Wednesday, August 29, 2012

बुद्धिसागरले नागरिक छाडेको साँझ

नागरिक छाडेको रात २०६९ भदौ १२  गते राति बुद्धिसागर
धेरै लेखकहरु लेख्छन्। तर सपना देख्ने लेखकचाहिँ थोरै हुन्छन्। Buddhi Sagar सपना देख्ने लेखक हुन्।उनले हिजो नागरिकको जागिर छाडे। कुनै तनाव, दुःख र कुन्ठा थिएन उनमा। बरु सपना थियो – लेखक हुने सपना। कसैकसैले त जागिर छाडेको खबर पनि कत्तिका लागि इर्ष्याको विषय हुँदो रहेछ।
 उनीसँग म हिजो राति अढाइ बजेसम्म दरबारमार्ग चहारिरहें। उनीसँग यति धेरै योजना रहेछन् कि, जागिर खाने फुर्सद नै छैन जस्तो। एक मान्छेका रुपमा उनका पनि अवगुण होलान्। स्वनामधन्य लेखकहरुले बुद्धिसागरबाट यो 'गुण' चाहिँ किन नसिक्ने!

बुद्धिसागरको लेखन फुटबलको छोटो पासजस्तो लाग्छ। पास हान्दाहान्दै अघि पोस्टमा छिराइहाल्ने। उनी निरन्तर गोल गरिरहून् – शुभकामना।

No comments:

Post a Comment