Basanta Basnet / Raju Ghising
घडीको सुईले बिहानको ५:३० देखाउँदा झापा दमकका १४ वर्षे सेसेहाङ आङदेम्बेका परेली आफसेआफ खुल्छन् । हतार-हतार खाजा टिपेर उनी ६:३० बजे ग्वार्कोस्थित लोकस्मृति सेकेन्डरी स्कुल पुगिसक्छन् । शिक्षकले पढाउँदै गर्दा यी छात्रका आँखा त गुरुतिरै हुन्छन्, दिमाग भने फुटबल मैदानमै दौडिरहन्छ ।
१० कक्षाका यी छात्रको मन मिडफिल्ड र डिबक्सतिर दौडिइरहँदा कक्षा सकिसकेको हुन्छ ।
८:३० बजे कक्षाबाट निस्कँदा आमा जमुनाको फोन आउँछ ।
प्रायः सबै बाबुआमाले गर्ने प्रश्न एउटै हुन्छ- 'कस्तो पढ्दैछस् ? राम्ररी पढ ।'
केही बाबुआमा यस्ता पनि छन्, जसले पढाइभन्दा पहिले सोध्छन्, 'कस्तो खेल्दैछस् ? राम्ररी खेल ।' सन्तानको पढाइभन्दा पहिले खेलखबर सोध्ने थोरै आमामध्ये जमुना एक हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मुख्यालय सातदोबाटोमा खोलेको एकेडेमीमा देशभरका २५ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै छानिएर आएका १६ वर्षभन्दा कम उमेरका ५७ प्रशिक्षार्थी खेल्छन्, पढ्छन्, सँगै खान्छन् र सुत्छन् । दुई वर्षअघि छानिएपछि परिवार छाडेर फुटबलको संसारमा प्रवेश गरेका सेसेहाङ यिनैमध्ये एक हुन् । एक समयका चर्चित मिडफिल्डर बालगोपाल महर्जन उनीहरूका मुख्य प्रशिक्षक हुन् ।
चितवन एसओएसबाट छानिएर एन्फा आइपुगेका १४ वर्षे राजेश परियारको मनमा जतिबेला पनि फुटबल हुन्छ । 'पहिले-पहिले घरको यादले साह्रै सताउँथ्यो,' भन्छन्, 'अहिले त साथीहरूसँग खेल्दाबस्दा यहीं रमाइलो लाग्न थालेको छ ।'
अहिलेका चर्चित खेलाडी विमल घर्तीमगरका रुमपार्टनर हुन् राजेश । मैत्री खेलका लागि इन्डोनेसिया पुगेर फर्केका विमल रातारात स्टार हुनपुगेको देख्दा राजेश र साथीहरू अचम्मित छैनन्, बरु हौसिएका छन् । 'राम्रो खेलियो भने हामी पनि स्टार बन्न सक्छौं,' सानो गौचरका १४ वर्षे अभिषेक बर्मा भन्छन् ।
टेलिभिजनमा देखिने ठूला स्टारले झैं आफ्ना स-साना छोराहरूले फुटबल हानेको हेरेर जुनसुकै अभिभावक रमाउन सक्छन् । तर, त्यही छोरा पढाइ छाडेर फुटबलमा भुल्न थाल्यो भनेचाहिँ यो चिन्ताको कुरा बन्न पुग्छ । प्रायः सबै बाबुआमाको साझा चिन्ता हुँदो रहेछ, 'खेलेर भुलेर मात्रै हुन्छ ? करिअरको बारेमा सोच्नुपर्दैन ?'
