Monday, July 18, 2011

कविता / डा गुप्तोको पेरस्त्रिकप्सन

लेखिबस्छु
प्रेस्त्रिकप्सन उनीहरुलाई

मेटेर इरेजरले
विरल रेखा भएर भाग्दै गरेको जून
उच्चाट वनमारा फूल

स्टेथेस्कोप अड्याएर घाँटीमा
चलाउँछु रंगविरंगका पेन्सिलहरु
एकसाथ
औषधी र विचारको पूर्जीमा
 उदाउँदै गरेको सूर्य
 गँडबाट निक्लेका रंगीन चरा
 र एकधर्को इन्द्रेणी

तिनीहरुलाई
जो आएका थिए
अपे्रसन थिएटरमा पस्नुअघि
भिरेर ब्ल्याक एन्ड ह्वाइट क्यामेरा
खिच्न भनेर
सादा चेप्टो पृथ्वी

पुनश्चः लेखिबस्छु
'निको अझै नभएमा
यो पुर्जी
साथै लिएर आउनु।'


       २०६७  ०६ ३० इलाम

No comments:

Post a Comment