Photo : Bijay Gajmer/Nagarik |
महाराजगन्जको अपार्टमेन्टमा एक्लै छिन् लेखक मञ्जुश्री थापा। क्यानडा उड्न ठिक्क परेकी।
क्यानडामा उनको के छ?
के छ होइन, को छ?
क्यानडामा छन् डेनियल ल्याक। अर्थात् मञ्जुश्रीका मायालु। नत्र उनी कहिले अमेरिका, कहिले नेपाल बसिरहेकी हुन्थिन् - पुराना वर्षहरूमा झैं।
'म मेरो प्रेमका लागि क्यानडा बसिरहेकी छु,' आइतबार बिहान टोरन्टो उड्नुअघि मञ्जुश्रीले मनको कुरा कहिन्। हामी (लगभग मेरै उमेरको फोटोपत्रकार विजय र म) कुत्कुतियौं।
'ल, किन हाँस्न खोज्या?'
'सकसक लागेर।'
'कुनै पनि नेपाली पुरुषभन्दा बढ्ता स्वतन्त्रता मैले पाएँ,' छ अंग्रेजी पुस्तककी लेखक बोलिन्, 'घरिघरि अत्यास लागेर आउँछ, मेरो जिन्दगी नै कम्प्युटरअगाडि बसेर बित्न लाग्यो कि भनेर।'
...
'अल् अफ् अस् इन् आवर अउन् लाइभ्स्।'
यो मञ्जुश्रीको सातौं किताब हो। चौथो उपन्यास।
किताब लेख्न तीन महिनाका लागि टोरन्टो छाडिन् उनले। गइन् आर्क्टिक वृत्तनजिक युकोनको ग्रामीण बस्तीमा। राइटर्स ट्रस्ट अफ क्यानडाले दोहोरो प्लेन टिकट, आवास र खाना खर्च बेहोरिदियो।
'नेपाली लेखक धन्न टिकेका छन्, आफ्नै खर्चमा चल्नुपर्छ,' उनी तुलना गर्छिन्, 'उपन्यास लेख्न कम्तीमा छ महिना लाग्छ, त्यतिन्जेल परिवार कसरी चलाउने भन्ने चिन्ता उनीहरूमा हुन्छ।' राज्य, प्रकाशक र निजी संस्थाले लेखकका लागि विदेशमा झैं अनुदान दिन थाल्नुपर्ने उनको राय छ।
'पुरस्कारप्रति निष्पृह' यी लेखकको मान्यता छ - 'पुरस्कार भनेको झटारो हो, लाग्यो भने लागिहाल्यो, नत्र लागेन।' अनुदानले जीविका चलाउन नपुगे पनि लेखक कमसेकम घाटामा जाँदैन। भन्छिन्, 'राइटिङ रेजिडेन्सीका लागि प्रपोजल दिने अभ्यास थाल्नुपर्छ, पुरस्कारभन्दा यो प्रभावकारी हुन्छ।'
'तपाईंको उपन्यास कहिले आउँछ?'
