सञ्जीव उप्रेतीलिखित 'सिद्धान्तका कुरा' ले साहित्यिक, सांस्कृतिक सिद्धान्तबारे नेपाली भाषामा गरिने यसअघिका बहसको प्रचलन तोडेको छ। पहिलो, यसले सिद्धान्त स्वयंबारे नेपाली बौद्धिक समुदायमा चल्ने पूर्वाग्रही छलफलका अगुवालाई भाले आक्रमण गरेको छ।
दोस्रो, सिद्धान्त फाटफुट पढ्ने र …फास्टफुड' बौद्धिकता उमार्ने वादका …बाइप्रोडक्ट' थुप्रै होलान्। विषयवस्तुको गहिराइमा नपुगी जो पायो त्यहीलाई …जार्गन' ले नठुँग्न तिनलाई सचेत गराइएको छ।
तेस्रो, पश्चिमा साहित्य र सिद्धान्त पढी नेपाली लेखकको हेलाहोचो गर्ने प्रवृत्तिलाई किताबले खारेजीको सिफारिस गरेको छ। स्थानीय परिवेशका लेखक र कृतिलाई महŒव दिँदै उप्रेतीले सैद्धान्तिक फ्रेममा राख्ने जमर्को गरेका छन्।
चौथो, प्रत्येक सिद्धान्तको एकोहोरो व्याख्या गर्दै त्यसैमा हाँमा हाँ मिलाउने परम्परालाई प्रश्न गरिएको छ। थुप्रै ठाउँमा लेखकका मौलिक चिन्तन भेटिन्छन्।
पाँचौं तथा अन्तिम, एकातिर आफूलाई नेपालमा उत्तर आधुनिकताको प्राधिकार ठान्ने र अर्कातिर यसको गन्ध त के शब्दसम्म ग्रहण गर्न नसक्ने दुवै अतिवाद व्याप्त छ। तिनलाई आफ्नो ज्ञानको सीमामाथि एकपल्ट …रिभिजिट' गर्न यो किताबले …होमवर्क' समेत दिएको छ।
पन्ध्र खण्डमा विभाजित प्रस्तुत किताबको तेह्रौं भागसम्म पाठक सहजै जान सक्नेछन्। उठेका प्रसंगको मुहान खोज्नेले सोह्र पृष्ठको सन्दर्भसूची चौधौं खण्डमा फेला पार्नेछन्। पन्ध्रौंमा अनुक्रमणिका। पाठकले सन्दर्भसूची देखेर आत्तिनुपर्ने छैन। तिनीहरू नपढे पनि किताब अबोधगम्य लाग्दैन। साहित्यिक, सांस्कृतिक अध्ययनको …आउटलाइन' बुझाउन …सिद्धान्तका कुरा' तात्कालिक गन्तव्य हो। व्यापकतामा जानेका लागि प्रस्थानविन्दु।
पृष्ठ ८२ मा उप्रेती …वाद' बारे …दामी' तर्क पेस गर्छन्। कुनै वादको पछि नलागी स्वतःस्फूर्त सौन्दर्यचेतनाको माध्यमले कृतिलाई बु‰नु पो बु‰नु। खुला मैदानबाट संसार हेर्न छाडेर सिद्धान्तको साँघुरो ‰यालबाट के चिहाउनु भन्नेहरूको तर्क उप्रेतीका अघिल्तिर ठिमाहा जातको ठहर्छ। उनी सिद्धान्तविनाको मान्छे परिकल्पना गर्र्दैनन्। मार्क्सवादी अध्ययन खण्डमा त्यसको विस्तृत चर्चा गर्दै उनी मान्छे सिद्धान्तबाट चाहेर पनि भाग्न नसक्ने ठोकुवा गर्छन्।
