संस्कृतिविद् सत्यमोहन जोशी उमेरको ९५ वर्षमा ठमठम्ती हिँडिरहेछन्। चस्मा
लगाउँदैनन्। लठ्ठी टेक्दैनन्। साँझ टुच्च एक पेग लगाउन पनि छाड्दैनन्।
खानपिन, माछामासु केही बार्दैनन्। डाक्टर भेट्दैनन्। बुढयौलीका दैनिकी उनले
आजका मितिसम्म अपनाउनुपरेको छैन। जीवनशैली पूरै सरल छ। सक्रिय र सानदार छ।
हामीले एक साताअघि नै भेट्न खोजेको तर उनलाई जत्तिखेरै भ्याइनभ्याई।
नेपाली भाषा, सभ्यताको गम्भीर खोजका लागि २०१४, २०१८ र २०२८ साल गरी तीनपल्ट मदन पुरस्कार जितेका यी 'लिभिङ इन्साइक्लोपेडिया' को हरेक बिहानी कालो चियाको कपमा उदाउँछ। सिंगो दिन अध्ययन, भेटघाट र समारोहमा बित्छ। पृथ्वीमा रात खस्दै गर्दा उनको हातमा एक पेग ब्ल्याक लेबल वा अयला चढिसकेको हुन्छ। अनुहारमा हल्का लाली चढ्छ। बिस्तारै स्विच दबाउँछन्। बस्, गहिरो निद्रा पर्छ।
औधी सपना देख्छन् सत्यमोहन, तर बिहान सम्झन सक्दैनन्। बिछयौनाबाट उठेर शीतमा नाङ्गो पैंतालाले टेक्छन्। पूजाआजा गर्छन्। अंग्रेजी र नेपाली गरी दैनिक चार अखबार पढ्छन्। पहिलेभन्दा पुस्तक कम पढ्न थालेका छन्। मोबाइल बोक्दैनन्। 'जहिल्यै टयाङ टयाङ गरिरहन्छ, झ््याउ लागेर बोक्न छाडिदिएँ,' भन्छन्, 'बरु एक्लै शान्त बस्नु ठीक छ।'
८१ वषर्ीया पत्नी राधादेवी सत्यमोहनको यो सिर्जनशील म्याराथन हेरिरहन्छिन्। उति चल्मलाउन हुँदैन, घरै बसिरहन्छिन्। खुट्टा दुख्ने रोगले थलिएकी उनका लागि भर्याङ चढ्न नपर्ने गरी पतिले अर्को घरमा सारेका छन्। पत्नीलाई अल्छी, दिक्क नलागोस् भनेर हरेक सोमबार अपराह्न ४ बजे घरैमा स्थानीय महिलाको जमघट जुटाइदिएका छन्। 'उसले पढेलेखेकी छैन तर वैदिक धार्मिक छलफल सुन्न त सक्छे नि। त्यसैले प्रज्ञा पारमितासम्बन्धी संगीत, वाचन, प्रश्नोत्तर चलाउने व्यवस्था मिलाइदिएको छुु,' सत्यमोहन भन्छन्, 'वी आर् ह्याप्पी।'
वरदान हो बुढेसकाल
सत्यमोहन भदौ २१ गते ज्येष्ठ नागरिक सेवा समाजले गरेको एक समारोहमा पुगेछन्। प्रायः सबै वक्ताहरू थिए, जीवनप्रति गुनासैगुनासोले भरिएका। सन्तानको बेस्याहार र बेवास्ताबाट पीडितहरू-
'छोराहरूले मलाई हेरेनन्। उनीहरूसँगै बस्छु, तर घरमा सधैं म एक्लै हुन्छु।'
'भएको एउटै छोरो विदेश गयो। र्फकेर आएन। स्काइपमा हालखबर सोध्छ।'
'रोगव्याधी खपिनसक्नु छ। भनेका बेला खुवाउने, पानी दिने कोही छैनन्।'
बोल्ने पालो आयो सत्यमोहनको। उनले आफ्नो रहस्य खोले, 'बुढेसकाललाई अभिशाप सम्झनु भएन साथी हो। यो त हाम्रा लागि वरदान हो। जीवनलाई फर्केर हेर्ने। ठूलो आकांक्षा नराख्ने। अध्यात्ममा मन लगाउने। बाँकी जीवन सक्रिय ढंगले बिताउने।'
श्रोताहरू स्तब्ध ! यस्तो पनि हुन सक्ला र बुढेसकाल?
