चार दशकअघि आफैंले बीज रोपेको झापा आन्दोलन, त्यसबाट हुर्केको नेकपा
मालेले एमालेका रूपमा 'हाइटेक' नवौं महाधिवेशन गर्दैगर्दा संस्थापक महासचिव
सीपी मैनाली माले संसदीय दलको कार्यालयमा बिहीबार बिहान चुपचाप एक्लै
बसिरहेका थिए । सिंहदरबारस्थित संसद् सचिवालयको भवन नं. २, चौथो तलामा
सीपीको कार्यालय भन्नु यत्ति छ- रित्तो दराज, टेबुल, एक लाइन टेलिफोन,
रित्ता कुर्सीहरू, चकमन्न कोठा । करिब दुई घन्टा उनीसँग कुराकानी गर्दासमेत
बीचमा कुनै पनि आगन्तुक आएर 'डिस्टर्ब' गरेन ।
पञ्चायतको उत्कर्षका दिनहरूमा दन्त्यकथाका रहस्यमयी नायकझैं थिए सीपी
मैनाली । ५२ टुक्रामा विभाजित कम्युनिस्ट समूहहरू एकीकृत गरी बागडोर
सम्हाल्ने उनको योजना कालान्तरमा नेकपा एमालेका नाममा विस्तारित भयो ।
इतिहासको संयोग, कालान्तरमा उनी आफैं भने सानो कोटरीका घरमूली हुन पुगे ।
अर्थात्, सीपीको एमाले फैलिँदै गयो, उनी खुम्चिँदै गए ।
यस्तो किन भयो ?
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीमा संकीर्णता थियो । उनी आत्मकेन्दि्रत थिए ।
सीपी प्रतिवाद गर्छन्- मेरा शैलीगत कमजोरी थिए, तर ती मुख्य कुरा थिएनन् । मुख्य त राजनीति नै थियो, जहाँ ममाथि अन्याय गरियो ।
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीले 'क्लासिकल माक्र्सवाद' को गहिरो अध्ययन त गरेका थिए, विचारमा भने अद्यावधिक थिएनन् । व्यवहारमा चरम यान्त्रिकता र परम्परावाद हावी थियो ।
सीपी स्वीकार्छन्- मैले आफ्नै साथीहरूलाई कुरा बुझाउन सकिनँ । अधैर्य भएर भावनात्मक निर्णय लिने हुँदा झन्-झन् 'आइसोलेसन' मा पर्दै गएँ ।
झापा विद्रोहका अगुवा
बनारसमा आयोजित 'तृतीय महाधिवेशन' सँग असहमत हुँदै नेकपाका संस्थापक पुष्पलालले २०२५ जेठमा भारतको गोरखपुरमा 'तेस्रो सम्मेलन' नामक भेला आयोजना गरे पनि त्यसले अरू कम्युनिस्ट घटकको समर्थन पाउन सकेको थिएन । अर्का नेता तुलसीलाल अमात्यको व्यक्तित्व त थियो, तर संगठन झाँगिएको थिएन । फुटैफुटका शृंखलाहरूमा क्रमभंग गर्दै झापाका कार्यकर्ताले 'पूर्वकोसी प्रान्तीय कमिटी' बाट अलग हुने निर्णय गरे । २०२७ सालको अन्त्यतिर 'झापा जिल्ला कमिटी नेकपा' को स्थापना गरे । पहिलो सचिव चुनिए, राधाकृष्ण मैनाली । 'किङमेकर' थिए, उनैका सहोदर भाइ सीपी ।
वर्गशत्रु खत्तम पारी नयाँ जनवादी सत्ता स्थापना गर्ने भन्दै व्यक्तिहत्याको राजनीति सुरु गर्दा सीपी र उनका झापाली साथीहरू सबै २० वर्षभन्दा कम उमेरका थिए । सीपी अमृत साइन्स क्याम्पस, काठमाडौंबाट झापा गई मेची क्याम्पसमा भर्ना भएका थिए । स्थानीय जमिन्दार र फरक विचार बोक्ने नौजनाको हत्या, त्यसपछि पञ्चायती प्रशासनको धरपकड, चरम हिंसाका कारण त्यो विद्रोहले दुई वर्ष नबित्दै संघर्षको शैली बदल्न बाध्य भयो ।
