Tuesday, September 2, 2014

बन्द 'मूल्यांकन'को मूल्यांकन


मिसन म्यागजिनका रुपमा २२ वर्षनिरन्तर चलेको मूल्यांकन मासिक आठ महिनायता बन्द छ । विचार अन्तक्रिर्यामुखी पत्रिकाका रुपमा यसले छाडेको छाप भने धेरैको मनमा गढेर बसेको छ ।
श्याम श्रेष्ठ, राजेन्द्र महर्जन, हरिगोविन्द लुइ“टेल र श्याम खड्काको प्रारम्भिक कोर टिमका सुरुवाती सम्पादक नारायणकाजी श्रेष्ठ प्रकाश थिए । १० महिनाको तयारीपछि उनको सम्पादकत्वमा पहिलो अंक छापियो २०४८ मंसिरमा । सम्पादक मण्डलका सदस्यमध्ये एक राजेन्द्र महर्जनका अनुसार वामपन्थी आदर्श बोकेको टिमका सदस्य राजनीतिक सम्बद्धताबाट मुक्त हुनुपर्ने मान्यता थियो । नेकपा एकता केन्द्रको महाधिवेशनबाट केन्द्रीय  सदस्यमा चुनिएस“गै नारायणकाजीले सम्पादकीय जिम्मेवारीबाट बिदा लिए । मथुराप्रसाद श्रेष्ठ, पद्मरत्न तुलाधर, चैतन्य मिश्र, कमलकृष्ण जोशी, महेश मास्के, भरत प्रधान, खगेन्द्र संग्रौला, डिआर पोखरेल, महेश्वरमान श्रेष्ठ, कृष्णबहादुर थापाजस्ता समाजशास्त्र, इतिहास, विज्ञान, साहित्य, अर्थशास्त्रका विज्ञहरूले मूल्यांकनलाई पुट दिइरहे ।

त्यसो त कुनै न कुनै रुपमा मूल्यांकन सम्पादकीय टिमको निकटता नेकपा चौथो महाधिवेशनस“ग थियो । तर २०४८ साल मंसिरमै चौम, मशाल र अन्य दर्ुइ संगठनबीच एकता भई नेकपा एकता केन्द्र गठन भएपछि भने मूल्यांकन टोलीले दलीय पक्षधरताबाट बाहिर निस्कने निर्ण्र्ाागरेको बताउ“छन् श्याम श्रेष्ठ । 'हामी के निधोमा पुग्यौं भने मूल्यांकन वैज्ञानिक समाजवादी सोच राख्ने वामपन्थीहरूको साझा मञ्चका रुपमा प्रस्तुत हुनर्ुपर्छ । यो कुनै पार्टर्ीीवशेषको मुखपत्र बन्नु हु“दैन, कसैको पक्ष वा विपक्ष्ँमा हुनुहु“दैन,' मार्टिन चौतारीले अघिल्लो वर्षप्रकाशन गरेको पुस्तक 'नेपाली म्यागेजिनका २५ वर्ष मा श्रेष्ठले लेखेका छन् ।
सोभियत संघ ढल्नेबित्तिकै सबैतिरका वामपन्थीमा निराशा फैलिइरहेका बेला मूल्यांकनले त्यसको आलोचनात्मक विश्लेषण गर्दै पहिलो अंक प्रकाशित गरेको थियो । सोही अंकमा इतिहासकार माणिकलाल श्रेष्ठले नेपालमा हिन्दुकरण कहिलेदेखि र कसरी शर्ीष्ाकमा ख“दिलो लेख लेखे । दोस्रो अंकमा यसले टनकपुर सन्धिमा राष्ट्रघात भएको निष्कर्षहित विस्तृत रिपोर्ट प्रकाशित गर्‍यो । यो एउटै रिपोर्टले मूल्यांकनलाई नीतिनिर्मातादेखि र्सवसाधारणका बीच एकैपटक स्थापित गर्‍यो ।
