लामोसाँघुवासीले माङ्खा १ वनसाँघुमा २४ वर्षअघि आफ्नै बलबुतामा खोलेको
वनसाँघु मावि ठ्याक्कै कुन ठाउँमा थियो, उनीहरू अनुमान मात्रै गर्न सक्छन्,
खुट्याउन सक्दैनन्। साउन १७ गते राति जुरेमा खसेको पहिरोले यो स्कुलको
नामोनिसान नरहने गरी पुरिदिएको थियो।
स्थापनाकालदेखि स्कुल चलाएका प्रधानाध्यापक बलराम तिमल्सिना पहिरो पारिपट्टिको टेकानपुर डाँडाबाट स्कुल भएको ठाउँ अन्दाज गर्दै टुलुटुलु हेरिबसे। स्कुलको भग्नावशेषसमेत नदेख्दा आँखा भरिएर आए। बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै लुङदर टाँग्न सुरु गर्दा मन थाम्न नसकी उनी फरक्क फर्के।
भवनमात्रै होइन, ३१ विद्यार्थीसमेत त्यही पहिरोमा परे। भोलिपल्ट उनले प्रधान संरक्षक राजेन्द्रकुमार श्रेष्ठसँग माविलाई पुनर्जीवन दिनेबारे छलफल गरे। पहिरोले भवन मेटे पनि इतिहास मेट्न कहाँ सक्थ्यो ! उनीहरू पर्सिपल्ट सदरमुकाम गए। जिशिअलाई भेटे। सहयोगी खोजी गर्दै चारैतिर धाए।
केही संस्थाले आर्थिक र भौतिक भर त दिने भए। तर तत्कालै स्कुल कसरी चलाउने ! न भवन छ, न डेस्कबेन्च। 'हामीले खेतमा फल्दै गरेको धान फाँडेर भए पनि स्कुल चलाउने निर्णय गर्यौं,' तिमल्सिनाले भने, 'स्थानीयवासीले सकेको सघाउने बचन दिँदा हाम्रो हिम्मत बढ्यो।'
स्थानीय राजाराम श्रेष्ठले माङ्खा १ र राम्चे ५ को सीमानेरको आफ्नो दुई रोपनीबराबरको खेतमा स्कुल खोल्न दिने निर्णय गरे। गराहरूमा लहलह गरिरहेका धान उनको राजीखुसीमा काटियो। स्कुलको जग हाले राम्चे र माङ्खाका सर्वसाधारणले। 'अभिभावकले आफैं बाँस काटेर ल्याउने, बारबेर गर्ने काम थाल्नुभो,' उनले भने । स्थानीयवासीले ५० सेट डेस्कबेन्च मागे, फर्निचर सञ्चालकले दोब्बर दिने भए। हेल्प नेपालले एक लाख रुपैयाँ दियो । ऊ र अरू संघसंस्थाका प्रतिबद्धता ठूलै छन् ।
'चलाउन सकिन्छ भन्ने आँट बढ्यो,' विद्यालयका शिक्षक पूर्णचन्द्र अधिकारीले भने, 'अभिभावकको पूरै सहयोग पाइएको छ।'
बाँसले बारेको भवनमा नीलो पाल टाँगेर ओत लाग्न मिल्ने बनाएका छन्, अभिभावकले। १ सय ७३ विद्यार्थी पढ्ने यो स्कुलका ३१ जना अब कहिल्यै आउने छैनन्। अभिभावक राजेन्द्र श्रेष्ठ भन्छन्, 'जे हुनु भइसक्यो, छाप्रो हालेर भए पनि स्कुल चलाउनुपर्छ।'
प्रकाशित मिति: २०७१ भाद्र १६

No comments:
Post a Comment