त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।
सुदूरपूर्वी नेपालका गरिब, निम्न वर्गका जनतालाई निःशुल्क स्वास्थ्य जाँच र औषधोपचार गरेर नामी शंकर जेल पर्नुका पछाडि एउटै 'अपराध' थियो– पञ्चायत व्यवस्थाको विरोध। यो २०४६ सालको कुरा हो।
सर्वोत्कृष्ट विद्यार्थीलाई राजारानीका नाममा वीरेन्द्र ऐश्वर्यपदक दिने चलन थियो। तर एउटा सर्त, उक्त पदक पाऊँ भनी दरखास्त हाल्नुपर्थ्यो। सञ्जीवलाई लाग्यो– जुन व्यवस्थाले बुवालाई बन्दी बनाइरहेछ, त्यसकहाँ निवेदन हाल्दै किन जाने?
उनले गोल्ड मेडलका लागि दरखास्त नै हालेनन्।
अरू कसैले फुत्कायो कि, चासै दिएनन्।
'म पूरै इमानका साथ भन्छु, मलाई यस्ता मेडल, पुरस्कार, सम्मान आदिबारे आजसम्म कुनै मतलब छैन,' आइतबार दिउँसो नागरिकसँग सञ्जीव पूरापूर खुले, यो मेरो रुचि बाहिरको कुरा हो। त्यस बेला मेडल नलिएर मलाई कुनै नोक्सानी भयोजस्तो लाग्दैन।'
चार कृति– 'आलु, नौनी र कफी', अंग्रेजी अनुवाद 'पोटाटो बटर एन्ड कफी', 'घनचक्कर' र 'सिद्धान्तका कुरा'का यी लेखक आजसम्म कुनै पुरस्कार गुठीमा पुस्तक बुझाउन नगएको जिकिर गर्छन्।
पंक्तिकारले सञ्जीवमाथि गुरुहरूको एकलाइन टिप्पणी सुनेको छ। उनीहरू भन्ने गर्छन्, 'न भूतों न भविष्यति।' अर्थात्, सञ्जीवजस्तो विद्यार्थी न भूतकालमा थियो, न भविष्यमा हुने छ।
गुरुहरूलाई दाबी गर्ने हक होला। चित्त नबुझ्नेलाई सिकायतको छुट पनि सुरक्षित छ। सञ्जीवको विलक्षणता भने समकालीन प्राज्ञिक वृत्तमा स्थापित भइसकेको छ।
जस्तो कि– उनले दुई वर्षअघि लेखेको 'सिद्धान्तका कुरा' नामक पुस्तकले सिद्धान्त, साहित्यिक समालोचना, साँस्कृतिक अध्ययन आदिबारे जबर्जस्त स्थापित भ्रममात्रै चिरेन, अध्ययनको नयाँ गोरेटो पनि खन्यो।
जस्तो कि– विश्वविख्यात अमेरिकी ब्राउन युनिभर्सिटीले 'डिसेबिलिटी स्टडिज' को पहिलो कोर्स डिजाइन गर्यो। त्यसको पाठ्यपुस्तकमा दस लेखकका रचना छानिए। सञ्जीव तीमध्ये एक थिए।
जस्तो कि– उनको संयोजकत्वमा त्रिवि अंग्रेजी विभागले पहिलोपल्ट एमफिल प्रोग्राम सुरु गर्यो। बहुआयामिक कोर्स र गुणस्तरीय पढाइका लागि यो प्रोग्राम नामी छ।
'जस्तो कि' अरू पनि छन्। छोटो आलेखमा समेट्न सम्भव छैन।
...