नेपालमा वामपन्थी पाठकहरू बढी रहेको जानकारी मूल्यांकन टीमलाई हुने नै भयो । उनहरूलाई लक्षित गर्दै विश्व कम्युनिस्ट गतिविधि संयोजन गर्न थाले राजेन्द्र महर्जनले । श्याम श्रेष्ठ प्रज्ञानरत्न नामबाट दर्शनसम्बन्धी लेख्थे । 'नीति संस्कृति' शर्ीष्ाकको स्तम्भमा हरिगोविन्द लुइ“टेल नै चन्द्रदेव नेपाली भएर राजनीति, संस्कृतिका असंगतिहरूमाथि तिखो छेडखानी चलाउ“थे । सुरुका अंकहरूमा अफसेट र लेटरप्रेस दुवै मिसाएर दर्ुइरंगी आवरण छापिएको मूल्यांकन छिटै साजसज्जा र लेआउटमा मेहनतसहित छापिन थाल्यो । विषयवस्तुहरूमा रोचकता कसरी दिन सकिन्छ भनी सचेत सम्पादकीय टिमले विभिन्न जिल्लाका पाठकहरूस“ग उनीहरूकै भेगमा गई क्षेत्रीय पाठक भेला आयोजना गर्ने गरेको सम्झन्छन्, श्याम श्रेष्ठ ।
मूल्यांकनमा आखिर त्यस्तो के थियो, जसले यसलाई म्यागजिनहरूको भीडमा परैबाट छुट्टयाउ“थ्यो -
पहिलो कारण, यसका सम्पादकहरू विस्तृत अन्वेषणात्मक रिपोर्ट र आलोचनात्मक टिप्पणीमा जोड दिन्थे । दर्शन, राजनीति, कलासाहित्यको संयोजन अरु म्यागजिनभन्दा भिन्न थियो ।  आइज्याक न्युटन, अर्ल्बर्ट आइन्सटाइनदेखि मार्क्स, गान्धीजस्ता मनिषीलाई पत्रिकाले ठाउ“ दिन्थ्यो ।
दोस्रो, उनीहरू विज्ञापन नभई बिक्रीबाटै पत्रिका चलाउने दुस्साहस गर्थे । त्यसमा सफल पनि भए ।
तेस्रो, उनीहरूले र्सवसाधारणको जीवनमा प्रतिकूल प्रभाव पार्ने भनिएका रक्सी, चुरोट, जुवाघरजस्ता वस्तु र सेवाको विज्ञापन नै नछाप्ने नीति लिए । अर्धनग्न मोडेलहरूका विज्ञापन पनि नछाप्ने आफ्नो नीति मूल्यांकनले बेला बेला पत्रिकामार्फ् र्सार्वजनिक गर्थ्याे । यो आफैंमा अलि आदर्श र अलि पागलपनको बीचमा उनीहरूले हि“डेको बाटो थियो ।
चौथो, उनीहरूमध्ये धेरैले सुरुवाती वर्षरूमा निःशुल्क काम गरे । विनापारिश्रमिक लेखे, लेखाए । 'हामीस“गस“गै निक्लेका रामै विषयवस्तु र सज्जासहितका म्यागजिन केही वर्षो अन्तरालमै बन्द भएका थिए । तर मूल्यांकन भने लगातार फड्को मार्दैथियो । अर्को सहप्रकाशन नवयुवा समेत निकाल्न र्समर्थ भइरहेको थियो,' श्रेष्ठ लेख्छन्, 'तर मूल्यांकन लगातार टिकिरहनु र फड्को हान्न सक्नुको पहिलो मूख्य कारण टीमको उच्च र्समर्पणभाव र चरम प्रतिकुलताको स्थितिमा पनि थोरै पारिश्रमिकमा हरेक प्रकारको काम गर्ने तत्परता हो ।' व्यावसायिक कौशलका कारण पनि आफूहरू अघि बढ्न सकेको श्रेष्ठको आत्मसमीक्षा छ ।
'टीम मूल्यांकन' अलिकति व्यावसायिक अलिकति मिसन पत्रकारिताको दोसा“धमा उभिइरह्यो । कम्युनिस्ट पक्षधरता भने सदैव देखिन्थ्यो । २०५२ सालबाट यसै प्रकाशनबाट नवयुवा मासिक प्रकाशित हुन थाल्यो, र सुरुदेखि नै चर्चित भयो । 'अन्तक्रिर्या' साप्ताहिक र 'प्रतिभा' बालपत्रिका पनि सुरु भएको थियो तर लामो समय चलेनन् । मूल्यांकनका सञ्चालकहरूको महत्वाकांक्षा सबै उमेरसमूहलाई हुनेगरी वामपन्थी रुझान भएका खुराक दिने थियो भन्ने यी प्रकाशनहरूले पुष्टि गर्छन् । मूल्यांकन प्रकाशनगृहबाट अरु पत्रिका चलाउन असम्भव भएपछि उनीहरूले यिनै विषयसम्बद्ध भएर बीचमा दर्जनौं पुस्तक पनि प्रकाशित गरे ।