आफ्नो तर्कलाई प्रस्टयाउन यी लेखकले २०३८ सालमा लेखेको आफ्नै नाटक 'मृत्यु: एक प्रश्न' का पात्रहरूको संवाद सुनाइदिएछन्। वेदान्त दर्शनका प्रसंग मौलिक कथामा रूपान्तरित यो नाटकको मुख्य पात्र नचिकेतालाई पिता उद्दालकले मृत्युको हातमा दान गर्ने घोषणा सुनाउँछन्। त्यसपछि छोराको स्वखोजबाट मृत्युचिन्तन सुरु हुन्छ।
मृत्यु के हो भन्ने प्रश्नको समाधान यी नाटककारले सो नाटकका यमराज पात्रमार्फत बताएका छन्। जीवन र मृत्युको प्रश्न कुनै चिन्ता गर्नुपर्ने विषय नभएको, बरु सोचविचारमात्रै गरे पुग्ने सन्देश सुनाए उनले। यो नाटक छिट्टै प्रदर्शनमा पनि आउँदैछ।
सत्यमोहन आफ्ना अनुभव बाँड्दै हिँडिरहेछन्। पाटन बखुःबहालस्थित निवासबाट कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीसम्मको सात किमि बाटो पैदल भ्याउने उनी एक वर्षयता भने माइक्रोबसमा भेटिन्छन्। कहिल्यै वृद्ध/अशक्तको सिटमा बस्दैनन्। 'यो बुढेसकाल शारीरिकभन्दा पनि मानसिक चीज रहेछ,' आगन्तुकसँग भेटघाट छोट्टयाइसकेपछि सत्यमोहन बिहीबार दिउँसो कान्तिपुरसँग लामै गफिए, 'खै किन हो, आजसम्म मलाई बूढो भएको फिलिङ नै छैन।'
लाग्छ, यी बूढालाई बुढयौलीबारे सोच्ने फुर्सद कमै छ। सक्रिय सत्यमोहनका यो वर्ष तीन नाटक प्रदर्शनमा आए। मण्डला थिएटरले मञ्चन गरेको कणर्ालीको लोककथामा आधारित 'सुनकेशरी' ले ठूलो चर्चा कमायो। थिएटर भिलेजले देखाएको 'चारुमती' र शिल्पी थिएटरले
प्रस्तुत गरेको 'महिपाः लाखे' ले पनि दर्शकको माया पायो।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहसदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पति थलो कणर्ालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे। त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए। 'कणर्ाली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कणर्ाली धनी छ भन्ने कसैलाई थाहा थिएन,' उनी भन्छन्, 'हामीले पाँच अनुसन्धाताको
टिम लगेर जब अध्ययन थाल्यौं। हामीलाई सघाउन सबै आए।'
यही अनुसन्धानको प्रतिफल २०२७ सालमा 'कर्णाली लोकसंस्कृति' नामक पुस्तक पाँच भागमा प्रकाशित भयो। प्राध्यापक अभि सुवेदी त्यस पुस्तक-शृंखलाले त्यस क्षेत्रका थुप्रै रहस्यलाई उत्खनन गरेको बताउँछन्। 'उहाँ सधैं इनोभेटिभ हो, केही न केही नयाँ गरिरहनुपर्ने। अझ काठमाडौंभित्रका गहिरा र जटिल सांस्कृतिक विषयलाई व्याख्या गर्ने उहाँ पहिलो 'न्याटिभ इन्टरप्रेटर' हो,' सुवेदी भन्छन्। राष्ट्रिय नाचघरको निर्देशक भएका बेला सत्यमोहनले गरेका कामले आजसम्मको कलाकारितामा राम्रो छाप छोड्न सफल भएको उनको भनाइ छ। उनले पुरातत्त्व विभागको पहिलो डाइरेक्टरका रूपमा प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि पहल लिएका थिए।
