स्थान : नगरकोट हिलसाइड भिलेज रिसोर्ट। समय : मंगलबार साँझ सात बजे। हामी १२३ नम्बरको कोठा आइपुगेका छौँ। युग यस कोठामा बसेर दोस्रो उपन्यासलाई आखिरी स्पर्श दिइरहेका छन्। काठमाडौँबाट युग चढेको मोटरसाइकल पछ्याउँदै पत्रकार जनकराज सापकोटासँग म नगरकोट हुइँकिएको हुँ। युगलाई हामीले लखेटिरहेको थाहा भयो कि भएन होला!
Wednesday, August 29, 2012
नगरकोटमा उपन्यासकार युग
स्थान : नगरकोट हिलसाइड भिलेज रिसोर्ट। समय : मंगलबार साँझ सात बजे। हामी १२३ नम्बरको कोठा आइपुगेका छौँ। युग यस कोठामा बसेर दोस्रो उपन्यासलाई आखिरी स्पर्श दिइरहेका छन्। काठमाडौँबाट युग चढेको मोटरसाइकल पछ्याउँदै पत्रकार जनकराज सापकोटासँग म नगरकोट हुइँकिएको हुँ। युगलाई हामीले लखेटिरहेको थाहा भयो कि भएन होला!
बुद्धिसागरले नागरिक छाडेको साँझ
नागरिक छाडेको रात २०६९ भदौ १२ गते राति बुद्धिसागर |
धेरै लेखकहरु लेख्छन्। तर सपना देख्ने लेखकचाहिँ थोरै हुन्छन्। Buddhi Sagar सपना देख्ने लेखक हुन्।उनले हिजो नागरिकको जागिर छाडे। कुनै तनाव, दुःख र
कुन्ठा थिएन उनमा। बरु सपना थियो – लेखक हुने सपना। कसैकसैले त जागिर
छाडेको खबर पनि कत्तिका लागि इर्ष्याको विषय हुँदो रहेछ।
Friday, August 17, 2012
फेसबुकमा बा को फोटो
बा को मुख हेर्ने दिन आज धेरैका बा को फोटो फेसबुकमा देखियो। आज फोटो पोस्ट गर्नेका छोराछोरीले अबको ३० वर्षपछि यसैगरी फेसबुकका भित्तामा आफ्ना बाको फोटो टाँस्नेछन्। तपाइंलाई ३० वर्षअघि नै मेरो बधाइ। तपाईं महिला हो भने बुझ्नुस्, आज बा को फोटो राख्नेमध्ये कुनै न कुनै तपाईंको पति हो। तपाईंलाई पनि बधाइ।
घुम्ने मेचमाथि अशोक राई
२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका एमाले उपाध्यक्ष अशोक राई अनुशासित नेता मानिन्छन्। अहिले उनै राईलाई पार्टी 'अनुशासन उल्लंघन गरेको' भनी बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको चर्चा गर्माइरहेको छ र सँगै उनले नेतृत्व गर्ने भनिएको नयाँ दलको पनि। राजधानीको बुद्धनगरस्थित स्वप्नवाटिका विद्यालयमा बिहीबार दिउसो भेटिएका अन्तर्मुखी स्वभावका राईमा बाह्य चर्चाको असर देखिन्नथ्यो। उनी उस्तै शान्त, धीर र संयम भेटिए। समसामयिक राजनीति र पार्टी गठनको भावी योजनाबारे नागरिकका बसन्त बस्नेतले राईसँग गरेको कुराकानी :
डा. गोविन्द केसीको अभियानलाई ऐक्यबद्धता
यो सरकार बन्दुकको छायामा उभिएर बनेको हो। यसले बन्दुकको भाषामात्रै बुझ्छ, सत्याग्रहको होइन। हामीसँग बन्दुक छैन। बन्दुक हाम्रो अभीष्ट पनि होइन। तै पनि गीत छ नि, 'साथमा केही नहुनेहरु आवाज लिएर उठ।' डा. गोविन्द केसीको अभियानलाई ऐक्यबद्धता।
Monday, August 13, 2012
रिटायर्ड ओलीको क्यारमबोर्ड