आधुनिकता र उत्तरआधुनिकताबारे नेपालमा पनि धेरैपल्ट बहस भइसक्यो। एकहदसम्म यो पुरानो पनि भइसक्यो। तर, धरातल नटेकी अधिकांश बहस सतहमा गएको स्वीकारोक्ति लेखकको हो। आधुनिकता र उत्तर आधुनिकताका अनेक रूप हुनसक्ने उनको विचार छ। यी दुवैलाई हेर्ने सवालमा उनले आफूलाई जुर्गन हेबरमासनजिक पाउँछन्। हेबरमास उद्धृत गर्दै उनी लेख्छन्, …उत्तरआधुनिकताले आधुनिकताको पुनर्लेखन गरेको छ, यसको राजनीतिक/नैतिक पाटोलाई निरन्तरता दिएको छ। .... यी दुईलाई छुट्याउने ठूलो खाडल पनि छैन। इतिहासको निरन्तरताले दुवैलाई जोडेको छ।' (पृष्ठ ७५)
उप्रेतीले व्यक्त गर्ने प्रायः मौलिक आग्रह संस्मरणात्मक शैलीको पनि प्रयोग गरेका छन्। …आधुनिकता/उत्तर आधुनिकता' भित्र पनि उनले उक्त विधि समातेको देखिन्छ। …कक्षाकोठा, आधुनिकता, उत्तर आधुनिकता' अखबारी शैलीमा लेखिएको महसुस हुन्छ। कवि विप्लव ढकालको …प्रोफेसर शर्माको डायरी' लाई उदाहरण दिँदै उनी वाल्टर बेन्जामिनको …यान्त्रिक पुनरुत्पादन' बुझाउँछन्। आधुनिकता र उत्तर आधुनिकताका सबल र दुर्बल पक्ष पनि केलाइएको छ।
पृष्ठ ९३ मा उनले महाआख्यान सकियो भनी दावी गर्ने पश्चिमा विद्वानविरुद्ध प्रतिदावी गरेका छन्। लेख्छन्, …यस्तो किसिमको सोचले हामीलाई वैचारिक शुन्यताको प्रदेशमा लगेर हुलिदिन्छ। अन्ततः राजनीतिक प्रतिगमनको ढोका खोल्छ।' उत्तर आधुनिकताको सबलताबारे यी लेखकले पैरवी गर्दा नाक खुम्च्याउनेले यहाँनेर भने उप्रेतीलाई …अग्रगामी क्रान्तिकारी' ठान्दा हुन्। उप्रेतीले महाआख्यान अन्त्य नभए पनि जहीँको तहीँ रहिरहँदैन, बरु पुनर्लिखित भइरहन्छ भनेका छन्। किताबमा सोदाहरण बहस गरिएको छ। पछि पनि हुँदैजाला।
…नेपाली वैकल्पिक आधुनिकता' यस किताबभित्रका बहसमध्ये मुख्य आकर्षण हुनेछ। अठारौं शताब्दीदेखि व्यापकता पाउँदै गएको पश्चिमेली आधुनिकताबाट अघि बढेर नेपाली आधुनिकताबारे छुट्टै अध्ययन गर्नुपर्ने उप्रेतीले औंल्याएका छन्। विश्वविद्यालयमा उक्त विषय पढाइरहेका र विभिन्न …स्टडी एन्ड रिसर्च सेन्टर' खोली आधुनिकताबारे युरोपेली मानक खडा गरी घोत्लिरहेकाको लागि यो खण्ड सिद्धान्तका यी डाक्टरको आलोचनासहित प्रेस्त्रि्कप्सन पनि हो।
साहित्य र कलाले नेपाली वैकल्पिक आधुनिकता प्रतिविम्बित गर्नुपर्छ भन्ने उनको आग्रह देखिन्छ। शंकर लामिछाने, मोहनराज शर्मा, धु्रवचन्द्र गौतम, तेस्रो आयाम अभियन्ता, लीलालेखनअघि र पछिका इन्द्रबहादुर राई, कृष्ण धरावासीले उठाएका केही बहसमा उप्रेती पसेका छन्। नेपाली साहित्यमा प्रशस्त चर्चा भएको लीलालेखनमाथि गम्भीर समालोचना हुन अझै बाँकी भएको उनको दावी छ। लीलावादीले सकारे यो उनीहरूको लागि पनि …होमवर्क' नै हुनजाला।