'छ महिनाभित्र दिनसकें भने अर्को वर्ष पुसभित्र आइसक्छ।'

मञ्जुश्रीले केसाङ छेतेन (अहिलेका फिल्म निर्देशक) लगायत साथी भेटिन्। लेखक हुने सपनाले पखेटा हाल्यो।
फोटोग्राफी र भिजुअल आर्ट पढिन् उनले। यसले कसरी जीविका हुन्छ भन्ने
थाहा थिएन। एनजिओमा काम गरिन्। केसाङ र एक विदेशीसँग बाक्लो संगत हुन्थ्यो।
लेखनको कुरा हुन्थ्यो। त्यसपछि उनलाई त्यसको औपचारिक शिक्षा लिन मन
लाग्यो। क्रिएटिभ राइटिङ् पढ्न युनिभर्सिटी अफ् वासिङ्टन गइन्।
मञ्जुश्री आफूलाई जन्मजात प्रतिभा ठान्दिनन्।
लेखन सुरुमा कमजोर थियो। 'क्रिएटिभ राइटिङ' कक्षाले 'टेक्निक' मा जोड दिन्थ्यो। बिस्तारै कलम तिखारिँदै गयो।
पश्चिमा देशमा यहाँझैं साहित्य गोष्ठी हुँदैनन्। परिसंवाद हुने चलन छ। मञ्जुश्रीले काठमाडौंका गोष्ठी चहारेकी छन्। दुईचार गोष्ठी धाएपछि थाहा पाइन्- यहाँ समालोचनात्मक छलफल कम छ। छ त केवल आत्मरति र प्रशंसा। एकले अर्कालाई महान भन्यो, मख्ख पर्यो।
'हिजोआज सुधार आएको देख्छु,' उनले भनिन्, 'एकअर्काको आलोचना गर्ने संस्कार निर्माण हुँदैछ, लेखकका लागि यस्तो खुब फाइदाकारी हुन्छ।'
अमेरिका वा क्यानडामा किताबसँग भेट हुने, लेखकसँग नहुने। भइहाल्यो भने टक प्रोग्राम, वार्ता, कमर्सियल बुक लन्च, पब्लिक रिडिङ।
अमेरिकामा स्कुले जीवन गुजारेकी उनले केही वर्ष काठमाडौंको सेन्ट मेरिज पढिन्। अंग्रेजी आवहवाभित्र नेपाली भाषाको बानी लाग्ने कुरै भएन। कवि मञ्जुलसँग छ महिना लगाएर भाषा व्याकरण सिकिन्। नेपाली लेखकसँग कसरी संगत बढाउने? उपाय निक्लियो- नेपाली कृतिलाई अंग्रेजीमा अनुवाद गर्दिने।
भाषा सिकेपछि, लेखक चिनेपछि मञ्जुश्रीको नेपाली किताब पढ्ने मेसो सुरु भयो। सर्वाधिक प्रिय लेखक भए इन्द्रबहादुर राई। अरु पनि पढिन्। पारिजात, विश्वेश्वरप्रसाद कोइराला, खगेन्द्र संग्रौलाका कृतिले मन छोए। रमेश विकलका कथा पढेपछि प्रगतिशील शिविरको लेखन अरु हाँगाभन्दा बलियो रहेको ठहरमा पुगिन्।
मञ्जुश्रीको मेनुमा थोरै लेखक छन् - नारायण ढकाल, श्यामल, विमल निभा, मञ्जुल, राजव, गोविन्द वर्तमान। उनलाई यो समूहको लेखनशैली र विचार दुवै मन पर्यो। पछिल्ला स्वाद : नयनराज पान्डे, बुद्धिसागर, आन्विका गिरी।
मञ्जुश्रीलाई अझै खड्कन्छ- राम्रा लेखकका कृतिमा अलिअलि सम्पादन गर्न पाएको भए कस्तो हुन्थ्यो! 'किताब राम्ररी नछापिनु लेखकको गल्ती होइन, प्रकाशकले ध्यान दिनुपर्यो,' उनले भनिन्, 'पाँच-छ वर्षयता केही प्रकाशक गम्भीर छन्।'
...
शक्तिकेन्द्र र दलहरूले आफूलाई जसरी परिभाषित गरे पनि नेपालमा उदारवादी विचार शक्तिशाली छ। यसभित्र पनि दुई कित्ता छन् परम्परावादी र प्रगतिशील। कुटनीतिज्ञ पिता भेषबहादुर थापा र मञ्जुश्री यिनै कित्तामा बाँडिएका छन्।
२०६२/६३ को जनआन्दोलन चल्दाताक उनीहरू क्रमशः पहिलो र दोस्रो लाइनमा उभिए। आ-आफ्नो लाइनको पक्षमा उभिने हुँदा उनीहरूले परस्परको चित्त दुखाए। तर छोरीले चित्त दुखाएको नतीजा महँगो पर्यो। पछि उनले द न्युयोर्क टाइम्समा लेख पनि लेखिन्।
'नेपाल जोगाउनु छ भने परम्परावादी लाइनमा जानुपर्छ भन्ने बुबा सोच्नुहुन्थ्यो, मलाई प्रगतिशील कित्ता मन पर्ने,' उनले कोट्याइन्। राजा ज्ञानेन्द्रको शासन अन्त्य भएपछि एकबुँदे समझदारी भएछ- अबदेखि एकअर्काको अगाडि राजनीतिको कुरा ननिकाल्ने।
'मत बाझे पनि हामी एकअर्कालाई सहन्छौं र सघाउँछौं,' उनले ट्याक्क कुरो मिलाइन्।
...
