लेखक राजन मुकारुङ सृजनशील अराजकताको आन्दोलन चलाइरहेका
बेला काठमाडौंबाट बेलाबखत धरान जाने गर्थे– सहकर्मी अभियन्ता कवि उपेन्द्र
सुब्बालाई भेट्न। धरानको रौनक देखेर छक्क पर्थे। मारवाडी समुदाय बस्ने
पुतली लाइनमा हिउँदमा धुलो उड्थ्यो, बर्खामा हिलो भरिन्थ्यो।
राई, लिम्बु भरिएको लाहुरे टोलमा भने एउटा पात, कागजको टुक्रामात्रै खस्यो भने पनि कुचो आएर सिनिक्क पारिहाल्थ्यो। नगरपालिकाको सफाई बाहन आउनुपर्थेन। दुई समुदायको सफाई चेतनाको अन्तर देख्दा मुकारुङ छक्क पर्थे। यो १५ वर्ष अघिको कुरा हो।
एकदिन। स्थानीय अखबारले दुई समुदायको सफाई चेतनालाई तुलना गर्दै टिप्पणी लेख्यो। त्यसले विवाद उत्पन्न गर्यो। स्थानीयहरुको प्रयत्नमा थामियो। तर यही कारणले दुई भिन्न समुदायलाई हेर्ने तुलनात्मक दृष्टि भने कायम रहिरह्यो।
'तिनताक ब्रिटिशहरुको क्याम्प थियो घोपामा,' मुकारुङ सम्झन्छन्, 'हाम्रो समुदायका युवायुवती बिगार्न तिनले सघाए, केटाहरु ड्रगिस्ट भए, केटीहरुलाई पनि मोडलिङ गर्नुपर्ने।'
त्यसले धरानमा विकृतिको प्रवेश गराएको उनी बताउँछन्। अर्को पत्रिकाले लेखेछ पनि, 'भित्ते र तिघ्रेको सहर।'
धरान नेपालको पहिलो सहर हो, जसले नेपालमा पहिलो पटक युरोपेली संस्कृति भिœयायो।
र, धरान नै नेपालको त्यस्तो सहर हो, जसमा युरोपेली अत्याधुनिक फेसनको चेतनासँगै जातीय आन्दोलन र चेतनाको बिज रोपिएको थियो। यसको कारण दुई भिन्न समुदायले आफ्नो राजधानी घोषणा गर्नु हो।
पूर्वको पर्यटकीय सहर धरानलाई लिम्बुवान आन्दोलनकारीले लिम्बुवानको राजधानी घोषणा गरेका छन्। राईहरूको पुरानो दाबी त छँदैछ। दुवै समुदायको तानातानमा पर्न विवश धरान आफू भने प्रतिक्रियाविहीन छ। कुनै बेला पूर्वको संघाई भनिने धरान हिजोआज राष्ट्रिय राजनीति र घटनाहरूमा तुरुन्त प्रतिक्रिया जनाइहाल्दैन। धरान लामो समययता मौन छ।
ऐतिहासिक धार्मिक स्थल बुढासुब्बा, पिण्डेश्वर बाबाधाम, दन्तकाली धरानमै छन्। भेडेटार धरान नजिकै छ। संस्कृतिकर्मी तथा कवि बम देवानले धरानलई मातेर हान्दा छरिएको कौडाको विम्बमा कविता लेखेका छन्। उनले घोपा क्याम्पलाई डण्डीफोर उठेको, कुनै पनि बेला रोग पल्टिन सक्ने ठाउँसँग तुलना गरेका छन्। चारकोसे झाडीलाई बाबरी फूल, तुनामा झुण्डिएको भनेका छन्। उनका अनुसार सेउती र सर्दु खोला यसका दुईवटा तुना हुन्। साँघुरी भञ्ज्याङचाहिँ ढाकाको टोपी हो। उनले यसरी प्राकृतिक बनोटलाई धरानको व्यक्तित्व मानेका छन्।
कविको विश्लेषण यतिमै सकिँदैन। विजयपुर डाँडा देबे्रे सलामी दिँदै न्यायको बाटोमा हिडिरहेको छ।
