नेपाली साहित्यको केन्द्र काठमाडौं हो भन्यो भने धेरैलाई मन पर्दैन। दुर्गाप्रसाद श्रेष्ठलाई पनि मन पर्दैन।
'नेपाली साहित्यका केन्द्र धेरै छन्,' मोटो फ्रेमभित्रका एकजोर आँखा चम्काउँदै उनी टेबल ठोक्छन्, 'जस्तो कि, बनारस पनि एउटा केन्द्र हो।'
. . .
७५ वर्षअघि जनकपुरको सबेलामा जन्मेका दुर्गाप्रसाद पिता काशीबहादुर श्रेष्ठको नेपाली साहित्य सेवालाई आजसम्म निरन्तरता दिइरहेका छन्।
पाँच वर्षको छँदा बनारस हिँडेका उनी एकैचोटि २०१८ सालमा काठमाडौं आए। त्यसबेला नारायण बाँस्कोटा 'प्रगति' पत्रिकाका सम्पादक थिए। नारायणको उत्साह पाएर दुर्गाप्रसादले कविता लेख्न सिके। साथीकी छोरीको बिहे खान काठमाडौं पसेका उनी त कवि पो हुन पुगे, घच्चीका कवि।
नारायणले प्रस्ताव गरे, 'तिमी प्रेसको काम पनि जान्दा रहेछौ, अब यहीँ काम गर।'
त्यसपछि उनले लगातार दस वर्ष 'प्रगति'का लागि काम गरे।
उनले त्यसबीचमा पहिले नेपाली कथानक फिल्म 'आमा' का लागि संवाद लेखे। हीरा सिंहको निर्देशनमा बनेको त्यो फिल्मको प्रिमियर शो हेर्न राजा महेन्द्र जय नेपाल सिनेमा हल आए। पहिलोपटक फिल्मका लागि स्त्रि्कप्ट लेख्नेले राजाबाट दुई हजार रुपियाँ बकस पाए। बस्, दुर्गाप्रसाद यत्तिले काठमाडौंको कुलीन वृत्तमा चर्चित भए।
'त्यो बेला दुई सय रुपियाँमा एक तोला सुन आउँथ्यो यार,' उनले औंला भाँचे, 'दुई हजार भनेको त कति हो कति।'
दुर्गाप्रसाद आफ्नो टिमसहित 'आमा' को पोस्ट प्रोडक्सनका लागि कोलकाता गए। त्यसका लागि उनीहरूलाई छुट्टै सरकारी भत्तासमेत मिलेको थियो।
मुडी दुर्गाप्रसादलाई कहिले के सुर चल्ने, कहिले के। त्यही बीचमा संखुवासभा गएर एक स्कुलमा दुई महिना हेडमास्टर खाए। बीचमा 'परिवर्तन' नामक सिनेमाका अर्को स्त्रि्कप्ट लेखे।
पिता काशीबहादुर बिरामी भएपछि दुर्गा एकैचोटि २०२८ सालमा बनारस फर्के।
दुर्गाप्रसादलाई नेपाली भाषामा रस बसिसकेको थियो। लहैलहैमा लागेर लेखेको कविताले सिंगो जीवनलाई समर्पणको भावना दियो।
बनारस पुग्नु के थियो, उनी नेपाली छात्र संघको मुखपत्र 'छात्रवाणी' का सम्पादक भए। त्यसबेला तारानाथ शर्मा, बालकृष्ण पोखरेल, नगेन्द्र शर्मा त्यहीँ पढ्थे। दुर्गाप्रसाद उनीहरूका रचना माग्थे, छाप्थे।
१९९३ साल नेपाली साहित्यका लागि उल्लेख्य वर्ष हो। दुर्गाप्रसादका पिता काशीबहादुरले बनारसबाट …उदय' नामक पत्रिकाको प्रकाशन थाले। उल्लेख्य यसर्थ कि, त्यसबेलाका अधिकांश नेपाली राजनीतिकर्मी, लेखक लेखक बनारसमा बस्थे। नेपाली वाङ्मयको सर्वाधिक ठूलो स्रोत 'उदय' हुनपुग्यो। त्यसबेला उदय पत्रिकालाई काठमाडौंबाट कवि सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधानलगायतले सहयोग गर्थे।
'उदय' का प्रकाशक तथा सम्पादक काशीबहादुर नै थिए। दुर्गाप्रसादले पिताको काममा तन्मयतापूर्वक सघाइरहे।
काशीबहादुरको नेतृत्वमा ३० वर्षभित्र 'उदय'का ८३ वटा अंक प्रकाशित भए।
काशीबहादुर २०३३ सालसम्म उदयको सम्पादक रहे। पछि आर्थिक अभावले उदयको प्रकाशन बन्द भयो।
२०४६ सालमा काशीबहादुर बिते। उनको देहान्तसँग बनारस र नेपाललाई जोड्ने शब्द सेतु भत्कियो। शोकमा परेका दुर्गाप्रसाद एक्लैलाई पत्रिका चलाउने ह्याउ आएन।
...
