स्वरसम्राट नारायणगोपालका निजी मामिलामा थोरै व्यक्ति जोडिए। जो–जो जोडिए, उनको जीवनलाई पूरै प्रभावित पारे। गीतकार नगेन्द्र थापा तीमध्ये एक हुन्।
कवि ईश्वरवल्लभले चिनाइदिएका हुन् नगेन्द्रलाई नारायणगोपालसँग। तिनताक गोपाल योन्जन र नगेन्द्र दार्जिलिङको हिमालय कला मन्दिरमा सँगै काम गर्थे। २०१९ सालतिर।
नारायणगोपाल त्यत्तिखेरै चर्चित। नगेन्द्र पनि दार्जिलिङको साहित्यिक जमातमा छाउँदै थिए। नारायणगोपाललाई नचिन्ने कोही थिएन। 'स्टारडम' ले खडा गरेको दूरी छँदै थियो।
मुडी स्वभावका थिए नारायणगोपाल। हत्तपत्त कसैसँग घुलमिल नहुने। तैपनि उनीसँग नगेन्द्रको यति छिटो हिमचिम भो, मानौं उनीहरू वषर्ौंअघि भेटेका थिए।
सुरुसुरुमा नारायणगोपाल देख्दा अचम्म लाग्थ्यो नगेन्द्रलाई। ज्यान छ– कुस्ती खेलिहालूँझैं गर्ने पहलवानजस्तो। गीतचाहिँ गाउँछन््– भावुक, सुन्दासुन्दै रोइहालूँ लाग्ने।नारायणगोपाल त्यत्तिखेरै चर्चित। नगेन्द्र पनि दार्जिलिङको साहित्यिक जमातमा छाउँदै थिए। नारायणगोपाललाई नचिन्ने कोही थिएन। 'स्टारडम' ले खडा गरेको दूरी छँदै थियो।
मुडी स्वभावका थिए नारायणगोपाल। हत्तपत्त कसैसँग घुलमिल नहुने। तैपनि उनीसँग नगेन्द्रको यति छिटो हिमचिम भो, मानौं उनीहरू वषर्ौंअघि भेटेका थिए।
नगेन्द्रलाई गोपालसँग भेटाउने पनि वल्लभ नै थिए। वल्लभले नै दार्जिलिङ चौरस्ताको महांकालथानमा लगेर नारायणगोपाल र गोपालको मीत लगाइदिएका थिए। आगो छोएर मीत लगाइएको त्यो समारोहको साक्षी नगेन्द्रलाई राखे। धेरैलाई भ्रम छ– नगेन्द्रले मीत लगाइदिएका हुन्। "हुन त यी तीनमध्ये कोही बाँचेका छैनन्, मैले झुठ बोले पनि कसले के गर्न सक्थ्यो र!' अमेरिका उड्नुपर्ने धपेडीका बीच नागरिकसँग मालीगाउँ्कस्थित निवासमा नगेन्द्रले खुलाए, 'वास्तवमा वल्लभले मीत लगाइदिनुभएको हो। म साक्षीमात्रै हुँ।'
त्यसपछि दार्जिलिङको सांगीतिक माहोल झनै चम्किन थाल्यो। इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभको 'तेस्रो आयाम' ले उल्का मच्चाइहेको थियो। दुई मीत र साक्षीसमेत थपिएपछि अरु के चाहियो!
