट्न सजिलो हुन्छ।
यो देशको शासन हाँकिरहेका शासकहरूको दाह्री कस्तो प्रकारको छ, पंक्तिकार अनभिज्ञ छ। तर जे गर्न कुर्सीमा गएका हुन्, त्यही गर्न अनिच्छापूर्ण अन्योल जारी राखेपछि उनीहरूलाई एकपल्ट माथिको कथाको हजामलेझैं सोध्नुपर्ने भएको छ, 'जनाब, इलेक्सन कब होगा?'
राष्ट्रपति रामवरण यादवका सुपुत्र तथा कांग्रेस नेता चन्द्रमोहन यादव र धनुषास्थित उनकै क्षेत्रबाट उठ्ने तयारी गरिरहेका त्यसै क्षेत्रका पूर्वसभासद् तथा एमाले नेता रघुवीर महासेठले आफ्नो विजयको सुनिश्चितताका लागि ढालेका खसीबारे सुनेपछि जोकोहीले भन्न सक्छ, अब यो देशमा छिट्टै चुनाव हुन्छ।
तर, सँगै चुनाव प्रचार गर्दै गाउँ पस्नेका खुट्टा भाँचिदिने कमरेड मोहन वैद्यको चेतावनी, त्यसमाथि अरुणपूर्वका नौ जिल्ला लिम्बुवान नबनाए चुनाव बिथोल्ने संघीय समाजवादी पार्टी, लिम्बुवानसम्बद्ध दलहरूको कुरा सुन्दा लाग्छ– यो देशमा चुनाव हुन गाह्रै छ। प्रमुख निर्वाचन आयुक्त बन्नुअघि नीलकण्ठ उप्रेती भन्थे, 'म असार टेकाउने पक्षमा छैन। जेठ मसान्तभित्र चुनाव गराउँछु।' उनै उप्रेतीलाई कुर्सी सम्हालिसकेपछि के लाग्यो कुन्नि! अथवा चुनावका सारथिहरूको लय बुझेर भनेका हुन् कि! आयुक्त बहाली हुनेबित्तिकै उनको बोली फेरिएको छ, 'जेठमा सम्भव नै छैन, असार त्यति उपयुक्त समय होइन, मंसिरमा गरौं, नभए फागुन–चैत।' उप्रेती महाशयलाई पनि ठ्याक्कै थाहा छैन, चुनाव कहिले हुन्छ।यो देशको शासन हाँकिरहेका शासकहरूको दाह्री कस्तो प्रकारको छ, पंक्तिकार अनभिज्ञ छ। तर जे गर्न कुर्सीमा गएका हुन्, त्यही गर्न अनिच्छापूर्ण अन्योल जारी राखेपछि उनीहरूलाई एकपल्ट माथिको कथाको हजामलेझैं सोध्नुपर्ने भएको छ, 'जनाब, इलेक्सन कब होगा?'
राष्ट्रपति रामवरण यादवका सुपुत्र तथा कांग्रेस नेता चन्द्रमोहन यादव र धनुषास्थित उनकै क्षेत्रबाट उठ्ने तयारी गरिरहेका त्यसै क्षेत्रका पूर्वसभासद् तथा एमाले नेता रघुवीर महासेठले आफ्नो विजयको सुनिश्चितताका लागि ढालेका खसीबारे सुनेपछि जोकोहीले भन्न सक्छ, अब यो देशमा छिट्टै चुनाव हुन्छ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानसभा विघटन (कसैले अवसान भन्छन्) भएको भोलिपल्ट, अर्थात् गत जेठ १५ गते पत्रकार सम्मेलन आयोजना गरेर भनेका थिए, 'हामीले दुई तिहाई मत नल्याई संविधान नबन्ने देखियो। अब दुई तिहाई दिनूस्।' तिनै प्रचण्डले तत्कालीन उपाध्यक्ष मोहन वैद्य किरणप्रति लक्षित गर्दै त्यही दिन भनेका थिए, 'किरणजी पार्टीमै हुनुहुन्छ, पार्टी सरकारमा छ, त्यसैले किरणजी पनि सरकारमै हुनुहुन्छ।' यो बीचमा बागमतीमा धेरै लेदोमय पानी बगिसकेको छ। किरण पार्टीमा छैनन्, पार्टी पनि सरकारमा छैन। एमाओवादीको नाममात्रै एकीकृत छ। पार्टी एकीकृत छैन। अझ भएको पार्टी पनि एकमना छैन। दर्जनौं गुट (एमाओवादीहरू त्यसलाई विचारसमूह भन्छन् क्यारे!) र स्वार्थ समूहमा जेलिएका नेताकार्यकर्ताहरूमा अघिल्लो चुनाव कालमा झैं लडाकु स्पिरिट बाँकी छैन। त्यस