के फुटबल आफैंमा करिअर हुन सक्दैन ? पोखराका आकाश रानाभाटलाई भने यस्तो समस्या आइपरेन । आकाश खेलमा भुलेको देखेर अभिभावक चिन्तित भएनन् । सधैं हौस्याए । बरु भने, 'चोटपटकबाट बच्नु है । जीउको सधैं ख्याल गर्नु ।'
चापागाउँ ललितपुरका १४ वर्षे अनिल महर्जनलाई पनि परिवारले सहयोग गर्यो । सुरुमा आमालाई मनाउन गाह्रो भएछ । बुवा भने परेछन् फुटबलका जबर्जस्त समर्थक । एउटा आहान नै छ, अभिभावकहरू जुन कुरा आफू गर्न सक्दैनन्, छोराछोरीबाट पूरा होस् भन्ने ठान्छन् । उनी कस्सिए छोरालाई फुटबलर बनाउन ।
सेन्टर मिडफिल्डमा खेल्ने अनिल महर्जन लियोनल मेसी र अनिल गुरुङलाई मन पराउँछन् । उनीहरूकै शैली पछयाउन खोज्छन् । 'मेसीलाई सपनामा भेटेको छु,' उनी हौसिँदै सुनाउँछन्, 'ब्युँझिँदा त्यो सपना ५ प्रतिशत मात्र पूरा हुन्छ जस्तो लाग्यो । तर के थाहा, राम्रो खेल्न सकियो भने कतै मेसीसँग भेट पनि भइहाल्ला कि !'
उनले ७ वर्षको छँदा टीभीमा अनिल गुरुङले साफ च्याम्पियनसिप खेलेको देखेका थिए । पछि त तिनै स्टार फुटबलरलाई उनले होस्टलमा भेटे । टीभीमा हेरिरहेको अनुहार फेस टु फेस देख्दा उनलाई 'कस्तो कस्तो' लाग्यो । कुनै दिन उनले विश्व फुटबलकै हिरो मेसी भेटे भने ? 'मैले देखेको सपना पूरा हुनेछ,' उनले भने । उनलाई राम्रै गरी थाहा छ, त्यसका लागि 'हार्ड वर्क' गर्नुपर्छ । भन्छन्, 'राम्रो खेल्यो भने जुनै टिमले पनि विश्वकप खेल्न सक्छ ।'
विश्वकप फुटबलले गर्माएको महोलमा फुटबल सिकाउन एन्फाले छानेका किशोरहरूलाई कान्तिपुरले भेट्यो । विज्ञापनमै सही, यी किशोरले आठ वर्षअघि पूर्वफुटबलर गणेश थापा (हालका एन्फा अध्यक्ष) ले आफ्नै छोरासँग गरेको स्वीकारोक्ति हेरेका थिए- 'हामीले त सकेनौं, अब पालो नयाँ पिढीको ।' ती किशोरहरू, जो एकै स्वरमा भनिरहेछन्, 'नेपालभन्दा साना देश पनि विश्वकपमा खेलिरहेका छन् । कहिल्यै नाम नसुनिएका देशले त खेल्न सके । हामीले पनि कोसिस गर्यौं भने सक्छौं ।' देवकोटाले लेखेका छन् नि- उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।
हजार माइलको यात्रा
हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैं विश्वकप पुग्ने किशोर खेलाडीको जोस हेर्न लायक छ । राष्ट्रिय टिमका लागि कीर्तिमानी १३ गोल गरेका हरि खड्का खेलाडी छँदाताका कहिल्यै विश्वकप खेल्न सकिएला भनेर नचिताएको बताउँछन् । 