सत्यमोहनले रेडियो पेकिङ चीनमा छ वर्ष बिताए। नेपाली भाषामा समाचार प्रसारण गर्ने, चिनियाँलाई नेपाली भाषा सिकाए। चीनका केही साहित्यिक कृति नेपालीमा उल्था पनि गरे। उनले नेपाली र नेवारी भाषामा
सम्पादन गरेका, संकलन गरेका र लेखेका सबै पुस्तकको संख्या जोडा ६० नाघ्छ। अनि जुनसुकै विषयमा सोध्न गयो भने उनी यति बिस्तारमा बताउन सक्छन् कि रंगकर्मी सुनील पोखरेल 'जीवित इतिहास' का रूपमा सत्यमोहनलाई चिनाउँछन्।
'संस्कृति, नाटक र यो काठमाडौं उपत्यकाबारे उहाँजति जानकार सायद भेट्न गाह्रो छ,' सत्यमोहनको नाटक 'बाघभैरव' लाई कैयौं चरणसम्म मञ्चन गराएका निर्देशक पोखरेल भन्छन्, 'सक्रियता झनै गज्जब छ। शरीर र दिमाग दुवैले युवक हुनुहुन्छ उहाँ।'
दौरासुरुवाल, टोपीमा ठाँटिएर हिँड्ने जोसिला सत्यमोहनका प्रशंसक थुप्रै छन्। अघिल्लो सातामात्रै बेलायतका लागि पूर्वराजदूत सिंहबहादुर बस्नेतले एयरपोर्टनेरको एक रेस्टुराँमा लगेर सत्यमोहन जोशी, बेलायती र अमेरिकी राजदूतलगायतलाई बेलाएर एउटा भोज गराएछन्। कुनै बेला सत्यमोहनको मुखबाट 'जुरेली चरी' बोलको गीत सुनेका बस्नेतले त्यो गीत गाउन अनुरोध गरे। उनी पनि के कम ! माहोल तताइहाले-
'के खायो रेलिमाई के लायो होला
मेरो माया रेलिमाई जुरेली चरीले
वर र पीपल रेलिमाई रोपेको ठाउँमा
मेरो माया रेलिमाई कल्ले हाल्ला चौतारी।'
'गाउँतिर गएका बेला जुरेली कराएको सुन्दा मलाई लाग्यो कि,' सम्झनाको पोयो फुकाए, 'यो चरोजस्तो वर्तमानमा बाँच्न सिकियो भने जीवन सुखमय हुन्छ।'
अनि जुरेलीको कथा कहे। त्यही कथालाई नाटकमा उतार्ने सोचमा छन्। 'विदिन् कथा, देयर इज् फिलोसफी,' दुई भाषा मिसाउँदै सत्यमोहन मुस्काउँछन्।
छुट्दै गए बालसखा
रूखबाट एक एक गरी पात खसेझैं जब बालसखाहरू क्रमशः जीवनका हाँगाबाट खस्दै जान्छन्, सत्यमोहनलाई अनौठो विषाद्ले लखेट्छ। लाग्छ, मेरो पनि बिस्तारै पालो आउँदैछ। स्कुलदेखिका दौंतरी थिरबहादुर रायमाझी ९४ वर्षको उमेरमा भर्खरै बिते। थुप्रै साथी जीवनको रेलगाडीबाट उनीभन्दा पहिल्यै स्टेसनमा ओर्लिसके। अब सत्यमोहनसँग गफिने, हाँस्ने, खिलखिलाउने साथी नरकान्त अधिकारीमात्रै बाँकी छन्। ९५ वर्षीय पूर्वमहान्यायाधिवक्ता नरकान्त लैनचौरमा बस्छन्। दुवै भेटघाट गरिरहन्छन्।