पहिचान र अस्तित्वप्रति सरोकार राख्दै लेखनको क्षेत्रमा पचासको दसकदेखि राज्यसत्ता र संरचनाबारे विभिन्न प्रश्न उठ्न थाले। उपे्रतीले तिनको पनि चर्चा गरेका छन्। त्यो बेला …साहित्यिक हैकम' नै जमाएको सृजनशील अराजकताको चाहिँ नाममात्र उल्लेख गरेका छन्। खासै चर्चा गरेका छैनन्।
एक हिसाबले भन्ने हो भने अहिले विभिन्न नाममा चलिरहेका साहित्यिक अभियान उक्त लेखनबाटै प्रभावित थिए। विचारको पक्षमा सृजनशील अराजकतावादीका आफ्नै सीमा थिए होलान् तर, सशक्त लेखनका माध्यमले तिनले साहित्यको बजार पेलेकै थिए। उप्रेतीले चाहिँ त्यसपछि चलेका अभियानलाई बढी प्राथमिकता दिएका छन्।
उत्तरवर्ती सोच र रंगवादबारे लेखकले केही महत्वपूर्ण प्रश्न उठाएका छन्। उत्तरवर्तीको स्वखोजमाथि सन्देह उठाउँदै उनले थप व्याख्या माग गरेका छन्। रंगवादी कविलाई चाहिँ तातो पानी खन्याउँदै मायाले सुम्सुम्याउँदै पनि गरेका छन्। जस्तो, …चन्द्रवीर तुम्बापो, धर्मेन्द्र नेम्वाङ, स्वप्निल स्मृति आदि उत्कृष्ट रंगवादी कवि हुन्। ... उनीहरूले एउटै भीरबाट बगे पनि छुट्टाछुट्टै रंग लिएर बग्नुपर्छ। ... एकै किसिमका विषय र शैली पो समात्ने हुन् कि भन्ने शंका छ।' (पृष्ठ १४७)
विचारका नयाँ क्षितिज देखाउँदा देखाउँदै पनि यस किताबले आफ्ना सीमा आफैं लिएर आएको छ। उप्रेतीले सिद्धान्तलाई सकेसम्म सजिलो भाषामा बुझाउने र नेपाली सन्दर्भमा त्यसलाई हेर्ने प्रयत्न गरेकै हुन्। अंग्रेजी पदावलीलाई उनले नेपालीमा उल्था गरेका छन्। तर, उनको अनुवादले अंग्रेजीभन्दा नेपाली कठिन भएको छ।
जस्तो, …होराइजन अफ एक्स्पेक्टेसन' लाई प्रत्याशाहरूको क्षितिज, …बाइनरी अपोजिसन' लाई विरोधाभासी पदानुक्रम, …स्ट्राटेजिक एसेन्सियलिजम'लाई रणनीत्यात्मक तात्विकता, …पोस्ट कोलोनियलिजम' लाई उत्तर औपनिवेशिकवाद, …हिस्ट्री अफ सेक्सुआलिटी' किताबलाई यौनको इतिहास आदि।
यस्तै सेक्सुआलिटीलाई यौन भनिदिँदा सेक्सचाहिँ आफ्नो उपयुक्त अनुवाद फेला नपरेर बेवारिसे होला कि? मिसेल फुकोलाई एकदुई ठाउँमा फुको लेखेर अरू थुप्रै ठाउँमा फुकु लेखिएको छ। फुकुयामा पो भनेको हो कि भनी पाठक अल्मलिएलान्। पृष्ठ १५६ मा …त्यसपछिका वर्षमा...परिपाटी चल्यो छन्' जस्ता थुप्रै वाक्य किताबभरि छन्। आशय बुझेका तर भाषामा अल्मलिएका पाठकले ठान्लान्– उप्रेतीले सिद्धान्तका कुरालाई …आलु, नौनी र कफी' बनाएछन्, भाषालाई चाहिँ …घनचक्कर'।