सञ्जीवसँग कुनै क्याफेमा पसियो भने थुप्रै विषयमा अन्तरंग गर्न सकिन्छ। मेनुमा साहित्य, सिद्धान्त, समालोचना, राजनीति, संस्कृति, रंगमञ्च, कला जत्ति पनि उपलब्ध छन्। त्रिविमा २४ वर्षदेखि पढाइरहेका यी ५० वर्षे गुरुको जीवनशैली बिन्दास छ। आत्मकथ्य बान्कीमा लेखिएको उपन्यास 'घनचक्कर' पढ्दा कताकति लेखक–व्यक्तित्व सतहमा आएझैं भान हुन्छ। यस अभियोगमा उनको खासै प्रतिवाद पनि छैन। यति भन्छन्, 'मगज सन्किने त्यो पागल पात्र म होइन।'
मोटरसाइकल गुडाउँदै घाट–घाट चहारेको, जोगीसँग दोस्ती जमाएको, पागलपनका लक्षण र सीमा अनुभूत गर्न खोजेको चाहिँ सत्य नै हो।
साहित्यबारे सञ्जीवको धारणा पटक्कै शुद्धतावादी छैन। 'साहित्य कुनै पारलौकिक क्षेत्रमा रहन्न, हरेक ठाउँको आफ्नो आफ्नो साहित्य हुन्छ,' उनी भन्छन्, 'समाज, इतिहास, राजनीति, आर्थिक संरचनाको योग हो साहित्य।'
नेपाली साहित्यमा केही जबर्जस्त 'डिस्कोर्स' निर्मित छन्। केही लेखक केदारमान व्यथितको पंक्ति उद्धृत गर्छन्, 'राजनीति शौचालय हो, साहित्य भोजनालय।' यी लेखक भने राजनीतिबाहिर साहित्यको स्पेस नै देख्दैनन्।
अर्को डिस्कोर्सले विश्व साहित्यमा नेपाल कहाँ छ भनी खोज्छ। सञ्जीव हाकाहाकी नकार्छन्, 'हरेक देश र समाजका जीवनशैली भिन्न हुन्छन्, ठाउँपिच्छे साहित्य मौलिक हुन्छ। तसर्थ विश्व साहित्यमा हामी कहाँ छौं भन्ने छलफलको कुनै अर्थ छैन।'
सञ्जीवसँग यस्ता बागी विचार कति छन् कति। यिनै विचारले उनलाई भीडमा पनि परैबाट चिनिने बनाएका छन्। कोलाहलमा पनि टड्कारै सुनिने बनाएका छन्। त्यसो त उनी धेरै बोल्दै, बहस गर्दै हिँड्दैनन्। लेख्ने मामलामा पनि मसी फारो गरी खर्चिन्छन्। तै पनि उनकै स्वर र कलम मुखर सुनिन्छ, पढिन्छ।
'सञ्जीव कुनै पनि विषयमा गहिरो अध्ययन नगरी टिप्पणी गर्दैनन्, हरेक विषयमा आफ्नै दृष्टि बनाउँछन्,' बाल्यकाल सँगै बिताएका लेखक कृष्ण धरावासी भन्छन्, 'उनी अन्तर्राष्ट्रिय प्राज्ञ हुन्।'
विद्यार्थीकालमा सञ्जीवलाई लाग्थ्यो– किन यथार्थवादी लेखक प्रयोगवादीलाई गाली गर्छन्? अनि किन प्रयोगवादीहरू यथार्थवादीलाई धारे हात लगाउँछन्?
नेपालमा यथार्थवादी धारका लेखक प्रयोगवाद उन्नाइसौं शताब्दीको धङधङी हो भन्छन्। प्रयोगवादी पनि यथार्थवाद बेकार हो भन्छन्। 'लेखकहरू किन सुरुमै विभाजित भएर तर्क गर्छन् भन्ने लाग्थ्यो, पछि थाहा भयो, ती सबै पार्टी–पार्टीमा बाँडिएका रहेछन्,' उनी निकै बेर हाँसे, ...यी दुवै अतिवादी कुरा हुन्। कुन धाराका रचना राम्रा भन्ने आधिकारिक मानक छैन, यथार्थवादी रचना पनि उत्तिकै बेजोड भेटिन्छन्। कतिपय प्रयोगवादी पनि राम्रा हुन्छन्। पाठकलाई सधैं एकै खाले रचना मन पर्छ भन्ने छैन।'
