आश्विन १९, २०७२- संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाको नेतृत्व गर्दै आएका तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना
मागहरु सम्बोधन गर्न ३४ बुँदाहरुमा संविधान संशोधन हुनुपर्ने नयाँ अडान
सार्वजनिक गरेका छन् । जनसंख्याको आधारमा प्रतिनिधित्व र नागरिकतालगायत
आफ्ना मागहरु पूरा नभएको भन्दै उनले ती मागसग सम्बन्धित संविधानका ३४-३५
वटा धाराहरुमा पुनरावलोकन गर्न माग गरे । उनले अाफहरुको मुख्य सरोकारको
विषाय प्रदेशको सीमांकन भएको बताए । ठाकुरसँग बसन्त बस्नेतले पार्टी
मुख्यालय बिजुलीबजारमा मंगलबार दिउसो गरेको कुराकानी:
वार्ता कहाँनेर अडकियो ?
वार्ताको वातावरण बनाउन सरकारले अझै पूर्वसर्त पालना गरिसकेको छैन । अझै कतिपय जिल्लाबाट सेना र सशस्त्र प्रहरी फिर्ता भएका छैनन् । सहिद घोषणा तथा राहत दिइएको छैन । घाइतेलाई उपचार छैन । गिरफ्तारलाई छाड्ने, मुद्दा फिर्ता लिने काम भएको छैन । यी सबै काम नभई वार्ता हुन सक्दैन ।
सेना फिर्ता गरेकेा आठ दिन भइसक्यो त ?
होइन, मधेसका थुप्रै जिल्लामा अझै सेना छन्, सशस्त्र त सबैतिरै छ ।
राजनीतिक एजेन्डा पूरा गर्न सरकारले संविधान संशोधन गर्ने भनिसक्यो । तपाईंहरू त्यसलाई मान्नुहुन्छ ?
सीमांकनमा अझै कुरा मिलिसकेको छैन । हाम्रो मुख्य सरोकार यसैमा छ । जनसंख्याका आधारमा प्रतिनिधित्व र नागरिकतालगायत हाम्रा माग पूरा भएका छैनन् । यीसँग सम्बन्धित संविधानका ३४-३५ वटा धारा संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै स्वीकार गर्न सकिन्छ । मुख्य कुरा भनेको राजनीतिक माग हो । अरू पूर्वसर्त त आन्दोलन भएपछि सिर्जना भएका हुन् ।
समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण भएपछि सीमांकनको मुद्दामा लचकता देखाउने पालो तपाईंहरूको होइन र ?
यही त समस्या छ । उहाँहरू आयोगबाट सीमांकन टुंग्याउँ भन्नुहुन्छ । आयोगले त यिनै नेताहरूले गरेको निर्णयका आधारमा प्रतिवेदन दिने हो । हेर्नुस्, अहिले देखिएको समस्या राजनीतिक हो ।
नाकाबन्दीले जनजीवन जटिल भइसक्यो । त्यसप्रति संवेदनशील हुनुपर्दैन ?
हामी एउटा कुरा बिर्सन्छौं, जोमाथि प्रत्यक्ष असर परेको छ, त्यो चर्चामै आउँदैन । आन्दोलन सुरु हुनासाथ मधेसको जनतालाई असर पर्यो । त्यसबारे कसैको मुखबाट आवाज उठेको हामीले सुनेनौं । काठमाडौंमा जब असर पर्न थाल्यो, अनि मात्रै नेपालमा नाकाबन्दी भयो भन्ने अनुभूति भयो । त्यो पनि यहाँ भारतले नाकाबन्दी गरेको भन्ने हल्ला छ । हामी कहाँ जाने ? घरमा सुरक्षा छैन । गाउँ, सहरमा सुरक्षा छैन । पूरा मधेसमा आतंकको राज्य छ । यहाँबाट जनता भागेर गइरहेका छन् । उता सिमानामा कडाइ गरिएको छ । नेपाली हो भनेर सोध्दा हो भन्नैपर्यो । त्यसो भए आफ्नै देश जाऊ, यता आउनु पर्दैन भन्छन् । जबकि, खुला सिमाना छ, जहाँबाट पनि छिर्न सकिन्छ । सीमापारिको खुला ठाउँ, बगैंचा, धर्मशाला र मन्दिरमा नेपालीहरू बसिरहेछन् । यता पनि त हेर्नुपर्यो नि । दशगजामा बस्नु भएन । यताबाट गोली चलाउँछन्, उताबाट डन्डा हान्छन् । पहिले यहाँ आन्दोलन हुँदा नेताहरू भागेर भारत जान्थे, अहिले त जनता नै भागेर गइरहेछन् ।
यो कसको कारणले भयो त ?
