Tuesday, September 2, 2014

सुनकोशी तालले बेहाल

सुनकोशी नदी थुन्नेगरी एक महिनाअघि गएको पहिरोले सिर्जेको विनाशकारी यो तालको नाम के राख्ने होला - सम्बोधनका लागि आजसम्म कुनै नाम बनेको छैन । हुन त केही 'विज्ञहरू' यसैलाई ताल कायम राखेर पर्यटन उद्योग गर्न सुझाउ“छन् । स्थानीयमा भने आफन्त र छिमेकीको प्राण लिने यो ज्यानमारा कृत्रिम ताल जोगाउने कुरै रहर देखिन्न ।
मांखा, राम्चे, टेकानपुर र धुस्कुनका १८ घरहरू डुबाउ“दै माझमा ५० मिटर गहिरो जमेको यो ताल खोल्न नेपाली सेना कस्सिएको छ । तर उसको काम गर्राईप्रति स्थानीयहरू गुनासोमात्रै होइन, शंका पनि गर्न थालेका छन् । वारिपारि चर्को आक्रोश छ- 'कत्ति ढिलो काम गरेको -'
मानसरोवर हि“डेका दक्षिण भारतीय तमिलनाडु तर्ीथयात्री हुन् या काठमाडौैं झरेका चिनिया“ पर्यटक, सबै यही नवजात् ताल पृष्ठभागमा पर्नेगरी तस्बिर खिचाउन त“छाडमछाड गर्दैछन् । तिनलाई सायद थाहा होला नहोला, साउन १७ गते राति तीन बजे पहिरो र डुबानमा परी यहा“का चार गाविसका २३ स्थानीयको ज्यान गएको थियो । बेपत्ता हुने, अंगभंग हुनेको संख्या अझै यकिन छैन । दर्जनौंको बास उठाउने जुरे पहिरोले थुनेको सुनकोसीबाट जबर्जस्त निर्मित तालले यो पहाडी इलाकाका स्थानीयवासीका लागि भने कत्ति पनि शोभा दिएको छैन ।
त्यसैले, प्रारम्भिक उद्धारकार्य सकिनेबित्तिकै नेपाली सेनाले यो ताल खोल्न सुरु गर्‍यो । स्थानीय भने सेनाको पहलप्रति असन्तुष्टि व्यक्त गर्छन् । पहिरो गएकै इलाका राम्चे-५ जुरेका ७१ वषर्ीय वीरबहादुर सुवेदी भन्छन्, 'ताल जम्नथालेदेखि नै हामी खुलाउ“छौं भनेका हुन् । खै त अहिलेसम्म सकेका होइनन् ।'
र, नेपाली सेना भने स्थानीयले गुनासो गरेको पत्याउन तयार छैन । जुरेमा खटिएका महासेनानी निर्मलकुमार थापा जिकिर गर्छन्, 'हामीले ढिलाई गर्‍यौं भनेर अहिलेसम्म कसैले औपचारिक रुपमा भनेको छैन । त्यै पत्रिकामा पढेको मात्रै हो ।'

