सुरुमा केही अवाञ्छित दृश्य
प्रस्तुत छन्।
एक : मंगलबार दिउँसो नेविसंघको झन्डा बोकेर त्रिभुवन
विश्वविद्यालय (त्रिवि) मा प्रदर्शन गर्न जाँदै गरेका युवाले बसको छतमा
बसेर बल्खु चोकमा 'भिसी कार्यालय जलाउछौँ, स्ववियु चुनाव गराउछौँ' भन्दै
नारा लगाए। पंक्तिकारसहित वरपरका सवारी र पैदलयात्रुले तिनका अश्लील इसारा र
वचन खपे। छाता ओढेर बाटो काट्दै गरेकी युवतीलाई तिनले हाकाहाकी
दुर्व्यवहार गरे। 'स्ववियु चुनाव स्थगनमार्फत् खोसिएको हक फर्काउन हिँडेका'
तिनको कसैले प्रतिवाद गर्ने हिम्मत गरेन।
दुई : विद्यार्थी संगठनका नेता चन्दा
'बार्गेनिङ' गर्न क्याम्पस प्रमुख वा विभागाध्यक्षकहाँ जान्छन्। प्रमुखले
सर्त राख्छन् – 'पैसा दिन्छु, तिमीहरू प्रतिविद्यार्थी एकसय रुपियाँ भर्ना
शुल्क बढाउन तयार हुन्छौ भने।' नेता कायल हुन्छ। संगठन अस्तित्वमा भएकै
कारण विद्यार्थी मारमा पर्छन्।
तीन : त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा मध्यरातमा आगजनी हुन्छ। छानबिन गर्न कोही तयार छैन। त्यहाँ कुनै न कुनै संगठनको हात छ भन्ने प्रशासनलाई थाहा छ। प्रशासक खतरा उठाउन चाहँदैनन्।
चार : शैक्षिक संस्थाभित्रै जथाभावी लेखिएका नाराले कक्षाकोठाका कुनै भित्ता बाँकी छैनन्। नारामा सहिष्णुता कतै झल्किँदैन।
पाँच : मास्टर्स सकेको व्यक्तिसँग आफ्नो बुतामा जागिर खाने हुति छैन। ऊ स्ववियु र संगठनको नेताको चाकरी गर्न थाल्छ। जागिर पायो भने ऊ प्राज्ञिक कामतिर होइन, संगठन, गुट, उपगुटको स्वार्थप्रति बफादार हुन्छ। विद्यार्थी नेता उसको 'बोस' हुन्छ।
छ : स्ववियु चुनाव कहिले आउला र टिकट पाउँला भन्ने आशामा एउटा युवा ढुकेर बस्छ। सधैँ क्याम्पसका प्रशासनदेखि क्यान्टिनसम्म भेटिन्छ। विद्यार्थीसँग हात मिलाउँछ। दैनन्दिन काममा सघाउँछ। टिकट भने उपरवाले नेताले आफ्नो चम्चालाई दिलाउँछ। नतिजा, परिश्रमी कार्यकर्ताको नाम बागी उम्मेदवारको सूचीमा भेटिन्छ। विद्यार्थी राजनीतिको भाग्य क्याम्पस बाहिरको 'प्रभु'ले लेखिदिन्छ। लाग्छ, विद्यार्थी नेताको भविष्य एउटा यस्तो खाली चेक हो, जहाँ विद्यार्थी स्वयंले सही गर्न पाउँदैनन्। अनि त्यसको मूल्य पनि पार्टी वा गुटले तोकिदिन्छ।