किताबका नाम थुप्रै ठाउँमा सही परेका छैनन्। इन्द्रबहादुर राईको …कठपुतलीको मन' लाई पटक–पटक कठपुतली मन लेखिएको छ। राजन मुकारुङको …हेत्छाकुप्पा' लाई हेत्साकुप्पा, बुद्धिसागरको …कर्नाली ब्लुज' लाई कर्णाली ब्लुज, धच गोतामेको …घामका पाइलाहरू' लाई घामका पाइला आदि। जसरी डाक्टरले शल्यक्रिया गर्दा सानो चिज शरीरभित्र अड्कायो भने स्वास्थ्यमा त्यसको असर ठूलो हुन्छ, त्यसरी नै हेर्दा सामान्य लाग्ने यस्ता गल्तीले सिद्धान्तको शल्यक्रियामा ठूलो असर पार्छन्।
पृष्ठ ८३ मा सिद्धान्तको महŒवबारे उप्रेती खुलेर बहस गर्छन्। उनले अघि सारेका तर्कमा दम पनि छ। तर, उनी अचानक लेख्न पुग्छन्, …पचास वर्षपछिको संसार अहिलेको भन्दा फरक किसिमको हुनेछ। त्यस फरक संसारलाई बु‰नका लागि अझै नयाँ वाद, सिद्धान्तको सिर्जना हुनेछ।' बु‰नका लागि? कि बु‰ने क्रममा? त्यसो भए त सिद्धान्तविना बोध नै नहुने भयो। वास्तवमा बोधहरूलाई सामान्यीकरण र संश्लेषण गर्दै गएपछि सिद्धान्त हुने हो। सिद्धान्तविना बोध असम्भव हुन्छ भन्ने होइन। सिद्धान्तले असंख्य टुक्रा र खण्डमा छरिएका बोधलाई संगठित र सहज ढंगले बु‰न र सार्विक दृष्टि दिन सघाउने हो। बोध र सिद्धान्तलाई हेर्ने उपे्रतीको नियत गलत नहोला। तर, प्रयुक्त भाषाले उनको आशयलाई प्रत्यक्ष अभिव्यक्त गर्दैन।
त्यसैगरी, पृष्ठ १२४ र १२५ मा उनले लेखेका छन्, …विडम्बना के छ भने सैद्धान्तिक तवरले लीलालेखनको राजनीतिक पक्षको राम्रोसँग व्याख्या हुन नसकेको भए तापनि धेरै लीलालेखकले तिनका कृतिमा ऐतिहासिक तथा राजनीतिक पक्षलाई प्रष्ट रूपले समेटेका छन्।' यहाँ पनि गलत भाषा परेको छ। लीलालेखकले ऐतिहासिक र राजनीतिक पक्षलाई प्रष्ट समेट्न सक्नु चाखलाग्दो, खुसीको कुरा आदि हो कि विडम्बना हो?
त्यस्तै पृष्ठ १५९ र १६० मा व्यक्त नेपाली कलाकार–चर्चामा शशि शाहको प्रसंग छ। …यस्तै विचार शशीविक्रम शाहले पनि अन्तर्वार्ताका बेलामा प्रस्तुत गरे' भनिएको छ। शाहले कसलाई कहाँ भनेको हो भन्ने जिज्ञासा किताबमा कहीँ पनि खुल्दैन। शाहका दुई नाम चलाइएका छन्। उनीहरू एउटै हुन् कि भिन्नाभिन्नै? त्यसैमा उनी लेख्छन्, …...त्यसपछि मेरो शैलीमा परिवर्तन आयो...।' त्यो कसले भनेको हो, पाठकले पत्तो पाउँदैन।
पृष्ठ ९५ र ९६ मा उप्रेतीको विश्लेषण मनोगत लाग्छ। के वाम दल हुन मार्क्सवादी हुनैपर्छ? नेपालमा वामपन्थीले २०६३ सालपछि सामाजिक न्यायको मात्र कुरा गर्न छाडी लोकतन्त्रको पनि कुरा गर्न थालेका छन् भनिएको छ। के उनीहरूले त्यसपछि मात्रै लोकतन्त्रको कुरा गर्न थालेका हुन्? अथवा, लोकतन्त्र भनेकै के हो? कांग्रेसले पनि त्यसपछि मात्रै सामाजिक न्यायको कुरा गर्न थालेको हो र? अनि, कांग्रेसलाई मात्रै लोकतन्त्र पक्षधर भन्नु कति उचित हुन्छ?