लिटरेरी एजेन्टले (नेपालमा एजेन्ट शब्दको उति राम्रो माने लाग्दैन भन्ने उनलाई थाहा छ कि छैन, खैर साहित्यिक दलाल नबुझियोस्) लेख्नेबाहेक सबथोक गर्दिने। लेखकलाई हाइसन्चो। पहिलेकी एजेन्ट थिइन् इसावेल डिक्सन्। अहिले बु्रस वेस्टवुड। उनको कमाइको १५ प्रतिशत एजेन्टले पाउँछन्। न्युयोर्क टाइम्स र अन्य अखबारका लागि भने उनी एजेन्टको भर पर्दिनन्, किन? 'एक त मैले पत्रिकाका मान्छेहरूसँग सिधा पहुँच बनाइसकें,' त्यसपछि हँसाइन्, 'फेरि पत्रिकाको थोरै रोयल्टीसमेत एजेन्टलाई दिनथाले १५ प्रतिशत हल्का भइन्न त!'
...
मन हर्ने मुस्कान छ मञ्जुश्रीको। मेकअपमा ध्यान नजाने दाबी छ उनैको। कम्प्युटरमा आठ घन्टा दैनिक बिताउँछिन्। कम्प्युटरलाई देखाउन सिंगारिनै परेन।
'पहिलेदेखि नै हिप्पी स्वभाव हो मेरो, समाजलाई देखाउने बेलाचाहिँ साह्रै भो यो त भन्ने लाग्छ,' अलिकति स्वीकारोक्ति पनि छ, 'तर यहाँका बिहेभोजहरूमा महिलाले गर्ने शृङ्गार गर्न ममा इनर्जी छैन।'
लेखन ध्यानजस्तै हो। हिप्पी शैलीको विरोध गर्नेमा पनि हिप्पीपन कतिखेर पसिसकेको हुन्छ। लेखकहरू अव्यावहारिक हुन्छन् भन्छन्। अलिअलि पागल पनि।
'आख्यान लेख्न एकप्रकारको पागलपन चाहिन्छ, हामी किताबमा संसार बनाइरहेका हुन्छौं,' भन्छिन्, 'वास्तविक होइन त्यो, तर वास्तविक हो भनेर कमसेकम हामीले विश्वास गर्नैपर्ने हुन्छ।'
दिनरात पात्रहरूसँग डुब्दा बाह्य संसारसँगको सम्बन्ध बिगँ्रदै गएको अनुभूति हुन्छ मञ्जुश्रीलाई। ठिकै हो, सफल आख्यानकार हुनु छ भने कल्पनाकै संसारलाई प्राथमिकता दिनुपर्ने हुन्छ।
किरण देसाईंको लेखन अनुभव छ- दूरीले लेखनलाई सहयोग पुर्याउँछ। मञ्जुश्रीलाई पनि यस्तै लाग्छ। हिजोआज विदेशमै बसेर लेख्छिन् उनी। तै पनि नेपालमै बसेर लेख्न सजिलो हुन्छ उनलाई। 'यहाँ त जता हेरे पनि कथैकथा छन्,' नेपालमोह नघटेको जिकिर छँदैछ उनको, 'रिसर्च गर्न पनि यहीँ सजिलो।'
उता बसेर लेखे पनि रिसर्च गर्न उनी यही वर्ष तीनपटक नेपाल आइसकिन्। पहिलेका किताब लेख्न विभिन्न ठाउँ घुमिन्, मान्छे भेटिन्। 'तर थाहा छ, मभन्दा धेरै नेपाल बुझ्नेचाहिँ डेनियल हुन्, बिबिसीमा रिपोर्टिङ गर्ने क्रममा घुमेका।' पार्टनर डेनियल अहिले अल जजिराका रिपोर्टर छन्। मञ्जुश्री उनीसँगै क्यानडा बस्छिन्।
उनीहरूको भेट काठमाडौंमै भएको हो। डेनियल पाकिस्तान र त्यसपछि भारतबाट रिपोर्टिङ गर्थे। त्यहाँको तनाव देखेर वाक्क भई नेपाल आएका। आउनेबित्तिकै दरबार हत्याकान्ड भयो। माओवादी सशस्त्र युद्ध छँदैथियो। झन् तनावमा थिए।
पछि उनी बिबिसीकै लागि मायामी गए। लङ् डिस्ट्यान्स रिलेसनसिप धेरै वर्ष चल्यो। पछि लाग्यो, 'अब सँगै बस्नुपर्छ।' त्यसपछि उनीहरू क्यानडा गए।
'बिहे गर्ने विचार छैन?'