सातौं तथा अन्तिम दृश्य : स्ववियुलाई लघु संसद्/संविधानसभा भन्दै दलीय महŒवाकांक्षाको विषय बनाइन्छ। दलका नेता दस काम छाडेर क्याम्पस भाग लगाउँछन्। आफ्नो भागमा परेको क्याम्पसमा जसरी पनि आफ्नो भ्रातृसंगठन जिताउन लागिपर्छन्। वर्षौंदेखि पद ढुकेर अनेक संकाय चहार्दै भर्ना भएका विद्यार्थी नेता तिनका 'निमित्त नायक' बन्छन्। चुनाव नामको नाटक रचिन्छ। चुनिएर जाने अनुहारमा विद्यार्थी खोज्दा बिरलै भेटिन्छ।
राजनीतिक परिवर्तनको प्रवाह 'टि्रकल डाउन' अर्थात् माथिबाट सबै क्षेत्रमा अलिअलि गर्दै चुहिन थाल्यो। विद्यार्थी राजनीतिको ढाँचा, ढर्रा, क्रिया, कर्म भने पुरानै छ। झेलैझेलको यो दौडमा 'नयाँ नेपालका छोराछोरीको संगठन' दुई अखिल क्रान्तिकारी पनि थपिएका छन्। प्रचण्ड माओवादी र वैद्य माओवादी दुवैका विद्यार्थी संगठनले 'केही नयाँ' गर्नु त परै जाओस्, नेविसंघ र अनेरास्ववियुजस्ता 'पुराना' संगठनले थालेका विकृतिलाई अझै संगठित र आपराधिक ढंगले अघि बढाइरहेका छन्। एकजोर क्रान्तिकारी संगठनबीच जुँगेयुद्धको मूल्य उच्च शिक्षा क्षेत्रले चुकाउनुपरिरहेको छ। कोही बोल्नेवाला छैन। कोही विरोध गर्नेवाला छैन। विरोध गरेर हुनेवाला बढुवा, राजनीतिक नियुक्ति गुमाउन कोही चाहँदैन। यो के भएको हो? के हाम्रो प्राज्ञिक वर्ग यति अकर्मण्य, लालची र पानीमरुवा भइसक्यो?
विद्यार्थीसामु जाने आत्मविश्वास गुमाएपछि पैसाको खोलो बगाएर भर्ना गराउन संगठनहरू लागेका छन्। अनौपचारिक गफमा प्रत्येक संगठनका नेताले यति र उति भर्ना गराएको हाकाहाकी स्वीकार्छन्। भर्ना हुनेको सूचीमा व्यापारी, ठेकेदार, दलका कार्यकर्ताको नाम छ। संगठनका नेताहरूलाई विद्यार्थीको भोटले चुनाव जित्छु भन्ने विश्वास छैन।
इतरविद्यार्थीको लिस्नो चढेर स्ववियुको कुर्सी ओगट्न गएको नेता विद्यार्थी र शिक्षणसंस्था होइन, अमुक दल, नेता र चन्दादाता र मतदाताप्रति जबाफदेही हुन्छ। त्यसैले पञ्चायत फाल्ने आधारकिल्ला स्ववियुको गौरवशाली विगतलाई खरानी बनाउन आज कोही लागेको छ भने कुनै 'प्रतिक्रियावादी,' 'राजावादी,' 'यथास्थितिवादी' होइन, स्वयं 'क्रान्तिकारी, प्रगतिशील र लोकतन्त्रवादी' संगठन लागेका छन्। यस्ता गतिविधिले विद्यार्थी हक, हित र प्रतिष्ठा प्राप्तिका लागि माखो मार्न सक्दैनन्। उनीहरूबाट दीक्षित आगामी पुस्ताले के सिक्ला!
