जुरेको पहिराले अरनिको राजमार्ग थुनेको छ । पहिरो गएको भीरबाट घरिघरि
ढुंगा खसिरहन्छ । हिडा हिडै कुन बेला ढिस्को खसेर भारीसहित पुरिदेला भन्ने
डर छ । तर यही पहिरो सिन्धुपाल्चोकका किसानका लागि एक महिनायता जीवनशैली
बन्न थालेको छ । उनीहरू अस्तिसम्म किसानमात्रै थिए, जुरेको पहिराले
उनीहरूलाई नयाँ पहिचान दिएको छ, भरियाको ।
पहिले अरू काम गरेर दैनिक पाँच सय रुपैयाँ मुस्किलले कमाउने स्थानीयबासी एक महिनायता भारी बोकेरै रोज तीन हजारसम्म बसाउन थालेका छन् । तर गाती- २ सिन्धुपाल्चोकका २८ वषर्ीय बिर्ख श्रेष्ठ भन्छन्, 'यही पहिरोका कारण ९९ वटा घाटा खपिएको छ, एउटा नाफा आएर के गर्नु । कमाइ बरु घटोस्, हामीलाई बाटो आएकै ठीक छ ।'
गत साउन १७ को बिहान ३ बजे मांखा-५ र राम्चे-१ को सिमानास्थित जुरेमा गएको पहिराले १ सय ५६ स्थानीयवासीको ज्यान लिएको थियो । सुनकोशी नदी थुन्ने गरी खसेको यो पहिरोले धुस्कुन र टेकानपुर गाविसमा समेत असर पर्ने गरी कृत्रिम ताल त जमेकै छ, अरनिको राजमार्गसमेत थुन्दा तिब्बत आउजाउ गर्नेहरू प्रभावित भएका छन् । खासा हुँदै नेपाल छिर्ने चिनिया पर्यटकका भारी बाह्रबिसेदेखि खाडीचौरसम्म बोक्ने काम अहिले यी भरियाले पाएका छन् ।
बाह्रबिसे-४ का ३८ वषर्ीय पूर्णबहादुर श्रेष्ठका अनुसार बाटो थुनिनेबित्तिकै दलालहरू सक्रिय भएका छन्, जसको काम चिनिया पर्यटकका गाइडसँग भरियालाई सम्पर्क गराइदिएर कमिसन खानु हुन्छ । 'दुई सयदेखि पाँच सय रुपैयाँसम्म दलालले आफूसग राख्छ, आठ सयजति हामीलाई दिन्छ,' पूर्णबहादुर भन्छन्, 'गाइड नलिई टुरिस्ट आए भनेचाहिँ ३ हजारसम्म कमाउन सकिन्छ । तर हामीलाई टुरिस्टसँग सीधै भेट्न त दलालले के दिन्थे !'
यी भरियाको दोस्रो प्राथमिकतामा मानसरोवरका भारतीय तीर्थालु हुन्छन् । जुरेको पहिरामा सकिनसकी उक्लिइरहेका तमिलनाडुका पर्यटक पछिपछि भरियाहरु हिडिरहेका भेटिन्छन् । कुनै कुनै पर्यटकले आउँदा जाँदाकै ज्यालामा सम्झौतासमेत गर्ने गरेको सुनाउँछन्, दाबी गाविसका तुलबहादुर श्रेष्ठ । 'उनीहरू ट्रेकिङ आउने हुनाले पैसा धेरै दिन्छन्, भारी ४० किलोभन्दा कम हुन्छ' उनी भन्छन् ।
हुन त पहिले एउटा सडक भएको ठाउँमा अहिले एकैसाथ दुइटा सडक बन्दैछन् । सेनाले टेकानपुरतर्फ वैकल्पिक ट्रयाक खोल्दैछ । सडक विभाग र स्थानीय भने पहिरोले पुरेको पुरानै बाटोमाथि एक्जाभेटर चलाउदैछन् । टेकानपुरको ओरालोमा भारी बिसाएर थकाई मारिरहेका भरिया भने यो 'दोहोरी' हेरेर चकित परेका छन् । तुलबहादुर भन्छन्, 'के नाटक गरेका होलान् ! दुवै मिलेर एउटै बाटो बनाउन जोडबल लगाएको भए यतिबेला हामीले भारी बोक्नै पर्दैनथ्यो ।'
पहिरो छल्दै उकालीओराली गर्ने यी भरियाको पहिले चिनजान नै थिएन । यही पहिराले परिचय गराइदियो । आफ्नै गाउँका बाहेक अरु भरियासँग कुरा गर्न पाएकामा सन्तोष मान्ने बिर्ख भन्छन्, 'जे होस्, बाटामै चिनजान भयो । दुःखबिराम पर्दा काम लाग्छ ।'
र, सरकारलाई उनीहरुको कडा सन्देश छ । 'छिटै बाटो खोल्नुपर्यो । नत्र दसैंका बेला भारी बोक्दै ठीक हुन्छ,' तुलबहादुर भन्छन्, 'कोही बिरामी परिहाल्यो भने हेलिकप्टर ल्याउनुपर्छ, हामी गरिबले सक्दैनौं ।'
प्रकाशित मिति: २०७१ भाद्र १७

No comments:
Post a Comment