'बिहे नगर्न पाए हुन्थ्यो जस्तो लाग्छ।'
'ए, त्यसैले पो नगरिरहनुभएको?'
'अँ, नगरिरहेकी (हाँसो)।'
डेनियलको डिभोर्स भइसकेको छ। दुई बच्चा हुर्किसकेका छन्। मञ्जुश्रीले उनीसहित धेरैको दाम्पत्य देखेकी छन्। बिहेबारे धारणा बनाउन तिनै उदाहरणले सघाए कि! मातापिताले पनि सकारेकै छन्। आमा रिता डेनियललाई नयाँ शब्दावलीले सम्बोधन गर्दिरहिछन्- फ्रेन्ड इन् ल।
यता मलाई त्यस शब्दको अनुवाद गर्न हम्मे पर्यो - फ्रेन्ड इन् ल! लाग्छ, मञ्जुश्रीका पार्टनर डेनियल नेपाली शब्दकोशका लागि चुनौती हुन्।
अंग्रेजीमा लेख्ने नेपाली लेखकको चर्चा उल्कै छ नेपालमा। विश्वसाहित्यको मानचित्रमा चाहिँ उनीहरूको लोकेसन कहाँ छ त?
पाश्चात्य साहित्यमा अहिले पहिचानको राजनीति हाबी छ। विशेष सलमान रुस्दीपछि अंग्रेजी भाषामा आफ्नो देशको समाज संस्कृति लेख्ने ठूलो जमात छ। भारतीय लेखकहरूले गतिलै प्रभाव जमाइसके। नेपालबाट सीमित नाम अघि सर्दैछन्- सम्राट उपाध्याय, मञ्जुश्री।
साहित्यिक माध्यमबाट नेपालसँग विदेशीको अझै परिचय भइसकेको छैन। भारत सबले थाहा पाइसके। नेपाल अझै भर्जिन छ। अझै पनि हिमालको देश भनेर बुझ्ने चलन छ। पैदलका लागि राम्रो मानिन्छ। लेखनको कुरा त परै जाओस्।
छिटफुट कोसिस भइरहेकै छ।
अमेरिकामा कला साहित्य छुट्टै विधा हो। राजनीतिसँग सरोकार हुँदैन भन्ने चिन्तन हाबी छ। साहित्यले समाजको जीवनशैली लेख्ने हो। पहिलेदेखि नै अमेरिकी मूलधारे साहित्यको केन्द्रमा व्यक्ति छ। त्यस्तो व्यक्ति, जो कुनै समाजमा बस्दैन, कसैसँग संवाद र द्वन्द्व गर्दैन।
अहिले भने राजनीतिक साहित्यिक विषयमा लेख्ने धेरै छन्। पाश्चात्य साहित्यलाई अमेरिकी लेखनले प्रभावित गर्ने नै भयो। मञ्जुश्री पाश्चात्य साहित्यको गतिधारा हेरिरहेकी छन्।
'पञ्चायतकालको लेखनसँग दाँज्न सकिन्छ त्यसलाई,' उनले तुलना गरिन्, 'प्रजातन्त्रवादी भन्नेहरूको लेखन ठ्याक्कै अमेरिकी खालको थियो, व्यक्तिवादी, प्रगतिशीलचाहिँ समाजको कुरा गर्नुपर्छ भन्थे।' लेखन र विचारका हिसाबले आफूलाई प्रगतिशीलसँग उभ्याउँछिन् उनी।
लेखक स्वभावको विरोधाभास। एकातिर प्रायः लेखकलाई एक्लै बस्न मन पर्छ। अर्कातिर उनीहरूलाई समाज उत्तिकै चाहिइरहेको हुन्छ। समाजै छुटाएर लेख्नेचाहिँ के! फेरि समाजसँगै एकाकार भइरहे लेख्ने मुड कसरी ल्याउने! मञ्जुश्रीमा पनि यही अलमल छ।
