झापा– भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट वर्षेनि प्रभावित झापाको सीमावर्ती गाविस बाहुनडाँगीका बासिन्दा चैनले बस्न, निदाउन पाउँदैनन्। स्कुले बालबालिका ध्यानले पढ्न पाउँदैनन्। कुन बेला हात्ती आएर ज्यान लिने हो, उनीहरूलाई डर भइरहन्छ।
हात्ती आतंकले ग्रस्त बाहुनडाँगीमा आइतबार राति नौ बजेसम्म काठमाडौंबाट आएका लेखक पत्रकारहरू जम्मा भएर गाउँलेका पीडामा मलम लगाए। सान्त्वना दिए, दुःखी भए। स्थानीयहरूले पीडा सुनाएर हलुंगो महसुुस गरे। त्यसपछि सुरु भयो रमाइलो।
त्यहाँ थिए– खगेन्द्र संग्रौला, नारायण ढकाल, राजव, नयनराज पाण्डे, बुद्धिसागर, युग पाठक, मनु मन्जिल, भूपिन, ब्रजेशलगायत लेखक। त्यसैगरी थिए– नारायण वाग्ले, केदार शर्मालगायत मूलधारका पत्रकार।
सिमाना पारिपट्टि भारतमा बिजुली झलमल्ल थियो। वारिपट्टि एउटै बत्ती बलेको थिएन। बदलामा जुनकीरी चम्किएका थिए। मेची नदी किनारमा जम्मा भएका लेखक–पत्रकारलाई प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीकै कारण अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेको, लाखौंको धनमाल क्षति भएको सामूहिक पीडा कहे। 'सरकारले पर्याप्त सहयोग नगर्दा हामी हात्तीको त्रासमा हरक्षण बाँचिरहन्छौं,' उनले भने।
हात्तीमैत्री समाज निर्माण गर्ने प्रयत्नमा छ बाहुनडाँगी। हात्तीलाई नचलाए यसले दुःख नदिने भन्दै 'हात्ती–पर्यटन' प्रवर्द्धन गर्दैछ यो गाविस। विश्व वन्यजन्तु कोष र फ्लोरिडा विश्वविद्यालयको सहयोगमा ठाउँठाउँमा हात्ती हेर्न र जोगिन वाचपोस्ट बनाएका छन् बाहुनडाँगीवासीले।
तिनै वाचपोस्टमध्ये एकको फेदमा बसेर पत्रकार नारायण वाग्लेले छेवैमा उभिएका मनु मन्जिलको कविता संग्रह 'ल्याम्पपोस्टबाट खसिरहेको जून' सम्झँदै हँसाए, 'यहाँबाट फर्केपछि मनुले किताब लेखेका भए त्यसको शीर्षक'वाचपोस्टबाट खसिरहेको हात्ती' हुने थियो ।'
लेखक बुद्धिसागरले थपे, 'अनि तपाइंको मयुर टाइम्सचाहिँ 'हात्ती टाइम्स' हुने थियो, शैलेन्द्र साकारको 'सर्पहरू गीत सुन्दैनन्' चाहिँ 'हात्तीहरू गीत सुन्दैनन्।'
त्यसपछि त माहोल नै हात्तीमय भयो। भीडमा कवि स्वप्निल स्मृतिले पाका लेखक खगेन्द्र संग्रौलालाई हेर्दै थपे, 'उहाँको 'जुनकिरीको संगीत' चाहिँ 'हात्तीको संगीत' हुने थियो, अनि नारायण ढकालको 'शोकमग्न यात्री' चाहिँ 'शोकमग्न हात्ती' हुने थियो। हात्ती पीडाबाट एकछिन सुस्ताएका बाहुनडाँगीवासीचाहिँ ढकाल र संग्रौलालाई हेर्दै हाँस्न थाले।
बुद्धिसागरले थपे, 'ईश्वरवल्लभको 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्' चाहिँ 'हात्तीका सँढहरू हुन्, हात्तीका सुँढहरू होइनन्' हुने थियो।' अब हाँस्नलाई के चाहियो! आफ्नो किताबको नाम नआएकामा केही लेखकहरू भने रिसाएर 'हात्ती' भएका थिए।
भोलिपल्ट सोमबार राति उसैगरी कवि र पत्रकारहरू जम्मा भए। कविताको अनन्त ओइरो लाग्न थालेपछि मनु मन्जिलले कटाक्ष गरे, 'यहाँ आएर दुःख दिने हात्तीहरूलाई मोहन कोइरालाको कविता 'फर्सीको जरा' सुनाइदिने हो भने वाक्कदिक्क भएर कहिल्यै आउँथेनन् होला।'
भिडमा कसैले प्वाक्क बोल्यो, 'अनि के ती हात्तीहरू अहिलेसम्म मनु मन्जिलकै कविता सुनेर आउन पल्किएका होलान् त?' अरु सहभागीसँगै मनु पनि गलल्ल हाँसे। अनि चित्त अशान्त भए पनि उनी एकछिनलाई शान्त भए।
एक सहभागीले फेरि हँसाए, 'आज राति सुनाएका कविता र भाषण सुनेर हात्तीले पनि उखान बदल्छ होला– लेखक आयो, लेखक आयो, फुस्सा।'
Nagarik, Collage. 2069 Chait 3, Saturday.

No comments:
Post a Comment