माथि पद मिलाउने नाममा लोभीपापीहरूको समेत मन मिलाउन अध्यक्ष प्रचण्ड अग्रसर भएका छन्। केन्द्रीय सदस्य हुनुको ओज र गरिमा केही बाँकी नरहने गरी उनले बाटोमा हिँड्दै गरेको जो कोहीलाई पनि केन्द्रीय सदस्य बनाइदिएका छन्। परिणाम, एमाओवादी पार्टीभित्र थप फुट्ने भय स्थगित गर्न खोजिएको छ। दुई तिहाई माग्दै हिँडेका प्रचण्डको साइज यसरी खुम्चिएको छ कि, उनी झिनोमसिनो बहुमतका लागि एउटा घोषणापत्र बनाएर मोर्चाबन्दी गर्न 'संघीय गणतान्त्रिक मोर्चा' गुहारिरहेका छन्। बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण गर्न चारबुँदे समझदारीमा हस्ताक्षर गरेका मधेशवादी दलहरू भने एउटै घोषणापत्र बनाएर प्रचण्डपथको यात्रा गर्न इच्छुक देखिँदैनन्। प्रश्न उठ्छ, आफूअनुकुल परिस्थिति निर्माण नभए चुनावमा जान तयार नहुने प्रचण्डको मनोविज्ञान चुनाव गराउन तयार होला? त्यसैले महाशय, चुनाव कहिले होला?
अरु दलको ताल पनि धेरै फरक छैन। कांग्रेस उपाध्यक्ष रामचन्द्र पौडेलले कांग्रेसले चुनावमा बहुमत ल्याएमात्रै संविधान बन्ने ठोकुवा गरिसकेका छन्। मानौं, संविधान बनाउन बहुमत चाहिन्छ। मानौं, कांग्रेसले बहुमत नल्याएकाले संविधान नबनेको हो। एमालेको चुनाव तयारी पनि रहरलाग्दो छ। अघिल्लोपटक तेस्रो साइजमा खुम्चिएको उक्त दलको चुनावी तामझाम होमवर्क बुझाउने असल नानीको जस्तो भएको टिप्पणी एक बुद्धिजीवीले गरेका थिए। एमाओवादीमा गएको पहिरोले थोरबहुत एमालेलाई पनि बगाएको छ। सूर्य ध्वजामुनि बस्ने एमालेहरू चुनावमा जान इच्छुक, जाने एमालेहरू भने अनिच्छुक देखिन्छन्। प्रश्न अझै ज्यूँ का त्यूँ छ– यही अवस्था कायम रहे चुनाव कसरी होला, कहिले होला?
लोकतन्त्रका अवयवहरू जीवित राख्न चुनाव चाहिन्छ। त्यही चुनाव गर्छु भनेर बाबुराम सरकारले संकल्प प्रदर्शन गर्यो तर कार्यान्वयन गरेन। सत्ताले दिने सबथोक गुमाएर चुनावमा जाने रहर त्यसका बाहकलाई हुने कुरै भएन। आज कारिन्दाहरूलाई कार्यकारी बनाएर आफूलाई नेपथ्यमा राखेको एमाओवादी र सोही निर्णयमा लाहाछाप लगाउने तत्कालीन विपक्षीहरूले आफूलाई सोध्नुपर्ने भएको छ– प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भनेझैं असारमा चुनाव भएन भने के गर्ने? कसलाई गुहार्ने? मंसिर वा फागुनसम्म पर्खिदा राष्ट्रिय राजनीतिको बागडोर आफ्नै हातमा हुन्छ भन्ने ग्यारेन्टी के छ? राजनीतिको 'चाबी' दलीय नियन्त्रणभन्दा बाहिर गएको दिन आजको चुनावी डिस्कोर्स के हुन्छ? त्यस बेला कसले चुनाव गराउँछ, वा गराउँदैन? हुनै लाग्यो, भइहाल्छ भनिएको चुनाव फेरि नबन्ने संविधानको अस्तिको संविधानसभाझैं अनन्तकालसम्म तन्किएर कथाको शासकका जस्तै हाम्रा वास्तविक शासकका दाह्री उठ्न के बेर! तै पनि नसोधी भएकै छैन, 'महाशयहरू चुनाव कहिले हुन्छ?' शासनसत्ता सम्हालेका गुरुजी र नेपथ्यका सहायक चालकहरूलाई प्रश्न सोध्नका लागि सबैभन्दा उपयुक्त घडी यही हो।
Nagarik, Chait 14, 2069. Wednesday.
No comments:
Post a Comment