Saturday, July 30, 2011

वाद–उद्यमीलाई होमवर्क

सञ्जीव उप्रेतीलिखित 'सिद्धान्तका कुरा' ले साहित्यिक, सांस्कृतिक सिद्धान्तबारे नेपाली भाषामा गरिने यसअघिका बहसको प्रचलन तोडेको छ। पहिलो, यसले सिद्धान्त स्वयंबारे नेपाली बौद्धिक समुदायमा चल्ने पूर्वाग्रही छलफलका अगुवालाई भाले आक्रमण गरेको छ।
दोस्रो, सिद्धान्त फाटफुट पढ्ने र …फास्टफुड' बौद्धिकता उमार्ने वादका …बाइप्रोडक्ट' थुप्रै होलान्। विषयवस्तुको गहिराइमा नपुगी जो पायो त्यहीलाई …जार्गन' ले नठुँग्न तिनलाई सचेत गराइएको छ।
तेस्रो, पश्चिमा साहित्य र सिद्धान्त पढी नेपाली लेखकको हेलाहोचो गर्ने प्रवृत्तिलाई किताबले खारेजीको सिफारिस गरेको छ। स्थानीय परिवेशका लेखक र कृतिलाई महŒव दिँदै उप्रेतीले सैद्धान्तिक फ्रेममा राख्ने जमर्को गरेका छन्।
चौथो, प्रत्येक सिद्धान्तको एकोहोरो व्याख्या गर्दै त्यसैमा हाँमा हाँ मिलाउने परम्परालाई प्रश्न गरिएको छ। थुप्रै ठाउँमा लेखकका मौलिक चिन्तन भेटिन्छन्।
पाँचौं तथा अन्तिम, एकातिर आफूलाई नेपालमा उत्तर आधुनिकताको प्राधिकार ठान्ने र अर्कातिर यसको गन्ध त के शब्दसम्म ग्रहण गर्न नसक्ने दुवै अतिवाद व्याप्त छ। तिनलाई आफ्नो ज्ञानको सीमामाथि एकपल्ट …रिभिजिट' गर्न यो किताबले …होमवर्क' समेत दिएको छ।

तेस्रो किनारा : भद्र अवज्ञाको दस्तावेज

तेस्रो किनारा : भद्र अवज्ञाको दस्तावेज

Sunday, July 24, 2011

एमालेको धुलिखेल एक्सप्रेस


Print
(0 votes, average 0 out of 5)
नेपालमा त्यस्तो कुन पार्टी छ जसलाई आफ्नो विधान के हो भन्ने थाहा छैन? कसैले हात उठाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भनिदियो भने गलत हुँदैन। शनिबार धुलिखेलमा सुरु राष्ट्रिय भेलामा सहभागी हुन पुगेका एमाले नेता, कार्यकर्ता आठौं महाधिवेशनपछि छापिएका विधानका पहिलो र दोस्रो संस्करणको आधिकारिकताबारे बहस गर्न राम्रै तयारीसाथ हिँडेका छन्। अध्यक्ष झलनाथ खनाल पक्षधर विधानको पहिलो संस्करणलाई आधिकारिक भन्न रुचाउँछ। स्थायी कमिटी सदस्य केपी शर्मा ओली र माधवकुमार नेपाल समर्थक दोस्रो संस्करणलाई। कुल मिलाएर बुझ्दा, एमालेमा दुई गुटमात्रै छैनन्। दुई विधान पनि छन्। दुई विधान बोकेर धुलिखेल एक्सप्रेसको गाडी चढेका एमाले नेता त्यसपछि कता लाग्लान्, अनुमान कठिन छ।

सबाल्टर्नबारे विरोधाभास


सबाल्टर्न बोल्न सक्छ? बोलेपछि त्यो कसरी सबाल्टर्न रहिरहन्छ? बोल्नु भनेको के हो? वक्ताको कुरा स्रोताले ग्रहण गरेन भने त्यसलाई बोली मान्ने कि नमान्ने? आवाज निकालेर कुरा गर्नु नै बोली हो कि अरू नै केही हो?
विश्वविद्यालयीय सबाल्टर्न अध्ययनमा माथिका विषयबारे बढी छलफल हुने गर्छ। …शक्ति, स्रष्टा र सबाल्टर्न' किताबका लेखक तारालाल श्रेष्ठले पाठ्यक्रम अध्ययनभन्दा अघि बढेर बहस चलाउन खोजेका छन्। उनले सत्ताशक्तिसँग स्रष्टाको सम्बन्ध, ज्ञान र शक्तिको अन्तर्क्रिया, लेख्य र कथ्य साहित्यमा सबाल्टर्न आदि विषयमा यस किताब तयार पारेका हुन्। नेपाली सबाल्टर्न अध्ययनबारे थुपै्रले फुटकर लेखे। तर, पंक्तिकारले जानेसम्म, सिंग्ाो पुस्तकमार्फत नेपाली साहित्य समालोचनामा गरिएको यो पहिलो सबाल्टर्न बहस हो।