काठमाडौं आउँदा पनि उनी छुट्टै बस्छिन्। मातापिता बानेश्वर हाइट बस्छन्। उनलाई एक्लोपनप्रति बढ्तै लगाव छ।
'अन्य कुरा यथावत् रहेमा' उनको आइडियल दिन - बिहानभर लेखेर सुरु हुन्छ। दुईतीन बजेसम्म लेख्दा शरीर र मस्तिष्कमा कुनै ऊर्जा बाँकी रहन्न। अनि भेटघाट, जमघटहरूमा जान्छिन्। बेलुकी एक्लै बस्नु उनका लागि दिक्कलाग्दो हुन्छ। रातिको समय पठनमा बित्छ।
जब लेख्न बस्छिन्। डेनियल यताउता हिँडिरहे भने झर्को लाग्छ।
पारिवारिक सम्बन्धमा गाँजिनु उनलाई पटक्कै मन छैन। घरिघरि लाग्छ, यत्रो स्वतन्त्रता केवल लेख्नमा मात्रै प्रयोग भइरहेको छ। घरिघरि आत्तिन्छिन् उनी।
अंग्रेजीमा लेख्ने नयाँ पुस्ता तयार हुँदै गएकामा खुसी छिन् मञ्जुश्री। स्मृति (जैसवाल) रवीन्द्र, आभा एली, विना पुन उनका मन पर्ने नाम हुन्। यहाँ उही समस्या देखाउँछिन् - 'सम्पादक छैनन्। केही वर्षयता अजित बरालले प्रयत्न भने गरिरहेका छन्।'
...
राजनीतिप्रति खुब रुचि छ उनको। नेपालसँग जति आशावादी छिन् उनी, राजनीति देख्दा भने विरक्त लाग्छ।
२०४६ सालको आन्दोलनपछि उनको आशा उच्च थियो - देशमा अब पक्कै केही हुन्छ। केही वर्ष नबित्दै उनको पुस्ताको आशा नराम्ररी स्खलित भयो।
२०६३ पछि फेरि आशा जन्मियो- यसपालि चाहिँ नयाँ संविधान बन्छ, देशले बाटो पाउँछ। 'तर यति बेइमान किसिमले सबथोक टुंगेला भनेर मैले सोचेकी पनि थिइनँ,' उनले खुइ्य सुस्केरा तानिन्। ग्लासमा पानी भरिन्, पिइन्।
संविधान बनेको उल्लास हेर्न जेठ १४ गते काठमाडौं आइन् उनी। संविधान बनेको बन्यै भो!
सिँढी ओर्लिदै सोधें, 'आज गएपछि कहिले आउने त?'
'वैशाखमा।'
'किताबकै कामले कि अरु केही?'
'वैशाखमा चुनाव हुन्छ, भोट हाल्नुपरेन?'
'त्यसो भए तपार्इं आउनुहुन्न भन्ने पक्का भयो।'
'किन?'
'चुनाव भए पो।'
अन्तिम वाक्य उनले सुनिनन् किन कि मैले त्यो मनमनै भनेको थिएँ।

Nagarik Akshyar, Mangsir 30 Saturday, 2069
मञ्जुश्रीका कृति
आख्यान
ट्युटर अफ् हिस्ट्री
टिल्ड अर्थ
सिजन्स अफ् फ्लाइट
गैरआख्यान
मुस्ताङ भोट इन् फ्र्यागमेन्ट्स
फर्गेट काठमान्डु
अ ब्वाई फ्रम सिक्लिस
मञ्जुश्रीका कृति
आख्यान
ट्युटर अफ् हिस्ट्री
टिल्ड अर्थ
सिजन्स अफ् फ्लाइट
गैरआख्यान
मुस्ताङ भोट इन् फ्र्यागमेन्ट्स
फर्गेट काठमान्डु
अ ब्वाई फ्रम सिक्लिस
मन्जुश्री थापा यतिधेरै खुल्नुभएको सम्भवत: यसै आलेखमा होला। मज्जा लाग्यो पढ्दा।
ReplyDelete