'राष्ट्रिय टिमबाट मात्र खेल्ने सपना हुन्थ्यो,' उनी भन्छन् । त्यसोभए नेपालले कहिले विश्वकप खेल्न सक्छ ? पुलिसका पूर्वफरवार्ड हरि भन्छन्, 'अहिले हामी दक्षिण एसियामै च्याम्पियन हुन सकेका छैनौं । एसियाली स्तरमा पुग्न त अझै बाँकी छ । विश्वकप कल्पनाबाहिरको कुरा हो ।' हरिको भनाइमा विश्वकप खेल्ने सपना साकार पार्ने हो भने दीर्घकालीन योजना बनाउनुपर्छ । पूर्वाधार पर्याप्त चाहिन्छ । खेल्ने संस्कृतिको विकास हुनुपर्छ । अनि प्रशस्तै खेलाडी उत्पादन गर्नुपर्छ । 'सरकारले पर्याप्त लगानी गर्ने हिम्मत गर्नुपर्छ,' उनी भन्छन्, 'अनि मात्र विश्वकप खेल्नेबारे सोच्न सकिन्छ ।'
यस्तै मान्यता राख्छन्, राष्ट्रिय टिमका पूर्वप्रशिक्ष्ाक भीम थापा । उनका अनुसार राष्ट्रिय टिम बलियो बनाउन घरेलु लिग लामो ९-१० महिनाको र राम्रो हुनुपर्छ । क्लबहरूले एकेडेमी सञ्चालन गर्नुपर्छ । स्कुल-स्कुलमा शिक्षक/प्रशिक्षक राखेर फुटबल सिकाउनुपर्छ । खेल्ने मैदान पर्याप्त हुनुपर्छ । 'खेलाडीलाई विदेशको राम्रो लिग खेल्ने अवसर दिलाइदिनुपर्छ,' भन्छन्, 'अन्तर्राष्ट्रिय फुटबलमा अब्बल टिमहरूविरुद्ध खेल्ने स्तरको एक्सपोजर दिनुपर्छ ।' त्यस्तो अवस्थाचाहिँ कसरी निर्माण होला त ? उनी भन्छन्, 'यसका लागि नेपाली फुटबलको अहिलेको व्यवस्थापनमै परिवर्तन हुनुपर्छ ।'
'हाम्रो पालामा भन्दा त कता हो कता सुधार भएको छ । खेलाडी हरदम व्यस्त छन् । कोच, खानापिना सबैको व्यवस्था छ,' बालगोपाल भन्छन्, 'तर अरू देशका खेलाडीका तुलनामा नेपाली खेलाडी होचा छन् । शारीरिक पक्षले खेललाई धेरै हदसम्म प्रभावित पार्दोरहेछ ।' हुन त अर्जेन्टिनी 'लिजेन्ड' डिएगो म्याराडोना ५ फिट ५ इञ्चका मात्र हुन् । विश्वकपमा उनकै पदचाप पछ्याउने प्रयासमा रहेका मेसी पनि ५ फिट ७ इञ्चका मात्र छन् ।
एन्फा एकेडेमीका यी किशोर खेलाडीलाई सिकाउँदै गर्दा ४३ वर्षीय बालगोपाल आफ्नो विगततिर र्फकन्छन्, जुन बेला 'सेलिबि्रटी स्टाटस' विकसित भइसकेको थिएन । फुटबल मैदानमा भन्दा बढी परिवारसँगै जुध्नुपथ्र्यो । घरको सहयोग नपाएपछि खर्चबर्च त परै जाओस्, त्यसबेला खेलमा लागेकाहरू पर्याप्त क्यालोरी कसरी पूर्ति गर्ने भन्ने 'ब्यालेन्स डाइट'बारे अनभिज्ञ नै थिए । उनी र साथीहरूले खेल्दा क्लबहरूको राम्रो तलब दिने हैसियत थिएन । स्तरीय प्रशिक्षणको अभाव हुने नै भयो । परम्परागत शैलीमै सिक्नुपर्ने बाध्यता थियो ।
'अरू त अरू, मैले मेरो समयमा कोचसम्म पनि पाइनँ,' महर्जन दुई-तीन दशकमा आएको परिवर्तन केलाउँछन्, 'अहिले त सबथोक एड्भान्स छ । कोचभन्दा खेलाडी बढी अपडेट हुने दिन आइसक्यो ।' उनका अनुसार अहिले नेपाली फुटबलको 'डिग्निटी' बढेको छ । मिडिया कभरेज बाक्लो छ । फुटबल सिकाउन अन्तर्राष्ट्रिय र स्वदेशी कोच हुन्छन् । सरकारदेखि निजी कम्पनीपसमेत फुटबलमा लगानी गर्न तयार हुन थालेका छन् ।