२०६३ सालपछिको समयलाई लेखकले उत्तर आधुनिक भनेका छन्। कसरी? २०६२/०६३ को आन्दोलनले राजनीतिक व्यवस्था बदलेकै हो। तर, नेपाली समाजको आधारभूत चरित्रमा त्यसले के फरक पार्यो? यदि अहिलेको समय उत्तर आधुनिक हो भने २०६२ अघिको नेपालचाहिँ के हो? उप्रेतीले यी सबै प्रश्नलाई अस्पष्ट छाडेका छन्।
यस्तै, बिपी कोइरालाको कथा …होड' मा मुख्य पात्र पद्म (पदम होइन, उप्रेतीको किताबमा पदम लेखिएको छ) ले नवदुलही पद्मालाई …म कुनै पनि स्त्रीलाई फकाउन सक्छु' भनेर धाक लगाएको प्रसंग उप्रेतीले उल्लेख गरेका छन्। जबकि, कोइरालाको कथामा उक्त वाक्य, प्रसंग र आशय कहीँ पनि आउँदैन। बरु, पद्मले पत्नीलाई स्वास्नी मानिस चरित्रका विषयमा निर्धा हुन्छन्, तिनलाई विश्वास गर्न सकिँदैन, हृदयको अस्थायी उमंगमा बगीबगी हिँड्ने गर्छन् भनेपछि ठाकठुक पर्छ। विवाद बढ्दैजाँदा पतिको जिरह सहन नसकेर पद्माले …पन्ध्र दिनभित्र हरिकृष्णकी विधवालाई फकाएर देखाऊ' भनेकी हुन्छिन्। उप्रेतीले दावी गरेझैं पद्मले म कुनै पनि स्त्री फकाउन सक्छु भनेको हुँदैन। बिपीले पनि आफ्नो जीवनकालभरि त्यस्ता पात्र भेटेनन् होला।
यी सीमाहरू छँदाछँदै पनि उप्रेतीको प्रस्तुत किताबले नेपाली सिद्धान्त र समालोचना अध्ययनमा गतिलो उपस्थिति छाड्ने सम्भावनालाई सकानुपर्छ। साथै, यसले मार्क्सवाद, उत्तर आधुनिकतावाद, जेन्डर अध्ययन, परिचयको अध्ययन आदि विषयमा नेपालमा प्रायः हुने एकपक्षीय बहसको परम्परा तोड्दै समालोचनात्मक हुन सिकाउने छ।
पुरानो समयका, तर महŒवपूर्ण केही सिद्धान्तबारे चर्चा छुटे पनि पछिल्लो शताब्दीमा …हिट' भएका वादबारे लामो छलफल गरिएको छ। विश्वविद्यालयमा अंग्रेजी वा नेपाली साहित्यका विद्यार्थीलाई सिद्धान्त बुझाउन यो गतिलो सन्दर्भपुस्तक त हुने नै छ। साथै, साहित्यइतरका पाठकले सरोकार राख्नुपर्ने गरी विषय समेटिएको छ।
उप्रेतीको बौद्धिकताको व्यापकता र गहिराइमा गर्व गर्ने हक पाठकलाई छँदैछ। कसैकसैले उनको विद्वतालाई …आइएसओ मान्यताप्राप्त' पनि भनिदेलान्। उप्रेतीकै भाषा पैंचो लिएर भन्ने हो भने हरेक सिद्धान्त र विचारजस्तै उनको यो किताब पनि …वर्क इन प्रोग्रेस' हो।
नागरिक दैनिक, अक्षर साउन १४ गते प्रकाशित

No comments:
Post a Comment