स्ववियु चुनाव किन रोकियो भन्ने कथाको पनि कथा सुन्न पाइयो भने राजनीतिलाई आफ्नो जीवनको लक्ष्य बनाएर हिँडेकाहरूले शिर निहुराउनुपर्छ। मतका लागि गैरविद्यार्थी भर्ती (भर्ना होइन) गराउने दौडमा सबै संगठन लागे। अखिल क्रान्तिकारी सबैभन्दा बढी लाग्यो। एमाओवादीका नेता खुलेरै सामेल भए। एमाले समर्थित अनेरास्ववियु यो दौडमा दोस्रो भयो। अकल्पनीय संख्यामा एमाओवादीले 'टुरिस्ट स्टुडेन्ट' भर्ती गरेपछि अघिल्लो चुनावमा अधिकांश क्याम्पसमा वर्चस्व निर्माण गरेको ऊ अत्ताल्लिनु स्वाभाविक थियो। 'लोकतान्त्रिक, पारदर्शी र सभ्य समाजको निर्माणका लागि हामीलाई मतदान गर' भन्ने नेविसंघ यस दौडमा अन्तिम भयो। दुर्भाग्य, अनगिन्ती गुट र कोटरीमा विभक्त भएर उम्मेदवारसमेत घोषणा गर्न नसकिरहेका नेविसंघका नेता–कार्यकर्तामा 'हामीले फर्जी भर्ती नगरेर राम्रो गर्यौंव' भन्ने भावना देखिएन। आफ्नै अन्तरकलहले पछि पर्यौंे भने हीनताबोध र आत्मग्लानि पो देखियो!
स्ववियु र त्यसका लागि मरिहत्ते गरिरहेका संगठनले आफूलाई सच्याउन्। नत्र यस्तो खालको स्ववियु र विद्यार्थी राजनीति आजका विद्यार्थीलाई चाहिएको छैन। सुन्दा तर्क अप्रिय लाग्ला। आज जहाँ विद्यार्थी छन्, त्यहाँ विद्यार्थी संगठन छैनन्। जहाँ संगठन छन्, त्यहाँ विद्यार्थी छैनन्। संगठनसँग 'शिक्षामा परिवर्तन, पुनर्संरचना, वैज्ञानिक र रोजगारमूलक शिक्षा, सुधार' आदि आफैँले नबुझ्ने नारा छन्। कुनै व्याख्या र मार्गचित्र छैन। गायत्री मन्त्र जपेझैं नेताहरू खरर्र नारा भट्ट्याउँछन्। कोही अर्थ्याउन सक्दैनन्। त्रिचन्द्र क्याम्पसका पूर्वसभापति तथा कांग्रेस नेता गगन थापा भन्छन्, 'अवस्था दुर्भाग्यपूर्ण छ। जहाँ स्ववियु र संगठन छन्, त्यहाँको शैक्षिक वातावरण गएगुज्रेको छ। जहाँ उनीहरू छैनन्, अवस्था सुध्रेको देखिन्छ।' पिएन क्याम्पस पोखरा र त्रिवि कीर्तिपुरका पूर्वसभापति तथा एमाले नेता रवीन्द्र अधिकारी भन्छन्, 'आज स्ववियुमा विचार होइन, पैसा र खुकुरीको प्रतिस्पर्धा छ।'
पहिलेका विद्यार्थी नेता दुधले नुहाएका थिए, अहिलेका वाग्मतीको पानीले नुहाउँछन् भन्ने निरपेक्ष निष्कर्ष यो लेखको होइन। गगन थापाको भनाइ यहाँ उल्लेख्य छ, 'पहिले शरीरमा हिलाका छिटा थिए, अहिले त विद्यार्थी राजनीति आहालमै पसिसकेको छ।' छिटालाई आहालमा परिणत गर्न अखिल क्रान्तिकारीको योगदान ठूलो छ। लाठी र मुंग्रीको प्रतिस्पर्धा उसको प्रवेशसँगै अझै संस्थागत भएर जो गएको छ।
नकारात्मकमात्रै भएको होइन। तथ्यको हेक्का राखौँ। यस बीचमा विद्यार्थी राजनीतिले पेट्रोलको भाउ बढ्दा पुल्ठे जुलुस निकाल्ने र गाडी फुटाल्नेबाहेक कुनै चर्चायोग्य तथा रचनात्मक काम गरेन। कुनै परिणाममुखी शैक्षिक अभियान चलाएन। दलका नेताले निर्माण गरेका बहुध्रुवहरूको 'स्याटेलाइट' हुनेभन्दा बढी योगदान विद्यार्थी नेताको छैन। यो आलोचना जसजसलाई चर्को लागेको छ, तिनले एक पटक आफैँतिर फर्केर प्रश्न गरुन् – चिन्तन र व्यवहारका दृष्टिले दलका नेताभन्दा विद्यार्थी नेता अग्रगामी भए भन्न मिल्ने यसबीचमा उनीहरूले के गरे?
