Sunday, August 10, 2014

वामपन्थीका आँखामा बीपी

'बीपी कोइराला बा“चेको भए २०४६ सालको जनआन्दोलन हुने थिएन भनी धेरैले भन्ने गरेको सुनिएको छ । मेरा विचारमा बीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपर्ूण्ा आन्दोलन त गर्थे तर वाममोर्चातिर सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली कांग्रेसको परिचयमाथि प्रश्नचिह्न लाग्ने हुन्थ्यो । आजका सर्न्दर्भमा त्यो कति व्यावहारिक हुन्थ्यो, त्यो भन्न सक्ने कुरा भएन । गणेशमानसिंहले व्यावहारिकताको बाटो लिए र जनआन्दोलनमा वामशक्तिलाई पनि समावेश गरे ।'
     प्राध्यापक लोकराज बराल ः 'रोमाञ्चित जीवन', पृष्ठ २६१
नेपाली कांग्रेसनिकट भनी चिनिएका प्राध्यापक बरालको हालै प्रकाशित आत्मकथाभित्रको यो मूल्यांकनले वामपन्थीलाई हर्ेर्ने बीपी-दृष्टिकोण झल्काउ“छ । कम्युनिस्टइतरका प्रगतिशील शक्तिसमेत वामपन्थी हुनसक्ने ठान्ने उनी आफूलाई वामपन्थी ठान्थे, तर कम्युनिस्टस“ग किमार्थ सहकार्य गर्ने पक्षमा थिएनन् । नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यका अनुसार बीपी आफूलाई मार्क्सवादी हु“ भनी बेलाबखत यसै भन्नलाई भनिदिन्थे, तर मार्क्सवादको नामै सुन्न नचाहने स्वभाव थियो ।
'बीपीमा राजनीतिक कट्टरता थियो । लोकतन्त्रका लागि लडिरहनुभयो, तर लोकतन्त्रमा कम्युनिस्टको अस्तित्व स्वीकार्न हिच्किचाउनुहुन्थ्यो,' यी 'कट्टर मार्क्सवादी' भन्छन्, 'बीपीले जान्नुभएन ।
निरंकुशतन्त्रविरुद्ध मिलेर संर्घष्ा गर्नुपर्ने बेला एक्लै हिड्न उद्दत हुनुभयो । राजा वीरेन्द्रस“ग मेलमिलाप गर्न खोज्नुभयो । त्यस्तो मेलमिलाप कम्युनिस्टविरुद्ध परिलक्षित थियो ।' जनमतसंग्रहमा पञ्चायतका तर्फाट खुलमखुल्ला धा“धली भएको देख्दादेख्दै पनि कम्युनिस्टस“ग भन्दा राजास“ग मिल्नेमा बीपीको जोड रहनुलाई वैद्य सुझबुझको कमी र कट्टरताका रुपमा अर्थ्याउ“छन् ।
एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाल वैद्यको भनाइमा सहमति जनाउ“छन् । बीपीकै समयका अर्का शक्तिशाली कम्युनिस्ट नेता पुष्पलालले कम्युनिस्ट-कांग्रेस मिलेर संर्घष्ा गरौं भन्दा बीपीले पटक पटक अस्वीकार गर्नुलाई उनी अदूरदर्शिता ठान्छन् । खनालको यो तर्कस“ग डीपी अधिकारीले २०१६ सालमा नवयुग साप्ताहिकमा लेखेको 'नेपालमा प्रजातन्त्रको विकासको सवाल' शर्ीष्ाक लेखको सार मेल खान जान्छ । कम्युनिस्ट नेता अधिकारीले त्यसमा लेखेअनुसार केही महिनाअघि सम्पन्न पहिलो आमचुनावबाट निर्मित संसदमाथि राजाबाट खतराका संकेत देखिन थालिसकेका थिए । संसद गुमे प्रजातन्त्र गुम्नसक्ने भन्दै मिलेर काम गर्न कम्युनिस्ट पार्टर्ीी कांग्रेसस“ग प्रस्ताव राखेको थियो । तर बीपीले भने त्यसलाई 'कम्युनिस्ट खतरा' का रुपमा व्याख्या गरे ।