सीपीसँगै झापा विद्रोहमा होमिएका कार्यकर्ता जीवन मगरका अनुसार कलिलै भए पनि झापाली विद्रोही नेताहरूमध्ये सीपीजति सैद्धान्तिक ज्ञान भएको, शालीन नेता कोही पनि थिएन । सभ्य बानीबेहोरा भएका पढन्ते सीपीलाई यही बानीबेहोराले अरूभन्दा बेग्लै बनायो । उनी झापा आन्दोलनका मुख्य अभियन्ता हुन पुगे । राधाकृष्णको स्वास्थ्य कमजोर बन्दै गएपछि ०२९ साउनमा सचिव भएका केपी ओलीले 'व्यक्ति हत्याबाट उत्पन्न परिणामसँग असहमति राख्दै' त्यही वर्ष फागुनमा सीपीका लागि ठाउँ खाली गरिदिए । 'वान एरिया, वान युनिट, वान स्क्वाड, वान एक्सन र वान म्यान-वान कन्टयाक्ट' को नारा दिँदै अघि बढेको झापा विद्रोह नजिकै इलामको सुखानी जंगलमा पञ्चायतद्वारा जेल सार्ने निहुँमा आफ्ना चार कार्यकर्ताको हत्यासँगै तितरबितर हुन पुगेको थियो ।
त्यसै समय अर्थात्, ०२८ सालमा नजिकैको मोरङमा माधवकुमार नेपाल, रामचन्द्र यादव, विश्व भट्टलगायतले स्थापना गरेको 'नेपाल क्रान्तिकारी संगठन मोरङ (माले)' चलायमान थियो । झापा विद्रोहसँग असहमति राखे पनि यो समूह निरन्तर संवादमा थियो ।
अन्ततः मोरङ माले, धनकुटामा स्थापित पूर्वको रातो झन्डा, पुष्पलाल समूहबाट छुट्टिएको मुक्ति मोर्चा, काठमाडौंमा पढिरहेका युवाहरूको 'मुस्लो समूह' जस्ता टुक्रे समूहसँग मिलेर सीपी नेतृत्वको त्यही झापा जिल्ला कमिटीले ०३२ जेठ २५ गते 'अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन गर्यो । छोटकरीमा 'कोके' का रूपमा चिनिने यसको ब्युरो सचिव पनि सीपी नै तोकिए । त्यही वर्ष माघ १७ गते सीपी झापा, देउनियाबाट गिरफ्तार भई चन्द्रगढी जेल हुँदै नक्खु सारिएका थिए । त्यसैको १३ महिनापछि भएको हो, सनसनीपूर्ण नक्खु जेल-तोड घटना ।
'जेल-ब्रेक'का नाइके
यिनै सीपी ०३१ मा पक्राउ परी नक्खु जेल सारिँदाको रोचक क्षण केही महिनाअघि बयान गरेका थिए, संविधानसभा अध्यक्ष सुवास नेम्बाङले । त्यसअघि नै जेल परिसकेका नेम्वाङ र विद्यार्थी आन्दोलनकारीहरू बसेको ठाउँमा सीपीलाई पनि ल्याइने खबर आगोसरी फैलिएछ । त्यसपछि त ओहो ! प्रत्येक राजबन्दीको रोमरोममा तातो हावा प्रवाहित हुन थाल्यो । सीपीजस्ता 'कम्युनिस्ट पार्टीका प्राधिकार' कस्ता होलान्, कसरी बोल्लान्, उठ्लान, बस्लान्, हात मिलाउलान् ! सोच्दामात्रै पनि कम्युनिस्ट बन्दीहरू हुरुक्क हुन्थे ।
नभन्दै जसै सीपी आइपुगे, उनलाई हेर्न राजबन्दीहरूको कुँडुलो लाग्यो । कोही झ्यालबाट चियाउने, कोही भित्तामा कान थापेर आवाज सुन्ने । नेम्वाङले यस पंक्तिकारसँग भनेका थिए, 'अहिलेजस्तो टीभी आइसकेको थिएन, भूमिगत नेताको फोटो पत्रिकाले फेला पार्न सक्दैनथ्यो । उहाँ र झापाली विद्रोहीबारे अनेक खालका कथाहरू प्रचलित थिए ।'