स्थापित लेखक भइकन पनि सञ्जीव लेखक–सर्कलमा भिज्दैनन्। लेखक–समालोचक सम्बन्धका उहापोह भने यिनलाई थाहा छ। नेपालका धेरै लेखक काठमाडौंमै बस्छन्। तिनको भेट भइरहन्छ। खानपिनमा पनि तिनै जुट्छन्। त्यसले व्यक्तिगत सम्बन्धमा पनि प्रभाव पर्छ। ...समीक्षा समालोचना लेख्ने मामलामा व्यक्तिगत सम्बन्ध र निकटताले धेरै भूमिका खेलिरहेको हुँदोरहेछ,' उनले भने, 'सानो ठाउँमा यस्तै हुन्छ, विदेशतिर चाहिँ लेखक र समालोचकको विरलै भेट हुन्छ। लेखक न्युयोर्कतिर होला, समालोचक क्यालिफोर्निया।' तर त्यहाँ पनि यहाँको जस्तो प्रवृत्ति अलिअलि देखिइहाल्छ रे।
विश्वविद्यालयको साहित्य पढाइलाई सञ्जीवले नजिकैबाट हेरेका छन्। समयसुहाउँदो पाठ्यक्रम बनाउने मामिलामा अंग्रेजी विभाग बढी गतिशील देखिन्छ। 'हाम्रा सरहरूले सन् नब्बेको दसकमै बदलेको पाठ्यक्रम त्यस बेला धेरै प्रगतिशील मानिन्थ्यो,' उनी दाबी गर्छन्, 'जवाहरलाल नेहरू विश्वविद्यालयभन्दा कम थिएन।'
प्राध्यापक श्रीधर लोहनी, अभि सुवेदीलगायत गुरुको नेतृत्वमा बनेको पाठ्यक्रमले शास्त्रीय सिद्धान्तमा सीमित नरही विश्वमा त्यही बेला धुम मच्चाइरहेका सिद्धान्त र साँस्कृतिक अध्ययन समेतलाई समेटेको थियो। ज्ञानका नयाँ ढोका खुलिरहेथे। 'मैले पनि आफूले जानेको सल्लाह दिएको थिएँ,' उनी भन्छन्, 'हामीले सिद्धान्त पढाउने चलन त्यसबेलै स्थापित गर्यौं। यसबीच थुप्रै विद्यार्थीको चाख सिद्धान्तमा देखियो, नयाँ नयाँ सिद्धान्तबारे विद्यार्थीले जान्ने मौका पाए। पढ्न विदेश गए।'
सञ्जीवको 'बौद्धिक दस्ता' ले कथानक, न्यारेटिभ आदिमात्रै नपढाएर साहित्यलाई विभिन्न सामाजिक मुद्दासँग जोड्न थाल्यो। नेपाली पाठहरू पनि समावेश गर्यो।
...
सिद्धान्त र जीवन
सिद्धान्तकार फ्रेडरिख एंगेल्सको एउटा भनाइ प्रसिद्ध छ, 'सिद्धान्तको रंग खैरो हुन्छ, जीवनको हरियो।' एंगेल्सका रचना पढ्न नभ्याएका कतिपयले समेत कताकताबाट यो महान वाणी सुन्न भ्याएका छन्। यही एक लाइनको फेर समातेर घन्टौं तर्क गर्न सक्छन्।
सञ्जीवका लागि सिद्धान्त र व्यवहार छुट्टाछुट्टै हुन् भन्ने सोच पूरै गलत छ। उनले यसबारे उनको पुस्तक सिद्धान्तका कुरामा पनि लेखेका छन्। 'यहाँका केही मानिस उत्तरआधुनिकता, विनिर्माणवादजस्ता विषयमात्रै सिद्धान्त हुन् भन्ने ठान्छन्,' सञ्जीव शालीन आक्रोश पोख्छन्, 'गीता, महाभारत आदिमा यस्तो भनेको छ, उस्तो भनेको छ भन्नु पनि सिद्धान्त हो। गीतामा कर्म गर फलको आशा नगर भनेको छ। त्यस बेलाको समयका लागि त्यो एउटा सिद्धान्त नै थियो।'
सिद्धान्त सधैं खैरोमात्रै हुँदैन। जीवन पनि कहाँ हरियोमात्रै छ र! जीवन, समाज र समय प्रतिविम्बित हुन्छ, सिद्धान्तमा। सिद्धान्त अनुवाद हुन्छ, तिनैमा। तै पनि तेल र पानीझैं छुट्ट्याउने चलन छ, एकथरी लेखक वृत्तमा। तिनका लागि सिद्धान्त ...नेगेटिभ टर्म' हो।
जबकि, सिद्धान्त केवल जमेर बस्दैन, यो पनि जीवनजस्तै गतिशील हुन्छ। सञ्जीव भन्छन्– पश्चिममा पनि एरिस्टोटल, प्लेटो हुँदै न्यु क्रिटिसिज्मसम्म आउँदा कति धेरै सिद्धान्त आए। ज्याक लकान, मिसेल फुकोजस्ता सिद्धान्तकार आए। समाज, समयसँगै प्रविधि पनि बदलिन्छ। राजनीति बदलिन्छ। यसलाई पुरानो सिद्धान्तले नधान्ने हुन्छ। यस्तो त चली नै रहन्छ।