नारायणगोपाल, गोपाल र नगेन्द्र कुम जोरेर हिँड्न थाले। एकले अर्काका लागि जहाँ, जतिखेर, जेमा ज्यान दिन तयार। सँगै हिँड्ने, सँगै खाने, सँगै काम गर्ने। गीत लेख्नु, संगीत भर्नु र आवाज मिलाउनु व्यसन भयो। पहिले छोटा प्रेमगीत र मुक्तक बढी लेख्ने नगेन्द्रले मीतहरूको संगतमा परेपछि रचनामा निखार ल्याए। गोपालले धुन हाल्ने, नारायणगोपाल गाउने। नगेन्द्रले जे लेखे, सबै चर्चित भए। जस्तो कि– …चिनारी हाम्रो, संगाल घुम्टोहरू, बिर्सेर फेरि, तिमी देख्दा रहर होला, मेरो गीत म उभेको धर्तीले सुनोस्।'
नारायणगोपालभन्दा गोपाल दुई वर्ष कान्छा, गोपालभन्दा नगेन्द्र पनि दुई वर्ष नै कान्छा। उनीहरूबीच उमेरको संयोग गज्जबै थियो। २००२ साल असार २ गते धनकुटा मुगा गाउँमा जन्मे नगेन्द्र। नगेन्द्रको उमेर थाहा भएपछि अरुको स्वतः पत्ता लागिहाल्यो।
पछि उनीहरू काठमाडौं आए। यहाँ पनि संगत उही, उस्तै लयमा जारी रह्यो।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हुन् नगेन्द्र। भनिन्छ– पञ्चायतका लागि 'नेसेसरी इभिल' थिए सूर्यबहादुर। 'माया बैगुनी नभई नहुनी' भनेजस्तो। राष्ट्रिय पञ्चायत चुनावको बेला थियो। सूर्यबहादुर उम्मेदवार थिए।
सूर्यबहादुरलाई चुनाव जिताउन अभियान सुरु भयो। भाइको भूमिका महत्वपूर्ण हुने नै भो। नारायणगोपाल र गोपाललाई चुनावी माहोल सुनाए। ज्यान दिन तयार साथीको दाइ चुनावमा उठेकाले मीतज्यूहरू तुरुन्तै सघाउन राजी भए।
अरु के चाहियो! सूर्यबहादुर र चुनाव चिह्न हलोले सबैको भलो गर्ने भाकाका बान्की रच्न थाले नगेन्द्र। सप्पै गीतमा गोपालले संगीत भरे। नारायणगोपालले गाए। समूहस्वरको पाइन थप्न कोरस छँदै थियो। कालिकास्थानको एक कोठामा बसेर उनीहरुले बाह्रवटा चुनावी गीत रेकर्ड गराए। लोकलयका चुनावी गीतले जनताको मन छोए। क्यासेट गाउँगाउँसम्म पठाउन थालियो। सभामा उनीहरूका गीत घन्कन थाले। लोकभाकामा सर्वसाधारण छमछमी नाचेको अहिले पनि झल्झली सम्झन्छन् नगेन्द्र।
'पञ्चायत' र 'सूर्यबहादुर' अनि चुनावचिह्न 'हलो' शब्दावली समावेश गरिए पनि राजारानीको नाम भने नराखेको जिकिर गर्छन् यी गीतकार। 'दाइको नामचाहिँ ठाउँ ठाउँमा हाल्या थेँ,' उनी हाँस्छन्।
'अनि के भयो?'
'अरु के हुनु। त्यही भयो। दाइले चुनाव जित्नु भो।'
...
अचम्म! चुनावी गीत लेखे पनि पञ्चायतको पक्षमा नारावादी गीत लेख्यो भनेर कसैले चार्ज लगाएनछ उनीहरूलाई।
परिवर्तनको पक्षमा वामपन्थीहरूले लेख्ने रचनालाई धारबाहिरका कतिपय लेखक 'नारावादी' भनी आरोप लगाउँछन्। त्यस्तै वामपन्थीहरू उनीहरूलाई 'दक्षिणपन्थी, बुर्जुवा, रुपवादी' आरोप लगाउँछन्। दुवै खेमा आंशिक सत्य छन्। यहाँ त स्वयं बुर्जुवा भनिएकाहरू नै नारा लेखिरहेछन्! चुनावी गीत।
'त्यस्तो नारावादी रचना गर्दा पनि किन कसैले आलोचना नगरेका त?'