सीपीनिकट भएर काम गरेका तत्कालीन अनेरास्ववियु महासचिव घनश्याम भुसालका अनुसार लेनिन, स्टालिन, माओत्सेतुङझैं प्राधिकारमा विश्वास गर्ने मालेमा सीपीलाई प्राधिकार बनाउनुपर्ने, 'सीपी विचारधारा' बनाउनुपर्नेसम्मका बहस चलेका थिए । नक्कल पनि कस्ता भने- सीपीकै जस्तो कपाल कोर्ने, सीपीकै जस्तो जुंगा पाल्ने, सीपीकै जस्तो लिपि लेख्न कोसिस गर्ने । यतिन्जेलसम्म हिंसात्मक नक्सलवादी रुझानबाट मुक्त हुँदै जनसंघर्षको बाटो लिने ठहरमा सीपीको पार्टी पुगिसकेको थियो ।
इतिहासकार सुरेन्द्र केसीद्वारा लिखित 'नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास भाग-२' का अनुसार यसबीचमा 'कोके' भित्र अनेक बहस, अन्तरसंघर्ष चलेका थिए । अलि-अलि मत बाझ्नासाथ फुटिहाल्नुपर्ने नेपाली कम्युनिस्टको 'शुद्धतावादी' आग्रहबाट विमुख हँुदै अघि बढेको कोअर्डिनेसन केन्द्रले छिट्टै हाँगा फैलाउनुको मुख्य कारण फरक मतलाई समेत छलफलमा स्थान दिने उनीहरूको शैली मुख्य कारण भएको उल्लेख गरेका छन् इतिहासकार केसीले ।
बहसको यही उदार शैलीका कारण कोके समूहबाट प्रभावशाली पार्टी बन्ने सम्भावना देखा पर्यो । थुप्रै वाम समूहहरूसँग एकता भएपछि ०३५ पुस ११-१७ सम्म मोरङ, इटहराको डिफु गाउँमा सम्मेलन गर्दै कोके विधिवत् रूपमा नेकपा मालेमा परिणत भयो । यसै सम्मेलनले २७ वर्षे सीपीलाई नवगठित पार्टी मालेको महासचिव घोषणा गर्यो । यो सीपी मैनालीको राजनीतिक जीवनको उत्कर्ष थियो ।
हिंसात्मक चिन्तनबाट बाहिर आइसकेको मालेले व्यापक मात्रामा जनपरिचालन गर्न थाल्यो । पार्टी कमिटी, वर्गीय संगठन, लेखक-कलाकारको मोर्चा, सहरी क्षेत्रमा बुद्धिजीवीहरूको क्रियाशी- लताजस्ता अभियानले मालेलाई स्थापित हुन धेरै समय लागेन । पृथ्वीनारायण शाहले राज्य बिस्तार गरेको शैलीमा सीपी र उनको समवयी पुस्ताले देशव्यापी रूपमा संगठन विस्तार गर्दै गयो ।
शक्तिशाली नेताको ओरालो
शिखरमा पाइला राख्न सजिलो छैन, त्यसभन्दा गाह्रो छ त्यहाँ टिकिरहन । उचाइ चुमेको मानिसले एउटामात्रै गल्ती गर्यो भने त्यति नै ठूलो आवाजका साथ जमिनमा खस्छ । साधारण जनताले गल्ती गर्यो भने उसले र उसको परिवारले मात्रै दुःख पाउँछ । एउटा नेताले गरेको गल्तीका कारण पार्टी र देशले नै दुःख पाउँछ । तीसको दशकको पछिल्लो खण्डमा मालेले दुःख पाउनुमा सीपीले तोडेको 'पार्टी अनुशासन' मात्रै जिम्मेवार थिएन, उनका कदमलाई हेर्ने पार्टी दृष्टिकोणमा खुलापन नआउनु पनि उत्तिकै कारक थियो भन्छन् विश्लेषक झलक सुवेदी । 'उनी राजसंस्थाप्रति नरम देखिए, राजा राष्ट्रवादी हुन्छन् भन्ने भ्रममा बसे । राजा वीरेन्द्रले अघि सारेको शान्तिक्षेत्र प्रस्तावको समर्थन गर्ने लाइनमा उभिए,' सुवेदी भन्छन्, 'सामन्ती वर्गबाट कट्टरपन्थी कम्युनिस्ट राजनीतिमा आएका उनी परिवर्तनको उन्मादमा थिए । आफू अरूभन्दा विशिष्ट हुँ, अरूले काम गर्न सक्दैनन् भन्नेजस्ता सामन्ती चिन्तन भने छाडेनन् ।'