भारत र नेपालमा छरिएर बसेका पाठकले उदयको सोधीखोजी गरिरहे। पत्रिकाले पस्केको स्वादको प्रभाव स्थगनका बेलामा देखे दुर्गाप्रसादले। त्यसपछि के भयो! 'उदय'ले २०५३ सालबाट फेरि निरन्तरता पायो। यो निरन्तरता दुर्गाप्रसादकै कारण सम्भव भएको थियो।
काशीबहादुरसँग काठमाडौंबाट सम्पर्क गरिरहने कमल दीक्षितले छोरालाई ढाडस दिए। 'मैले पत्रिका के सुरु गरेको थिएँ,' दुर्गाप्रसादले भने, 'सिक्किम, दार्जिलिङ, मेघालयतिरबाट शुभचिन्तकले पत्रिकाको बिक्रीवापत उठेको पैसामा थपथाप गरेर पठाइदिए।'
अनि थपे, 'साहित्यमा लागेपछि धेरैको माया पाइँदो रहेछ।'
जति गरे पनि बेचेकै भरमा पत्रिका चलाउन सम्भव थिएन। सबका सबले पैसा दिने कुरै थिएन।
दुर्गाप्रसाद सम्झन्छन्, 'व्यक्तिगत आय नलगाएको कुनै अंक हुँदैनथ्यो।'
त्यसपछि उनी आफैं पत्रिका बोकेर आसाम, मेघालय, मणिपुर, देहरादून, केरला, कोलकातासम्म पुगे। बिक्री भएको पत्रिकाको पैसा उठाए। साहित्यले उनलाई फकिर बनायो।
दुर्गाप्रसादलाई काठमाडौंबाट सघाउने, यताको व्यवस्थापन हेर्ने जिम्मा लिए, रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठले। उनीहरूबीचको सहयोग आदानप्रदान आजसम्म जारी छ। पहिले काशीबहादुर र अहिले दुर्गाप्रसाद भएकैले रत्न पुस्तकले आफ्ना पुस्तक आज पनि बनारसमा छाप्छ।
यसपालि पनि दिल्लीमा हुने प्रदर्शनीका लागि दुर्गाप्रसाद काठमाडौं आएका हुन्।
लेखक हुनु एउटा कुरा। लेखकहरूका बीच समन्वय मिलाउनु अर्को कुरा। समन्वय भन्नु पनि के र, उही गुनासो व्यवस्थापन त हो।
दुर्गाप्रसादले वर्षौंदेखि पिताको यही अभियानलाई निरन्तरता दिइरहेका छन्। पछिल्लोपटक बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको सहयोगमा भारतमा २०५९ र २०६५ सालमा लेखक सम्मेलन आयोजना गरे। यसपालि पनि यताका तीन र उताका तीन प्रकाशकलाई भानुजयन्तीको छेक पारेर दिल्लीमा पुस्तक प्रदर्शनीमार्फत् भेट गराउँदैछन्।
...
कमलमणि दीक्षितले दुर्गाप्रसादसँग मिलेर मदन स्मारक सम्मान बनारसमै स्थापना गरेका छन्। भारतका नेपाली साहित्यकारले त्यो पुरस्कार पाउँछन्। त्यसलाई भारतको मिनी मदन पुरस्कारसमेत भन्ने गरिन्छ। रानी जगदम्बाले बनारसमै खडा गरेको कोषबाट सो सम्मान वितरण हुन्छ। दुर्गाप्रसादले त्यसको व्यवस्थापन गर्छन्।
उनीहरूकै पहलमा बनारसमा तीनवटा नेपाली धर्मशाला बनेका छन्। दुर्गाप्रसाद अहिले पनि त्यो धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष छन्।
दुर्गाप्रसादको पुस्तक साहित्य अकादमीले प्रकाशन गर्दै छ। त्यसमध्ये राहुल सांकृत्यायनकी पत्नी कमला सांकृत्यायनको जीवनी उनले लेखिसकेका छन्। …साहित्य अकादमीको नेपाली परामर्श मण्डलमा म पनि छु,' उनी सुनाउँछन्।
...