नेकपाका संस्थापक पुष्पलालले अधिकारीको भनाइस“ग मिल्नेगरी 'नेपाली जनआन्दोलन एक समीक्षा' नामक पुस्तकमा लेखेका छन्, 'संसदीय व्यवस्थाको सुरक्षाका लागि समस्त जनवादी शक्तिहरू एकताबद्ध हुनर्ुपर्छ भनी अपील गरिएकामा त्यसतर्फध्यान दिनुको सट्टा कांग्रेसका नेताहरूले उल्टै 'कम्युनिस्ट खतरा'को हौवा उठाउन थाले ।'
सबैलाई थाहा छ, त्यसबेला कांग्रेसका नेता तथा प्रधानमन्त्री उनै बीपी कोइराला थिए ।
'पहिलो विश्वयुद्धताका जन्मनुभएका बीपी सोभियत संघबाट विश्वभरि समाजवादको माहोल फैलि“दैगएको देखेर कम्युनिस्टस“ग निकै तर्सनुभएको थियो । उहा“ले नेपालको आन्तरिक अवस्था र पञ्चायती निरंकुशताका गतिविधि हेरेर निर्ण्र्ाालिन सक्नुपथ्र्यो,' एमाले नेता खनाल भन्छन्, 'उहा“ धेरै हदसम्म पश्चिमी विचारबाट प्रभावित नेता हुनुहुन्थ्यो, यहा“का देशभक्त कम्युनिस्टहरूलाई समेत पश्चिमी चश्माबाट हेरिदिनुभयो । गल्ती त्यहा“नेर भयो ।'
२००७ सालमा सशस्त्र क्रान्ति गरेका बीपीले त्यसका उपलब्धि जोगाउन सबैलाई समेट्नुपर्नेमा एक्लै हि“ड्ने मनसाय राखेको खनाल विश्लेषण गर्छन् । बीपीले बुद्धि पुर्‍याएर शक्ति संचय गर्नेतिर लागेको भए २०१५ सालभित्रै संविधानसभाको चुनाव भइसक्ने उनको धारणा छ ।
'इतिहासका व्यक्तित्वहरूलाई भावनात्मक भएर होइन, वस्तुनिष्ठ भएर मूल्यांकन गर्नुपर्छ, बीपीमा उदारता पलाएको भए पञ्चायतविरुद्ध ३० वर्षसंर्घष्ा गर्नुपर्ने थिएन,' खनाल आकलन गर्छन्, 'अरु वाम घटकको आलोचना सह“दै पुष्पलालले कांग्रेसस“ग मिलेर संयुक्त संर्घष्ा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । बीपीले मान्नुभएन । पछि गणेशमानसिंहले त्यो आवश्यकता पर्ूर्ति गर्नुभयो । उहा“को यही सकारात्मक निर्ण्र्ााे पञ्चायत ५० दिन पनि टिकेन ।'
बीपीमाथि यति आलोचनाका बीच खनाल उनी नेपालको लोकतान्त्रिक आन्दोलनका मर्ुधन्य नेता, सामन्तवादविरुद्ध लड्ने देशभक्त भएको भनी खुला प्रशंसा गर्न पछि पर्दैनन् । त्यसो त मोहन वैद्य पनि सामन्ती राजतन्त्रविरुद्ध २००७ साल र पञ्चायतको सुरुमा हतियार उठाउने बीपीको निर्ण्र्ाााई सकारात्मक मूल्यांकन गर्छन् । 'तानाशाहीविरुद्ध सशस्त्र संर्घष्ा गर्नुको विकल्प छैन भन्ने भावना बीपीमा देखिन्थ्यो,' उनी भन्छन्, 'सैन्य फा“टमा दिनुपर्नेजति ध्यान दिन नसकेकामा पछिसम्म उहा“मा पश्चातापको भावना देखिन्थ्यो ।' इतिहासको रुपान्तरणमा बल प्रयोगको भूमिकालाई बीपीले महसुस गर्न सक्नु सकारात्मक भएको वैद्यको भनाइ छ ।
माले महासचिव सीपी मैनालीका अनुसार बीपीमा कम्युनिस्टहरूप्रति पर्ुवाग्रह र विरोध दुवै प्रशस्तै देखिए पनि उनले नैतिक राजनीतिको सधैं पक्षपोषण गरिरहे । दैनन्दिन मसिना घटनाक्रमलाई समेत बृहत राजनीतिस“ग जोड्ने खुबीले बीपीलाई राजनेता बनाएको उनको बुझाइ छ । 'नेपालीकै बलबुताबाट लोकतन्त्र ल्याउने नीतिमा बीपीको ठूलो योगदान छ,' मैनाली भन्छन्, 'कम्युनिस्टस“ग जति अनुदार भए पनि उहा“को सबै देशभक्तले प्रशंसा गर्नैपर्छ ।'

