पुराना सडकमध्येको राजधानीको नयाँ सडक हिजोआज 'न्युरोड'का रूपमा प्रचलित
छ। यही सडकको भूगोलपार्कनेर अवस्थित पीपलबोट नेपाली साहित्य र संस्कृतिको
अभेद्य किल्ला बन्न पुगेको छ। यो बूढो रूखको सियाल ताप्ने लेखक, कविका पिढी
दरपिढी बदलिइसके, तर छहारी अझै उस्तै छ। काठमाडौंको घडीमा साँझ ५ बज्नासाथ
स्रष्टाहरू यो रूखको फेदमा जम्मा भइसक्छन्। त्यसपछि सुरु हुन्छ, चियापान,
प्रशंसा, छेडखानी र भत्र्सना।
काठमाडौंमा अन्यत्र पनि केही गौंडाहरू छन्, जहाँ कवि, लेखक दिनहुँ आपसमा
भेट्छन्। बागबजार, भृकुटीमण्डप, अनामनगर, पुरानो बानेश्वरजस्ता ठाउँमा
लेखकहरू सिर्जनात्मक विमर्श गर्छन्। यीमध्ये सर्वाधिक चर्चा र नाम
पीपलबोटकै छ।
पीपलबोटको विरासत
पीपलबोटको स्रष्टा जमघट कसले कहिले सुरु गर्यो भन्नेबारे एकमत छैन। धेरैका भनाइमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम र तिनका समकालीनहरू २०१० को दशकमा हरसाँझ महांकालदेखि पीपलबोटकै आसपास भेटिन्थे। विस्तारै स्थायी कवि-गौंडाका रूपमा पीपलबोट नै रोजियो। '२०२८ देखि पीपलबोट नियमित आइरहेको छु,' आख्यानकार नारायण ढकाल सुरुवाती दिन सम्झन्छन्, 'टाइजत्रो तुना भएको दौरा लगाएर, टोपी, चस्मामा ठाँटिएर आउँथे बालकृष्ण सम। भूपी, वासु शशिलगायत कविलाई मैले यहीँ भेटेको हुँ।'
पञ्चायत सुरु भएपछि पीपलबोटले अकस्मात शक्ति विस्तार गर्यो। कवि विमल निभाका अनुसार पीपलबोटको विशेषता भनेको यसको प्रतिपक्षीय चेतना हो। पञ्चायतका विरोधीहरू यसको फेदमा जम्मा हुन थाले। यसरी आउनेमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह पनि थिए। निभा भन्छन्, 'भट्टराई लौरो टेक्दै पीपलबोट आउँथे, गफिन्थे, अनि सन्देशगृहबाट पत्रिका किनेर र्फकन्थे।'
ढकाल र उनको पुस्ताले २०३१ मा यही पीपलबोटमा बुटपालिस आन्दोलन चलायो। जनमत संग्रहताका सडक कविता क्रान्ति गर्यो। अहिलेजस्तो खुलापन विकसित नभइसकेको नेपाली समाजका लागि पीपलबोट जनजागरणको प्रतीक नै बन्न पुग्यो। कवि युयुत्सु आरडी शर्मा यो ठाउँलाई नेपालमा आधुनिकतावादको पहिलो खुला स्पेसका रूपमा व्याख्या गर्छन्।
शर्माले लेखेको पुस्तक 'अन्नपूणर्ाज् एन्ड स्टेन्स अफ् ब्लड' का अनुसार नियमित नयाँ सडक आउनेमा सम, देवकोटा, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, केदारमान व्यथितलगायत थिए। पछि भूपी शेरचन, हरिभक्त कटुवाल, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, वासु शशि, पोषण पाण्डे, तारानाथ शर्मालगायत पीपलबोट आउन लागे।
यीमध्ये अधिकांश लेखक पञ्चायती सत्ताका विरोधीहरू नै थिए। त्यसैले सुराकीहरू कुनै सूचनाको सिकार गर्न सकिन्छ कि भनी छद्मभेषमा आउने जाने गर्थे। त्यसबेलाको भीडभाड, रौनक अर्कै थियो। पीपलबोट जमघटका सुरुवाती अभियन्तामध्ये एक निबन्धकार किशोर नेपालका शब्दमा प्रजातन्त्रले जब खुट्टा हाल्यो, पीपलबोटका कवि लेखकहरू 'बहुदलीय व्यवस्थालाई फलाउन फुलाउन' कोही सिंहदरबारतिर व्यस्त हुन थाले, कोही बालुवाटार, कोही पार्टी मुख्यालय, कोही एकेडेमीतिर धाउन थाले। पीपलबोटको जरामा पानी हालिदिनेहरू पातलिँदै गए।