राजा ज्ञानेन्द्रले सैनिक बलमा सत्ता हत्याएपछि मूल्यांकनका दुःखका दिन सुरु भए । सम्पादक श्रेष्ठमाथि वारेन्ट जारी भयो । उनी सुरुमा पक्राउबाट बचे, पछि समातिए । अरु मिडिया हाउसझैं यसमा पनि सेना आएर बस्न थाल्यो । 'अति सुरक्षा' को अनुभूतिले केही समय पत्रिकै बन्द भयो ।
दलीय आग्रहबाट मुक्त हुने सोच बोकेे पनि बेला बेला मूल्यांकनमाथि दलीय पक्षधरताको आरोप नलागेको होइन । चौथो महाधिवेशनस“ग आबद्ध नभए पनि अनौपचारिक सामीप्य छ“दैथियो । २०५४ सालमा एमालेको विभाजनस“गै मालेस“ग निकट रहेको आरोपमा अनुदित भयो । २०६१ माघ १९ को शाही कदमस“गै 'सेल्फ-सेन्सर' मा फसेको मूल्यांकनले पहिलोपटक वाम घेराबाट बाहिर निस्क“दै 'लोकतान्त्रिक आवाज'लाई पनि ठाउ“ दिने निर्ण्र्ाागर्‍यो । २०६२/६३ को जनआन्दोलनपछि जब नेकपा माओवादी शान्ति प्रक्रियामा आयो, त्यसस“गै केही वैचारिक असहमतिका कारण श्याम श्रेष्ठ, राजेन्द्र महर्जन छुट्टएि । मूल्यांकनको एकीकृत शक्तिमा त्यसै दिनदेखि धा“जा फाट्यो । यसले माओवादी पक्षधरता लिएको तथ्य त्यसपछिका अंकहरूले पुष्टि गर्छन् ।
पा“च सदस्यीय बोर्डमध्ये श्रेष्ठ र आफू सम्पादकीय नीतिलाई लिएर अल्पमतमा परेपछि २०६४ सालमा पत्रिका छाडेको महर्जन बताउ“छन् । 'बोर्डका लुइ“टेल, खड्का र तुलसीदास महर्जन माओवादीमा संगठित हुनुभएस“गै स्वतन्त्र, आलोचनात्मक हुने मूल्यांकनको प्रावधान उल्लंघन भयो । त्यसमाथि आर्थिक श्रोत पनि माओवादीबाट लिन थालेको पाएपछि हामीले यसको जिम्मा नलिने निर्ण्र्ाागर्‍यौं,' उनी भन्छन् ।
मूल्यांकनमा एक तिहाई लगानी गरेका महर्जन छुट्ट“िदा छुट्टदिै सल्लाहकार चैतन्य मिश्रलाई साक्षी राखेर दुइटा रोचक प्रावधान भने राख्न भ्याए । एक, बहुमत पक्षका सदस्यले कुनै पनि हालतमा पत्रिका अरुलाई बेच्न नपाउने । दर्ुइ, कदाचित पत्रिका चलाउन नसकेमा श्रेष्ठ र महर्जनलाई हस्तान्तरण गर्नुपर्ने । 
कुनै बेला ३२ हजार प्रति छापिने यो पत्रिकाले अकस्मात् आकर्षा गुमाउनुका पछाडि बढ्तै माओवादी झुकाव हो भन्ठान्छन् सल्लाहकार खगेन्द्र संग्रौला । 'पछिल्लो समयमा मूल्यांकनलाई बढी माओवादी बनाइयो, पत्रिका हनुमान प्रवृत्तिमा गयो,' उनी भन्छन्, 'योस“गै यसको आकर्षा र पाठकवृत्त स्वात्तै घट्यो ।' विभिन्न चरणका सम्पादकहरू भने २०६१ पछि चर्को सेन्सरसिप, सरकारी सहुलियतमा रोक, काठमाडौंबाहिर पत्रिका पठाउ“दा सेनापुलिसले दिएको हैरानी र असुरक्षा, चौपट भएको व्यवसायका कारण विज्ञापनमा कमीजस्ता कारण पत्रिकाले समस्या झेलेको बताउ“छन् ।