नेकपा एमालेका 'प्रभावशाली' नेता केपी शर्मा ओलीलाई क्यारमबोर्ड खेल असाध्यै मन पर्छ। बालकोटस्थित आफ्नो निवासमा भेट्न आएका कार्यकर्ता, पत्रकार, शुभचिन्तकलाई घन्टौं बाहिर कुराएर भए पनि उनी क्यारमबोर्ड खेलिरहन्छन्। राजनीतिको मैदानमा दिन प्रतिदिन असान्दर्भिक बन्दै गएपछि क्यारमबोर्डमा व्यस्त रहनु अस्वाभाविक होइन। बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनका भाषामा यसरी चिल्याक्स (रिल्याक्स होइन) गर्नु समय कटनीको उपयुक्त मेलो हो। ओली आफैंलाई चाहिँ थाहा छ कि छैन कुन्नि – हिजोआज उनले हानेका राजनीतिक गोटी क्यारमबोर्ड भित्र हैन बाहिर गइरहेका छन्।
Sunday, August 5, 2012
यातनाशिविरमा एक साँझ
सांगीतिक समूह 'आरम्भ' ले इलाममा पाँच वर्षअघि गणेश रसिकको एकल कन्सर्ट आयोजना गरेको थियो। चौथो गीत गाइसकेपछि रसिक बोले– 'अब सुन्नुहोस्, यातना नम्बर पाँच।'
आफ्ना प्रिय साँस्कृतिक अभिभावकलाई एकाग्र भएर सुनिरहेका दर्शकहरू रौसे रसिकको आफैँप्रति क्रूर व्यंग्य सुनेर गलल्ल हाँसे। इलाम जिविस हल गुन्जियो–
धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन
तिमीलाई दिएको मेरो माया।
आफ्ना प्रिय साँस्कृतिक अभिभावकलाई एकाग्र भएर सुनिरहेका दर्शकहरू रौसे रसिकको आफैँप्रति क्रूर व्यंग्य सुनेर गलल्ल हाँसे। इलाम जिविस हल गुन्जियो–
धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन
तिमीलाई दिएको मेरो माया।
Friday, August 3, 2012
"आइ एम ड्यास माओवादी"
वैद्यपक्षीय नेता सुरेश आले मगरले एक कार्यक्रममा आफ्नो परिचय दिँदै आफू
नेकपा–माओवादीको नेता भएको बताए। कांग्रेस नेता रोमी गौचनले जिस्क्याए–
"ड्यास माओवादी कि अर्को माओवादी?" त्यसपछि आलेले सिटबाट उठेर ठूलो स्वरमा
जवाफ फर्काए, "यस, आइ एम ड्यास माओवादी, नट द क्यास माओवादी।"
पम्फा भुसालको मोबाइल नम्बर
तीन दिनयता पम्फा भुसालको मोबाइल नम्बर पालैपालो मसँग मागेकोमाग्यै छन्–
नागरिक, रिपब्लिका र शुक्रवारका पत्रकार साथीहरु। क्यास माओवादीभन्दा ड्यास
माओवादी चर्चित छ कि क्या हो! कि पम्फामात्रै चर्चित हो !
घुम्ने मेचमाथि कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापा विगत ६ बर्षयता आफनो पार्टीमात्रै
वैचारिक हिसावले प्रतिपक्षमा रहेको बताउनुहुन्छ। कांग्रेस, एमाले,
माओवादीबीच दलगत स्वार्थका कारण मात्रै विवाद भएको तर सदावहार हिसाबले
राजनीतिको संस्थापन भएको थापाको जिकीर छ। यो संस्थापन असफल भएकाले जनताले
विकल्प खोजेको बताउने थापासँग कुराकानी :
तपाईंहरुलाई अरुले दक्षिणपन्थी, पुनरुत्थानवादी, प्रतिक्रियावादी भन्दा कस्तो लाग्छ?
अब त पचिसक्या छ। विद्यार्थी जीवनदेखि विभिन्न आरोपहरुकै पृष्ठभूमिमा
राजनीतिक यात्रा सुरु भयो। त्यसैले खासै नौलो र असहज लाग्दैन। ०६२/०६३ पछि त
हामी 'एन्टिकरेन्ट' हिडिराखेका छौं। मूलधारका व्यक्तिहरुले आफ्नो धारको
औचित्य प्रमाणित गर्न अर्को धारलाई आरोप लगाउनु स्वाभाविकै हो।
तपाईंहरुलाई अरुले दक्षिणपन्थी, पुनरुत्थानवादी, प्रतिक्रियावादी भन्दा कस्तो लाग्छ?
photo : Bhaswor ojha/Nagarik |
Subscribe to:
Posts (Atom)