हुन पनि हो, नेपाली फुटबलमा १ करोड रुपैयाँभन्दा धेरैको प्रायोजन भइरहेको छ । क्लबहरू झन्डै १ करोड ४४ लाखसम्मको बजेट बनाउने भइसकेका छन् । लिग च्याम्पियनले ७५ लाखसम्म पाइसकेका छन् । एन्फा आफैं १८ करोडसम्मको बजेट बनाउने भइसकेको छ । अहिलेको विश्वकपबाटै करिब ७ करोड रुपैयाँ (७ लाख ५० हजार डलर) 'बोनस' आउँदैछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का नियमित अनुदान र प्रोजेक्ट त छँदैछन् । सरकारले पनि 'पी-वान' मै राखेर बजेट दिन थालेको छ । नेपाली फुटबलको अर्थतन्त्र ५० करोडबाट पनि उक्लिसकेको छ ।
फुटबलकै लागि डेढ दशकदेखि एकेडेमी सञ्चालन भइरहेको छ । यसबीच बुटवल, धरान र पोखराले पनि एकेडेमी चलाए । निजी क्षेत्रबाट सहारा क्लबले अभिभावकका लागि एकेडेमी सञ्चालन र प्रशिक्षण गर्ने आफ्नै मैदान बनाएर उदाहरणीय काम गरिरहेकै छ । आहा र बूढासुब्बा गोल्डकपजस्ता ठूला प्रतियोगिता मोफसलका क्लबले नियमित सञ्चालन गरिरहेका छन् ।
हरेक लक्ष्य चुम्न सबैभन्दा पहिले चाहिन्छ सपना । त्यस्तो सपना, जसले कर्मलाई बाटो देखाउन सक्छ । 'जापानले त सन् २०५० को वल्र्डकप उचाल्ने योजना बनाइसक्यो । तयारी पनि गर्न थालिसक्यो,' यू-१६ टिमका मिडफिल्डर हेमन्त थापा भन्छन्, 'हामीले पनि योजना बनाउन थाल्नुपर्छ ।' फुटबलमा बलियो बन्ने योजनासहित जापानले सन् १९९२ मा 'जे लिग' सुरु गरेको थियो । त्यसैबाट उत्पादित खेलाडीको बलमा उसले पहिलोपल्ट विश्वकप १९९८ मा खेल्यो । त्यसयता निरन्तर सुधार गर्दै उसले विश्व खेलकुदको मेगा इभेन्ट प्रत्येकपल्ट खेल्दै आएको छ ।
असफलताबाट पाठ
अर्जेन्टिना, ब्राजिल वा जर्मनीको जर्सी लगाएर घुम्न त सजिलै छ । उनीहरूको हैसियतमा पुग्न भने नेपालले के अझै शताब्दी कुर्नुपर्ने हो ? फुटबल पाठशालाका यी किशोर छात्रहरू राति सपनामा आफू मेसी, नेयमर, रोनाल्डो वा थोमस मुलर भएको देख्छन् । उनीहरू विश्व फुटबलका त्यस्ता आइकनहरू हुन्, जोसँग आज नाम, दाम अर्थात् सबथोक छ । तर, जितको गणना हुँदा हारका कथाहरू बिर्सन सकिँदैन । यी पंक्ति लेखिँदै गर्दासम्म रोनाल्डोको टिम पोर्चुगल समूह चरणमै असफल भएर घर फर्किसकेको छ ।
यी भविष्यका स्टारमध्ये कतिपयको कथामा पनि असफलता जोडिएको छ । यो असफलता खेलमा नभई पढाइमा जोडिन आइपुग्छ । कतिपय प्रतिभाशाली खेलाडीले पढाइको मैदानमा गोलै गोल खाँदा रहेछन् । नतिजा, उनीहरूका लागि फुटबल निर्विकल्प बन्छ ।