'सिद्धान्त कहिले नयाँ, कहिले पुरानो आउला। तर सिद्धान्तरहित संसारमा बस्न पाए हुन्थ्यो भन्नु रोमान्टिक कल्पना हो, मान्छे सैद्धान्तिक प्राणी हो,' उनी सिद्धान्तको पैरवी गर्छन्, जुनसुकै व्यवहारका पछिल्तिर धारणा हुन्छ, कुकुर–बिरालोजस्ता जनावरले शुद्ध व्यवहारमात्रै गर्छन्, कुकुरले खान पाए खान्छ, मान्छे आए भुक्छ। त्यो 'एक्सन'को कुनै 'रिफ्लेक्सन' हुँदैन। तर क्रिया प्रतिविम्बित हुनेबित्तिकै त्यसले कुनै न कुनै मोडल सिर्जना गरिहाल्छ।'
यो अंग्रेजीको मात्रै कुरा होइन। अरू शास्त्र र जीवनशैलीका पनि आफ्नै मेथोडोलोजी हुन्छन्। त्यही भएर चाहेर पनि मान्छे सिद्धान्तरहित हुन गाह्रो छ।
सञ्जीवलाई यस्तै लाग्छ।
साहित्यका कार्यक्रममा एउटा न एउटा यस्तो वक्ता निस्कन्छ, ऊ धाराप्रवाह भाषण दिन्छ– फलानो पुस्तक बु‰न किन सिद्धान्त, समालोचना चाहियो? फूलको सुगन्धलाई बु‰न त कुनै सिद्धान्त चाहिँदैन।
'जबकि, उसको त्यही तर्क नै एउटा सिद्धान्त हो। यो रोमान्टिक सिद्धान्त हो,' सञ्जीव मुस्काउँछन्, 'वर्ड्सवर्थ, किट्स आदिले यसको प्रतिपादन गरे। सहरीकरण र औद्योगिकीकरणको युगमा प्रकृतिलाई जस्ताको तस्तै बु‰नुपर्छ भन्ने धारणा आयो, त्यसैलाई सैद्धान्तिकीकरण गरियो।'
बीस–पच्चीस वर्षयताका साहित्यिक सिद्धान्त राजनीतिबाट प्रेरित भएको यी गुरु बताउँछन्। अपांगताको अध्ययन, नारीवादी अध्ययन, जेन्डर अध्ययन, पर्यावरणका कुरा सबै किताबीमात्रै होइनन्, मानिसको जीवनलाई असर पार्ने विषय पनि हुन्। उनी हँसाउँदै थप्छन्, 'हाम्रोमा कुन सिद्धान्त पूर्वीय कुन पाश्चात्य भनी सीमा लगाउने काम गरेको पनि पाइन्छ। लोकतन्त्र र सामाजिक न्यायको पैरवी गर्छन् भने ती सिद्धान्त जहाँबाट ल्याए पनि भयो नि। पपुआ न्युगिनीबाट ल्याए पनि फरक पर्दैन।'
हुन पनि नारीवाद, जेन्डर अध्ययन पश्चिमबाटै आएको हो। अपांगताको मुद्दा पनि सुरुमा पश्चिमबाटै आएको हो। सैद्धान्तिक धारणा उताबाट आयो। तर नारी यहाँ पनि छन्, तेस्रो लिंगी यता पनि छन्। अपांग यता पनि छन्। पर्यावरण सिद्धान्त उतैबाट आयो। समस्या त यहाँ पनि देखा पर्दैछ।
'त्यसैले काम लाग्ने कुरा त जहाँबाट पनि लिन सक्नुपर्यो,' सञ्जीवको प्रष्टोक्ति छ, 'पश्चिमाको कुरा काट्नै हुँदैन, त्यो धु्रवसत्य हो भनी मैले भन्न खोजेको होइन। तिनको सिद्धान्तलाई हामीले स्थानीय दृष्टिकोणका आधारमा पुनर्व्याख्या गर्न सक्छौं। पुनर्लेखन गर्न सक्छौं। त्यतिमात्रै होइन, चुनौती पनि दिन सक्छौं।'
उनको 'पन्चिङ लाइन' छ– तर यो पश्चिमी विषय हो, कुरै गर्न हुँदैन भन्नुचाहिँ साँघुरो मानसिकता हो।
सञ्जीवमा निश्चय पनि पश्चिमी वायुको प्रभाव छ। ज्ञान र डिस्कोर्सका अधिकांश धारा पश्चिमी भूगोलमा सुरु भएकाले विश्वभरिका बौद्धिकलाई त्यसले आफूतिर खिच्नु अनौठो भएन। तर, यी बुद्धिजीवीको भोक पाश्चात्य खान्कीले मात्रै मेटिँदैन।