प्रहरीहरू घरको भित्रैसम्म गएर यातना दिने, ढोका फोडेर भित्र छिर्नेसम्म गरिरहेका छन् । वीरगञ्जमा कलावती र उषा श्रीवास्तव नामक दुई महिलाका संवेदनशील अंगमा प्रहार भएको छ । शान्तिपूर्ण आन्दोलनमा गोली चलाउँदा कुनै नियम कानुन छैन यहाँ । के यो हामीले गरेको हो ?
तर, जहाँनेर आन्दोलन नै छैन, त्यहाँ किन भारतको नाकाबन्दी त ?
त्यसो त, जहाँनेर आन्दोलन छ, त्यहाँ पनि त रातिराति सामान ल्याइरहेकै छन् । असुरक्षा र आतंकको अवस्थामा यो सबै भइरहेको छ ।
उसोभए नेपालीले दसैंतिहार, छठ पनि नाकाबन्दीमै गुजार्नुपर्ने हो ?
सरकारले बुझिरहेको छैन त हामीले मात्रै के गर्ने ? हामीलाई चाहिँ दुःख छैन र ? कर्फ्युका बीचमा हामीले रक्षाबन्धन, कृष्णजन्माष्टमी मनायौं । राखी किन्न जाँदा सारा दोकान बन्द थिए । मिठाई किन्न सकिएन ।
भनेपछि अब समाधानको सूत्र केमा छ ?
हामीले कुनै नयाँ माग त गरिरहेका छैनौं नि । विगतमा राज्यले हामीसँग गरेको प्रतिबद्धताबमोजिम सीमांकन होओस् भन्ने हो ।
बटमलाइनचाहिँ सीमांकन नै हो ?
सीमांकन नै हो । त्योसँग सम्बन्धित कुराहरू पनि छन् । जनसंख्याका आधारमा ५० प्रतिशतभन्दा बढी क्षेत्र मधेसले पाउनुपर्ने हो ।
नयाँ सरकारको चर्चा चल्दै छ । आन्दोलनको समाधान त्यसमै निहित छ कि ?
ब्यान्डबाजा बजाएर नेताहरू सत्ताको यात्रामा लागिरहनुभएको छ । वार्ता टोलीलाई पनि त्यसले छोएको होला । भूकम्पपछिको पुनर्निर्माणका लागि फास्ट ट्रयाकबाट संविधान बनाउने भनी लाग्नुभएको हो उहाँहरू । त्यो फास्ट ट्रयाक केका लागि थियो भन्ने अहिले खुल्दै छ ।
जेहोस्, तपाईंहरूको आन्दोलनमा भारतले नाकाबन्दी गरेर सहयोग पुर्यायो ।
यहाँ कुन आन्दोलन छैन, जसमा भारतको नाम जोड्ने गरिन्न ? राजनीतिक, आर्थिक क्षेत्र, आन्दोलन जेमा पनि भारततिर औंला देखाउने गरिन्छ । यहाँ त भारतको सहयोग मात्रै होइन, भारतीयले नै आन्दोलन गरिरहेको भन्न थालिएको छ । सत्तामा बसेका विशिष्ट व्यक्तित्वको मुखबाट भारतीय गुन्डाहरूले मधेसका नाममा आन्दोलन गरिरहेका छन् भनियो । हाम्रो चरित्रहत्या गर्ने काम भयो । हाम्राे समस्या सम्बोधन गर्नुको साटो भारतसँग जोडेर हेर्ने गरियो । त्यसैले आजसम्म कुनै पनि समस्याको सम्बोधन भएको छैन ।
भनेपछि ३४-३५ धारामा संशोधन नगरी समाधान हुँदैन ?
हाम्रा राजनीतिक मागका आधारमा अब ३४-३५ धारामा संशोधन नगरी हुँदैन । किनकि तिनीहरू आपसमा सम्बन्धित छन् । अब मोेहर र सुकाले यो समस्याको समाधान सम्भव छैन ।

प्रकाशित: आश्विन १९, २०७२
No comments:
Post a Comment