संविधान सभाको दोस्रो चुनावमा भाग नलिने घोषणा गरेको नेकपा–माओवादीको भाषा बिस्तारै बदलिँदैछ। आफ्नो झण्डामा हँसियासँगै कोरिएको हतौडा आज उसका लागि शोषण र असमानताको जालोबाट लाखौं श्रमजीवीलाई मुक्त गर्न होइन, बरु तिनैको हकहितको मार्गचित्र कोर्ने संविधान सभाको चुनाव बिथोल्न प्रयोग हुँदैछ। चुनाव बिथोल्न हतौडा ताकिरहेका महासचिव रामबहादुर थापा 'बादल' को तस्बिरले यस्तै संकेत गर्छ।
बादलको यो तस्बिर देखेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरक्तिएको अर्को तस्बिर पनि अखबारहरूमा छापिएको छ। गुह्य वास्तविकता भने अर्कै छ। यो बेला चुनावको विरोध, सक्रिय बहिष्कार हुँदै बिथोल्ने वैद्य पक्षको चेतावनीले सबैभन्दा खुसी कोही छ भने त्यो प्रचण्ड नै हुन्।
काभ्रेको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै जनमुक्ति सेनाका पूर्वकमान्डर प्रचण्डले वैद्य माओवादीले चुनाव बिथोल्न प्रतिबुथ १० कार्यकर्ता खटाए एक हजार कार्यकर्तामार्फत् प्रतिरोध गर्न कासन दिएका छन्। उनी भन्छन्, 'चुनाव बिथोल्न आउनेलाई लखेट्नू।' कतिपय मतकेन्द्रमा कुल मतदाता नै एक हजार जना होलान्, नहोलान्। उनका कार्यकर्ता त्यसभन्दा बढी हुनुको अंकगणित बुझ्न समायोजनमा जान इच्छुक तत्कालीन माओवादीका लडाकु कति थिए भन्ने उनको दाबी र त्यसले सिर्जेको मनोवैज्ञानिक आतंक सम्झे पुग्छ। फरक यत्ति हो, उनको त्यस बेलाको दाबी लडाकु समायोजन, व्यवस्थापन र पुनर्स्थापनाका नाममा थियो। अहिले चुनावका नाममा छ।
र, चुनाव प्रचण्ड माओवादी र वैद्य माओवादीका लागि केबल रणभूमि हो, जहाँ उनीहरूले ब्यालेट बक्सबाहिर भिड्ने तयारी गर्नेछन्। अघिल्लो चुनाव जितेर पहिलो पार्टी बनेको एमाओवादी यसपल्ट ब्यालेट बक्समा छिर्न तयार छैन। उनीहरु नै भन्छन्– एक फुटेर दुई हुन्छ। सँगै युद्ध लडेका मित्रहरू यसपल्ट परस्परमा भिड्दैछन्। उनीहरूको अपेक्षा छ, अरु दलले कि उनीहरूमध्ये एक पक्षको कित्ता रोज्नुपर्नेछ कि त रमिते भएर टुलुटुलु हेरिरहनुपर्नेछ।
संविधान सभा चुनाव बहिष्कारकर्ताले ठोकेको हतौडाभन्दा 'संविधान सभा पक्षधर' ले दिएको अभिव्यक्ति बढी आपत्तिजनक छ। हतौडाको प्रतिकार गर्ने नाममा अर्को हतौडा ठोक्न उक्साउनेहरू वास्तविक अर्थमा संविधान सभाबाट अपनाइने लोकतान्त्रिक प्रक्रियाका समर्थक होइनन्। समर्थक हुन्थे भने आफूले जित्ने सर्तमा मात्रै संविधान सभा चुनाव गर्न उनीहरु चाहँदैनथे। यसका लागि वैद्य माओवादीलाई एक्ल्याउनु प्रचण्ड माओवादीका लागि जरुरी थियो। यसमा उनीहरु आधा सफल भइसकेका छन्।
वैद्यलाई एक्ल्याएसँगै प्रचण्ड माओवादीले एउटा सन्देश दिन खोजेको छ– 'संविधान सभा हाम्रो गर्भबाट जन्मेको हो। वैद्य माओवादीलाई हामीले वार्तामा ल्याएर चुनावमा सरिक गराउन सक्दो मेहनत गर्यौंम। दुर्भाग्यवश सकेनौं।' नेता वर्षमान पुनको जिकिर थियो, 'बरु कति सिट चाहिन्छ, समझदारी गरौँ भनेर प्रचण्डले प्रस्तावसमेत राख्नुभयो तर वैद्यहरू मान्नुभएन।'
सत्य के हो भने एमाओवादीको विभाजनसँगै अत्तालिएका प्रचण्ड अर्को संविधान सभा चुनाव हुने भए वैद्य माओवादीलाई जसरी पनि पाखा पार्न चाहन्थे। वैद्य चुनावमा आएका भए पनि संविधान सभामा सन्तोषजनक सिट त हात पार्थेनन् होला तर प्रचण्ड माओवादीलाई देशभरिबाट बढार्न उनको निर्णायक भूमिका हुन्थ्यो। राजनीतिको कखरा बुझेको व्यक्तिका लागि यति हिसाब गर्न कठिन छैन। प्रचण्ड जत्तिका चतुर खेलाडीलाई यसको आँकलन नहुने कुरै भएन।