त्यो धरान कहिले राँगा, खसीको मासु भएर काटिन्छ। कहिले कुखुराको साँप्रासँगै चोक्टिन्छ। बाहिरका मानिसहरू घुम्दै जाँदा कहिँ ह्वास्स सिद्रा गन्हायो भने ठम्याउँछन्– ए धरान आइपुगिएछ।
अरु सहरजस्तै धरान पनि साँझ परेपछि रक्सिन्छ। मातेको बेला अंग्रेजीमा कुरा गर्न मन पराउँछ धरान। रक्सीले टिल्ल भएर बिजुलीको खम्बासँग झगडा गर्छ। बाध्यतावश जंगलबाट च्याउ, निगुरो ल्याएर, गिट्टी कुटेर राष्ट्रिय गीत गाउने सहर हो धरान। काठमाडौं गएर राष्ट्रिय कविता लेख्न नसके पनि यतैका निगुरोदेखि गिट्टीका कविता लेखेर धाक दिन्छ धरान। …त्यतिले नपुगेर पसल पनि थाप्छ, तोङ्बा दोकान,' देवान भन्छन्, …बरु शरीर बेच्न तयार हुन्छ, तर मर्न अस्वीकार गर्छ धरान।'
देवानको आँखामा धरान एउटा कम्प्लेक्स हो। उसले विदेशका थुप्रै जंगल फाँडेको छ। युद्ध हाँकेको छ। यदाकदा भिक्टोरिया क्रस पनि भिरेको छ। सपना जस्तो लाग्छ। वैशाखी टेक्दै पेन्सन थाप्न पर्खन्छ।
धरानलाई कुनै बेला पूर्वको संघाई भनिन्थ्यो। संघाईजति विकसित भनेको होइन। सरकारविरोधी जनमत भएको इलाका भनिएको हो। प्रतिपक्षी मत धरानमा निकै सिर्जना हुन्थ्यो। त्यो जहिले पनि मुखर हुन्थ्यो। सरकारको आलोचक।
राजा वीरेन्द्र २०२८ सालमा आउँदा धरानेले कालो झण्डा देखाए, ढुंगा हाने। बागी हुने नाममा शृंखलाबद्ध मुर्खता पेश गरे। असाध्यै आक्रामक। आक्रामक पनि के भनुँ, सोझो। ठोक भन्यो भने ठोक्दिइहाल्ने। परिणाम नसोच्ने।
तीन दशकपछि। यो लाहुरे बस्तीको काया बदलिएको छ। स्वभाव भने अझै उस्तै छ। वैभव झल्काउने अग्ला र कलात्मक घर छन्। एउटा, दुइटा होइन। हजारौं त्यस्ता घरहरू छन्। तर ती घरभित्र मानिसहरू छैनन्।
ग्रीनकार्ड खान बसेका, वृद्धभत्ता खाएर बसेका, रेमिट्यान्स लिएर आएकाहरू यहाँ छन्। ठूला घर छन्, तर खाली खाली।
देवानका अनुसार धरान कमाई गरिखाने ठाउँ होइन, बसिखाने ठाउँ हो। उद्योगधन्दा र सरकारी कार्यालय धेरै छैनन्। उत्तर दक्षिण पूर्व पश्चिम जताततै बाटो खुलिसक्यो। यस अर्थमा धरान अब पूर्वको ढोका रहेन। मालसामान सिधै गाडीमा जान्छ, जताततै। पहिलेजस्तो नुन बोक्न पहाडीहरू धरान आइरहनु पर्दैन। भारी खेप्न धरान पुगिरहनुपर्दैन।
…धरानको खास व्यवसाय के हो, कसैलाई थाहा छैन। खास काम पनि थाहा छैन,' देवान भन्छन्, …अलिक चल्ने भनेको तरकारी होे। यो न पहाड हो, न मधेस। तर दुवै भेगमा फल्ने तरकारी धरानेहरू खान पाउँछन्।'