हुन पनि व्यावसायिक म्यागेजिनबीच प्रतिष्पर्धा चलिरहेका बेलासमेत मूल्यांकनको लोकप्रियताले ५० को दशकमा उचाइ छोएको थियो । पूर्ण्ाांक ८८ त तीन पटकसम्म मुद्रण गर्नुपरेको यसका सम्पादकीय सदस्यहरू बताउ“छन् । नारायणहिटी काण्डमाथि अरु कुनै पनि पत्रिकाभन्दा र्सवथा भिन्न र आलोचनात्मक कोण समातेर लेख्ने हु“दा यसको लोकप्रियता बढेको थियो । 'मूल्यांकनको बिक्री ३० हजार नाघेपछि यो बिक्रीले मात्रै पनि टिक्न र प्रगति गर्न सक्ने पत्रिकामा बदलिएको थियो । सायद यो म्यागजिन नै पहिलो होला, जो मूलतः बिक्रीबाटै लगातार टिकिरहेको र फस्टाइरहेको थियो,' सम्पादक श्रेष्ठ बताउ“छन् ।
'एजेन्डा सेटर'
मूल्यांकनले सुरुदेखि नै बनाएको भिन्न पहिचान भनेको यसले सेट गर्ने एजेन्डाहरू थिए । दोस्रो अंकमा टनकपुर सन्धिको विषय उछालेको यसले महाकाली सन्धिमा राष्ट्रघात भएको तथ्य र तर्कसहित लगातार लेख्यो । कतिसम्म भने एमालेको विभाजनमा यो पत्रिका कारक रहेको समेत टिप्पणी सुनिन्थे । सम्पादक श्रेष्ठ भने त्यस बेला एमाले नफुटोस् भनेर १५ दिन पत्रिकासमेत नछापी पार्टर्ीीमलाउन डटेको दाबी गर्छन् । 'त्यसबेला पत्रिकाको कामै रोकेर फुटलाई रोक्न सकिन्छ कि भनी प्रयत्न गरिहेर्‍यौं । अन्ततः फुटलाई र्टार्न सकिएन, बरु पत्रिकाले भने ठूलै नोक्सानी बेहोर्नुपर्‍यो,' उनी लेख्छन् ।
संविधानसभा र संघीयताको बहसलाई सुरुवाती दिनमा चलाउने पत्रिका यही मूल्यांकन थियो । प्राध्यापक कृष्ण खनाललाई पहिलो पात्र बनाएर उनीहरूले संविधानसभाको चुनाव गरेर राष्ट्रिय द्वन्द्वको निकास दिनुपर्ने उपाय सुझाएका थिए । राज्यको लोकतान्त्रिक पूनर्संरचना र संविधानसभाको बहसमा सुरुमा औंलामा गन्न सकिने मानिसहरूमात्रै रहेका बेला आफूहरूले यो पहल लिएको श्रेष्ठले लेखेका छन् । कांग्रेसदेखि कम्युनिस्टसमेतलाई एक ठाउ“मा ल्याएर बहस गरे । माओवादीमाथि खोजपर्ूण्ा रिपोर्टिङ गर्ने क्रममा मूल्यांकनले मूलधारका दैनिक र म्यागजिनमा काम गर्ने पत्रकारलाई समेत साथ लियो । माओवादीभित्रका गम्भीर कलहलाई कसैले तथ्यसहित र्सार्वजनिक गथ्र्यो भने त्यो मूल्यांकनमात्रै हुनसक्थ्यो । पछिल्लो समयमा गणतन्त्रको बहसलाई मूल्यांकनले स्वर दिएको थियो ।
अन्ततः यी सबै थोक प्राप्त भए, जो मूल्यांकनले चाहेको थियो । राज्यको पुनःसंरचनाले आकार पाउन बा“की छ । संविधानसभा प्राप्त भयो, संविधान आउन बा“की छ । यही बेला पत्रिका भने बन्द भएको छ । पछिल्लो समय यसका कार्यकारी सम्पादक रहेका भोगीराज चाम्लिङका अनुसार पत्रिका बन्द गर्ने निर्ण्र्ााभएको त छैन । 'तर बन्दै जस्तो छ । मूल्यांकनले अन्यत्र डेढ करोड लगानी गरेको थियो, त्यो डुब्यो,' उनी भन्छन्, 'त्यो ऋण मेन्टेन नगरुन्जेलसम्म स्थगित गर्ने कुरा भएको छ ।'
सल्लाहकार संग्रौलाका अनुसार मार्क्सवादी मान्यतामा अहिलेजति स्खलन कहिल्यै भएको थिएन । उनी भन्छन्, 'यस्तो बेला मूल्यांकन बन्द हुनु भनेको दर्ुभाग्य हो ।'

कान्तिपुर कोसेलीमा २०७१ भदौ २३ गते प्रकाशित

No comments:

Post a Comment