जेलमा रहेका दाजु राधाकृष्ण मैनालीलाई चिठी लेखी 'पार्टीको गोपनीयता भंग गरेको' लगायतका अभियोगमा ०३९ सालमा महासचिवबाट हटाइए सीपी । सिंगै केन्द्रीय कमिटी उनीविरुद्ध उत्रियो । 'कमजोरी स्वीकार्नुको सट्टा अरूलाई आफ्नो हैसियत देखाइदिने भन्दै पार्टीबाहिरका बुद्धिजीवी, विद्यार्थीलगायतमा पार्टी निर्णय लैजाने हुँदा झन् तलतल हुत्तिए । बुद्धि पुर्याएको भए पुनः शक्ति आर्जन हुन सक्थ्यो, तर यस्तो आचरणले उनलाई झन्-झन् कमजोर बनायो,' सुवेदी विश्लेषण गर्छन् ।
एमाले नेता घनश्याम भुसालको बुझाइ पनि सुवेदीको जस्तै छ । 'त्यस बेलासम्म सीपीको चरम व्यक्तिपूजा भइसकेको थियो । त्यसैको बानी परेर उनले अरूलाई गन्न छाडिसकेका थिए,' उनी सम्झन्छन्, 'हरेक विषयलाई आदेशीकरण गर्न थालेका थिए । त्यसैको परिणति थियो, ०३९ सालको विवाद ।' त्यही विवादलाई सीपीले पार्टी संयन्त्रबाहिर फैलाएका थिए । कारण, पार्टीभित्र एक्लो भएका यी नेताप्रति बाहिरीवृत्तमा सम्मान र सहानुभूति बाँकी थियो । अनेरास्ववियुको सिंगै केन्द्रीय कमिटी विघटन गरियो । यो निर्णयसँगै सीपीको बचेखुचेको राजनीतिक जमिन पनि धसियो ।
०३९ सालमा सीपीको उत्तराधिकारी बनेका थिए, इलामका झलनाथ खनाल । ०४६ सालमा चौथो महाधिवेशन गर्दासम्म पार्टीभित्र मदन भण्डारी प्रभावशाली बनिसकेका थिए, जो त्यसै वर्ष महासचिव बने । ०४९ को पाँचौं महाधिवेशनमा भण्डारीको कार्यक्रम 'जनताको बहुदलीय जनवाद' अधिक बहुमतले पारित हुँदैगर्दा सीपीको 'परिमार्जित नौलो जनवाद' पूरै छायाँमा पर्यो । यससँगै निरन्तर अस्तित्वको संकटतर्फ धकेलिएका सीपी ०५१ मा एमाले अल्पमतको सरकारमा स्थानीय विकासमन्त्री भए । त्यसमा उनको प्रभावकारिता खासै देखिएन, उल्टै विवादित भई छ महिनामै बाहिरिनुपर्यो ।
जब ०५४ मा एमाले विभाजित भयो, सीपीले आफूलाई नयाँ पार्टी- नेकपा मालेभित्र स्थापित गराउन खोजे । तर त्यस बेलासम्म वामदेव गौतम उदाइसकेका थिए, किनभने एमाले छाड्ने अधिकांश नेता-कार्यकर्ता वामदेवसमर्थक थिए । सीपीले महासचिवको दाबी गर्नै सकेनन्, स्थायी कमिटीमै चित्त बुझाए । रोचक कुरा, त्यस बेला फुटेको मालेले पनि भण्डारीकै 'जबज' बोकेको थियो, जबकि सीपी भने जबजका सदाबहार विरोधी थिए, आजसम्म छन् । तैपनि उनी किन मिल्न गए त ?