'आलोचना गर्न त त्यो गीत कसले लेखेको र संगीत भरेको भन्ने थाहा पाउनुपर्यो नि।'
'तर नारायणगोपालको आवाज त सप्पैले चिन्नुपर्ने।'
'त्यही भएर त उसको स्वरलाई कोरसले छोपिदिन्थ्यो।'
'तै पनि त। सूर्यबहादुरका भाइ तपाईंसँग उहाँहरूको मिल्ती देखेर सोझै लख काट्नुपर्ने।'
'कसैले थाहा पाएनन्। आजसम्म पनि थाहा छैन।'
नारायणगोपालको बिल्कुलै नयाँ पहिचान। पञ्चायतका लागि चुनावी गीत गाएछन्।
कारण स्पष्ट छ– सयौं अमर गीत गाउने नारायणगोपाल शब्द वा संगीत मन परेन भने कुनै पनि हालतमा गीत गाउँदैनथे। उनका लागि कलात्मकताको मूल्य उच्च थियो। १२ वटा ‰याउरे गीतहरू चुनाव प्रचारका लागि गाएका उनले यो सब गायकको हैसियतमा गरेका थिएनन्। केवल साथीका लागि गरेका थिए। नगेन्द्र दाबी गर्छन्, 'उसले सूर्यबहादुर दाइका लागि गाएको थिएन, मेरो लागि गाएको थियो। गोपालले पनि त्यसै गरेको थियो। त्यही भएर उनीहरूले त्यसको पैसासमेत लिएनन्।'
नारायणगोपाल, गोपाल र नगेन्द्रको सम्बन्ध गायक, संगीतकार र गीतकारको थिएन, साथीको थियो। त्यसैले उनीहरूको सन्दर्भमा असम्भव लाग्ने कुरा सजिलै सम्भव भएको थियो।
नगेन्द्रले मात्रै होइन, गोपालले पनि चुनावी गीत लेखेछन्। नगेन्द्र सकार्छन्, …मेराभन्दा उसका चुनावी गीत राम्रा थिए।'
नगेन्द्रले पनि अरुका लागि गीत लेखेनन्। 'मीतज्यूहरू'का लागि नै लेखे। बाँकी केही गीत कुमार सुब्बा, माणिकरत्न, तारादेवी, दिलमाया खाती, तारा थापा र इन्दिरा मास्केले गाए। बस्, त्यत्ति।
संगीतमा मन मिल्ने साथीहरूबीच ब्यान्ड बनाउने चलन छ। ऊबेला ब्यान्ड भने पनि, जे भने पनि यिनै तीन थिए, जसको अस्तित्व एउटाझैं थियो। नारायणगोपाल स्वतः सर्वाधिक चर्चित हुने भए। गोपाल पनि कम थिएनन्। नगेन्द्रचाहिँ पर्दापछि झैं देखिने। बढी चर्चितबीच कहिलेकाहिँ इगो प्रोब्लम पनि हुन्थ्यो।
मीतका साक्षी बक्छन्, 'त्यसबेला मेरो भूमिका दुई पाउरोटीहरूबीचको स्यान्डविचजस्तो हुन्थ्यो।'
नारायणगोपाल बिते, आफ्नो आवाजलाई अमर बनाएर। गोपाल पनि बिते, नगेन्द्रलगायत कयौंका रचनामा कहिल्यै नओइलाउने मखमली धुन भरेर। उनीहरूले रचेका चुनावी गीत भने कहिँकतै भेटिँदैनन्।
पञ्चायत ढलेपछि पनि व्यवस्था दुईपटक बदलिइसक्यो। ६७ वर्षे गीतकार नारायणगोपाललाई गाउन दिएका चुनावी गीतका शब्द र धुन अहिले सम्झन सक्दैनन्। के ती कुनै समर्थकका मनमा छन्?
चाहे नारामै सही, सिर्जना त आखिर सिर्जना नै हो।
Nagarik, Mangsir 23 Saturday, 2069
No comments:
Post a Comment