सबाल्टर्नबारे विरोधाभास


Monday, July 18, 2011

कविता / डा गुप्तोको पेरस्त्रिकप्सन

लेखिबस्छु
प्रेस्त्रिकप्सन उनीहरुलाई

मेटेर इरेजरले
विरल रेखा भएर भाग्दै गरेको जून
उच्चाट वनमारा फूल

स्टेथेस्कोप अड्याएर घाँटीमा
चलाउँछु रंगविरंगका पेन्सिलहरु
एकसाथ
औषधी र विचारको पूर्जीमा
 उदाउँदै गरेको सूर्य
 गँडबाट निक्लेका रंगीन चरा
 र एकधर्को इन्द्रेणी

तिनीहरुलाई
जो आएका थिए
अपे्रसन थिएटरमा पस्नुअघि
भिरेर ब्ल्याक एन्ड ह्वाइट क्यामेरा
खिच्न भनेर
सादा चेप्टो पृथ्वी

पुनश्चः लेखिबस्छु
'निको अझै नभएमा
यो पुर्जी
साथै लिएर आउनु।'


       २०६७  ०६ ३० इलाम

सम्झनाहरुलाई ...

सम्झनाहरुलाई आफूसितै राखेर
किन पठाएकी होली
उसले मलाई
एक्लै

नपाउनुकी रैछे
त्यो एक निष्ठुरी
हिड्नलाग्दा
जसले झोलामा राखिदिएकी थिइ
रुमाल  र एल्बम ।
कहाँ राख्यौ भनेर सोध्दा
भुइँतिर हेरेरै बोलेकी थिइ
हालिदिएकी छु भन्थी
मायालु सम्झनाहरु।

सारै कपटी रैछे
एकजोर लुगा, तुम्लेटको पानी
अटोग्राफ, ठेगाना
सब्ौसबै दिएर पनि
ऊसितको मीठो समयलाई
फुत्किन नदिएर
किन झुक्याएकी होली

सम्झनाहरुलाई
आफ्नो हृदयको खोकिलामा राखेर
किन पठाएकी होली
मलाई मात्र
एक्लै
एक्लै।

                       ०६७  ०७ २५ कीर्तिपुर

कविता

 सरकारी ड्राइभरको मनोवाद

                           वसन्त बस्नेत

पछिल्लो सिटमा राखेर
तेस्रो विश्वको मन्त्री
सांसद र इतरपार्टीको नेतालाई

म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु

डाइबर हुनुको सौभाग्गे
वा भनुँ दुर्भाग्गे
मैले पाएको छु

सरकारी लाइसन्
सरकारी मान्छे
सरकारी गन्तव्य

अँ सरकारी मान्छे ,
जो ठान्दो हो आफैलाई
खुब ठूलो डाइबर

तर उही छ
युगको ट्राफिक चिन्ह थाहा नपाएर
बाटो, अनि लक्ष्य बिर्सेर हराएको

लाइसन विना मुलुक हाँकिरहेको
यो विनायोजनाको डाइबरलाई बोकेर
म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु।


    २०६७ असोज, इलाम

फरक विषय, उस्तै आग्रह

भारतीय अंगे्रजी पत्रिका …आउटलुक' को पछिल्लो अंक त्यहाँका युवा लेखकबारे आवरण कथासहित छापिएको छ। त्यहाँ छापिएका इशान त्रिवेदी भन्छन्, …सजिलो पाराले लेख्नुपर्छ। अहिलेको पुस्ता सलमान रुस्दी र विक्रम सेठद्वारा लिखित किताबका पंक्तिपिच्छे शब्दकोश पल्टाउन झिंजो मान्छ।'
केही महिनायता नेपाली कथा साहित्यका थुप्रै किताब बजारमा आएका छन्। एकाधलाई छाड्ने हो भने युवा लेखकले अग्रसरता देखाएको कथालेखन शैलीगत सरलता र सहजतातिर उन्मुख छ। त्रिवेदीको आशयसँग पछिल्लो नेपाली लेखन सहमत देखिन्छ।

Sunday, July 17, 2011

बजारमुखी यौनकथा

बेलायती समालोचक वाल्टर बेसान्टले सन् १८८४ मा आख्यानसम्बन्धी प्रवचन दिने क्रममा भनेका थिए, …कुनै पनि कृतिमा लेखकले सचेत नैतिक लक्ष्य राख्नुपर्छ, अन्यथा समाजमा उत्पन्न हुनसक्ने भाँडभैलोको जिम्मेवारी लिनुपर्ने हुन्छ।'
अमेरिकी आख्यानकार हेनरी जेम्सले वाल्टरको सोही प्रवचनमाथि जबाफ फर्काए, …तिमी कुनै चित्रलाई श्लील र अश्लील भन्न सक्छौ? कुनै नग्न मूर्तिलाई छाडा भनेर परिभाषित गर्न सक्छौ? साहित्य, चित्र, मूर्ति सबै कलाका पक्षहरू हुन्। जब हामी श्लीलता र अश्लीलताको कुरा बिर्सेर निख्खर कलाको कुुरा गर्छौं, नैतिकता तपसिलको विषय बन्छ।'