शुक्रबार मध्याह्न कान्तिपुर प्रतिनिधि पहिरो गएको भागमा पुग्दा नेपाली सेनाका जवानहरू समूह-समूहमा बा“डिएर खटिइरहेका थिए- कोही एक्स्काभेटर चलाउ“दै, कोही बाटो बनाउ“दै । टेकानपुर गाविसपटि वैकल्पिक मार्ग बनाउ“दै गरेका उनीहरूस“ग जम्मा तीन थान एक्स्काभेटर थिए, एउटा बुल्डोजर । तीन साताअघि अरनिको राजमार्ग हु“दै गुडाउ“दै ल्याइएका ती एक्स्काभेटरको पाटपर्ूजा खाडीचउरमा फुस्काइयो । किनकि गुड्नलाई बाटो थिएन । हेलिकोप्टरले घटनास्थलमा झार्‍यो, फेरि जोडियो । त्यसपछि दर्ुइ एक्स्काभेटर ताल खोल्न सेनाले प्रयोग गर्‍यो, बुल्डोजर र तेस्रो एक्स्काभेटरचाहि“ वैकल्पिक बाटो खोल्न । सरकारी समन्वयमा काम थालेको सेनाले स्थानीयवासी र सरोकारवालास“ग समन्वय नगरी अघि बढ्दा असमझदारी उत्पन्न भएको आरोप लगाउनेहरू भन्छन्- त्यत्तिका स्रोतसाधन भएको सेनाले यस्तो आपतका बेला जम्मा तीनवटा एक्स्काभेटर ल्याउने - त्यही पनि ताल खोलेझैं गर्छ, त्यही पनि सा“झ नपरुन्जेलमात्रै काम गर्छ ।
यो गुनासो गर्नेमा सिन्धुपाल्चोकका उद्योगी-व्यवसायीहरू पनि पर्छन् । सेनाले उद्धार र सहयोगमा ढिलासुस्ती गरेको बताउने व्यापारी विष्णुबहादुर खत्री प्रश्न गर्छन्, 'सेनाले पानी घटाउला, त्यसपछि डुबेकै पुरानो सडक मर्मत गरेर बाटो खनु“ला भन्दै पख्र्यौं । खै त आजका मितिसम्म प्रगति -'
ताल खोल्ने कामको नेतृत्व लिएका कालीप्रसाद गण इन्जिनियर्स बटालियनका प्रमुख सेनानी राजेन्द्र श्रेष्ठ भने ठाडै प्रतिवाद गर्छन् । 'हामी सम्पर्ूण्ा ताकत लगाएर खट्दैछौं । प्राविधिक कुरा नबुझ्नेले आलोचना गरेका हुन्,' उनी भन्छन्, 'ताल खोल्ने प्रयास जति अघि बढे पनि पानीको सतह घटेको नदेखिउन्जेलसम्म रिजल्ट मानि“दैन । त्यसैले गुनासो आएको हो ।'
सेनाले गरेको 'ढिलासुस्ती' स“ग असन्तुष्टि जनाउ“दै सिन्धुपाल्चोकका व्यवसायीहरूले आफ्नै पहलमा पा“च एक्स्काभेटर र एक बुल्डोजर ल्याए । दोहोरो डयुटीमा खटिने तिनका चालकले दिनभरि त बाटो खन्न थाले नै, रातभरि पनि खन्न थाले, खनिरहेका छन् । फरक यत्ति हो, सेनाले पहिरो गएको पारिपट्ट िटेकानपुरबाट नया“ ट्रयाक खोल्न सुरु गर्‍यो । उनीहरूले पुरानै पक्की राजमार्गभन्दा ठिक माथिबाट बाटो खन्न थाले । मांखा- १ र राम्चे- ५ हु“दै खन्दैगरेको पुरानो पक्की सडक छुवाउन अब आधा किमीमात्रै बा“की रहेको बताउ“छन् नेपाल ट्रक कन्टेनर व्यवसायी संघका सदस्य लालकाजी कार्की ।
यसरी कसैका लागि मन बहलाउने माध्यम बनिरहेको 'सुन्दर' तालको सतहमा र्‍याफ्टिङ चलिरहेको भए पनि भित्र भने आरोपप्रत्यारोप, आशंका र रोषको तातो बहिरहेको छ । यो मनोवैज्ञानिक लडाइ“मा सेना एकातिर छ, स्थानीय व्यवसायी र सडक विभाग अर्कातिर । र, पहिरोले पुरिएका परिवारका आफन्तजन तथा छिमेकीले घाउमा मलम लगाउने एउटै कुरो छ । त्यो हो- पहिले एउटा पक्की बाटो थियो, अब दुइटा कच्ची बाटाले उनीहरूलाई काठमाडौंस“ग जोड्दैछन् । बाह्रबिसे हु“दै तिब्बत सिमाबजार खासा टेक्न अब स्थानीयवासी र पर्यटकस“ग एकैसाथ दुइटा बाटा उपलब्ध हु“दैछन् ।