बाहिरबाट जति अनुमान गरिन्छ, धरानमा त्यति जातीयतावादी भावना छैन। सहिष्णुता छ। एकले अर्कालाई आलोचना गर्दा पनि हाँसेर गइदिने। कसैले अलि बढी गर्यो भने …त्यसको दिमागमा त्यत्ति नै छ, भन्न देऊ' भन्यो, उडायो।
पहिले त झगडा गर्ने, बक्सिङ हान्ने, चुप्पी छुरी हान्ने थियो। अहिले धरानले बिर्सेजस्तो छ। उही बेला बेला वाइसिएल, युथ फोर्स र लिम्बुवान दलनिकट युवाले फूर्तिफार्ति गर्ने हो। नत्र तन्नेरी धरान चुपचाप छ।
धरान शैक्षिक केन्द्र हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यहीँ छ। इन्जिनियरिङ क्याम्पस यहीँ छ। हात्तिसार क्याम्पस छ। नेपाली सेनाको आफ्नै विद्यालय छ। दर्जनौं सरकारी निजी शिक्षण संस्था छन्। पूर्वका विभिन्न जिल्लाका विद्यार्थी पढ्न भनेरै धरान जान्छन्, डेरा बस्छन्।
धरान आवासीय प्रयोजनका लागि उपयुक्त मानिन्छ। काम गरी खाने ठाउँचाहिँ छैन। त्यही भएर पल्टन जाने, खाडी मुलुक जानेहरू धेरै छन्। त्यहीँ बसेर व्यवसाय गर्नेहरू कम छन्। …बस्न धरान जानु, काम अन्तै गर्नु', यो धराने मनोविज्ञान हो।
पुराना बासिन्दाको मधेसमा खेतीपाती छ। उतैबाट ल्याएको दालचामलमा धरानमा फलाएको तिहुन तरकारीले गर्जो टर्छ धरानेको।
धनी त धनी भइहाले। गरिबले पनि गिट्टी कुटेरै होस्, मिठोमसिनो खाएकै छन्। तर, धरानमा हालत पतला भनेको मध्यम वर्गको छ। न माथि जान सक्नु, न तलै ओर्लन सक्नु। यो धराने मिडिल क्लासको नियति हो। न उनीहरू चिया बेच्न सक्छन्। न उनीहरू ठेला तान्न सक्छन्। न उनीहरू गिटी कुट्न सक्छन्। न उनीहरू दाउरा खोज्न बेच्न सक्छन्।
सुकुम्बासी, गरिबगुरुबालाई हैसियतको लडाइँ लड्नु छैन। उनीहरू जे काम पनि धक फुकाएर गर्छन्। दैनिक कमाउँछन्, भरपेट खान्छन्, मस्त ओछ्यानमा पल्टन्छन्।
स्थानीय सुदीप पाखि्रन भन्छन्, …महँगो सहर हो यो, त्यसैले निम्न र मध्यम वर्गलाई टिक्न गाह्रो छ। कमाईका स्रोतहरु कम छन्, खर्च बढी हुन्छ।'
हिजो खेती भइकन खेती गुमाएकाहरू, सरकारी जागिरेहरू छन्। ब्रिटिस लाहुरेका अघिल्तिर दाँजिदा यहाँको सरकारी शाखा अधिकृत लघुमानव देखिन्छ। लाहुरेको पेन्सनअघिल्तिर उसको पेन्सन्, पेन्सन् हो कि टेन्सन्। हैसियतको लडाइँ लड्ने अफिसरहरूलाई ब्रिटिश आर्मीको सिपाहीले मात खुवाउँछ। यो आजको धरानको चित्र हो।
उद्योगधन्दा पनि धरानमा फस्टाएको छैन। चौधरी ग्रुप, गोल्छाहरूको ध्यान विराटनगरसम्म छ। धरानसम्म आइपुग्दैन। ठुलो मात्रामा आयात निर्यात गर्नेहरूको रोजाइमा धरान पर्न छाडेको छ। कि त उनीहरू सिधै विराटनगर जान्छन्, नत्र सानो मात्रामा कारोबार गर्ने हो भने धनकुटा, तेह्रथुम, खाँदबारी आफैं पुग्न सक्छन्। धरान पहिलेझैं उनीहरूको …हब' रहेन। स्थानीय युवा सुदीप पाखि्रन भन्छन्, …कलकारखाना छैनन् धरानमा, रोजगारीका स्रोत सीमित छन्, त्यही भएर अधिकांश युवाहरु बाहिरै जाने चक्करमा छन्।'