यसर्थ, पार्टी एकताका लागि वैद्यसँग विभिन्न चरणमा वार्ता भइरहेको भनी प्रचण्डले दिएका अभिव्यक्तिमा सत्यको झिल्को पनि भेटिँदैन। त्यसैगरी कम्तीमा कार्यगत एकताका लागि प्रयास भइरहेको भन्ने उनको भनाइ पनि विश्वास गर्न लायक छैन। वैद्यले एमाओवादी फुटाएकामा प्रचण्ड खुसी छन्। त्यसैले मंसिर ४ गते हुने भनिएको चुनावमा वैद्यले भाग नलिने निश्चित भएपछि उनी मधेसवादी र अन्य साना समूहसँग कार्यगत एकताका लागि हात फैलाउन इच्छुक भएका हुन्। तथ्य यति प्रष्ट छ। तैपनि प्रचण्ड माओवादीहरू देशभरि प्रचार गर्दै हिँडिरहेका छन्– वैद्यलाई हामीले चुनावमा ल्याउन सक्दो कोसिस गर्यौँ्। दुर्भाग्य, सकेनौं।
प्रचण्ड माओवादी चाहन्छ – वैद्यहरू चुनाव भाँड्न जे पनि गर्न तयार होउन्। आफूहरू राष्ट्रिय एकता र सबै दल 'मिलेर चुनावमा जानुपर्ने' गुलियो भाषण गर्दै हिँड्न पाइयोस्। तर उनीहरूले बाहिर भन्दै हिँडेजस्तो सामान्य परिस्थिति भने छैन। वैद्यले बिथोल्ने सन्देश दिएपछि जनतामा दुई माओवादीले अब के गर्लान् भन्ने त्रास र जिज्ञासा सञ्चार भएको छ। संविधान सभाका मतकेन्द्रलाई भयका अखडा बनाउँदै दुवै पक्षले अघिल्लो चुनावमा झैं छेउछाउमा लठ्ठीका बिटा थुपारेर मतदाता तर्साउन प्रयास गर्नेछन्। ठाउँठाउँमा मुठभेड रचिनेछन्। मतदातालाई तर्साएर बुथमा पुग्न नदिई तिनका नाममा भोट खसाल्न प्रयत्न हुनेछन्। आफूलाई संविधान सभाका हिमायती भन्नेहरूले 'हतौडावाला' विरोधीमाथि दमनचक्र चलाउने नाममा रच्न लागेको यो खेलसँग सर्वसाधारण सतर्क हुनु आवश्यक छ। यो पनि थाहा पाउनु आवश्यक छ कि माओवादीहरू शान्ति प्रक्रियामा आइसकेको यतिका वर्षपछि पनि अझै किन भयको शासन निरन्तर कायम राख्न चाहन्छन् जबकि संविधान सभामा जसले जिते या हारे पनि एउटाले अर्को पक्षको विश्वास नलिई संविधान बनाउन फेरि पनि गाह्रो हुनेछ।
चुनाव शान्तिपूर्ण बाटोबाट आफ्ना एजेन्डा जनतामाझ लैजाने, जितेमा पूरा गर्न अग्रसर हुने लोकतान्त्रिक बाटो हो। जनताको अनुमोदनविना चुनाव गराउन खोज्दा राजा ज्ञानेन्द्र २०६२ सालमा नगरपालिका चुनावको नाटक रच्ने बेला हास्यास्पद ठहरिएका थिए। चुनावबाट बन्ने संसदलाई खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भन्दै युद्धमा होमिने पार्टी आज अरु पार्टीभन्दा एक बित्ता माथि उफ्रेर किन चुनाव चुनाव भन्दैछ भन्ने कारणको भित्री पाटो खोल्नु जरुरी छ। चुनाव चुनावमात्रै हो, त्यो भन्दा बढी र कम होइन। चुनावबाट प्रतिनिधि चुन्नेबाहेक जनताले अरु गर्न सक्दैनन्, भ्याउँदैनन, मान्दैनन्। दुई माओवादीको भौतिक भिडन्त हेर्न कोही पनि चुनावमा गएको हुँदैन। तर दुई माओवादीले संविधान सभा चुनावलाई आफ्नो राजनीतिक प्रतिशोध साँध्ने युद्ध भूमिबाहेक असल नियतले बुझेका छैनन्। त्यस अर्थमा माओवादीका विरोधी दलले 'दुस्मनको दुस्मन मित्र हुन्छ' भन्ने आहानलाई पछ्याउनुको कुनै तुक छैन। कम्तीमा नागरिकले यो सत्य बुझ्नैपर्छ।
माओवादीलाई अहिले हामी भएनौं भने कुनै प्रक्रिया पनि अघि बढ्न सक्दैन भन्ने परेको छ। यो आधा सत्य हो। प्रचण्ड माओवादी जनताको सर्वोच्चता (उनीहरुले एकताका भनेको नागरिक सर्वोच्चता होइन) लाई सम्मान गर्दै चुनावमा आउँछ भने ऊ जनताको हो। वैद्य माओवादी आफ्नो भावनालाई जनताबीच इमानदाररूपमा लैजान चाहन्छ भने उसको बहिष्कार पनि राजनीतिक मुद्दा हो। तर जसरी भए पनि म हुनुपर्छ, म भइनँ भने हतौडा ठोक्छु भन्नु नालायकी हो। यो 'जनवादी' कुरो होइन। हतौडा उज्याउने र त्यसका विरुद्ध अर्को हतौडा उज्याउनेहरुले समयमै बुझुन्– चुनाव सबैखाले जनताको राष्ट्रिय पर्व हो। कसैले खुर्सानी नपाए म भोजमै जाँदिन भन्छ भने त्यो उसको अधिकारको कुरो हो। खुर्सानी नहुँदैमा भोज रोकिँदैन। यही बहानामा अरुलाई पनि भोज खान दिन्नँ भन्नेहरु आफैं बहिष्करणमा पर्नेछन्। बेला छँदै कुरा बुझे जाती।
- See more at: http://nagariknews.com/opinion/story/5086.html#sthash.jzuD5uSR.dpuf

No comments:
Post a Comment