चर्चित भारतीय लेखक खुशवन्त सिंहले जिन्दगीको 'सेन्चुरी' मार्न भ्याएनन्। यी तीव्र गतिका 'बलपेनर' ९९ वर्षमै 'आउट' भए। सानैदेखि हरदम जोक गरिरहनुपर्ने स्वभावका यी लेखकले २० वर्षको उमेरमा आफ्नै ओबिचुअरी लेखेका थिए।
'प्रख्यात लेखक खुशवन्त सिंहको शवमा माल्यार्पण गर्न भारतका मन्त्रीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए,' उनले आफैंबारे यस्तो लेखेका थिए। उनी आफूलाई ठूलै मानिस ठान्थे। र, थिए पनि।
तिनै खुशवन्तमाथि १३ वर्षअघि धिरेन भगत नामक लेखकले अर्को ओबिचुअरी थपिदिए, 'यौनउत्तेजक र छाडालेखनका लागि प्रसिद्ध लेखक खुशवन्त बितेका छन्। उनी पछिल्ला वर्षमा तातो पानीको बोतलले ओछ्यान तताउँथे।'
संयोगले आफूभन्दा कान्छा भगत खुशवन्तभन्दा पहिल्यै सन् १९८८ मा बिते। त्यसपछि खुशवन्तले नै उनको ओबिचुअरी लेखे– 'उनीभन्दा ४० वर्ष जेठो भए पनि अन्ततः मेरै स्कोर बढी भयो। किनभने म जिउँदै छु।'
लेखक मञ्जुश्री थापाले आफ्नो पुस्तक 'फर्गेट काठमान्डु' खुशवन्तको नाममा समर्पण गरेकी छन्। प्रकाशक पाउन गाह्रो भइरहेका बेला नयाँ प्रतिभालाई सधैं सहयोग गर्ने लेखकका रूपमा खुशवन्तलाई पाएको उनी बताउँछिन्। 'उनी ठूलो दिल र दिमाग भएका लेखक थिए, त्यसैले विवादमा पनि परिरहन्थे,' मञ्जुश्रीले नागरिकसँग टेलिफोनमा भनिन्, 'उनकै कारण मैले पहिलोपटक अंग्रेजी प्रकाशकमार्फत् पहिलो उपन्यास 'ट्युटर अफ् हिस्ट्री' प्रकाशन गर्न सकेँ, उनले सुझाएका सम्पादक रवि सिंह आजसम्म मेरा सम्पादक छन्।'
पेन्गुइन बुक्सको बोर्ड सदस्य रहेका खुशवन्तले फर्गेट काठमान्डुको रिभ्यु टाइम्स अफ इन्डियामा लेखिदिए पनि। दुई वर्ष अघिसम्म उनीसँग भेटेको अनुभव मञ्जुश्रीले सुनाइन्।
मञ्जुश्रीका अनुसार खुशवन्त हरेक साँझ दिल्लीस्थित आफ्नो ओपन हाउसमा सात बजेदेखि आठ बजेसम्म चिनारु र लेखक भेट्थे। एकदेखि बढीमा दुई पेग ह्वीस्की खिलाउँथे। आफू पनि ट्वाक्क दुई पेग लगाउँथे। अनि आठ बज्नेबित्तिकै तपाईंको समय सकियो भन्दै घरबाट निकाल्थे।
प्रकाशनगृह गरिब हुनुहुँदैन भन्ठान्ने खुशवन्त आफ्नो धेरैजसो रोयल्टी पनि प्रकाशकलाई नै जिम्मा लगाउँथे।
भारतको स्वतन्त्रतादेखि पाकिस्तान विभाजनजस्ता ठूला घटना आफ्नै आँखाले देखेका खुशवन्तले आफ्ना पुर्ववर्ती उपन्यास यसै विषयमा लेखे। भारत सरकारले दिएको सर्वाधिक ठूलो सम्मान पद्मभूषण अस्वीकार गरे। प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकालको सर्वत्र आलोचना हुँदा उनी भने समर्थनमा उभिए। खुशवन्तको सर्वाधिक आलोचना यही समयमा भयो। मञ्जुश्रीका अनुसार खुशवन्त जीवनको आखिरी दिनसम्म पनि आफ्नो गल्तीलाई 'अलिअलि मान्थे, अलिअलि मान्दैनथे।'
उनलाई एकदमै हाहाहुहु गरिरहनुपर्ने। गसिपमा खुब रस बस्ने। कोसँग कसको प्रेमस्रेम वा चक्कर चलिरहेको छ, ब्रेकअप भएको छ। सिंगो देशभरिका जानेमानेका मानिसबारे उनलाई चासो हुने। खुशवन्त अजिबका जीव थिए।
मञ्जुश्रीका अनुसार उनी दिल्लीका 'वन म्यान इन्स्टिट्युसन थिए'। ९९ वर्षको छँदासम्म पनि दिमाग छुरा थियो। आखिरी दिनसम्म टाइम्स अफ् इन्डियामा आफ्नो कोलम 'विद मालिस टुवार्डस् वन एन्ड अल ' लेखिरहे। मञ्जुश्रीका अनुसार जनआन्दोलन चल्ने बेला दिल्लीमा भेट्दा भनेका थिए, 'तिम्रो देशका अहिलेका राजा बेवकुफ रहेछन्।'
सन् १९१५ फेब्रुअरी २ मा पाकिस्तानको हादलीमा जन्मेका यी लेखक उपन्यासकार, स्तम्भकार, सम्पादक, आख्यानकार सबै भए। व्यंग्य उनको पर्याय भयो, यौन उनको लेखनप्रवृत्ति । यौन, कामुक लेखनका लागि उनी चर्चित र अचर्चित दुवै थिए। उनले हिन्दुस्तान टाइम्स, इलुस्ट्रेटेड विक्ली अफ् इन्डिया, नेसनल हेराल्डलगायत चर्चित पत्रिका सम्पादकको भूमिका निर्वाह गरे। १९८० मा राज्यसभाको सांसद पनि बने। सधैं हातले स्तम्भ लेख्थे।
खुशवन्त बितेपछि एक ट्वीटरकर्ताले लेखे, 'आफ्नो मृत्युको खबर उनी स्वयंले सुनेका भए के गर्थे होलान? 'ए, खुशवन्ते मरेछ?' भन्थे होलान्, अनि चिसो बियर पिउँदै बस्थे होलान्।'
- See more at: http://nagariknews.com/society/nation/story/15293.html#sthash.yfZPbNqF.dpuf

No comments:
Post a Comment