'वास्तवमा त्यसबेला मैले भयंकर ठूलो गल्ती गरेछु । साथीहरूले सिद्धान्तको विषयमा पछि छलफल गरूँला, अहिले महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको विषय उठाएर नयाँ पार्टी बनाऔं भनेका थिए । मैले पनि लहैलहैमा लागेर मानें,' सीपी स्वीकार्छन् ।
'आखिर म वामदेवसँग पनि सँगै जान नसक्ने रहेछु । कस्तो भूलभुलैयामा फसिएछ,' सीपी थप्छन्, 'एमालेहरू हामीलाई 'बासी गुट' (वामदेव-सीपी गुट) भनी गाली गर्थे । तर वामदेवचाहिँ कुनै सल्लाह नगरी काम गर्थे ।'
०५६ को आमचुनावमा वामदेव-सीपीको पार्टीले देशभरि एउटै सिट जित्न सकेन । परिणामले हतासिएका वामदेव दुई वर्षपछि अर्थात् ०५८ फागुन ३ गते एमालेमा मिल्न पुगे । अधिकांश नेता-कार्यकर्ता वामदेवसँगै फर्कंदा सीपीसँग लगभग कोही नरहने अवस्था भयो । उनी फेरि राष्ट्रिय राजनीतिमा एक्लिए ।
'मैले ०५८ मा जति चरम आइसोलेसन आजसम्म कहिल्यै भोगेको छैन,' सीपी खुले, 'आजका मितिसम्म त्यही आइसोलेसनबाट उठ्न खोज्दैछु ।'
त्यसपछि पनि माले पटक-पटक फुटिरह्यो । ०६७ साउन २१ गते जगत बोगटी, विष्णु अर्याललगायतले माले छाडे । पहिलो संविधानसभामा आठ सभासद भएको मालेका चार सभासद यदुवंश झा, तिलक थापा मगर, गणेश चौधरी, शारदा नेपाली माओवादी प्रवेश गरे । ऋषि कट्टेल, टंक राईजस्ता हस्तीले माले छाडेर नेकपा नामक नयाँ दल खोले । पटक-पटक चोइटिएको मालेमा पहिरो थामिने सम्भावना अझै देखिएको छैन । मक्किएको घर छाडेर बसाइ सरेझैं सहकर्मीहरूले सीपीलाई छाड्ने क्रम जारी छ ।
'परिवारवादमा होमिएका सीपीले मालेलाई जीवित गराउने कुनै सम्भावना थिएन, सत्ता र संसद्को अवसर पाए उनी र पत्नी सीता खड्का दुवै छाड्दैनन् । अनि त्यहाँ किन बसिरहने ?' उनीसँगै काम गरेका एक नेता प्रश्न गर्छन् । नभन्दै अघिल्लो संविधानसभामा पत्नी सीता खड्का र उनी दुवै समानुपातिक सभासद भएर गए । अहिलेको मन्त्रिपरिषद्मा सीता मन्त्री छिन् । अरूले जतिसुकै आलोचना गरे पनि सीपी यसलाई नेपाली समाजको चिन्तनमा रहेको पछौटेपन भनी अथ्र्याउँछन् ।
आज महाधिवेशन जारी राखेको एमालेसँग सीपीका गुनासाहरू बाँकी नै छन् । आफूलाई ०३९ सालमा कारबाही गरेकामा एमालेले गल्ती स्वीकार्दै राजनीतिक रूपमा पुनःस्थापना गर्नुपर्ने उनको माग पनि छँदैछ । 'मलाई कारबाही गरेर साथीहरूले अपसंस्कृति सुरुवात गरे, त्यो आजसम्म जारी छ,' उनको अडान बाँकी नै छ, 'त्यो नसच्याई एकताको सम्भावना छैन । अहिले वामशक्तिहरूबीच अधिकतम हुने भनेको सहकार्य मात्रै हो ।'
त्यसो त आफ्नो पूर्वमहासचिवप्रति एमालेको पछिल्लो दृष्टिकोणसमेत महाधिवेशनकै बेला सार्वजनिक भएको छ । सीपीमाथि एमाले दृष्टिकोण राजनीतिक प्रतिवेदनको पृष्ठ ६४ मा उल्लेख छ, 'सीपीले नेतृत्व गरिरहेको माले समूहले नेपालको वाम-लोकतान्त्रिक आन्दोलनमा आम रूपमा सकारात्मक भूमिका खेलिरहेको भए पनि नीतिमा रहेका यान्त्रिकता, नेतृत्वमा रहेको संकीर्णताका कारण यो समूह विभाजन र विखण्डनको निरन्तर शृंखलाबाट गुजि्ररहेको छ ।'