फुर्सद पायो कि, एकअर्काको नम्बर थिच्छन्, टेलिफोनमा झुन्डिन्छन्।
'सानोदेखिका साथीसँग भेटा यत्ति हाँसो आउँछ। यत्ति मजाको कुरा आउँछ। त्यसको सुख कुनै शब्दले बयान गर्न नसकिँदो रहेछ,' सत्यमोहन गम्भीर हुन्छन्, 'त्यो सबैभन्दा सुखद हुन्छ। त्यो टनिकजस्तै हुन्छ।'
उनी एकैछिन रोकिन्छन्। अनि थप्छन्, 'म अरूसँग पनि हाँस्छु। तर नरकान्तसँगको हाँसो तुलना हुँदैन। अरूसँग एकैछिन बोलेपछि कुरा सकिन्छ तर ऊसँग घन्टौं कुरा गर्न सक्छु।'
सत्यमोहनले एक जमघटमा साथीभाइका छोराहरूलाई आग्रह पनि गरेछन्, 'हामीलाई कहिलेकाहीँ यसो भेटघाटको व्यवस्था मिलाइदेओ न छोरा हो ! कमसेकम तिमीहरूको त मोटर छ।'
छोराहरूले 'हुन्छ बुवा' त भनेछन्, तर कहिल्यै भेटाएनछन्। प्रायः सबैतिर यस्तै हुन्छ। हाम्रा व्यस्त सेडयुलका पाइपलाइनहरूभित्र बूढाबूढीहरू कतै चेपिन्छन्, हराउँछन्। आँखैअघिल्तिर हुन्छन्, तर बिर्सिइन्छन्।
'एक दिन थिरबहादुरलाई भेट्न गएको। ऊ त झोक्राएर बसिरहेको रहेछ,' सत्यमोहन सुनाउँछन्, 'एकैछिन बाल्यकालका कुरा सम्झाउँदै गफ के गरेथें, ऊ यत्ति हाँस्यो..
यत्ति हाँस्यो..।'
भर्खरै बितेको साथीको सम्झनामा उनी एकैछिन चुप बसे। ती चार/पाँच साथीहरू, जसले सत्यमोहनको जीवनको भित्री तहसम्म प्रवेश पाए। ती साथीहरू, जो उनको जीवनभरि कुनै न कुनै रूपमा सँगै रहे। उनीभन्दा पहिल्यै गए। उनले संख्या विभाग (अहिलेको केन्द्रीय तथ्यांक विभाग) मा आबद्ध रहेर जनगणना गर्दाखेरिका सम्झना सुनाए।
'सबै साथीहरू एकेडेमिक थिए। प्रायः एकेडेमिक गफ हुन्थ्यो,' टोपी खोलेर हातमा लिँदै सत्यमोहन हाँस्छन्, 'साथीभाइमा त्यस्तै हो, कहिलेकाहीँ छाडा पनि बोलिन्थ्यो।'
उनी र साथीहरूले जन्मदिनका अवसरमा पुस्तक उपहार दिने चलन चलाएका रहेछन्। वर्षका उत्कृष्ट अंग्रेजी र नेपाली किताबहरू छानेर एकअर्कालाई उपहार दिँदाको खुसी शब्दमा बयान नसकिने बताउँछन्। दुःख यो छ कि, उपहार दिने साथीहरू अब दुईमात्रै बाँकी रहे।
यस्तोमा मृत्युको भयले कति लखेट्छ त? 'मृत्यु: एक प्रश्न' लेखिसकेकालाई यस्तो प्रश्न सोध्नु धृष्टता हुन्थ्यो। तै पनि सोधियो। 'जाँचमा ३० अंकमात्रै पाइयो भने ५ अंक ग्रेस थपिदिने चलन छ,' नाटकका यी बूढाले रूपक शैलीमा बोले, 'म सय पुग्न ५ वर्षमात्रै बाँकी छ। मैलेचाहिँ ग्रेस पाउनुपर्दैन?'
२०७१ भाद्र २८ Kantipur

No comments:
Post a Comment