समालोचक पुरुषोत्तम सुवेदीका अनुसार तिनैमध्ये कतिपय व्यक्ति सत्ताच्युत हुनेबित्तिकै पीपलबोट आउँथे। पछिल्लो समय पीपलबोट जमघटलाई संयोजन गरिरहेका सुवेदी अमेरिका हानिएका छन्। र, व्यंग्यकार विमल निभाले आफूलाई पीपलबोट प्रज्ञा प्रतिष्ठानको 'कुलपति' घोषणा गरेका छन्। केही समयअघि उनले प्रचण्डलगायत नेतालाई पीपलबोटको गफ सुन्न खुला निम्तासमेत पठाइसकेका छन्, पत्रिकाको स्तम्भमार्फत।
आजका मितिसम्म नियमितजसो पीपलबोट आउनेमा पर्छन्, नयनराज पाण्डे, बुद्धिसागर, अविनाश श्रेष्ठ, श्यामल, विमल निभा, हरि अधिकारी, शार्दूल भट्टराई, समीक्षक अनुप सुवेदी, सीताराम उप्रेती। नियमित पीपलबोट आउने शैलेन्द्र साकार, पुरुषोत्तम सुवेदी र राजव हिजोआज अमेरिकामा छन्। केही वर्षअघि दिवंगत गोविन्द वर्तमान, उपेन्द्र श्रेष्ठ, अग्निशिखा जीवनको आखिरी दिनसम्म पीपलबोट धाइरहे।
०५७ यता निरन्तर पीपलबोट आइरहेका लेखक बुद्धिसागरका पीपलबोट सम्झना रमाइला नरमाइला घटनाका कारण स्मरणीय रहेछन्। पहिलो पटक उनी पुग्दा कविहरू हात फैलाएर माग्न बसिरहेका थिए। के गरेका होलान् भनेको, मोहन कोइरालाको उपचारका लागि रहेछ। केही दिनपछि उनी पुग्दा त, कविहरू परस्परमा बाझिरहेका। झगडाको शीर्षक रहेछ, कसलाई कति अंग्रेजी आउँछ? कोभन्दा को जान्ने?
पीपलबोटमा सातै महादेशका साहित्यकारलाई कोही शब्दले पूजा गरिरहेका हुन्छन्, कोही निन्दाले ताछिरहेका। गफको विषयमा एकसाथ नेता, लेखक, हिरोइन, हास्यकलाकार, खेलाडी पसिरहेका हुन्छन्। एकअर्काको निन्दा कतिसम्म चल्छ भने, बुद्धिसागर भन्छन्, 'सँगै चिया पिइरहेको कोही अरूभन्दा पहिले हिँड्यो भने उसैको पनि निन्दा चल्ने गर्छ।'
पीपलबोट त्यहीं छ। कहाँ जावस् ! आखिर आउने जाने त लेखकहरू नै हुन्। स्थिर पीपलबोटका विम्बहरू बेलाबखत चलायमान हुन्छन्। आजसम्म पीपलबोटमाथि थुप्रै कविता लेखिएका रहेछन्। 'कवि बन्न काठमाडौं आउने सबैले आफ्नो पहिलो, दोस्रो वा तेस्रो कविता पीपलबोटमाथि नै लेखेका छन्, तर सबै झुर,' कविता हुँदै आख्यानमा छिरेका बुद्धिसागर हँसाउँछन्, 'मैले पनि 'पीपलबोट' शीर्षकमा एउटा कविता लेखेको थिएँ, त्यो पनि रद्दी नै थियो।'
नेपाली साहित्यको वैकल्पिक सत्ता पीपलबोटको शक्ति पहिलेभन्दा घटेको मान्नेहरू अन्यत्रका कवि कुनामा भेटिन्छन्। भृकुटीमण्डपको छहारीमुनि कवि कुना चलाउने राजन मुकारुङ भन्छन्, 'उनीहरू कमजोर भए। अहिले खासै पुरस्कार जित्न पनि सकेका छैनन्। प्रज्ञा प्रतिष्ठानतिर पनि छिर्न सकेका छैनन्।'
ऐँजेरु गल्ली भर्सेज तालिबानी
कुनै बेला श्यामल, नारायण ढकालहरूसँगै संगत गरी हिँड्ने कविहरूले विस्तारै आफ्नो 'पहिचान' खोज्दै पुरानो जमिन छाडे। तीमध्ये केही बागबजारतिर छडकिए, कोही त्यहाँबाट समेत फुटेर भृकुटीमण्डप हिँडे। नेपाली साहित्यलाई 'नारायणप्रसाद, श्यामलप्रसाद, विमलप्रसाद' हरूले मुठ्ठीमा लिन खोजेकाले यसो गर्नुपरेको तिनको अभियोग छ। बागबजारको साकेला आर्ट अघिल्तिर श्रवण मुकारुङ, विप्लव ढकाल, पारस मुकारुङ, शशि लुमुम्बु, पूर्ण इन्फादा, चन्द्र रानोहछाँलगायत कवि हरेक अपराह्न चार बजे भेट्ने गर्छन्। कुनै बेला त्यहीं भेटिने गरेका राजन मुकारुङ, उपेन्द्र सुब्बालगायत कविले गुँडबाट बचेरा सारेका छन्। उनीहरूको कवि बथान भृकुटीमण्डपभित्रको गल्लीमा शब्दको ओथारो बसिरहेको देख्न सकिन्छ। बागबजारे कविको भनाइमा अलि उग्र कुरा गर्छन् भृकुटीमण्डपका कविहरू। 'तपाईं यसो दस मिनेट कुरा सुनिहेर्नुस् त, तोड्ने, फोड्ने, बिथोल्नेबाहेक तिनीहरू केही कुरै गर्दैनन्। त्यसैले तिनीहरूलाई हामीले 'तालिबानी कवि' नाम राखिदिएका छौं,' बागबजारका एक कवि बताउँछन्। यसबारे भृकुटीमण्डपका कविको आफ्नै तर्क छ।