कृषिक्रान्ति। यस शब्दको घनत्व हिजोआज धरानेहरू बुझ्न थालेका छन्। …पशुपालन पनि हुन थालेको छ। गाईपालन, भैंसीपालन, बाख्रापालन, कुखुरापालन, बागवानी उनीहरूको चासोमा पर्न थालेको छ,' राई भन्छन्।
पूर्वका लाहुरेहरू भर्तीका लागि एक पटक धरान पुग्छन्। त्यसपछि छानिएर पोखरा। धरान उनीहरूका लागि एउटा आकर्षण हो। यद्यपि पोखरा, त्यहाँ र वरपरका गुरुङ समुदायको प्रभुत्व नै बढी हुन्छ। धरानले छिटफुट मौका पाउँछ। राई, लिम्बु, मगर समुदायका मानिसहरू पनि धेरैजसो बेलायत नै बसिरहेका छन्। धरान आएर बस्नु उनीहरूको प्राथमिकतामा पर्दैन।
पुराना लाहुरेले उतै पेन्सन् थाप्छन्। तिनका बाआमाले वृद्धभत्ता उतै थाप्छन्। लाहुरेमध्ये कतिपय आफैं वृद्धभत्तासमेत थापिरहेका छन्। तिनका छोराछोरी उतै लेखपढ र व्यवसाय गरिरहेका छन्। धरान लाहुरेहरूको शहर हो, तर स्वयं लाहुरेहरू चाहिँ बस्दैनन्। किन यहाँ आउने? यहाँ न मानसम्मान छ। न खेतीपाती गर्न सकिन्छ। लाहुरेको सहर धरानमा लाहुरेको अभाव छ।
युवायुवती पनि दुई वर्गका छन्। आजको धराने परिचय यिनीहरूमार्फत् प्रतिविम्बित हुन्छ। शिक्षित युवायुवतीको लर्को छ। पढालेखा जमात्ले तिनका कुरा सुन्छ। अत्याधुनिक फेसनेबल धरान अर्कोतिर छ। धरानको फेसन कतिसम्म फेसनेबल छ भने, पूर्वी पहाडका जुनसुकै जिल्लाको जुनसुकै गाउँतिर गए पनि थाहा पाउन सकिन्छ। गाउँमा कसैले अलिकति बोल्ड फेसन गर्यो भने उसले तुरुन्तै प्रतिक्रिया पाउँछ, ओहो, यसले धराने फेसन ल्याएछ।
धरान उत्सवको सहर हो। सेलेब्रेसन गर्नु, आजको दिनमा मज्जाले बाँच्नु, भोलिको खासै मतलब नगर्नु यसको विशेषता हो। धरान गीत, नाच, सिनेमाको सहर हो। …एकाध वर्षयता ड्रग्सबाट मुक्ति पाउँदै गरेको देखिन्छ धरानले,' देवान जोड्छन्, …पुनर्स्थापना केन्द्रहरू पनि खोलिए यहाँ। अभिभावक पनि सचेत भए।'
बिग्रनेमा धेरैजसो गाँठवाला लाहुरेका सन्तति नै थिए। लाहुरे पिताहरू बाहिर। कतिपयका आमा पनि बाहिर। छोराछोरीमात्रै यहाँ। पुरै सहर नै लागूऔषधले सिद्धिने संकेत पाएपछि उनीहरूले छोराछोरीलाई तुरुन्तै विदेश लगेको स्थानीयहरू बताउँछन्।
सबै लाहुरे सन्तानहरू त्यस्तै त कहाँ हुन्छन् र! कतिपयले शिक्षा र व्यवसायको क्षेत्रमा धेरै राम्रो छलाङ हानेका छन्।