त्यसो त स्थानीय व्यवसायी र सडक विभागका बीच पनि सुरुमा समझदारी बनेको थिएन । सडक विभागले सुनकोशी थुनिएर बनेको ताल भत्काउ“दै पुरानो सडक पुनर्निर्माण गर्न सकिने बताएको थियो । तर माथिल्लो निकाय र सेनाले उसतिर ध्यानै नदिई सुनकोशी पारिबाट बाटो खन्न थाले । सडक विभागले के गरौं, कसो गरौं भन्ने द्विविधा पाल्दापाल्दै दर्ुइ हप्ता त्यसै गुज्रियो । केही प्रगति नहुने हो कि भन्ने स्थानीय आशंकाबीच व्यवसायी संगठनहरू सल्बलाउन थाले । भदौ लाग्नेबित्तिकै बाह्रबिसेमा बृहत् भेला राखे । उद्योग वाणिज्य महासंघ, चीन नेपालको व्यापारमा संलग्न नेपाल हिमालय सिमापार व्यापार संघ, हाइड्रोपावर कम्पनीहरू त्यसका आयोजक भए । सेनाको सक्रियतामा ताल खोल्ने र वैकल्पिक मार्ग बनाउने काम अघि बढे पनि तत्काल सफल हुने दुवै सम्भावना नदेखिएको भन्दै उनीहरूले आफैं पहल लिने निर्ण्र्ाागरे । अनि स्थानीय स्रोत जुटाउन थाले ।
त्यसपछि सडक विभागले उनीहरूस“ग अघोषित समझदारी गर्‍यो- पहिरो गएको ठाउ“को अन्तिम सिमाना अर्थात् राम्चे- ५ जुरेसम्म सडक विभागले बाटो खन्ने, त्यहा“देखि बाह्रबिसे जोड्ने पक्की सडकसम्म व्यापारीले खन्ने । बस्, भोलिपल्टैदेखि सडक विभागका तीन एक्स्काभेटर पुरानै बाटोभन्दा माथिल्लो भागपट्ट िचल्न थाले ।
त्यसपछि सेनाको नेतृत्वमा जनपद प्रहरीका १ सय ६८ जवान र सशस्त्रका १ सय ८५ पारि टेकानपुरतिर खटिए । सडक विभाग र स्थानीय व्यापारीका मेसिनहरू वारि मांखा, राम्चेतिर भीर खन्न थाले । एक स्थानीयवासीका अनुसार मांखा-राम्चेतिर एक्स्काभेटर चल्नेबित्तिकै केही विज्ञहरूले सुझाएछन्- अझै पहिरो खस्न सक्छ । यता नखन्नु ।
'ती विज्ञहरू पहिरोमा हि“डेकै छैनन् । पहिरो जा“दा कस्तो हुन्छ तिनलाई थाहै छैन,' ती स्थानीय भन्छन्, 'कहा“बाट बाटो खन्नर्ुपर्छ, हामीलाई थाहा छ ।'
स्थानीय व्यापारी कमल श्रेष्ठ भन्छन्- 'अब कसैलाई कुरेर बस्न सकिन्न । यतिका ट्रक लत्ताकपडा सरसामान बोकेर थुप्रिएका छन् । ५ सयवटामात्रै ट्रक काठमाडौं पठाउन सकियो भने देशभरिका जनताले दसैंमा नया“ लुगा किन्न पाउ“छन् ।'
उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको सक्रियतामा जिविस, रेडक्रस, उद्योग वाणिज्य संघलगायत मिलेर खाडीचउरस्थित सशस्त्र प्रहरी बल बेसक्याम्पमा सामग्रीहरू संकलन भइरहेको छ । शुक्रबारसम्म एक करोड २८ लाख ३१ हजार रुपिया“ संकलन भइसकेको छ । खाद्यान्न र लत्ताकपडाका ८२ प्रकार उपलब्ध रहेको जिविस सिन्धुपाल्चोकका कर्मचारी मुरारी तिवारीले बताए । आकस्मिक उद्धारका लागि सेना, प्रहरीले सक्दो गरेको भन्दै कतिपय स्थानीयवासी प्रशंसा गर्छन् । कतिपयलाई भने यस्तो परेको छ- भारतले सहयोग दिन्छु भनेको थियो, चीनले पनि भनेको थियो । हाम्रो सरकारले यस्तो विपत्तिका बेला पनि किन सहयोग नलिएको -