खै पुष्पलाल -२०३९ साउन ६ गते बीपी बिते । संयोगले साउन ६ को भोलिपल्ट पुष्पलाल स्मृति दिवस पर्छ । सहिद गंगालालका माइला भाइ, नेकपाका संस्थापक पुष्पलालले बीपीकै बराबर कद नबनाए पनि उनको आफ्नै पृथक छवि थियो । बीपीभन्दा उमेरले १० वर्षकान्छा पुष्पलाल उनीभन्दा चारवर्षघि बितेका थिए । नेपाली समाजको विकासक्रमबारे महत्वपर्ूण्ा निष्कर्षरूसहित पुस्तक लेख्ने, ठूलो कम्युनिस्ट संगठन बनाउने आफ्नै समयका प्रभावशाली समकक्षीबारे बीपीले आफ्ना दर्ुइ महत्वपर्ूण्ा राजनीतिक कृति 'आत्मवृत्तान्त' र 'जेल जर्नल' मा एक शब्द पनि उच्चारण त के, नामसमेत नलिएकामा थुप्रै वामपन्थीहरू आर्श्चर्य व्यक्त गर्छन् । हुन पनि बीपीले सयौं औपचारिक-अनौपचारिक सर्न्दर्भ दोहोर्‍याई तेहेर्‍याई कोट्टयाएका छन् । तिनमा देशविदेशका ठुलादेखि साना नेतासम्मको चर्चा छ । तर विशिष्ट बौद्धिक उचाइका पुष्पलाल कतै भेटि“दैनन् ।
'बीपीले कम्युनिस्टहरूलाई राष्ट्रिय शक्ति हुन् भनेर कहिल्यै स्वीकार गर्नुभएन । अन्तर्वार्ता दि“दासमेत 'एकाध ठाउ“मा केही पकेट छन् कम्युनिस्टका' भन्ने भाषा प्रयोग गर्नुहुन्थ्यो,' एमाले नेता खनाल भन्छन्, 'उहा“मा कार्यनीतिक चिन्तनको पक्ष कमजोर थियो । कांग्रेसबाहेक अरु पनि छन् भन्ने उदारता देखाउन सकेको भए अहिले बीपीका धेरै शालिक बनिसक्थे । उहा“ले एक्लो टावर हुने मौका गुमाउनुभयो ।'
बीपीबारे यतिका मूल्यांकन गर्न सक्ने कम्युनिस्ट नेताहरू स्वयं भने त्यसबेला अहिलेजस्ता थिएनन् । कट्टरताको एउटा किनारमा बीपी थिए, अर्को किनारमा उनीहरू स्वयं । दस्तावेजहरू पढ्दा थाहा हुन्छ, दसतिर मुख फर्काएका कम्युनिस्टहरू बीपी र उनको कांग्रेसलाई हर्ेर्नेबारे भने लगभग एकैमत थिए । उनीहरूको ठहर थियो- २००७ सालको दिल्ली सम्झौता धोका हो । बीपी भारतपरस्त नेता हुन् । कांग्रेस भारतको दलाल हो ।
संयोग हो कि, 'आत्मवृत्तान्त' मा बीपीले चित्रण गरेका कम्युनिस्टहरू पनि यस्तै षड्यन्त्र सिद्धान्तमा विश्वास गर्थे । फरक यत्ति हो, ती कम्युनिस्ट नेपालका नभएर भारतका थिए । आत्मवृत्तान्तको पृष्ठ २१ मा बीपी खोल्छन् ः
'मार्क्सवाद मलाई बडो क्रान्तिकारी दर्शन लाग्थ्यो तर कम्युनिस्ट आन्दोलनका केही कुराहरूमा चित्त बुझेको थिएन । भारतको एउटा राष्ट्रिय आन्दोलन, जसमा मेरो परिवार पनि संलग्न थियो, यो केही पनि होइन, यो ब्रिटिशहरूले गराएको, गान्धी भनेको ब्रिटिशको दलाल- अचेतन दलाल, भन्ने कुरा म स्वीकार गर्न सक्दिनथें ।... मेरो मनमा मार्क्सवादको त प्रभाव रह्यो, तर कम्युनिस्ट पार्टर्ीी मलाई प्रभावित पार्न छोड्यो ।'