तेस्रो किनाराः भद्र अवज्ञाको दस्तावेज

 'तेस्रो किनारा' कथासंग्रह प्रकाशित गर्नुअघि नै चंकी श्रेष्ठ अभय श्रेष्ठ भइसकेका थिए । उनी अभय हँदैगर्दा देशको राजनीति फेरिइसकेको थियो । नागरिकमा अब त केही होला भन्ने आशाका प्वाँख पलाइसकेका थिए । उता चंकीभित्र भने यही व्यवस्थाप्रति पनि असन्तुष्टि बढ्दै थियो । उनी केही नयाँ खोजिरहेका थिए । नयाँपन खोज्ने उनको आकांक्षाले सग्लो आकार ग्रहण गरिसकेको थिएन ।

Saturday, July 16, 2011

हिमाल शर्माको दुस्साहस

'म बाँचेको थिएँ र पो अहिले मेरो छोरालाई फर्क भन्न पाएको छु। मेरो आन्दोलनमा छोराको पनि सहयोग छ भन्न पाएको छु। म मरेको भए तिमीलाई कसले यस्तो आग्रह गर्थ्यो?'अखिल (क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले चीनमा पढ्दै गरेका छोरा सरललाई मार्मिक फोन गरे। बुबाले जति पटक कर गरे पनि आमा र आफन्तसँग धेरै छलफलपछि सरलले नेपाल नआउने निधो गरिसकेका थिए। कुनै तर्कले जित्न नसकेपछि शर्माले अन्ततः 'इमोसनल ब्ल्याकमेलिङ' गरेर भए पनि छोरालाई नेपाल बोलाएरै छाडे। बुबाले नेतृत्व गरेको 'आन्दोलन' मा बलिदानको कोटा चुक्ता गर्न पहिलो लाइनमा (सायद अन्तिम पनि?) उभिएका यी छोरा अहिले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई सोधिरहेका छन्, 'अध्यक्षज्यू, के यो नीति मेरा लागि मात्रै हो? म माओवादी नेताको छोरो हुनु अभिशाप हो? नेताकै छोरो भएकाले मैले भविष्य अनिश्चित बनाउनुपर्ने?'

माओवादी विवादको चुरो

एनेकपा (माओवादी) मा अन्तरसंघर्ष चर्कदो छ। दसक लामो सशस्त्र युद्धबाट शान्तिपूर्ण प्रतिष्पर्धामा भाग लिएको माओवादी संसदीय अभ्यासका 'अनुभवी' अरू दललाई उछिन्दै पहिलो दल हुन सफल त भयो नै। शान्तिप्रक्रिया टुंगिन अझै बाँकी र रहेको परिस्थितिमा जारी प्रक्रियाको आधा हिस्सा ओगटेको उक्त पार्टीको आन्तरिक जीवनले सिंगो मुलुकलाई सकारात्मक नकारात्मक जुनै कोणबाट पनि असर पार्नसक्ने भएकाले पनि इतरमाओवादीले समेत चालु माओवादी विवादमाथि सरोकार राख्नु अनौठो भएन। माओवादी अब कता लाग्छ भनेर उसका समर्थक चिन्तित छन्। विरोधी समेत उसका गतिविधिप्रति उत्सुक छन्। त्यसैले यतिखेर माओवादी सबैको चासोमात्र होइन चिन्ताको विषय पनि बनेको छ।

Thursday, July 14, 2011

भाग दुई सम्झनाहरू

…तब न संंग्रौला।'
कथाकारले …नलेखिएको इतिहास' नामक कथा सस्वर पढेपछि पारिजातले दिएको सृजनात्मक …अंक' हो माथिको पंक्ति। खगेन्द्र संग्रौला त्यतिखेर वाम झुकाव भएका लेखकमात्रै थिएनन्। उनी प्रगतिशील लेखक संघका कार्यकर्तै थिए। लेख्नेमात्रै होइन, गतिविधि पनि उत्ति नै गरिरहनुपर्ने उनलाई। यतिबेला उनी आग्रहहरूबाट च्यूत देखिन्छन्। आग्रहमुक्त भएर लेख्नु नै उनको हिजोआजको गतिविधि हो। तर त्यही …गतिविधि' उनको लागि आग्रह हुनपुुगेको छ।