उनको नेतृत्वमा एमफिल अंगे्रजी सुरु हुनेबित्तिकै 'नेपाली स्टडिज' नामक कोर्स बन्यो। त्यसमा नेपाल, पूर्वीय सभ्यता, साहित्य अटाइए। अहिले त एमए दोस्रो वर्षको कोर्समा पनि सय पूर्णांकको 'नेपाल स्टडिज' छ। अंग्रेजी विभाग पूर्वाग्रही छैन। यति हो, पढ्नचाहिँ अंग्रेजी भाषामै पढ्नुपर्छ।
'नेपालीमा लेखेको नराख्ने, अंग्रेजीमा लिखित, अनुदित राख्ने निर्णय गर्यौं,' उनी भन्छन्, 'अनुसन्धान त जुन भाषाका साहित्य कलामा गरे पनि हुन्छ तर पठन अंग्रेजीमै गर्ने हो। हामीलाई साहित्यसँगै भाषा पढाउनुपर्ने दायित्व पनि छ।'
हार्वड, येलजस्ता विश्वविद्यालयको मोडल पछ्याउँदैछन् सञ्जीवहरू। कथा, कविता, उपन्यासमात्रै पढाइ हुँदैन। साहित्य अध्ययनमात्रै नभएर राजनीति, संस्कृतितिर गइसकेको छ अंग्रेजी विभाग। 'कृति पढाएर मात्रै हुँदैन, त्यो कथा, उपन्यास कुन सामाजिक–आर्थिक धरातलबाट आएको छ, त्यसलाई पनि बु‰नुपर्यो, अनि मात्रै समग्र संस्कृति बु‰न सकिन्छ,' उनी थप्छन्, 'फिल्म, कार्टुन, जात्रा, राजनीतिक प्रदर्शन पनि हाम्रा सरोकार हुन्, रंगमञ्च, चुनावी प्रदर्शनदेखि वसन्तपुर डबलीका जात्रा सबै पाठ हुन्।'
अंग्रेजीमा पढाए पनि सञ्जीव नेपाली कृतिप्रति गम्भीर छन्। नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे' माथि दुई विद्यार्थीले उनकै मातहतमा थेसिस गरिसके। अरू पुस्तकमाथि पनि भइरहेका छन्। उनी साहित्यिक पुस्तकमा सीमित छैनन्। नेपाली कार्टुन, कला आदिमा पनि अनुसन्धान गर्न विद्यार्थीलाई उत्प्रेरित गरिरहेका छन्।
जनआन्दोलन २०६२/६३ मा सहभागी हुँदा रगतपच्छे हुनेगरी पुलिसको कुटाइ खाएका यी प्राध्यापक दैनन्दिन राजनीतिमा ठिकठिकै मतलब राख्छन्। राजनीतिक मैदान आफ्ना लागि होइन भन्ने उनलाई थाहा छ। 'मैले नै सब फिल्डमा किन गरिरहनुपर्यो, आफूले जानेको काम गरिरहेको छु, यसैमा योगदान गर्न पाए पुग्यो,' उनी सकार्छन्, 'एक लेखकका रूपमा मैले लेख्ने नै हो। जनआन्दोलनका बेला मलाई लाग्यो, यो बेला पहिलेभन्दा बढी नै लेख्नुपर्छ। हप्तामा दुई पटकसमेत लेखेँ। कत्ति लेखियो कत्ति।'
उनलाई अन्तर्मनले त्यस बेला 'लेख् लेख्' भन्यो रे!
मातापिता, पत्नी अर्चना र दुई छोरीसँग मालीगाउँ जिरोमाइलमा बस्ने सञ्जीव पोस्ट डक्टरेटका लागि अघिल्लो वर्ष अमेरिका बसे। विभिन्न विश्वविद्यालयमा सिद्धान्तका व्याख्यान दिँदै हिँडे। प्रशान्त महासागरमाथि दुर्गम उचाइमा हेलिकप्टर उडाए। हेलिकप्टर उडाएको रोमाञ्चक अनुभूति लेखे। त्यसयता अखबारका लागि केही नलेखी बसिरहेका छन्। राजनीतिक विषयमा त झनै मौन छन्।
त्यसो किन गरिरहेका होलान्? 'अब त राजनीतिक प्रक्रिया सुरु भइसक्यो,' कुनै बेला अखबारमा फ्याक्ट एन्ड फिक्सन् लेख्ने गुरुगम्भीर स्तम्भकारको अन्तिम वाक्य फुत्कियो, 'यसबारे जानिफकारको संख्या कम छैन, म पढिरहेको छु।'
Nagarik

No comments:
Post a Comment