…बरु हिजोआज यस्तो ड्रग्स–संक्रमण धरान, विराटनगरबाट सरेर पूर्वका पहाडतिर पुगेको छ,' देवान थप्छन्, …गाउँगाउँसम्म मोटरबाटो पुगेको छ, यसले विकास र सुविधामात्रै लैजाँदैन, विकृति पनि लगेको छ।'
अहिले त हातैपिच्छे मोबाइल छ। इन्टरनेट छ। धरानमा हातमा मोबाइल खेलाउँदै हिँडिरहेको छ। भिडियो हेर्दै, च्याट गर्दै।
धरान किन हो, अहिले चुप छ। मौन छ। शान्त छ। यो सुतेको हो कि, सुतेकोे जस्तो गरेको हो। बिरामी भएको हो, बिरामी भएजस्तो गरेको हो। कि लागूऔषधको दीर्घ नशाले लठ्ठ भएको हो।
लाहुरेहरू आफ्ना छोराछोरीलाई विदेश पढाउँछन्। धनीमानी र गरिखाने क्षेत्रीबाहुनहरू पनि सक्दो कमाईले छोराछोरीलाई कम्तिमा दार्जिलिङ पठाउँछन्। बिग्रने, निराश हुने, बरालिने भनेको यहाँ मध्यम वर्गका छोराछोरी नै हुन्।
शब्दको लागि म पहिल्यै क्षमा माग्छु। एक स्थानीयको भाषामा धरान अहिले खेलो हराएको व्यापारीजस्तो भएको छ। चारैतिर बाटो बन्द भएकाहरूका लागि कति ठूलो पीडा होला! यो धरानको मात्रै समस्या होइन, सबैतिरको हो। तर धरानका लागि यो समस्या आफ्नै पिठ्युँमा झुण्डिएको तरबारजस्तो हो। न चलाउन मिल्छ, न त झिक्न।
धरान तुलनात्मक रुपमा सफा सहर हो। …तर यो मानिसहरूले मेहनत गरेर सफा भएको होइन, प्रकृतिले वरदान दिएको हो,' देवान भन्छन्, …मानिसले गरेका फोहरमैला बाढीले सोहोरेर लगिदिन्छ। फ्लस गरिदिन्छ।'
धरान राजनीतिक रुपमा पूर्वकै सचेतमध्येको सहर मानिन्छ। नौ दश वर्षयता राजनीतिक रुपमा सुतेको जस्तो नै छ। दिशानिर्देश गर्ने नेताहरूको अभाव छ। पुराना कार्यकर्तामध्यै धेरैजसो पुरानै पार्टीमा बसिरहेछन्। उनीहरू स्थिर छन्, तर आ आफ्नै पार्टीमा निराश भएर बसिरहेछन्।
पहिले पहिले मेरो पार्टीले के गर्दैछ भनेर खोज्थे, अहिले जे सुकै गरोस् भन्छन्।
उदासीन। बिलकुलै उदासीन।
जातीय आन्दोलन चल्दा पनि धरानमा धेरै प्रतिक्रिया निस्केन। धार्मिक र सामाजिक सहिष्णुता राजनीतिमार्फत् पनि प्रतिविम्बित भयो। सेउतीको पानीजस्तो लहर उठे पनि एकैछिनमा सामसुम भइहाल्ने।
विजयपुर गढीको इतिहास सम्झाउँदै धरानलाई लिम्बुवानको राजधानी बनाउने घोषणासहित लिम्बुवान ल्याउँछौं भनेर खोलिएका पार्टीको प्रभाव धरानमा खासै देखिन्न। कारण, धरानमा लिम्बु समुदाय नरहेको होइन। यो राजनीतिक रुपमा बढ्तै सचेतहरूको जमात् भएको बस्ती हो। जातीय मुद्दा प्रखर बन्न नसक्ने कारण यही हो।
कृष्णकुमार राई एमाले नेता हुन्। गोपाल किराती एमाओवादी र ध्यानबहादुर राई संघीय समाजवादी पार्टीका। सबै धरान आसपासकै हुन्। उनीहरू खुबी भएका नेताहरूमध्ये पर्ने धरानेको विश्वास छ।