दुर्गाप्रसाद आफू त पान खाँदैनन्। नेपालबाट बनारस जानेहरूलाई बनारसी पान चखाउन भुल्दैनन्।
अहिले पनि वर्षको तीन–चारपटक नेपाल आइरहन्छन्। नेपालमा उनी आउने ठाउँ भनेको काठमाडौं नै हो।
…छोराहरू यतै बसौं भन्छन्, तर के गर्नु, काम उतै छ,' उनी भन्छन्।
...
दुर्गाप्रसाद आफैं पनि लेखक हुन्। एउटा दुइटा होइन, नौवटा पुस्तक लेखिसके उनले। चारवटा हिन्दीमा छन्। एउटा अंग्रेजीमा। बाँकी नेपालीमा।
अंग्रेजीमा उनले पिताको जीवनी 'काशीबहादुर श्रेष्ठ : अ मोनोग्राफ' लेखेका छन्। नेपालीमा तीन उपन्यास लेखेका छन्। 'कोसेली,' 'वागमती साक्षी छ' र …एउटा साथी मर्छ यहाँ' उनका उपन्यास हुन्। …सतोर मौसी' नामक हिन्दी कथाकृति पनि छ।
दुर्गाप्रसादका एक छोरी र दुई छोरा काठमाडौंमा बस्छन्। उनलाई लाग्छ, छोराछोरीको कुरा मानेर नेपाल बस्यो भने निस्त्रि्कय भइन्छ।
बनारस हिन्दु विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेका दुर्गाप्रसादसँग साहित्यप्रतिको धारणा गहिरो छ। त्योभन्दा पनि ठूलो बुझाइ त पिताको विरासत र आफ्ना अनुभव नै छन्।
आजको जस्तो प्रविधि, आमसञ्चार 'उदय' को स्थापनाकालमा थिएन। 'उदय' को पुनरोदयका बेला पनि थिएन। यता राणाकाल र उता अंग्रेजको शासनको जगजगीबीच 'उदय' ले बालेको टुकीले आज नेपाली वाङ्मयलाई यो उज्यालो दिएको छ। सूचना र प्रविधिले विश्व एउटा गाउँमा परिणत भएको छ। हजार वाटको उज्यालोबीच पनि 'उदय' यतैकतै एउटा कुनामा बलिरहेको छ।
हो, भर्खरैमात्र 'उदय'को १५० औं अंक निस्कियो। कतार बस्ने नेपालीका दुःखसुख यसमा समेटिएका छन्। विश्वभरिका नेपालीलाई जोड्ने संगठित प्रयत्नको खाँचो भने यसमा छँदै छ। तै पनि दुर्गाप्रसाद एक्लो वृहस्पतिझैं भिडिरहेकै छन्।
काशीबहादुर बितेको सात वर्षपछि दुर्गाप्रसादले 'उदय' को पुनरोदय गराए। उनी बितेपछि भने के होला? उनी स्वयंलाई शंका छ। क्याप खोल्छन् र सेतै फुलेका कपाललाई पछिल्तिर लैजाँदै भन्छन्, 'म बितेपछि भने उदय निस्कन गाह्रै छ, बनारसको नयाँ पुस्ता साहित्यमा रुचि त राख्छ तर पहिलेभन्दा धेरै गतिविधि घटिसक्यो।'
बाक्लो फ्रेम भएको चस्मा लगाउने दुर्गा नेपाली अक्षर कम्प्युटरमा आफैं टाइप गर्छन्। बुढ्यौलीले हिँड्न अलि गाह्रो पर्छ।
तैपनि साहसले जिन्दगी चलेको छ।
'उदय' जस्तै।
नागरिक अक्षरमा असार १, २०७० मा प्रकाशित
'नेपाली साहित्यका केन्द्र धेरै छन्,' मोटो फ्रेमभित्रका एकजोर आँखा चम्काउँदै उनी टेबल ठोक्छन्, 'जस्तो कि, बनारस पनि एउटा केन्द्र हो।'
. . .
photo : Bijay Gajmer/Nagarik |

No comments:
Post a Comment