जसरी सार्वजनिक खपतका लागि एकैपल्ट 'किसानको उखुको भाउ बढाऊ' र 'चिनीको भाउ घटाऊ' भन्नुको निहितार्थ सस्तो लोकप्रियताबाहेक केही होइन। त्यसरी नै विद्यार्थी राजनीतिको काम पेट्रोलको भाउ घटाउ भनेर ताली पाउनेमात्रै होइन। दलालीलाई अभीष्ट बनाएर आजको पुस्ता हुर्कियो भने भोलिको नेपाललाई त्यसले एजेन्डा र नेतृत्व दिन सक्दैन। 'मिनी संसद्'का पूर्वाभ्यासको यो अभिनय असाध्यै भद्दा देखिएको छ। समय छँदै सुधि्रनु आवश्यक छ।
थुप्रै दृश्य छन्, जो आधुनिक सभ्य समाजका विद्यार्थी हेर्न चाहँदैनन् तर हेर्न विवश छन्। मिनी संसद् र संविधानसभाको रिहर्सलका नाममा स्ववियु चुनावको नाटक मञ्चन हुनुपूर्व नै पटाक्षेप भएको छ। चुनाव स्थगन गरिपाउँ्क भनेर अनुनय विनय गर्ने नै आन्दोलनका 'हिरो' हुन खोजेका छन्। उनीहरू निमित्त नायक हुन् भनेर लोकले बुझिसकेको छ।
नेपाली लोकतान्त्रिक आन्दोलनको उद्गम, आधार र किल्ला मानिएको स्ववियुको गौरवमय इतिहासको किताबमा कुनै पानाहरू सद्दे भेटिँदैनन्। 'गौरवशाली' लेखिएको गातामात्र भेटिन्छ। स्ववियु नहुँदो हो त शिक्षणसंस्थाले मनोमानीको दायरा बढाउँथ्यो होला। स्वेच्छाचारिता बढ्थ्यो होला। तर, स्ववियु भएकै कारण विद्यार्थीलाई के प्राप्त भइरहेको छ भन्ने चाहिँ देख्न उस्तै मुस्किल छ।
स्ववियु र संगठनहरूमाथि यस्ता अनगिन्ती आरोपहरू छन्। खण्डन गर्न कोही अघि सर्दैन। 'आरोपकर्ताहरू भन्छन् – स्ववियु र संगठनका नाममा संस्थागत भ्रष्टाचार हुन्छ।' विश्वविद्यालयको नियमावलीमै विद्यार्थी कल्याण कोषको व्यवस्था छ। कोषबाट वास्तविक विद्यार्थीको कल्याण हुने 'चान्स' कमै हुन्छ। त्यो पैसा कहाँ, केमा, कसरी खर्च हुन्छ – कोही खोज्दैन।
विद्यार्थी संगठनहरूले आफ्नो भूमिका नयाँ ढंगबाट खोजी गर्नुपर्छ। यस्तो तरिकाले नयाँ नेपाल पनि बन्दैन। बचेखुचेको 'पुरानो' समेत सद्दे रहँदैन। विद्यार्थी राजनीति चाहिन्छ तर यस्तो असंस्कृत र कुरुप होइन। प्राज्ञिक मर्यादा भुलेर उही प्रवृत्ति दोहोर्या इरहने हो भने स्ववियु केका लागि, विद्यार्थी संगठन केका लागि?
पुनश्च : विद्यार्थी राजनीति गर्दैगरेको कोही मित्रलाई यो लेख मन नपरे उसले आफू र आफ्नो संगठनको अनुहारलाई जारी विद्यार्थी राजनीतिको ऐनामा हेर्नु मनासिब हुनेछ।

Nagarik Jeth..., 2070 'Kathmandu Discourse'
No comments:
Post a Comment