उनीहरू सबै विभिन्न कालमा मन्त्रीसमेत भए।
यी तीनैजना राई उम्मेदवारमध्ये गोपाल किराती झापा सात नम्बरमा एमाले नेता केपी ओलीसँग प्रतिष्पर्धा गर्न जाँदैछन्। उनको ठाउँ सम्हाल्न लिम्बु समुदायको मुक्साम मेन्याङ्बो आइसकेका छन्। तर स्थानीय मोहनकुमार राई भन्छन्, …धरानमा जातीय हिसाबले चुनाव जित्न पनि मुस्किल छ। राईको संख्या ठूलो छ, तर राईले राईलाई भोट हाल्छन् भन्ने ग्यारेन्टी छैन।'
नजिकको पञ्चकन्या गाविसमा एउटा आहान नै छ। पार्टी, नीति, सिद्धान्त होइन, मान्छे हेर्नुपर्छ। असल र मिलनसार मानिस छ भने त्यसले विकासको काम पनि गरिहाल्छ। अरु बेला पनि काम लाग्छ।
क्षेत्र नम्बर एक हो धरान। अस्ति चुनाव जित्ने किरणकुमार राई अहिले वैद्य माओवादीमा गएका छन्।
पहिलेका पञ्चायतकालीन शिक्षामन्त्री कृष्णकुमार राई एमालेबाट चुनाव लड्दैछन्।
सञ्जुहाङ पालुङ्वा र कुमार लिङ्देन पक्षधर संघीय लिम्बुवान राज्यपरिषद् धरानमा छन्। तिनको प्रभावलाई अरुले अहिलेसम्म बढी आँकेका छैनन्। राजनीतिक हिसाबकिताबमा तिनको नाम आउँदैन। त्यहाँ पनि भिन्न मत राख्नेहरूको संख्या ठूलो छ। त्यहाँ पनि अन्तर्विरोध छ।
पहिचानसहितको संघीय गणतन्त्र पाए चित्त बुझाउनेमा छन् धराने। एकल जातीय र बहुपहिचानमा तिनको धेरै भन्नु छैन।
पुरानो धरानको उद्गम मानिने विजयपुर बसाउनेे बुद्धिकर्ण राय लिम्बू हुन् भन्ने दाबी लिम्बुहरूको छ। राई हुन् भन्ने दाबी राईहरूको छ। बुद्धिकर्ण देवान थिए भन्नेहरू पनि छन्। उनले यो पद सेनहरुको राज्य छँदै पाएको राय हो। त्यसबेला लोहाङ सेन राजा थिए। विजयपुर र चौदण्डीसम्मको शासनको अभिभारा बोकेर उनी पूर्व आएका थिए। अहिलेको धरानमा।
पहिचानसहितको संघीयता पक्षधरहरू हरेक पार्टीभित्र देखिन्छन्। तर उनीहरू यत्ति नै कारण देखाएर आफ्नो पार्टीबाट नछुट्टिने दाबी गर्छन् स्थानीय राजनीतिक कार्यकर्ताहरु। उनीहरू बरु चुप छन्, तर पार्टी त्याग्न पनि उत्तिकै उदासीन। यो आजको धरानको वैचारिक मानचित्र हो।
यस्तो सोचाइ राख्ने मानिसहरू जातीय भावनामा सीमित नहुने बुझाइ देवानको छ। …पहिचानसहितको संघीयता दिए के बिग्रन्छ?' यसो भन्दै उनीहरू आफ्नो पार्टीका सदस्यहरूसँग झगडा गर्छन्, तर अरुको पार्टीसँग झगडा गर्न वा काँध मिलाउन जाँदैनन्। यो पनि आजको धरानको यथार्थ हो।
धरानेहरू जातीय मुद्दाभन्दा वैचारिक मुद्दालाई महत्वपूर्ण मान्छन्। उखानमा संशोधन हुँदैछ– विचार हराए धरान जानू।
Nagarik, Kattik 2, 2070

No comments:
Post a Comment