'हामीले बागबजारमा कवि भेला हुने ठाउँलाई 'ऐँजेरु गल्ली' नाम राखिदिएका छौं। विचार र सिर्जना दुवैमा ऐँजेरु पलाएकाले,' लेखक राजन मुकारुङ भन्छन्, 'उनीहरू हामीलाई तालिबानी लेखक भन्छन्। हामीले पनि स्वीकारेकै छौं।'
नेपाली साहित्यको टीन टावर भत्काउने योजना छ रे, मुकारुङ मण्डलीको। संयोग कस्तो छ भने दाजु श्रवण बागबजारको नेतृत्व गर्छन्। भाइ मुकारुङ त्यसको विरुद्धमा अर्को मण्डली खडा गरेर हिँडेका छन्। भृकुटीमण्डपमा हरेक अपराह्न चार बजे नै भेला हुन्छन्, उनीहरू। कवि उपेन्द्र सुब्बा, चन्द्रवीर तुम्वापो, स्वप्निल स्मृति, विमला तुम्खेवा, राबत, केशव सिलवाल, अमोघ काफ्ले, श्याम साहलगायत भृकुटीमण्डपमा भेट्छन्। यसरी नेपाली भाषा, साहित्यको जागरण केन्द्रबाट यी गौंडाहरू छेडखानी गर्ने, समय कटनी गर्ने गल्लीहरूमा परिणत हुन थालेका छन्। 'कहिलेकाहीं त चिया र चुरोटको बिलमात्रै १२ सय रुपैयाँभन्दा बेसी उठ्छ,' राजन सुनाउँछन्, 'बिल तिर्ने बेला प्रायः कोही न कोही प्रकाशक आइपुगेकै हुन्छ।'
त्यसो त केही समयअघिसम्म चाबहिलमा स्थानीय कवि, लेखक, बुद्धिजीवी भेट्ने छलफल गर्ने गर्थे। लेखक शार्दूल भट्टराईका अनुसार त्यो भेट भने सबै लेखकबीच नभई स्थानीय लेखकको जमघटमा सीमित थियो। नियमित भेट्नेमा पर्थे, खगेन्द्र संग्रौला, प्राध्यापक चैतन्य मिश्र, डम्बर चेम्जोङ, सुरेश ढकाल, शार्दूल, आत्माराम शर्मालगायत। यो भेटलाई संयोजन गर्थे, गोविन्द वर्तमानले, जो दुई वर्षअघि बिते। विस्तारै चाबहिलको जमघट पातलियो।
विश्वका ठूला सत्तापलट र क्रान्तिहरूको परिकल्पना कफी हाउसहरूमा हुन्थ्यो भनी हामी इतिहासका पुस्तकहरूमा पढ्न पाउँछौं। सिर्जनशील मस्तिष्कहरूबीच हुने नियमित भेटघाटले यस्तो वातावरण निर्माण गथ्र्यो। हाम्रो देशको लेखन र जागरणको इतिहासमा सर्वाधिक प्रभाव पार्ने लेखकहरू भेटिने सार्वजनिक ठाउँहरू विस्तारै हराउन थालेका छन्। तिनको स्थान अरूले पनि लिन थालेको देखिन्छ। सोसल मिडियाको उपस्थितिसँगै थुप्रै लेखकहरूको विमर्श सेलफोनमार्फत हातहातमा हुन थालेको छ। बागबजारको कवि कुनामा भेटिने विप्लव ढकाल भन्छन्, 'कविले सिर्जना त एक्लै गर्ला, तर उसले पनि समाज खोजिरहेको हुन्छ। नजिक बसेर संवाद गर्ने वातावरण खोजिरहेको हुन्छ।'
सायद यही संवाद र विमर्शको तिर्खाले कविहरूलाई एक ठाउँ डोर्याएर ल्याएको हुनुपर्छ। तर कता कता विमर्श कम, छेडखानी बढी चलिरहेको त छैन कवि कुनाहरूमा? राजन मुकारुङ भन्छन्, 'हामीले यी गौंडा बनाएको एकअर्कालाई उडाउन होइन।' अनि थप्छन्, 'हुर्मत लिनलाई हो।'
नारायण ढकालका भनाइमा कुनै बेला नेपाल जागरणको प्रतीक पीपलबोट विम्बको रंग अहिले फिका हुँदैछ। अरू कवि गौंडाहरू त झन् स्थापनाकै लडाइँमा छन्। भन्छन्, 'तर मेरा लागि भने नियमित पीपलबोट आउनु रचनात्मक कुलत भइसकेको छ। जीवन रहेसम्म छोड्न सकिँदैन।'
http://www.ekantipur.com/np/2071/6/11/full-story/396335.html

No comments:
Post a Comment