भारतझैं नेपाली समाज पनि अहिलेजस्तो उदार बनिसकेको थिएन । त्यसको प्रतिच्छाया कांग्रेस र वाम नेतृत्वमा देखिनु अनौठो थिएन । बीपी अपवाद थिएनन् । यति हु“दाहु“दै पनि उनले पुष्पलालस“ग राखेको प्रस्ताव सम्झ“दै दर्ुइ वर्षघि यो पंक्तिकारलाई सुनाएका थिए, कांग्रेस नेता चक्रप्रसाद बा“स्तोलाले । बीपीस“ग लामो सान्निध्यमा रहेका बा“स्तोलाका अनुसार उनले पुष्पलालस“ग प्रस्ताव गरेका थिए, 'म तपाईं कम्युनिस्टहरूको आर्थिक एजेन्डालाई स्वीकार गर्छु, तपाईंहरू मेरो राजनीतिक एजेन्डा स्वीकार गर्न सक्नुहुन्छ -'
पुष्पलालले व्यक्तिगत रुपमा बीपीको प्रस्ताव स्वीकार गरे पनि जनवादी राज्यसत्ता ल्याउन हि“डेका वामशक्तिहरूबाट अनुमोदन गराउन अर्समर्थ भएकाले वामपन्थी र कांग्रेसबीच संयुक्त मोर्चा बन्न नसकेको बा“स्तोलाले जिकिर गरेका थिए । खैर उनको यो दाबी पुष्टि हुने दस्तावेजहरू भने हालसम्म भेटिएका छैनन् । तर नेकपा मालेका महासचिव सीपी मैनाली भने उक्त भनाइलाई पुष्टि गर्दै भन्छन्, 'बीपी पु“जीवादी लोकतन्त्रवादी नेता भएकाले कम्युनिस्टहरूस“ग तीव्र मतभेद हुनु अनौठो थिएन, उहा“ले पुष्पलालस“ग कम्युनिस्टको आर्थिक कार्यक्रम मान्ने प्रतिबद्धता जनाउनुभएको चाहि“ मलाई थाहा छ । कांग्रेसको राजनीतिक कार्यक्रम स्वीकार्न आग्रह गर्नुभएको थियो ।'
माओवादी अध्यक्ष वैद्यका अनुसार पुष्पलालले संयुक्त संर्घष्ाका लागि जोड गर्दा पनि बीपीले ध्यानै दिन चाहेनन् । 'राष्ट्रिय शक्तिलाई चिन्ने राजनीतिक चिन्तनको पक्ष कमजोर भएकाले बीपीले सदैव नकार्नुभयो,' उनी भन्छन्, 'उहा“मा सुझबुझको कमी हु“दा मुलुकको राजनीति अझै पछाडि धकेलियो । बरु राजनीतिक बुझाइमा पुष्पलालजी नै अगाडि गएको देखियो ।'
बीपीका अलमलकांग्रेस र कम्युनिस्टमा बा“डिएका पञ्चायतविरोधीहरूमा राजतन्त्र र भारतलाई हर्ेर्ने विषयमा पछिसम्मै विवाद भएको देखिन्छ । कम्युनिस्टले कांग्रेसलाई भारतपरस्त भनेझैं कांग्रेसले पनि उनीहरूलाई राजापरस्त भनी आरोप लगाएको विभिन्न ऐतिहासिक सामग्रीमा पढ्न पाइन्छ । माले महासचिव मैनालीका अनुसार बीपीमा राष्ट्रिय अस्तित्व र स्वतन्त्रताको प्रश्नमा सुरुमा अलमल देखिए पनि पछिल्लो कालखण्डमा भने प्रष्टता आइसकेको थियो । '२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस गठन गर्दा बीपीमा नेपाल बृहत्तर भारतकै एउटा भाग हो भन्नेसम्मका अभिव्यक्ति भेटिन्छन्, पछिमात्रै उहा“ले सच्याउनुभयो,' उनी भन्छन्, '२००७ सालको परिवर्तनपछि सरकारमा पुग्नुभएका उहा“ले नेपाल-भारत सम्बन्धका तीता पक्षहरूलाई आफ्नै आ“खाले देख्नुभयो । सुरुमा राष्ट्रियतामा अष्पष्ट बीपीले २०३३ मा आइपुग्दा राष्ट्रियताका लागि ज्यान दिनसमेत पछि नपर्ने अभिव्यक्ति दिनु यसैको परिचायक हो ।'