प्रशिक्षक बालगोपालका अनुभवमा सेलिबि्रटी फुटबलरले निकालेका जितमा रमाउने यी किशोरहरू हार्दाखेरि कहिलकाहीँ साह्रै निराश हुन्छन् । मैले कहिल्यै राम्रो गर्न नसक्ने हुँ कि भन्ने भावना हावी हुन्छ । कहिलेकाहीँ त निरन्तर हारमात्रै हात लाग्छ । 'पूरै निराश हुन्छन् उनीहरू, त्यस्तो बेला गाली गर्नेभन्दा पनि सम्झाउने बुझाउने गर्छु,' उनी भन्छन्, 'कोच भएपछि माया मात्रै होइन, गाली पनि गर्नुपर्दो रहेछ ।'
अभिभावकको सपना
आफ्नो सन्तानले प्रगति गरेको हेर्न मन नपराउने बुवाआमा को पो होलान् र ? भनिन्छ नि, मानिस कसैले पनि आफूलाई जितेको हेर्न मन पराउँदैन, सिर्फ आफ्ना छोराछोरीले बाहेक । झापा दमकका मदन आङदेम्बेलाई पनि यस्तै लाग्छ । एक समयका यी फुटबलर जेठो छोरा सेसेहाङले सानो उमेरमै छलाङ मारेकामा प्रफुल्ल हुन्छन् । भन्छन्, 'उसले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई जिताएको हेर्ने सपना छ ।'
छोराको प्रगति कस्तो भइरहेको छ भनी सोधखोज गर्नेमा आमा जमुना पनि पर्छिन् । दिनदिनै सेसेहाङसँग टेलिफोनमा कुरा हुन्छ । 'मलाई त उसको पढाइभन्दा पनि खेलकै बारे चासो हुन थालेको छ । उसले खेलेको टीभीमा कहिले लाइभ हेर्न पाउँला भन्ने सपना छ,' उनी भन्छिन्, 'सानैदेखि खेल्न मन पराउँथ्यो । अब त उसले जे इच्छा गर्छ, त्यही हाम्रो चाहना हो ।'
आकाश रानाभाटकी आमा लक्ष्मीका अनुसार छोराको कान जन्मिँदै ठूलो थियो । छिमेकीहरू भन्थे, 'कस्तो ठूल्ठूलो कान, रोनाल्डो (ब्राजिलका खेलाडी) को जस्तो ।'
लक्ष्मीलाई ज्योतिषीले भनेका पनि थिए रे, 'यो बच्चा पछि ठूलो मानिस हुन्छ ।' थाहा छैन, एन्फामा छानिएर सिक्दै गरेका यी खेलाडीले भोलि कस्तो लय समाउँछन् । आमालाई भने सोह्रैआना ज्योतिषीको कुरामा विश्वास छ । त्यो विश्वासलाई बाटो देखाउँदै यहाँसम्म आइपुग्ने पनि त यिनै गोलकिपर हुन् ।
साँझ ढल्दैछ । विश्वकप सपना पालेर हरदिन घोटिइरहेका यी खेलाडी दिनभरिको पढाइ, प्रशिक्षण, शारीरिक अभ्यास र थकानले चुर हुन्छन् । रातिको खाना खाइवरी बिस्तरामा पल्टन्छन् । हिजोआज एन्फा एकेडेमीभित्र टीभी बन्द गरिएको छ, उनीहरूको प्रशिक्षणमा असर पर्छ भनेर । तर टीभी बन्द भएर के भो त ! भरे उनीहरूको सपनामा मेसी, नेयमर र रोनाल्डोहरू सपनामा आउँछन् । अनिल महर्जन, आकाश, सेसेहाङसँग हात मिलाउँछन् । अनि ढाडस् दिन्छन्- 'के छ भाइ, एक राउन्ड भिड्ने होइन त ?'
बन्द टीभीअघिल्तिर रातभरि उनीहरूको भिडन्त विश्वस्टारहरूसँग छ । ब्युँझिँदा बिहान भइसकेको छ । हाम्रो देशका यी भविष्यहरूसँग सामुन्नेमा मेस्सी, नेयमार र रोनाल्डोहरू त हुँदैनन्, तर नयाँ दिनको 'फुटबल- रुटिन' सुरु भइसकेको हुन्छ ।
प्रकाशित मिति: २०७१ असार १४ ०७:५६

No comments:
Post a Comment