पहिरोमा आफन्त गुमाएका दाबी गाविसका स्थानीय रामकुमार श्रेष्ठका अनुसार सरकारले उक्त सहयोग लिएको भए बेपत्ता हुनेको संख्या घट्न सक्थ्यो । यस्तो सोच्ने श्रेष्ठमात्रै होइनन, अरु पनि छन् । किनकि, जुरेको पहिरोले सुनकोशी थुन्दैगर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउने तयारीमा थिए । त्यसै सर्न्दर्भमा भारतीय पक्षले आवश्यक सहयोग गर्नसक्ने बचन दिएको थियो । त्यसैलाई पुष्टि गर्दै भोलिपल्ट मोदीले संविधानसभामा भाषण नै गरे । ठीक त्यसै बेला चीनका प्रधानमन्त्री ली खछयाङले यस्तो विपत्तिका बेला चीन सघाउन तयार रहेको अभिव्यक्ति दिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले सुनकोशीको विपद्मा सघाउन भारत र चीन दुवैलाई परराष्ट्र मन्त्रालयमार्फ् पत्राचार गर्ने निर्ण्र्ाागर्‍यो । जब चिनिया“ पक्षले सहयोगका लागि अग्रसर भयो, आर्श्चर्यजनक ढंगले नेपाल पक्षको प्रतिक्रिया बाहिर आयो- 'अहिलेलाई आवश्यक छैन । हामी आफैं सक्षम छौं ।'
कुटनीति र राजनीतिको उहापोहबीच सिन्धुपाल्चोकका स्थानीयवासीको पीडा जेलिएको छ । तर सेनालगायत उद्धारकार्यमा खटिएका अधिकारीहरु ढिलाई गर्ने कुनै नियत नराखिएको बताउ“छन् । 'बाहिर अनुमान गरिएजस्तो हामीलाई माथिबाट त्यस्तो कुनै निर्देशन प्राप्त भएको छैन,' जुरे पहिरोस्थलमा खटिएका एक सैन्य अधिकृत भन्छन्, 'ज्यानको बाजी लगाएर खटेको सिपाहीमाथि त्यस्तो सोच्नु राम्रो हु“दैन ।'
यसैबीच सेनाले शुक्रबार अपराह्न तालको दक्षिणी कुनामा विस्फोटन गराएको छ । सुनकोशीले निकास पाइरहेको कुनाबाटमात्रै पानी बाहिर पठाउन पर्याप्त नभएको भन्दै उसले 'सेकेन्डरी च्यानल' लाई अहिलेको भन्दा अझै गहिरो बनाउन विस्फोट गराएको हो । यसो गर्दा एकैपटकमा बढी पानी निकाल्न सकिने सेनाको भनाइ छ । शुक्रबारको मापनअनुसार तालको पानीमा भित्री बहाब एक सय ८२ क्युसेक छ, बाहिरी बहाब २ सय ७३ क्युसेक । 'अहिलेसम्म पानीको सतह एक मिटर घटिसक्यो, आइतबारसम्म तीन मिटर घटाउन सकिने आकलन छ,' प्रमुख सेनानी श्रेष्ठ बताउ“छन्, 'वैकल्पिक ट्रयाक पनि सायद सोमबारभित्र खुल्ला ।'
टेकानपुरतर्फो वैकल्पिक मार्गको स्तरोन्नतिमा सेना जुटेको शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । त्यसो त सेनाले टौथली र दादी खोलामा दर्ुइ कजवे निर्माण गर्न थालेको भन्दै सबै काम द्रुतस्तरमा भइरहेको जानकारी दिएको छ । स्थानीयवासी भने यी सबै काम सकि“दा दसैंतिहार गुज्रिइसक्ने भन्दै ढिलासुस्तीप्रति रोष प्रकट गर्छन् । टेकानपुरको उकालोमा भेटिएका बाह्रबिसे- ४ का ३८ वषर्ीय पर्ूण्ाबहादुर श्रेष्ठ भन्छन्, 'पारि मांखाको बाटोमा गाडी चलेर के गर्नु - हामीले यता भारी बोकेरै चाडबाड मान्नुपर्लाजस्तो छ ।'

Kantipur 2071-05-14

सिन्धुपाल्चोकस्थित कान्तिपुर संवाददाता ऋषिराम पौडयालको सहयोगमा

No comments:

Post a Comment