एमाले नेता खनाल २०२५ सालमा अस्कल क्याम्पसको विद्यार्थी छ“दा भुरुङखेलनजिकैको बस्तीमा बीपीको भाषण छ भन्ने सुनेर दगुरेछन् । जेलबाट भर्खरै छुटेका बीपीले २०१५ सालको चुनाव, आफ्नो सरकार अपदस्थ गरी राजा महेन्द्रले जेल हालेको, जेलमा बसेर लोकतन्त्रको संर्घष्ा जारी राखेको चर्चा सुने ।
भाषणकै बीचमा दर्शकदर्ीघाबाट कसैले प्रश्न सोध्यो, 'कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि भर्खरै जेलबाट छुट्नुभएको छ । के अब तपाईं उहा“हरूस“ग मिलेर संर्घष्ा गर्नुहुन्छ -'
बीपीले जवाफ दिए, 'हाम्रो आन्दोलनमा कम्युनिस्टहरूलाई पनि संलग्न गराउन सकिन्छ, तर सहकार्य पटक्कै गर्न सकि“दैन ।'
'किन -'
'सहकार्य गर्‍यौं भने अन्तर्रर्ााट्रय जगतको र्समर्थन लिन सकि“दैन ।'
दर्ुइ वर्षघि यसै पंक्तिकारस“ग मन पर्ने नेपाली नेतामा बीपीको नाम लिएका खनालले उनीस“गको पहिलो भेटको प्रभाव भने नकारात्मक परेको खुलाए । 'म भर्खरै वामपन्थी राजनीतितिर आकषिर्त भएको थिए“, बीपीलाई पनि पढिरहेको थिए“,' खनाल भन्छन्, 'तर कम्युनिस्टहरूप्रति उहा“को बढी नै आग्रह रहेछ भन्ने थाहा पाउ“दा नरमाइलो लाग्यो ।'
त्यसो त मन पर्ने नेपाली नेतामा बीपीको नाम लिने कम्युनिस्ट नेता खनालमात्रै एक्लो होइनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टर्राई, एमाले नेता माधवकुमार नेपाललगायत पर्छन् । बीपीको व्यापक अन्तर्रर्ााट्रय पहिचान, राजनीतिक समझदारी, दार्शनिक ज्ञान, मुद्दाहरूमा अडानजस्ता कारण बीपी उनीहरूका प्रिय नेता बनेका हुन् ।
कम्युनिस्टहरूले अहिले आएर मन पराएका यी नेताले कम्युनिस्ट स्वयंलाई भने किन मन नपराएका होलान् - माओवादी अध्यक्ष वैद्यका अनुसार फेबियन सोसाइटीबाट प्रभावित बीपी संसदवादी थिए । उनले कम्युनिस्टको विरोध गर्नु कुन अनौठो भयो र -
कुनै बेला 'माले, मण्डले मसाले एउटै हुन्' भनी खरो टिप्पणी गर्ने बीपीका भाइ गिरिजाप्रसादले अन्ततः हिंसात्मक व्रि्रोह चलाइरहेको कम्युनिस्ट पार्टर्ीीाओवादीस“ग सहकार्य गर्ने नीति लिए । त्यो नया“ किसिमको मेलमिलाप नीतिले राजतन्त्र उन्मूलन भयो, बीपीले उठाउ“दै आएको संविधानसभा चुनाव पनि भयो । गणेशमानसिंहले त वाममोर्चास“ग सहकार्य गरेरै २०४६ को परिवर्तन सम्भव भएको थियो । आन्तरिक राजनीतिक परिस्थितिदेखि विश्वराजनीतिका उहापोहस“ग पूरै जानकार बीपीजस्ता ठूला नेता भने किन कम्युनिस्टस“ग छेउ पर्ने चाह“दैनथे -
'२०१५ सालको आमचुनावमा कांग्रेसको दर्ुइतिहाई सिट आउ“दा कम्युनिस्टको चार सिटमात्रै देखेर बीपीमा घमण्ड जागेको हुनर्ुपर्छ,' वैद्य विश्लेषण गर्छन्, 'पञ्चायतकालमा कम्युनिस्टको राजनीतिक शक्ति बढेको देखेर बीपी तर्सिनुभएको हुनसक्छ ।'

बीपी जन्मशताब्दीको उपलक्ष्यमा कान्तिपुर कोसेलीमा प्रकाशित, 2071 साउन 3

No comments:

Post a Comment