सीपीको सान्दर्भिकता
एउटा नेताको औचित्य केका आधारमा निर्धारण हुन्छ ? उसको शक्ति, उसको विचार, नैतिकता, सान्दर्भिकता वा अरू केही ? सीपी र उनको पुस्ताले थालेको झापा आन्दोलनलाई तत्कालीन नेकपा माक्र्सवादीका नेता मनमोहन अधिकारीले उग्रवादी आतंक भनी चित्रण गरे पनि बीपी कोइरालाले एक कदम अघि बढेर पञ्चायती बर्बरताविरुद्ध आवश्यक शक्तिशाली, त्यागी र जुझारु प्रतिरोध भनी प्रशंसा गरेको सुरेन्द्र केसीको माथि उल्लेखित पुस्तकमा पढ्न पाइन्छ । त्यो रक्तपातपूर्ण संघर्षलाई सीपीले शान्तिपूर्ण रूपान्तरण गर्दै जनस्तरमा स्थापित गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार्छन्, एमाले नेता भुसाल ।
'५२ टुक्रामा छरिएका कम्युनिस्टलाई एकीकृत पार्टीको जग हाल्ने सीपी आफ्नो समयका महान् नेता हुन्,' भुसालको स्वीकारोक्ति छ, 'उनले आफू महासचिव भएकै बेला सबैभन्दा ठूलो पार्टी निर्माण गरेर देखाए । उनले छाड्ने बेलासम्म माले सबैतिर फैलिसकेको थियो ।' सीपीसँगै झापा विद्रोह गरेका जीवन मगरका भनाइमा सीपी र साथीहरूले थालेको झापा विद्रोहले नेपाली भूमिमा बसेरै विद्रोह गर्ने सपना देखेको थियो । 'हामीसँग पुष्पलालजस्ता नेता जोडिन सकेको भए आन्दोलनले अझै उचाइ लिन सक्थ्यो,' उनी भन्छन्, 'माक्र्सवादलाई नेपालमा स्थापित गर्ने अभियानको नेतृत्व सीपी र हामीले नै गरेका थियौं ।'
विश्लेषक सुवेदी भने सीपीमा रहेको पुरातन चिन्तनले राष्ट्रिय राजनीतिमा उनको सान्दर्भिकता समाप्त भएको जिकिर गर्छन् । राजतन्त्रविरुद्ध सात दल र तत्कालीन विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीलाई समेत सीपीले मुस्किलले ग्रहण गरेको सम्झँदै सुवेदी भन्छन्, 'गणतन्त्र आयो भने भारतले खान्छ भन्ने डर सधैं उनमा रह्यो । यति सामान्य समझदारीसमेत कम्युनिस्ट नेतामा नदेखिनु दुर्भाग्य हो ।'
र, बिहीबार भृकुटीमण्डप हलमा एमालेको नवौं महाधिवेशनमा दुई 'हाई-प्रोफाइल पूर्वप्रधानमन्त्री' माधव नेपाल र झलनाथ खनाल विराजमान हुँदै गर्दा यी संस्थापक महासचिव भने पर कुनामा 'लो-प्रोफाइल अतिथि' का रूपमा बसिरहेका थिए । सीपीलाई बीचैमा एक्लै छाडिहिँडेका वामदेव गौतम कार्यवाहक प्रधानमन्त्रीका रूपमा फूर्तिसाथ मञ्चमा बसिरहेका थिए । हिजो आफैंले हुर्काएका कतिपय कनिष्ठ नेताहरूले आज राष्ट्रिय- अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन् । हिजोका कथानायक, झापा विद्रोही, पूर्वमहासचिवले फेरि एक पटक उनीहरूसँगै आमनेसामने हुनुपर्यो, जसले उनलाई ०३९ सालमा महासचिवबाट कारबाही गरेका थिए । आखिर मान्छेको मन न हो ! सीपीलाई कति झर्को लाग्यो होला, सहजै अनुमान गर्न सकिन्थ्यो ।
प्रकाशित मिति: २०७१ असार २१ ०८:०३

No comments:
Post a Comment